धुलिखेल/पाँचखाल घर भएका १६ बर्षीय बालकले अपाङ्गता भएकी बहिनीलाई १० वर्षको उमेर देखि जर्बजस्ति करणी गर्दै आएको रहस्य खुलेको छ । बालकले १२ वर्षको उमेर देखि बहिनीलाई करणी गरेको बयान दिएका छन् ।
प्रहरीमा परेको उजुरीका आधारमा पक्राउ परेका बालकलाई जिल्ला अदालतले पुर्पक्षका लागि सुधार गृह पठाउन आदेश दिएको छ । बालकले एकाघरमा बस्ने काकाको छोरी अपाङ्गता भएको अवस्थामा १० वर्षको उमेर देखि करणी गरेको बयान प्रहरीमा दिएका छन् । पीडक बालकको बयान यस्तो छ – ‘म बुवा आमा सँगै बसी कृषी पेशा गरी आफ्नो जिविका चलाउदै आई रहेको थिएँ । मेरो बुवाको दुई वटा दाजु भाई हुनु हुन्छ । मेरो बुवा दाइ हुनुहुन्छ । हजुर आमा एक्लै बस्नु हुन्छ । काकाकोे एक छोरा र दुई छोरी छन् । छोरीहरु मध्ये जेठी छोरी जन्मसिद्ध हिड्न नसक्ने अपाङ्ग छिन् । मेरो उनी बहिनी हो । मेरो बुवा र उनको बुबा म नजन्मिदै अलग्गै भई बसेका रहेछन् निजहरुको र हाम्रो घर तलमाथि नजिकै रहेको छ । म र उनी सानै देखी सँगै खाने बस्ने गरेका थियौं । त्यतिखेर म १२ बर्षको र उनी १० बर्षको थिईन् । हामी संगै खेल्ने संगै सुत्ने बस्ने गर्दा बहिनी र म दुबै जना कपडा नलगाई सुत्दै आएका थियौ । त्यतिबेला देखि नै उनले र मैले सहमतीमा नै शारिरीक सम्बन्ध राख्दै आएका थियौं । पछि म १६ बर्षको हुँदा ओखल्ढुंगा घर हुने अञ्जली स्याङबोसँग प्रेम विवाह गरी २ महिना सँगै बस्यौं । श्रीमतीले म काठमाण्डौ तिर बस्छु भनेर मलाई छाडी गएपछि उसलाई छाडिदिएँ । ६ महिना पछि अर्की सुनिता तामाङसँग प्रेम विवाह गरी घरजम गरी बस्न थालें । सोहि क्रममा २०७६ साल श्रावण मसान्तमा उनी माईत गई बसिन् । पटक–पटक मैले घर आउन आग्रह गरें । आजसम्म पनि उनी घरमा आउन चाहिनन् । तीन पटक सम्म लिन जाँदा आउन नमाने पछि म घरमा बसी कृषि पेशा नै गरि बसिरहें । श्रीमती माईत गई बसेपछि घरमा बस्दा अपाङ्गता भएकी बहिनी बस्ने डेरा कोठामा गई बस्ने गरेको थिएँ । काका र काकी आफ्नो घरमा बस्नु हुन्छ । बहिनी, भाई र कहिले काँही म समेत हजुरआमाको घरमा गई बस्ने गरेको थियौं । उनकै भाई र मेरो २०७६ सालको विजया दशमीको अघिल्लो दिन झगडा प¥यो । मसँग झगडा परे पछि उ आफ्नै घरमा गएर सुत्न थाल्यो । बहिनी हजुरआमा संगै बसिरहेकी थिईन् । हजुरआमाको घरमा बाहिर खाट हाली सुत्ने र बस्ने गरेको थियो । २०७६ सालको दशैंको पूर्णिमा पछि हजुरआमाको छोरी मेरो फुपुहरु तिहारमा बुबा काकाहरुलाई टिका लगाउन नआउने भए पछि म काठमाण्डौ तिर आउछु भनि हजुरआमा काठमाडौ छोरीको घर तिर गई बस्नु भयो म हजुरआमाको घर बाहिर खाट हाली सुत्न थालें । बहिनी हजुरआमा सुत्ने घर भित्र सुत्दै आएकी थिईन् । २०७६ कार्तिक २÷३ गते बहिनी आमा बुबासँग गई बसिन् । उनी घर भित्र एक्लै भएको मौका छोपी सानैमा उनीसँग गरेको ब्यवहार सम्झन पुगें । अनि पुनः एक पटक शारिरीक सम्पर्क राख्ने योजनाका साथ रातको ८ बजे जबरजस्ती करणी गरें । करणी गरी सकेपछि म बाहिर आई सुतें । २०७६ कार्तिक १० गते गाँउमा गई मादक पदार्थ सेवन गरी सुत्ने तयारीमा थिएँ । हजुरआमाकोमा आई खाना खान लाग्दा घरको ढोका बन्द रहेको र ढोका खोल बहिनी भन्दा ढोका नखोलिए पछि ट्रष्ट लगाएको उक्त घरको बिचको पर्खालबाट माथी चढी हेर्दा उनी खाटमा सुती रहेको देखें । त्यस दिन पनि मैले जर्बजस्ति गरें । सानोमा थाहा नपाएर करणी गरें । पछि जानीजानी दुई श्रीमतीले छाडेपछि उनलाई जर्बजस्ति गरें ।’ अभिभावकहरुको उजुरीकै आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।





