2026 June 25/ 11:02: 43am

    विकट क्षेत्र महाभारत र खानीखोला गाउँपालिकामा दरवन्दी थपिएको छ । दरवन्दी नभएकै कारण बालबालिकाको पठनपाठनमा समस्या भएको लामो समय पछि दरवन्दी मिलान हुन लागेको हो । महाभारत गाउँपालिकामा १ सय ४५ जना शिक्षकको दरवन्दी थपिएको छ भने खानीखोलामा ९६ जना थप भएको छ । कक्षा ११ र १२ मा २ जना मात्रै दरवन्दी रहेको खानीखोलामा १३ देखाईएको छ । एक जना थप भएको छ । 
महाभारत पछि १ सय १९ जना शिक्षक चौरीदेउराली गाउँपालिकामा थप भएका छन् । बेथान्चोक गाउँपालिकामा ७५, तेमाल गाउँपालिकामा ६०, नमोबुद्ध र पाँचखाल नगरपालिकामा २९÷२९ जना थप भएको छ । धुलिखेल नगरपालिकामा ३२ वटा दरवन्दी थप भएको छ । रोशी गाउँपालिमा १७, बनेपामा १ वटा दरवन्दी थप भएको छ । पनौती नगरपालिकाबाट ३३ वटा दरवन्दी काटिएका छन् भने भुम्लु गाउँपालिकाबाट २ वटा काटिएका छन् । मण्डनदेउपुर नगरपालिकामा ५५ जना प्रावि तहका कटौती भएर निमावीमा २३, कक्षा ९ र १० मा ३१, कक्षा ११ र १२ मा १ जना थप हुँदा बराबरी हुने भएको छ । जिल्लामा पहिलो मण्डनदेउपुर नगरपालिकाले दरवन्दी मिलान गरेको थियो । 
प्राथमिक तहमा रहेका ३ सय १७ वटा दरवन्दी जिल्लाबाट कटौतीमा परेका छन् । निमावी र कक्षा ९ र १० दुवैमा ३ सय ५१ वटाका दरले दरवन्दी थपिएका छन् भने कक्षा ११ र १२ मा १ सय ७३ दरवन्दी थपिएका छन् । सबैै भन्दा धेरै धुलिखेल र पनौती नगरपालिका भित्र रहेका प्रावि तहका ८१÷८१ वटा दरवन्दी कटौतीमा परेको छ । बनेपा नगरपालिकाको ६४ वटा, मण्डनदेउपुरमा ५५, तेमालमा ८१, पाँचखालमा ३३, रोशीमा ११, भुम्लुमा २९, नमोबुद्धमा ८१ वटा दरवन्दी कटौती भएका छन् । महाभारतमा सबै भन्दा धेरै प्रावी तहमै ६० वटा दरवन्दी थपिएका छन् भने खानीखोलामा ३२ वटा थपिएका छन् । चौरीदेउरालीमा २५ वटा, बेथान्चोकमा ८ वटा दरवन्दी प्रावी तहमा दरवन्दी कटौतीमा परेका छन् । 
काभ्रेमा २ हजार ९२ प्राथमिक तह, निमावीमा ५ सय ७५, मावि तह कक्षा ९ र १० मा ४ सय ५३ र कक्षा ११ र १२ मा १ सय २५ जना शिक्षकहरु कार्यरत थिए ।