2026 June 25/ 12:11: 15pm

अर्धबार्षिक समीक्षामा स्थानीय सरकार
    बनेपा/स्थानीय सरकारहरु वित्तिय खर्चमा कमजोर देखिएका छन् । चालु वर्षको अर्धबार्षिक समीक्षामा १३ वटै स्थानीय तहले प्रस्तुत गरेको वित्तिय प्रगतिमा पूँजीगततर्फ स्थानीय सरकारले गरेको खर्चको प्रतिशत औसत कम देखिएको छ ।
    जनप्रतिनिधि भएर पनि कर्मचारी अभाव लगायतका नीतिगत समस्याका कारण समयमै बजेट खर्च गर्न नसकिएको सरकार प्रमुखहरुले बताएका छन् । पौष मसान्तसम्म खर्चको दर कमजोर देखिए पनि माघ र फागुनको १० सम्ममा धेरै रकम खर्च भएको सरकार प्रमुखहरुले बताएका छन् । चैत्र मसान्तसम्म अधिकांश योजनाहरु सम्झौता गरी कार्यान्वयन गरिसक्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । चैत्रसम्ममा योजना कार्यान्वयन गरी बैशाख र जेष्ठ महिना योजना छनौट गर्ने र असार १० भित्रै बजेट प्रस्तुत गर्ने योजनामा रहे पनि समपुरक, संघीय र प्रदेश सरकारले पठाउने योजनाको रकममा ढिलाई भएका कारण समयमै योजना सम्झौता भए पनि कार्यान्वयन हुन पाएको छैन ।
    आर्थिक वर्षको अन्त्यमा मात्रै योजना सम्झौता गरी खर्च गर्ने परिपाटी सुधार्ने प्रयास जनप्रतिनिधि आउँदा समेत पूर्ण रुपमा कार्यान्वयन हुन सकेको छैन । चालु वर्षको अर्धबार्षिक समीक्षामा बनेपा नगरपालिकाले चालु आर्थिक वर्षको माघ मसान्तसम्म आन्तरिक आयमा ४४.२० प्रतिशत प्रगति गरेको छ भने वित्तिय समानिकरणमा ५० प्रतिशत, राजश्व बाँडफाँडमा २९.८७ प्रतिशत, सशर्त अनुदानमा ५१.७५ प्रतिशत र सामाजिक सुरक्षा लगायतका विभिन्न शिर्षकहरुबाट ४०.०९ प्रतिशत आम्दानी गरेको छ । 
    त्यस्तै कुल खर्च ३०.५० प्रतिशत खर्च भएको नगरपालिकाले जानकारी दिएको छ । शशर्त अनुदानमा ४४.६६ प्रतिशत, पुँजिगत खर्च १७.९३ प्रतिशत र चालु खर्च २७.४३ प्रतिशत खर्च भएको छ । धुलिखेल नगरपालिकाले पौष मसान्तसम्मको वित्तिय प्रगति ३४.९५ प्रतिशत गरेको छ । मण्डन देउपुर नगरपालिकाको २१.१९ प्रतिशत देखिएको छ । जसमा चालु तर्फ २७.७० र पूजिगत तर्फ १२ प्रतिशत रहेको छ । त्यस्तै नमोबुद्ध नगरपालिकाको कुल खर्च ३३ प्रतिशत भएको छ । जसमा चालु तर्फ ४६.१२ प्रतिशत रहेको छ भने पुजिँगत तर्फ १५.३६ प्रतिशत रहेको छ । पनौती नगरपालिकाको कुल खर्च १८.११ प्रतिशत रहेको छ । जसमा चालु तर्फ ३१.०२ प्रतिशत रहेको छ भने पुँजिगत तर्फ ८.१६ प्रतिशत खर्च देखिएको छ । पाँचखाल नगरपालिकाको कुल प्रतिशत २६.७२ प्रतिशत रहेको छ भने चालु तर्फ ३८.३८ प्रतिशत रहेको छ भने पुँजिगत १३.१७ रहेको छ । सामाजिक सुरक्षातर्फ ३४.४३ प्रतिशत रहेको छ । 
    गाउँपालिका तर्फ तेमाल गाउँपालिकाको कुल खर्च १७.०६ प्रतिशत रहेको छ । जसमा पुँजिगततर्फ ५.४८ प्रतिशत रहेको छ भने चालु तर्फ ४० प्रतिशत रहेको छ । बेथान्चोक गाउँपालिकाको चालु खर्च ३५ प्रतिशत भएको छ भने पूँजीगत खर्च १३.२९ प्रतिशत भएको छ । खानीखोला गाउँपालिका २१ प्रतिशत रहेको छ भने महाभारत गाउँपालिकाको २३.०२ प्रतिशत रहेको छ । चौरीदेउराली गाउँपालिकाको ३७.१२ प्रतिशत खर्च भएको छ । रोशी गाउँपालिकाको कूल खर्च ३१.८९ प्रतिशत रहेको छ । भुम्लु गाउँपालिकामा चालु खर्च ३२ प्रतिशत भएको छ भने पुँजिगत खर्च २१.९ प्रतिशत रहेको छ ।