2024 October 15/ 02:17: 16am

           यस बर्षको विश्व रेबिज दिवस, सेप्टेम्बर २८ को विश्वब्यापी रुपमा स्लोगान Breaking Rabies Boundaries अर्थात “अवरोध हटाऔं, रेबिज उन्मूलन गरौं” रहेको छ । रेबिज दिवस लुइस पास्चरको सम्झनामा सन २००७ देखि मनाउदै आइरहेकोमा यस बर्ष पनि असोज १२ गते अर्थात सेप्टेम्बर २८ मा मनाइदै छ । रेबिज दिवस मनाउने उद्देश्यमा एक स्वास्थ्य अवधारणालाई जोड दिने, स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय सरोकारवाला समुदायसँग सहकार्य गर्ने, रेबिज रोग उन्मूलनका लागि नया प्रविधिहरू अपनाउने, लक्षित कार्यक्रम सानो भएता पनि कार्यक्रम मार्फत ठूलो उपलब्धि हासिल गर्ने र रेबिज रोगबारे जनचेतना फैलाउने र सुरक्षित रहन सिकाउने पर्दछन । 
            विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका १५० देशहरुमा रेबिज रोग देखा परेको छ । विश्वभरबाट बर्षमा ५९ हजार मानिसहरुले रेबिजबाट ज्यान गुमाइरहेका छन् जसमध्ये ९५% एशिया र अफ्रिकाबाट पर्दछन् । ९९% रेबिज लागेका मानिसहरुको मृत्यु कुकुरको टोकाइबाट भएको पाइएको छ र मृत्यु हुनेमा सबैभन्दा बढी ५–१४ बर्ष भित्रका बालबालिका रहेका छन् । सन् २०३० सम्ममा विश्वका मानिसहरूको रेबिज रोगबाट हुने मृत्युलाई शून्यमा झार्नको लागि सन्देशमूलक कार्यक्रमका साथ कुकुर र बिरालोको भ्याक्सिन गर्ने र तिनीहरूको संख्या न्यूनिकरणका लागि बन्ध्याकरणका कार्यक्रम अगाडि बढाउने कार्य भइरहेको छ । 
रेबिज रोग विषाणुबाट लाग्ने रोग हो जसले मानिस लगायत सम्पूर्ण स्तनधारी प्राणीमा असर गर्दछ । रोग लागेपछि उपचार नहुने हुँदा यस रोगलाई जुनोटिकका दृष्टिले महत्वपूर्ण रुपमा लिइन्छ । यस रोगका विषाणुहरुले मस्तिकमा नै असर गर्दछ । सुरुमा शरीरमा रोग प्रवेश गरे पश्चात ज्वरो आउने र संक्रमण भएको ठाउ झम्झमाए जस्तो वा निदाए जस्तो हुन्छ । यस पछाडिका लक्षणहरुमा असाधारण चाल, अनियन्त्रित क्रियाकलाप, पानी देखि डर मान्ने, शरीरका विभिन्न अंगहरु चलाउन नसक्नु, बिर्सनु वा दोधारमा पर्नु र वेहोस हुनु पर्दछन । एकचोटी लक्षण देखा परे पश्चात अन्तिम भनेकै मृत्यु हो । शरीरमा रोग प्रवेश गरे पश्चात लक्षण देखाउने अवधि १ देखि ३ महिनाको रहन्छ र कहिले काहि १ हप्तादेखि वर्षौ सम्म पनि लागेको पाइएको छ । यसरी समय लाग्नुमा शरीरका बाहिरी स्नायु
(Pheripheral nerves) बाट केन्द्रिय स्नायु प्रणाली (Central nervous system)  सम्म विषाणु पुग्ने समयमा निर्भर गर्दछ ।
रेविज
Rabdoviridae अन्र्तगत Lyssa virus मा पर्दछन् । यो १८० नानो मिटर लम्बाईको हुन्छ । यो भाइरस एक चोटी शरीरमा प्रवेश गरे पश्चात स्नायुका कोषहरुमा गुणना हुन थाल्दछन । कुनैपनि रेबिज लागेको जनावरले टोकेमा वा कोतरेमा र कोतरेको घाउमा रोगी जनावरको ¥याल लागेमा यो रोग सहजै सर्न सक्दछ । त्यस्तै संक्रमित -याल यदि मुख, आँखा, नाकको सम्पर्कमा आएमा पनि रेबिज रोग सर्न सक्छ । विश्वमै हेर्न हो भने कुकुरहरुमा रेबिज रोग बढी देखा परेको छ । ९९ प्रतिशत भन्दा बढी संक्रमण कुकुरको टोकाइबाट फैलिएको छ । अमेरिकाको तथ्याङ्क हेर्ने हो भने धेरै रेबिज रोग चमेराको टोकाइले भएको छ भने ५ प्रतिशत भन्दा कम कुकुरको टोकाइबाट भएको छ ।
विश्वका धेरै ठाँउहरुमा कुकुरका संख्या व्यवस्थापन (बन्ध्याकरण) र भ्याक्सिनेसनका कार्यक्रमले रेबिज रोग संक्रमणलाई घटाइरहेका छन । त्यसैगरी रेबिज फैलिएको क्षेत्रमा मानिसहरुले 
