2026 June 25/ 09:26: 40am

    धुलिखेल/राष्ट्रिय आर्थिक गणनामा औद्योगिक उत्पादन कृयाकलापमा प्रदेश नम्वर ३ मा काभ्रे उत्कृष्ट देखिएको छ । प्रतिष्ठान संख्या, संलग्न जनशक्ति र उत्पादनका हिसाबले प्रदेश ३ नेपालमै अग्रस्थानमा रहेको छ भने काभ्रेपलाञ्चोक जिल्ला हरेक क्षेत्रमा शशक्त देखिएको छ । 
    आर्थिक गणनाले मुलुकको विकास तथा योगदानका हिसावले वित्तिय, शिक्षा, थोक तथा खुद्रा ब्यापार, मोटर पार्टस्, आवास निर्माण तथा होटल ब्यवसाय, खानी तथा उत्खनन् लगायतका क्षेत्रले बेरोजगार जनशक्तिलाई रोजगार मात्रै उपलब्ध गराएको छैन मुलुकबाट बाहिरिने अरबौं रुपैयाँ रोक्न सहयोग पु¥याएको छ । युवाहरु विदेशिनबाट रोक्न प्रतिष्ठानहरु मियो बनेर सशक्त बनिरहेका छन् । कृषि प्रधान देश नेपालमा सरकारले आर्कषक कार्यक्रम ल्याए पनि कार्यान्वयन हुन नसक्दा जनशक्ति कृयाशिल हुन सकेको छैन । कृषिमा भन्दा जागिरमा युवाहरुको आर्कषण देखिएको छ । काभ्रेमा कृषि प्रतिष्ठान अन्र्तगत कार्यरत जनशक्तिको संख्या २ हजार २ सय ४८ मात्रै छ । यो तथ्याङ्कले पनि के देखाउँछ भने मुलुकको विकासमा कृषि क्षेत्रमा ठुलो जनशक्तिको आर्कषण भन्दा विकर्षण छ । कृषिमा गरिने विभिन्न परियोजना, अनुदान कृषकमुखी नभएको यो तथ्याङ्कले देखाउँछ । 
    आर्थिक गणना अनुसार कृषि, वन तथा माछापालन ब्यवसाय देशभरका प्रदेशहरुमा २.६२ प्रतिशत रहेको छ भने प्रदेश नम्वर ३ मा २.४ प्रतिशत रहेको छ । ६ हजार ९ सय २६ प्रतिष्ठान मध्ये ७ सय ३६ काभ्रे जिल्लामा रहेका छन् । जसमा २ हजार २ सय ४८ जनशक्ति कार्यरत छ । प्रतिशतका हिसावले प्रदेश ३ मा ३.६ प्रतिशत रहेको छ भने काभ्रेपलाञ्चोक जिल्लामा ४.१ प्रतिशत जनशक्ति कार्यरत रहेको छ । यो अन्य प्रतिष्ठानको भन्दा कम जनशक्ति खपत गर्ने क्षेत्रका रुपमा देखिएको छ । 
    खानी तथा उत्खनन, विद्यूत्त, ग्याँस, वाफ तथा वातानुलित आपूर्ति, पानी आपूर्ति, ढल, फोहोर ब्यवस्थापन तथा प्रशोधन क्रियाकलाप र निर्माणमा प्रदेश नम्वर ३ मा प्रतिशत रहेको छ भने जिल्लामा १.२ प्रतिशत रहेको छ । २ हजार १ सय २१ प्रतिष्ठानमा काभ्रेपलाञ्चोक जिल्लामा १ सय ६९ प्रतिष्ठान रहेका छन् । जनशक्तिका हिसाबले प्रदेश ३ भरी २८ हजार ९ सय ४३ मध्ये जिल्लामा १ हजार २ सय ७१ रहेका छन् । 
    औद्योगिक उत्पादनमा प्रदेश ३ मा ३२ हजार ७ सय ७५ रहेका छन् । जिल्लमा १ हजार ९ सय १४ प्रतिष्ठान रहेका छन् । सबै भन्दा धेरै यहि क्षेत्रमा जनशक्ति कार्यरत छ । थोक तथा खुद्रा ब्यापार, मोटर गाडी, मोटरसाईकलको मर्मतमा प्रदेश ३ मा १ लाख ४४ हजार ४ सय ४८ प्रतिष्ठान संचालनमा छन् । जस मध्ये ६ हजार १ सय ३५ जिल्लामा संचालनमा छन् । ३ लाख २५ हजार २ सय ९२ जना जनशक्ति कार्यरत रहेकोमा जिल्लामा १२ हनार  १ सय ७८ जनशक्ति कार्यरत छ ।
    आवास सुविधा तथा खाना ब्यवस्थामा प्रदेश नम्वर ३ मा ४७ हजार २९ प्रतिष्ठान रहेका छन् । जिल्लामा २ हजार ६ सय ४३ प्रतिष्ठान रहेका छन् । प्रदेश भित्र १ लाख ४५ हजार ९० जना कार्यरत रहेका छन् भने जिल्लामा ६ हजार ९ सय ३६ जना कार्यरत छन् । वित्तिय तथा विमामा ७ हजार ९१ प्रतिष्ठान प्रदेशमा कार्यरत छन् । जसमध्ये ४ सय ९७ प्रतिष्ठान जिल्लामा कार्यरत छन् । १ लाख १ हजार ६ सय ९८ जनशक्ति प्रदेश अन्र्तगत कार्यरत रहँदा जिल्लामा ७ हजार २ सय ८६ जनशक्ति यो प्रतिष्ठान अन्र्तगत कार्यरत छन् । 
