धुलिखेल नगरपालिकाको ३४ औं स्थापना दिवस
धुलिखेल/धुलिखेल नगरपालिकाको ३४ औं स्थापना दिवस प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतमा सम्पन्न भएको छ ।
नगर प्रमुख अशोक ब्याञ्जुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटा, खानेपानी तथा सरसफाई मन्त्री विना मगर, प्रतिनिधि सभाका सांसद, प्रदेश सभा सदस्यहरु, जिल्ला समन्वय समितिका प्रमुख तथा नगरपालिका प्रमुख, उपप्रमुखहरु, काठमाडौ विश्वविद्यालयका उपकुलपति तथा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । स्थापना दिवसका अवसरमा विविध कार्यक्रमको आयोजना गरिएको थियो । प्रभातफेरी कार्यक्रममा धुलिखेल नगर भित्र रहेका विभिन्न धार्मिक, सांस्कृतिक र ऐतिहासिकता झल्कने झाँकी तथा नृत्यहरु प्रस्तुत गरिएको थियो । धुलिखेल ११ काभ्रेभञ्ज्याङमा निर्माण भएको मदन भण्डारीको शालिक अनावरण गरिएको थियो । पार्क सहितको शालिक अनावरणसँगै स्थापना दिवसमा विविध क्षेत्रका ब्यक्तिहरुको सम्मान गरिएको प्रमुख प्रशासकिय अधिकृत तारानाथ लुईटेलले जानकारी दिनुभयो । बालमैत्री वडा घोषणा, राष्ट्रपति रनिङ्ग शिल्ड वितरण, कृषि औजार वितरण कार्यक्रम पनि सोहि अवसरमा गरिएको थियो । साथै धुलिखेल नगरपालिका आधारभूत स्वास्थ्य तथा सरसफाई शाखाद्वारा प्रकाशन गरिएको धुलिखेल स्वास्थ्य सन्देश प्रकाशन गरिएको थियो ।
मन्त्री बास्कोटाका बारेमा प्रधानमन्त्री ओलीले भन्नुभयो–
‘राजनीतिक तुलोमा गोकुल एकातिर’
प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलाञ्चोक जिल्ला प्रतिभा जन्माउने स्थान भएकाले विकासको आधुनिकिरणमा सहयात्रा गर्नुपर्ने बताउनु भएको छ । सधैं आलोचना मात्रै खेप्ने, सरकारका प्रवक्ता जिल्लाबाट नेपालकै तेश्रो पपुलर मत ल्याई निर्वाचित संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटालाई प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको राजनीतिको आधा हिस्सा दिनु भएको छ । एकपछि अर्काे जिम्मेवारी प्राप्त गरिरहनु भएका मन्त्री बास्कोटालाई प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक तुलोको आधा हिस्सा बास्कोटा भएको बताउनु भयो । ‘काभ्रे प्रतिभा जन्माउने ठाउँ हो । प्रतिभा जन्माउने जिल्ला हो । यो कुरा क्रमशः प्रकट हुँदै गएको छ । आज देशमा राजनीतिक तुलो राख्ने हो भने तुलाको एकातिर गोकुल बास्कोटा र अर्काेतिर अरु सबै जस्तो देखिएको छ । सरकारको विरोध गर्नु प¥यो भने गोकुल बास्कोटा तिर हेर्ने वितिक्कै चुप लाग्छन्’–प्रधानमन्त्री ओलीले भन्नुभयो ।
