2026 June 25/ 09:26: 18am

नयाँलाई सदस्यता, पुरानालाई सम्मान
    बनेपा/रोटरी क्लब अफ काभ्रे बनेपाले स्थापनाको १८ औं बार्षिकोत्सव मनाएको छ । रोटरी ईन्टरनेशनल डिस्ट्रिक ३२९२ नेपाल तथा भुटानका डिस्ट्रिक गर्भनर रोटरियन किरणलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा रोटरीले नेपालका विभिन्न क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरिएको थियो । 
    रोटरी जीवन पद्धती भएको बताउँदै गर्भनर किरणलाल श्रेष्ठले रोटरीको काम सेवातर्फ आकर्षण बढेको बताउनु भयो । ‘नाफामुलक हैन रोटरी सेवा मुलक भएको छ’–गर्भनर श्रेष्ठले बताउनु भयो–‘ब्यक्तिगत जीवनमा समेत प्रवाह पारेको छ । शिक्षा र खानेपानी सबैको आवश्यकता र अधिकार हो । नेपालको विकासमा रोटरीले पनि सहयोग गरिरहेको छ ।’ साक्षर नेपाल घोषणा गर्ने अभियानमा रोटरीले सहयोग गरिरहेको बताउँदै गर्भनर श्रेष्ठले भ्रमण वर्ष २०२० लाई सफल बनाउन लुम्बिनीमा रोटरी शान्ति पार्क निर्माण, स्वच्छ नेपाल र साक्षर नेपाल निर्माणमा सहयोग पु¥याएको बताउनु भयो । 
    रोटरी क्लब अफ काभ्रे बनेपाले जिल्लाका साथै छिमेकी जिल्लाहरुमा पनि सेवा दिएको पूर्व अध्यक्ष हिरा शर्मा नेपालले बताउनु भयो । तेमाल गाउँपालिकाको थामडाँडामा १ करोड बराबरको खानेपानी आयोजना सञ्चालन भएको छ भने रामेछापको साँघुटारमा ५० लाख बराबरको दाँत क्लिनिक संचालन जसमा विशेषज्ञ सहितको सेवा उपलब्ध छ । छिट्टै हर्टिकल्चर फार्म तयार गरी विदेशिन लागेका युवाहरुलाई रोजगार प्रदान गर्ने योजना रहेको पुर्व अध्यक्ष शर्माले बताउनु भयो । अध्यक्ष रामप्यारी बर्जाचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लामा वर्ष २०१९÷२०२० मा  गर्ने कार्यक्रम र भएका गतिविधिका बारेमा जानकारी गराउनु भएको थियो । पुर्व अध्यक्ष हिरा शर्माले १ सय १३ जना बालबालिकाहरुलाई निशुल्क अध्यापन गराईरहनु भएको छ भने रामप्यारी बर्जाचार्यले पनि असाहय बालबालिकाहरुका लागि शिक्षामा सहयोग पु¥याई रहनु भएको थियो । 
    कार्यक्रममा नयाँ सदस्यहरु मनोज श्रेष्ठ, राजन न्यौपाने, सरिना शाक्य, मनिष आचार्य र सुमन चौ प्रधानलाई सम्मान गरिएको थियो । नयाँ सदस्यहरुलाई रोटरियन नारायण गुरुङ्गले सपथ गराउनु भएको थियो । नयाँ सदस्यहरुको परिचय रोटरियन मिलन गुरुङ्गले गराउनु भएको थियोे । कार्यक्रममा रसेन्द्र श्रेष्ठ, युगेश्वरराज कायश्थ, नरेश श्रेष्ठ, स्व. ज्योतीप्रकाश सैजु, विजयराम कर्माचार्यलाई सम्मान गरिएको थियो । प्रमुख अतिथी गर्भनर किरणलाल श्रेष्ठका बारेमा रोटरियन रुपा मुनांकर्मीले परिचय गराउनु भएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेकोे थियो ।