धुलिखेल/आर्थिक वर्ष २०७४÷०७५ मा जिल्लामा रहेका संघ तथा प्रदेश अन्र्तगतका कार्यालयहरुले गरेको खर्च विवरणमा अधिकांशले बेरुजु शुन्य बनाएका छन् । केहि कार्यालयहरुको बहुबर्षिय योजना रहेकाले बेरुजु देखिएको छ भने केहिको राजश्व बाँडफाँड बाँकी रहेकाले बेरुजु देखिएको छ ।
स्थानीय सरकारका तहरुमा करोडांै बेरुजु देखिँदा कार्यालयहरुले बेरुजु शुन्य बनाउने प्रयत्न गरेका छन् । अझै केहि कार्यालयहरुले लेखापरिक्षणको प्रतिवेदन बुझाएका छैनन् । लेखापरिक्षणका क्रममा केहि कार्यालयहरुमा त्यहि खर्च बेरुजु छैन भने अर्काे कार्यालयमा बेरुजु देखिएको छ । बेरुजु शुन्य हुने कार्यालयमा राष्ट्रिय अनुसन्धान, जिल्ला प्रशासन, भेटिरीनरी अस्पताल एवं पुश सेवा विज्ञ केन्द्र, जिल्ला निर्वाचन कार्यालय, कारागार, ईलाका प्रशासन, बनखु, डिजीटल नापी, नापी कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण, ईलाका प्रहरी कार्यालय मंगलटार, संघीय प्रहरी इकाई बाग्मती, शशस्त्र प्रहरी बल नेपाल १५ नम्वर गण हेडक्वाटर काभ्रे, इलाका प्रहरी कार्यालय बनेपा, इलाका प्रहरी कार्यालय कात्तिकेदउराली, कोष तथा लेखा नियन्त्रक कार्यालयको बेरुजु शुन्य छ ।
त्यस्तै जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालयको ३ लाख ४० हजार ५ सय ६३ रुपैया बेरुजु देखिएको छ । जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) को ६ करोड ७९ लाख ८२ हजार ३ सय ५९ रुपैया बेरुजु रहेको छ । विद्यालय तथा शौचालय पुनर्निर्माणको पेश्की रकम समेत वेरुजुमा समावेश गरिएको छ । शिक्षा विकास तथा समन्वय ईकाई ७ लाख ५५ हजार ३ सय ५३ रुपैया बेरुजु देखिएको छ । स्थायी शिक्षकको अवकाश पश्चातको औषधी उपचारमा १० हजार ३ सय ५३ र विद्यालय अनुदानमा प्राप्त ७ लाख ४५ हजार संचालन कोषमा राखेकोमा निर्देशनालयमा फिर्ता नगरेकाले बेरुजु देखिएको हो । घरेलु तथा साना उद्योग कार्यालय धुलिखेलको २६ हजार बेरुजू रहेको छ । मालपोत कार्यालय काभ्रेको ४ करोड ८१ लाख ३६ हजार ७ सय ६८ बेरुजू देखिएको छ । कार्य सञ्चालन कोष स्थानीय कोषको ४ करोड ७५ लाख १९ हजार १६ रुपैया, पुँजीकर लाभकर ७१ हजार ४ सय ५३ रुपैया बेरुजू रहेको छ । खानीखोला गाउँपालिकाका ३१ करोड ६६ लाख २१ हजार ७ सय ८८ बजेटमा ३ करोड ५८ लाख ३० हजार ५ सय ३४ बेरुजु रहेको छ । रोशी गाउँपालिकामा खरिद योजना बेगर प्रतिस्पर्धा नगरी पटक पटक खरिद गरिएको २३ लाख १८ हजार २ सय ६० रुपैया, परामर्श सेवा बापत ८० लाख २२ हजार ९९ रुपैया विना प्रतिस्पर्धा भुक्तानी गरेको भन्दै बेरुजू देखाईएको छ । जनप्रतिनिधिको पारिश्रमीक तथा भत्ता शिर्षकमा अन्य तहमा जस्तै बेरुजु देखाईएको छ भने सामाजिक सुरक्षा भत्ता दोहोरो भएको भन्दै दोहोरो लिने १५ जनाबाट असुल गर्न निर्देशन दिर्ईएको छ । विद्यालयहरुलाई विविध कार्यक्रमका लागि भुक्तानी गरिएको रकम पनि बेरुजुमा राखिएको छ । २ करोड ६१ लाख ६५ हजार पेश्की रहेको छ । पनौती नगरपालिकामा ४ करोड ५ लाख ४९ हजार ८४ रुपैया बेरुजु रहेको छ । १ अर्ब ७ करोड ५२ लाख १५ हजार ३ सय ७७ रुपैया आम्दानी रहेको नगरपालिकाको पदाधिकारीको पोशाक भत्ता ६३ लाख, बैठक भत्ता ४७ लाख १० हजार, नगर सभा सुविधा ३८ लाख ५५ हजार ७ सय ५, कानुनी सल्लाहकार सुविधा लगायतका शिषर्ककको रकम बेरुजु देखिएको छ । तलब भत्ता सहितको सुविधामा ८० लाख २३ हजार रुपैया बेरुजु देखिएको हो । अन्य नगरपालिकामा पनि तलब र भत्ता बेरुजु देखिएको छ । ९२ जनालाई वितरण गरिएको ४३ लाख ८८ हजार ५ सय रकम पनि नगरपालिकाको बेरुजु देखिएको छ । लज्जावती शहिद पार्क निर्माणको समयमा नगरपालिकाले स्टमेट गर्नु पर्नेमा उपभोक्ता समिति आफैले डिजाईन ईस्टमेट गरि खर्च गरेको र इस्टमेट भन्दा धेरै रकम भुत्तानी गरेको देखिएकाले बेरुजु लेखेको हो ।