बास्कोटा २०७० सालको संविधान सभा निर्वाचनमा थोरै मतान्तरले पराजित हुनु भएको थियो । २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा तेश्रो पपुलर मत ल्याई निकटम प्रतिद्वन्द्वीलाई अत्याधिक मतले पराजित गर्दै निर्वाचित हुनु भएको थियो । मन्त्रीमण्डल गठन भएसँगै मन्त्री बास्कोटालाई प्रधानमन्त्री केपी शर्मा ओलीले संचार तथा सूचना प्रविधि मन्त्रालयको राज्य मन्त्रीको जिम्मेवारी दिनुभयो । उक्त मन्त्रालयमा अन्य मन्त्री नबनाई बास्कोटालाई नै फुल मन्त्रीको जिम्मेवारी दिई क्याविनेट र सरकारको प्रवक्तामा समेत प्रधानमन्त्रीले जिम्मेवारी दिनु भयो । केहि समय पछि बास्कोटा उक्त मन्त्रालयको फुल मन्त्री बन्नुभयो । पार्टीको एकिकरणसँगै बाँकी रहेको केन्द्रिय कमिटीमा बास्कोटा केन्द्रिय सदस्य हुनुभयो । अन्ततः जिल्लाको इन्चार्ज पनि बास्कोटा आफै बन्नु भयो ।
प्रधानमन्त्रीले मन्त्रीमण्डल फेरबदलमा पनि बास्कोटालाई हटाउनु पर्ने र हट्ने चर्चा चुलिएको थियो । कटु आलोचकका रुपमा चिनिने मन्त्री बास्कोटालाई प्रधानमन्त्रीले त्यहि मन्त्रालयको मात्रै निरन्तरता दिनु भएन उपेन्द्र यादवको पार्टी सरकारबाट बाहिरिए पछि शहरी विकास मन्त्रालयको जिम्मेवारी समेत दिनु भएको छ । मन्त्रालयको जिम्मेवारी सम्हाले लगत्तै मन्त्री बास्कोटाले बाजेबज्यै पार्कको निर्माणको कार्य शुरुवात गर्नु भयो भने मन्त्री आवास संख्या कटौती गर्नुभयो । प्रधानमन्त्री ओलीले बास्कोटाको पक्षमा मन्तब्य राखिरहँदा सहभागीहरुले जोडदार ताली पड्काएका थिए ।
मेयर ब्याञ्जुका बारेमा प्रधानमन्त्री ओलीले भन्नुभयो –
‘देशभरका जनप्रतिनिधिको अध्यक्ष, जसलाई मेरो पनि विश्वास छ’
केहि समयको अन्तराल पछि धुलिखेल नगरपालिकामा मैले बेग्लै उत्साह, बेग्लै उमंग र विकासको बेग्लै संकल्प पाएँ । यहाँ परिवर्तन पाएको छु र अझै ठुला परिवर्तनको संकल्प पाएको छु । यस अवसरमा धुलिखेल नगरपालिकाको ३४ औं स्थापना दिवसको उपलक्ष्यमा म नगरपालिकाका प्रमुख, उपप्रमुख लगायत सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, सम्पूर्ण नागरिकमा बधाई तथा शुभकामना ब्यक्त गर्दछु । साथै नगरपालिकाको बहुआयामिक विकासका लागि थप शुभकामना ब्यक्त गर्दछु ।
धुलिखेल नगरपालिकाले ३३ वर्ष पूरा गरेको छ । ३४ वर्ष प्रवेश गरेको छ । यी वर्षहरु एक ढंगले सफलताका वर्षहरु रहे । विगतका दुई वर्ष धुलिखेल नगरको कायाकल्प गर्ने कुरामा, विकास गर्ने कुरामा, विकासलाई चौतर्फी ढंगले अगाडी बढाउने कुरामा, विकासमा सफलता प्राप्त गर्ने कुरामा मलाई खुशी लागेको छ । यसै नगरपालिकाको काभ्रे भञ्ज्याङ्गमा जननेता मदन भण्डारीको शालिक अनावरण ग¥यौं । देशलाई कसरी अगाडी बढाउनु पर्छ ? देशमा कस्तो लोकतन्त्र हुनुपर्छ ? भनेर लोकतन्त्रको वकालत गर्ने, शान्ति र सुशासनको वकालत गर्ने र विकासको आफ्नै तरिका र बाटो हुन्छ भनेर नेपाललाई तिब्र विकासको बाटोमा लैजान सकिन्छ भनेर नयाँ विश्वास जगाउने जननेता मदन भण्डारी प्रति यस घडीमा सम्झन चाहन्छु । सम्मान ब्यक्त गर्न चाहन्छु । फेरी श्रद्धासुमन ब्यक्त गर्न चाहन्छु । जिल्लाको काभ्रेभञ्ज्याङ्गमा धुलिखेल नगरपालिका र नगरबासीहरुलाई उहाँको शालिक स्थापना गरेकोमा धन्यवाद ब्यक्त गर्न चाहन्छु । देशका लागि जीवन अर्पण गर्ने, देशका लागि सदैव सोच्ने, देशका लागि मरिमेट्ने, देशका लागि सधै नयाँ ढंगबाट बाटो दिन सक्ने नेताको २६÷२७ वर्ष पछि पनि सम्मान गर्नु भएको छ । स्मरण गर्नु भएको छ । यो कृतज्ञ रहने परम्परा हो । नेपालीहरुको कृतज्ञ रहने परम्पराको उच्च नमुना यहि हो ।
यस नगरपालिकाले नगरपालिकाको सीमा भित्र मात्रै हैन देशभरका सम्पूर्ण नगरपालिकाहरुलाई पनि नेतृत्व गरिरहेको छ । यस नगरपालिकाका मेयर अशोक ब्याञ्जु देशभरीका नगरपालिकाका जनप्रतिनिधिहरुबाट निर्वाचित अध्यक्ष हुनुहुन्छ । त्यस विश्वासका लागि पनि म उहाँलाई बधाई भन्न चाहन्छु । उहाँले गर्नु भएको सफल नेतृत्वका लागि बधाई सहित धन्यवाद । यस कार्यमा थप सफलता मिलोस् शुभकामना । अशोक ब्याञ्जुलाई देशभरका जनप्रतिनिधिहरुले त्यसै अध्यक्षमा चुनेनन् होला ? अशोक ब्याञ्जुमा केहि क्षमता देखेर चुने । काभ्रे प्रतिभा जन्माउने ठाउँ हो । प्रतिभा जन्माउने जिल्ला हो । यो कुरा क्रमशः प्रकट हुँदै गएको छ ।
काठमाडौं विश्वविद्यालयका बारेमा प्रधानमन्त्री ओलीले भन्नुभयो–
‘नेपालकै विश्वविद्यालयहरु मध्ये उत्कृष्ट काठमाडौ विश्वविद्यालय’
काभ्रे प्रतिभा जन्माउने जिल्ला हो । मेयरहरु हेर्न धुलिखेल नगरको मेयर, विश्वविद्यालय हेर्न धुखिलेलमा रहेको काठमाडौ विश्वविद्यालय र उत्पादन तथा विकास हेर्न काभ्रेपलाञ्चोक जिल्ला रोज्नुपर्छ । नेपालका विश्वविद्यालयहरु मध्येमै उत्कृष्ट धुलिखेलमा रहेको विश्वविद्यालय छ ।
काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न स्थानमा शक्तिशाली देवीदेवता छन् । नमोबुद्ध जस्तो ऐतिहासिक र रमणीय स्थान पनि यहि छ । अरु यस्ता कति छन् कति ? हामी देवीदेवताहरुको डाँडाकाँडामा रहेका मुर्तिहरुलाई सम्झन सक्छौं । यहि ठाउँमा सबै छन् । यो ठाउँ अब आधुनिकिकरण तर्फ अगाडी बढ्दै छ । एक सय एक राम्रो काम गरेर पुरस्कृत हुँदै हुनुुहन्छ साथीहरु। राम्रो काममा प्रतिस्पर्धा छ । जिल्लाबासीहरु दाजुभाई दिदीबहिनीहरुलाई, जनप्रतिनिधिहरुलाई, कर्मचारीहरुलाई अनुरोध गर्न चाहन्छु सम्पूर्ण प्रयास यहि जिल्लाको आधुनिकीकरणमा लगाउनु होस् । विकासमा लगाउनु होस् । यो जिल्ला उत्पादनमा अग्रणी छ । सागसब्जी उत्पादनमा अग्रणी छ । अर्गानिकमा परिणत गर्नुहोस् । फलफुलका लागि प्रशिद्ध हुँदै आएको छ । त्यसलाई अगाडी बढाउनुहोस् । अरु क्षेत्रमा पनि यसले प्रगति गरिरहेको छ । त्यसलाई निरन्तरता दिनुस् ।’ ‘मुलुक परिवर्तनको तीव्र बेगमा अगाडि बढेको छ, केही मानिस परिर्वतनबाट अत्तालिन थालेका छन्’–प्रधानमन्त्री ओलीले भन्नु भयो–‘ मुलुकमा भइरहेको परिर्वतन देखेर केही अतालिन थालेका छन् ।’ ‘सडकमा अब तारका झुप्पा देखिने छैनन, सुरुङ्ग युगमा प्रवेश गरिएको छ, कोटेश्वर धुलिखेल खण्ड फराकिलो बनाउँदै राजधानीसँग काभ्रेलाई सहज बनाईनेछ’–प्रधानमन्त्री ओलीले भन्नुभयो–‘देश विकासको सिँढी चढीरहेको छ, हरेक दिन युगान्तकारी विकासका काम अगाडी बढेको छ, एउटा नयाँ युगको प्रारम्भ भएको छ ।’
