2025 June 17/ 05:12: 12pm

मनिषा श्रेष्ठ
धुलिखेल, काभ्रे

१) आजभोलिको दैनिकी कसरी बित्दैछ ? 
दिउँसो अफिस जान्छु अनि बिहान बेलुका घरायसी काम गरेरै बितिरहेको छ ।
२) अफिसको अलावा पढ्दै पनि हुनुहुन्छ कि ? समय व्यवस्थापन कसरी गर्नुभएको छ ?
अहिले मेरो जागिर मात्र भएको कारण समय ब्यबस्थापन सहज नै छ ।
३) जीवन चाहेर पनि पूरा हुन नसकेको कुरा केहि छ ?
आजसम्म त्यस्तो कुरा केही छैन ढिलो चाँडो चाहेको कुरा पूरा भैइरहेको छ ।
४) आजभोलिका युवाहरु इन्टरनेट, फेसबुकमा बढी समय बिताउँछन् यसले कस्तो असर पार्ला ?
मेरो विचारमा सूचना प्राप्त गर्न र पठाउनको लागि इन्टरनेट सहज माध्यम हो जस्तो लाग्छ भने अर्काेतिर यसको दुरुपयोग आजभोलि साइबर क्राइम दिनानुदिन बढिरहेको छ । यसर्थ इन्टरनेटको गलत प्रयोगले मानिसहरुको पारिवारीक जीवन समेत बर्बाद बनाएको छ । यसर्थ इन्टरनेटको सहि उपयोग गरौं ।
५) राजनीतिप्रति कत्तिको आस्था राख्नुहुन्छ ? 
राजनीति प्रति त्यस्तो धेरै आस्था त छैन ।
६) युवाहरुको देशप्रति कस्तो दायित्व रहन्छ ? 
युवाहरूमा हुने जोश जाँगर अरुमा कमै मात्रामा पाइन्छ । तर बिडम्बना बेरोजगारका कारण हाम्रो देशका युवा जोश जाँगर दिनानुदिन पराई भूमिमा श्रम र पसिना बगाउन बाध्य छन् । यसलाई रोक्न सरकारले स्वदेशमै रोजगारको सिर्जना गर्नुपर्दछ ।  
७) कसैको प्रेममा पर्नुभएको छ ? आजभोलिका प्रेम किन क्षणिक हुन्छ ? 
 अहँ छैन.. एक–अर्कालाई बुझेर भन्दा नि देखासिकिको लागि प्रेम हुने भएको कारण आजभोलि प्रेम क्षणिक हुँदै गएको हो ।
८) मागी विवाह कि प्रेम विवाह रोज्नुहुन्छ ? 
बिहे अघि नै एकाअर्कालाई राम्ररी चिनिने, बुझिने भएकाले जीन्दगी चलाउन सजिलोको लागि म प्रेम विवाह रोज्छु ।
९) सेक्सप्रति हाम्रो समाज किन नकारात्मक भएको होला ?
समयसँगै अघि नबढेको हाम्रो समाजको मानिसको सोचाइको कारणले सेक्सप्रति हाम्रो समाज नकारात्मक भएको हो ।
अन्त्यमा........
 आफ्नो कुरा राख्ने मौका दिनुभएकोमा चेष्टा परिवारलाई धेरै धेरै धन्यवाद । युवाहरु भनेका देश विकासका संवाहक हुन् । यसर्थ युवाहरु आफ्नै स्वदेशमा रहेर सीप सिकौं, स्वरोजगार बनौं र अरुलाई पनि रोजगार दिलाऔं भन्न चाहन्छु ।