    शिक्षा क्षेत्रमा १० हजार ३० प्रतिष्ठान रहेका छन् । जिल्लामा ७ सय २० प्रतिष्ठानमा ९ हजार ३ सय ५५ जनशक्ति कार्यरत छ । प्रदेश अन्र्तगत १ लाख ६३ हजार ९ सय ५८ जना कार्यरत छन् । मानव स्वास्थ्य तथा सामाजिक कार्यका कृयाकलापमा प्रदेश भर ४ हजार ९ सय ६४ प्रतिष्ठानमा ७० हजार ८ सय ३४ जनशक्ति कार्यरत छ । जिल्लामा रहेका ३ सय ९८ प्रतिष्ठानमा ३ हजार ४ सय ७७ जनशक्ति कार्यरत छ । अन्य सेवा कृयाकलाप, कला मनोरञ्जन तथा मनोविनोद कृयाकलाप र सञ्चालन गर्ने प्रतिष्ठानमा प्रदेशमा २५ हजार २ सय ६० प्रतिष्ठानमा १ लाख ४३ हजार ५ सय ७२ जनशक्ति कार्यरत छ । जिल्लामा रहेका ९ सय ८६ वटा प्रतिष्ठानमा २ हजार ९ सय २९ जनशक्ति कार्यरत छ । घरजग्गा कारोवार, यातायात तथा गोदाम र सूचना तथा सञ्चार ८४, पेशागत, बैज्ञानिक तथा प्राविधिक कृयाकलाप, प्रशासनिक तथा सहयोगी कृयाकलापमा समेत गरी जिल्लामा १४ हजार २ सय ८२ प्रतिष्ठान गणनामा समावेश भएका छन् । जिल्लामा रहेका सबै ब्यवसायीक आर्थिक इकाईहरुमा पुगी गणना गरिएको थियो । नेपालमा रहेका अन्र्तराष्ट्रिय औद्योगिक बर्गीकरणमा उल्लेखित क्षेत्रका आर्थिक इकाईहरु एकै पटक समेटिने गरी २०७५मा आर्थिक गणना सञ्चालन गरिएको थियो । दर्ता भएका ७ हजार ३ सय २७ प्रतिष्ठान दर्ता भएका छन् भने ६ हजार ९ सय ५५ प्रतिष्ठान दर्ता भएका छैनन । प्रतिष्ठानमा ५४ हजार ५ सय ७५ जनशक्ति कार्यरत छन् । २० हजार ७ सय ६ पुरुष र १५ हजार २ सय २ महिला प्रतिष्ठानमा कार्यरत छन् ।
    जिल्लाका १३ तह मध्ये सबैभन्दा कम खानीखोला गाउँपालिकामा २४९ प्रतिष्ठान रहेका छन् । जसमा १ सय ९ वटा दर्ता भएका छन् भने १ सय ४० वटा दर्ता भएका छैनन् । महाभारतमा २ सय ६८ वटा प्रतिष्ठान दर्ता भएका छन् । १ सय ३३ वटा दर्ता भएका छन् भने १ सय ३५ वटा दर्ता भएका छैनन । भुम्लु गाउँपालिकामा ४ सय ४७, चौरीदेउराली गाउँपालिकामा ४ सय ६०, तेमाल गाउँपालिकामा ४ सय ६३, बेथान्चोक गाउँपालिकामा ५ सय २ र रोशी गाउँपालिकामा ७ सय ४४ वटा प्रतिष्ठान छन् । सबै भन्दा धेरै बनेपा नगरपालिकामा ४ हजार ३ सय २९ प्रतिष्ठान रहेका छन् भने पनौती नगरपालिकामा १ हजार ९ सय १ वटा प्रतिष्ठान रहेका छन् । पाँचखालमा १ हजार ४ सय ६२, धुलिखेलमा १ हजार ४ सय २२, नमोबुद्ध नगरपालिकामा १ हजार २१ र मण्डनदेउपुर नगरपालिकामा १ हजार १४ वटा प्रतिष्ठान रहेका छन् । प्रतिशतका आधारमा ५१ प्रतिशत दर्ता भएका र ४९ प्रतिशत दर्ता नभएका प्रतिष्ठानको संख्या रहेको छ । 
    तथ्याङ्कका आधारमा परम्परागत रुपमा संचालन हुँदै आएका ऐतिहासिक बजारहरुको संख्या घट्दै गएको छ । जिल्लाभर २ सय ८ वटा प्रतिष्ठान मात्रै परम्परागत बजारमा संचालन भएका छन् । आधुनिक ब्यापार मलमा १ सय १ वटा प्रतिष्ठान संचालन भएका छन् । प्रतिष्ठान संचालनका हिसावले बनेपामा सबै भन्दा धेरै २१ हजार ३ सय ५६ जनाले काम गरिरहेका छन् । संचालन भएका प्रतिष्ठान मध्ये लेखाश्रेस्ता ७ हजार १ सय ६५ वटा प्रष्ठिनाले मात्रै राख्ने गरेका छन् भने ६ हजार ६ सय ८४ प्रतिष्ठानको लेखा श्रेस्ता नै छैन ।