मुलुकका बारेमा प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकास विकास आधुनिकता र सामाजिक न्यायतर्फ अगाडि बढेको बताउनु भएको छ । ‘धुलिखेल नगरपालिका देशभरका नगरपालिकाहरुको मियो बन्नुपर्छ’–प्रधानमन्त्री ओलीले भन्नुभयो–‘काभ्रे उर्वर प्रतिभा जन्माउने जिल्ला हो । धुलिखेल र सिङ्गो काभ्रेले देशको नेतृत्व गर्न सक्नु पर्छ ।’ प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘सडकमा अब तारका झुप्पा देखिने छैनन् । सुरुङ्ग युगमा प्रवेश गरिएको छ, कोटेश्वर धुलिखेल खण्ड फराकिलो बनाउँदै राजधानीसँग काभ्रेलाई सहज बनाईनेछ ।’ प्रधानमन्त्री ओलीले भन्नुभयो–‘देश विकासको सिँढी चढिरहेको छ, हरेक दिन युगान्तकारी विकासका काम अगाडि बढेको छ, एउटा नयाँ युगको प्रारम्भ भएको छ ।’ मुलुकका ८८ प्रतिशत घरमा केन्द्रीय बिद्युत लाइन पुगेको बताउँदै प्रधानमन्त्री ओलीले दुई वर्षमा बाँकी १२ प्रतिशत जनताको घरमा बिद्युत पु¥याउने गरी काम भईरहेको बताउनु भयो । ‘मेलम्ची खानेपानी आयोजना ल्याएर काठमाडौंको खानेपानी अभाव न्युन गर्न सरकार कृयाशिल भईरहेको छ, ७७ वटै जिल्लामा फोरजी सेवा विस्तार भईरहेको छ, सूचना प्रविधिको प्रयोग गरेर मुलुकलाई डिजिटल नेपाल बनाउने नीति लिएको छ,नागरिकहरुको स्वास्थ्य विमा, बैक खाता, कृषिमा आधुनिकीकरण, बालबालिकाहरु शत प्रतिशत विद्यालय विद्यालय जान थालेका छन् भने विद्यालय छाड्ने क्रम रोकिएको छ, पछाडी परेको समुदाय, महिलाहरुको उत्थानका लागि नयाँ कार्यक्रम, प्रतिभा बाहिरिने क्रम रोकिएको छ, सडकमा बस्नु पर्ने मानव हुँदैनन, खान लगाउन नपाएर कसैले मर्नु पर्दैन’–प्रधानमन्त्री ओलीले भन्नुभयो–‘विकासका कुरा पुँजिपतिले पैसा कमाउने मात्रै होईन, भ्रुण देखि बाचुञ्जेलसम्मका लागि हेरचाह गर्ने विकासको अभियान शुरु भएको छ ।’
संचारमन्त्री गोकुल बास्कोटाले भन्नुभयो – ‘सिङ्गो देश परिवर्तन भईरहेको छ’
मैले यहाँ धेरै कुरा भन्नु पर्दैन । मलाई नै मन्त्री बनाउने, यो जिल्लालाई माया गर्ने, ताल्ढुंङ्गा देखि मण्डनसम्म, जिल्लाका हरेक क्षेत्रको विकासका लागि सबै भुगोलका नागरिकसँग आत्मियता साट्नु हुने, दुःखसुख बुझ्नु हुने आदरणीय ब्यक्तित्व सम्माननीय प्रधानमन्त्री यहि हुनुहुन्छ । धुलिखेलको मात्रै होईन, सिङ्गो देशको विकास र समृद्धिका लागि दृढ यात्रा लिएर अगाडी बढिरहनु भएका प्रधानमन्त्रीका सामु मेरा केहि माग रहँदैनन् । हामी सबै सँगै अगाडि बढ्ने हो । विकास, सामाजिक न्याय, स्वाधिनता, स्वाभिमान, समृद्धिका लागि निरन्तर लाग्नु हुने, तत्कालिन सामन्ती राजतन्त्रले औंला उठाउन खोज्दै थियो त्यतिबेला राजतन्त्र लल्कार्न यहिबाट लाग्नु भएको थियो, चुनौती दिनु भएको थियो । राजतन्त्रले संविधान उल्लंघन गर्छ भने जनताले त्यसको प्रतिकार गर्नेछन र जनताले नै त्यसको सीमा भत्काउने कुरा यहि धुलिखेलबाट प्रधानमन्त्री केपी शर्मा ओलीले त्यतिबेलै धुलिखेलबाट ब्यक्त गर्नु भएको थियो । बैचारिक क्षेत्रमा धुलिखेलले विकासको, समृद्धिको, सामाजिक न्यायको, पर्यटनको समेत परिचय बनाएको छ । त्यो निरन्तर कायम रहोस् । शुभकामना ।
खानेपानी तथा सरसफाई मन्त्री विना मगरले भन्नुभयो
‘धुलिखेल नमुना नगर’
धुलिखेल नगरपालिकाले जसरी आफ्नो कार्यकालमा जनताका माझमा राखेका प्रतिवद्धताहरुलाई पुरा गर्ने क्रममा योजनाबद्ध ढंगले आफ्ना कार्यक्रमहरु अगाडि बढाईरहेको छ । प्रतिवद्धता गर्नु भएको, बाचा गर्नु भएको र योजनाबद्ध ढंगबाट धुलिखेलको विकासका लागि परिकल्पना गर्नु भएको धुलिखेललाई प्रस्तुत गर्नु भएको छ त्यसले पनि नागरिकको आधारभुत आवश्यकता पूरा गर्छ भन्ने विश्वास लिएको छु । सुखी र खुशी नगरबासी बनाउने प्रतिबद्धता, दृढ संकल्पले सिङ्गो नगरपालिकाहरुका क्षेत्रमा नमुना र उत्कृष्ट नगरपालिका बनाउने कुरा विश्वास गर्दछु । जनतालाई आवश्वस्त पार्दै खानेपानी, स्वास्थ्य, बालमैत्री नगर, शिक्षा, सरसफाईका क्षेत्रमा गरिरहनु भएको कामको म मुक्तकण्ठले प्रसंशा गर्नेछु । गाउँ र शहरलाई जसरी परिकल्पना गर्नु भएको छ त्यो परिकल्पना पुरा गर्ने अभियानमा साथ रहनेछु । तपाईहरुको सपनामा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दछु ।
नगर प्रमुख अशोक ब्याञ्जुले भन्नुभयो
‘समृद्ध धुलिखेल नगर’
धुलिखेल नगरपालिकालाई २० बर्ष भित्रमा नेपालकै नमुना नगर बनाउने गरी काम गरिरहेको छ । ‘एक घर एक धारा’ अन्र्तगत २ हजार १ सय ११ घरमा धारा पु¥याईएको, खानेपानी सम्मेलन, एकिकृत खानेपानी, ४० किमी सडक नयाँ र ६ किमी सडक कालोपत्रे गरिएको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । नगरका हरेक क्षेत्रको विकासका लागि महत्वपूर्ण कार्यक्रमहरु भईरहेका छन् । स्वस्छ, सफा र नागरिकहरुले आर्थिक समृद्ध हुने नगरका रुपमा धुलिखेल विकास हुनेछ । (थप विवरण भित्री पृष्ठमा।)
उपप्रमुख विमला शर्माले भन्नुभयो
‘ब्यवस्थित शहर बनाउने अभियानमा छौ’
धुलिखेल नगरपालिकाले स्थानिय तहको हैसियतमा नेपालको संविधान २०७२ द्वारा प्रदत्त हकको अधिकार क्षेत्रमा रही आम नगरबासीको हित र कल्याणका लागि कार्य अगाडि बढाइरहेको छौं । पुर्ण साक्षर नगर होस वा खुला दिशामुक्त नगर, पूर्ण खोपयुक्त नगर होस वा अन्य जनसरोकारका विषयमा यस नगरले नगरबासीको उच्चतम् हितलाई सर्वोपरी मानि बिभिन्न कृयाकलापहरु सञ्चालन गर्दै आएको छ । यस नगर पालिकाको वडा नं. १० गत बर्ष नै बाल मैत्री वडा घोषण गरिएको थियो भने आज ५ वटा वडाहरु धोषण गर्न लागिएको छ भने सन् २०२० सम्ममा धुलिखेल नगरलाई नै वालमैत्री नगरको रुपमा घोषणा गर्ने नीतिका साथ कार्यक्रम अगाडि बढाएका छौं । (थप मन्तब्य भित्री पृष्ठमा)
मदन भण्डारीको शालिक, ३६ वटा पार्क
‘स्थानीय सरकारहरुको विकास भौतिक पूर्वाधार मात्रै होईन । देशलाई अगाडी बढाउन विभिन्न समयमा गरेको योगदानलाई पनि संरक्षण गर्नुपर्छ । जुन काम धुलिखेल नगरपालिकाले गरेको छ’–प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नु भयो । धुलिखेल नगरपालिका वडा नम्वर ११ काभ्रेभञ्ज्याङ्गमा निर्माण गरिएको पार्क र पार्कमा निर्माण गरिएको जननेता मदन भण्डारीको शालिक अनावरण गरे पछि प्रधानमन्त्री ओलीले देशलाई कसरी अगाडी बढाउनु पर्छ ? देशमा कस्तो लोकतन्त्र आवश्यक छ ? जनतालाई कस्तो शासन आवश्यक छ ? नागरिकहरुका लागि शान्ति र सुशासन दिन, विकासको आफ्नै तरिकाबाट नेपाललाई तिब्र गतिको विकासमा लैजान सकिन्छ भन्ने उहाहरण देखाएको बताउनु भयो । ‘जननेता मदन भण्डारीको योगदान स्मरण गर्ने गरी निर्माण गरिएको शालिक र त्यसबाट दिन खोजिएको सन्देश मुलुकको लोकतन्त्र र शासनपद्धतीसँग जोडिएको छ’–प्रधानमन्त्री ओलीले भन्नु भयो–‘जननेता मदन भण्डारीप्रति श्रद्धासुमन ब्यक्त गर्दछु ।
धुलिखेलमा शालिक निर्माण गरेकोमा नगरपालिकालाई धन्यवाद दिन चाहन्छु ।’ देशका लागि जीवन अर्पण गर्ने, देशका लागि सदैव सोच्ने, नयाँ बाटो दिन सक्ने नेताको निधन भएको लामो समय पछि पनि स्मरण गरेकोमा नगरपालिकालाई प्रधानमन्त्री ओलीले धन्यवाद दिदै नेपालीहरुको कृतज्ञता ब्यक्त गर्ने परम्परालाई निरन्तरता दिएकोमा सम्मान ब्यक्त गर्नु भयो । धुलिखेल नगरपालिकाले आफ्नो सिमा भित्रका नगरपालिकालाई मात्रै नभई देशभरका नगरपालिकालार्य नेतृत्व गरिरहेकोमा विश्वास सहित नगर प्रमुख अशोक ब्याञ्जुलाई बधाई तथा शुभकामना दिनु भएको थियो ।
नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले धुलिखेल नगरपालिकामा पाँच वर्ष भित्र ६५ वटा पार्क निर्माण गर्ने लक्ष्य अनुसार हालसम्म ३६ वटा पार्क निर्माण गरिसकिएको बताउनु भयो । पर्यटन वर्षको अवसरमा प्रत्येक महिना एउटा पार्कको शिल्यान्यास गर्ने रणनीति नगरपालिकाले लिएको बताउँदै नगर प्रमुख ब्याञ्जुले पर्यटकिय नगरी धुलिखेल पर्यटकमैत्री, वातावरण मैत्री, बालमैत्री, शैक्षिक, हेल्दिसिटी लगायतको नगरका रुपमा विकास गरिएको बताउनु भयो । काभ्रेभञ्ज्याङ्गमा निर्माण भएको पार्कका लागि नगरपालिका र बागमति प्रदेश सकारका तर्फबाट लगानी गरिएको छ । झण्डै ३० लाखमा निर्माण भईरहेको पार्क अनावरण कार्यक्रममा बागमती प्रदेश सभा सदस्य चन्द्र लामा, जिल्ला समन्वय समिति प्रमुख उद्धव केसी, उपप्रमुख मञ्जु गौतम, मण्डन देउपुर नगरपालिका प्रमुख टोकबहादुर वाईवा, जनप्रतिनिधि एवं राजनीतिक दलका नेताहरु, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना लगायतको सहभागिता रहेको थियो । बनेपा सिन्धुली बर्दिवासको काभ्रेभञ्ज्याङ्ग खण्डमा निर्माण भएको मदन भण्डारीको शालिकसँगै पार्कले स्थानीय तथा पर्यटकहरुका लागि आर्कषकको केन्द्र बनाईने भएको छ । नगरपालिकाले धुलिखेलको देविस्थान मन्दिर लगायतका स्थानमा धमाधम पार्क निर्माण भईरहेको छ ।
६ वटा वडा बालमैत्री
धुलिखेलका ६ वटा वडा बालमैत्री घोषणा भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले धुलिखेल नगरपालिकाको ३४ औ बार्षिकोत्सव, वडा नम्वर ३,४,५,६ र ७ लाई बालमैत्री वडा घोषणा गर्नु भएको थियो । मन्त्री थममाया थापा मगरले एक वर्ष अघि नै वडा नम्वर १० लाई बालमैत्री वडा घोषणा गर्नु भएको थियो । ‘मेलम्ची खानेपानी आयोजना ल्याएर काठमाडौंको खानेपानी अभाव न्युन गर्न सरकार कृयाशिल भईरहेको छ, ७७ वटै जिल्लामा फोरजी सेवा विस्तार भईरहेको छ, सूचना प्रविधिको प्रयोग गरेर मुलुकलाई डिजिटल नेपाल बनाउने नीति लिएको छ, नागरिकहरुको स्वास्थ्य वीमा, बैंक खाता, कृषिमा आधुनिकीकरण, बालबालिकाहरु शत प्रतिशत विद्यालय विद्यालय जान थालेका छन् भने विद्यालय छाड्ने क्रम रोकिएको छ, पछाडी परेको समुदाय, महिलाहरुको उत्थानका लागि नयाँ कार्यक्रम, प्रतिभा बाहिरिने क्रम रोकिएको छ, सडकमा बस्नु पर्ने मानव हुँदैनन, खान लगाउन नपाएर कसैले मर्नु पर्दैन’–प्रधानमन्त्री ओलीले भन्नुभयो–‘विकासका कुरा पुँजिपतिले पैसा कमाउने मात्रै होईन, भ्रुण देखि बाचुञ्जेलसम्मका लागि हेरचाह गर्ने विकासको अभियान शुरु भएको छ ।’
उत्कृष्ट ब्यक्तित्व सम्मानित
धुलिखेल नगरपालिकाले ३४ औ बार्षिकोत्सवको अवसरमा धुलिखेलका नक्षत्रहरुलाई विभिन्न उपाधीबाट सम्मान गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासमा लाग्नेहरुलाई सम्मान गरेकोमा बधाई तथा शुभकामना ब्यक्त गर्नु भएको थियो ।
काठमाडौ विश्वविद्यालयका उपकुलपति डा. रामकण्ठ माकजु धुलिखेल रत्नबाट सम्मानित हुनु भएको छ भने धुलिखेल नक्षत्रबाट वडा अध्यक्ष स्व. राजन कोईराला मरणोपरान्तबाट श्रीमती गिता कोईराला, धुलिखेल प्रज्ञाश्रीबाट कलाकार मनोज पण्डीत, धुलिखेल सेवाश्रीबाट कृषि विज्ञ हसेरा फर्म पातलेखेत ११ का गोविन्द शर्मा धिताल, धुलिखेल ताराबाट कृषक वडा नम्वर ३ का राजेन्द्र ढकाल, बालज्योती आधारभुत विद्यालय धुलिखेल १० का प्रधानाध्यापक कौमा काफ्ले, जिपलाईनका प्रोपाईटर पर्यटन ब्यवसायी केदार थापा, ठाडोखोला खानेपानी निर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्णहरी कोईराला, धुलिखेल १२ मा रहेको साना किसान सहकारी संस्था, जनसेवाश्रीबाट लेखापाल राजेन्द्र बजगाई र ब्रम्हकुमार शाही, हेल्थ असिस्टेण्ट रहेका छन् ।