Rabies Immunoglobulin को प्रयोगले पनि रेबिज रोग नियन्त्रणमा छ । रेविज रोग लागेको कुकुरले टोकेमा १५ मिनेट जति साबुन पानीले धोएर पोबिडिन आयोडिन (बेटाडिन) अथवा कुनै एन्टीसेप्टिक प्रयोग गर्दा रेविज विषाणुको संख्यालाई कम गराउँछ र रोग चाडो फैलिन दिदैन ।
रेबिज रोग अहिले पनि १५० भन्दा बढी देशमा विद्यमान छ । विश्वका ३० लाख भन्दा बढी मानिसहरु अहिले पनि रेबिजको जोखिममा रहेका छन् भने आज पनि जापान, अस्ट्रेलिया र पश्चिमी युरोपका केही देशहरुले रेबिज रोग उन्मुलन गरिसकेका छन । विश्व स्वास्थ्य संगठनले WHO, रेबिज लागेको पशुहरुको सम्पर्कबाट हुने जोखिमलाई ३ भागमा वर्गिकरण गरिएको छ ।
पहिलो क्षेणी ः पशुलाई खाना खुवाउँदा, पशुले छाला चाट्दा वा छँुदा (जोखिम नहुने)
दोस्रो क्षेणी ः रगत नआउने गरि छाला कोतरिएको (जोखिम हुने)
तेस्रो क्षेणी ः एक वा एक भन्दा बढी ठाउहरुमा छाला छेडेर घाउ हुने, कोतरेको ठाउँबाट रगत बग्ने, ठुलो घाउ हुने, घाउ भएको ठाउँ वा म्युकस मेम्रेनमा संक्रमित जनावरको ¥याल परेमा (धेरै जोखिम हुन्छ) । दोस्रो क्षेणी र तेस्रो क्षेणीको सम्पर्कमा आएमा
Rabies Immunoglobulins लगाउनु पर्छ ।
लक्षणहरु ः 
संक्रमण सुरु भए देखि लक्षण देखिए सम्मको अवधि
Incubation Period मानिसहरुमा १ देखि ३ महिना सम्मकोे हुन्छ । कहिलेकाहि ४ दिन देखि ६ वर्ष सम्म पनि भएको तथ्याङ्क छ जुन संक्रमण भएका स्थान, घाउको स्थिति र शरीरमा प्रवेश गरेको विषाणुको घनत्वमा भर पर्दछ । रेविजको सुरुको लक्षणमा ज्वरो आउने र टाउको दुख्ने समस्या हुन्छ । समय बित्दै जादा मस्तिकको संक्रमण हुने, शरीरको कुनै पनि ठाउको पक्षघात, झोक्राउने दोधारमा पर्ने, छटपटी हुने, असाधारण व्यवहार देखाउने, डराउने, काम्ने, सपना देखे जस्तो व्यवहार गर्ने र कोमामा ९अयmब० जाने जस्ता लक्षणहरु देखिन्छन । केही मानिसहर पानी देखि डराउछन । यस्ता लक्षणहरु देखिएको २ देखि १० दिन भित्र मृत्यु हुन्छ । त्यस्तै कुकुरहरुमा रेविज रोगको क्ष्लअगदबतष्यल उभचष्यम ३ देखि ८ हप्ता सम्म रहन सक्छ । कुकुरहरुमा रेविज रोग रेबिजका ३ वटा रुपहरु मध्ये कुनैले एउटा वा कुनैले २ वटा रुपहरु देखाउछन् । 
१ प्रोडोमल फेज 
प्रोडोमल फेजको अविध २ देखि ३ दिन सम्मको रहन्छ । झोक्राउने, एक्लै बस्न मन पराउने र ज्वरो आउने हुन्छ । मानिरहरुसँग अत्याधिक धुलमिल हुने जनावरहरु छटपटिन्छन् र रिसाहा जनावरहरु आफ्नो घाउ भएको ठाउँलाई प्रायः चाटेर नै बस्छन् । बिरालालोमा यो फेज १ देखि २ सम्म हुन्छ ।
२) फ्युरियस फेज 
एचयमयmब िएजबकभ पछि जनावरहरु ँगचष्यगक एजबकभ मा प्रवेश गर्दछन । कुकुरहरुमा यो फेजको अवधि १ देखि ७ दिन सम्मको रहन्छ । यो फेजमा जनावरहरु अत्याधिक चल्मलाउने, धेरै तिर हिड्ने, केही चलिरहेको वस्तुहरु अथवा अन्य जनावरहरुलाई टोक्दै हिड्ने, काम्ने आदि जस्ता लक्षणहरु देखाउछन । कुकुरलाई केज ९ऋबनभ० भित्र राखेरमा केजको बार नै टोकेर भत्काउन खोज्छन । अन्तमा यस्ता जनावरहरु धेरै काम्छन् र मर्दछन् ।
३) प्यारालाइटिक (डम) फेर्ज एबचबथितष्अ ायचm ९मगmद०ै
एचभमयmब िएजबकभ पश्चात एबचबथितष्अ एजबकभ को सुरुवात हुन सक्छ । एकचोटी लक्षण देखिए पश्चात यो फेजको अवधि २ देखि ४ दिनसम्म रहन्छ । भाइरसले टाउको र घाँटीको स्नायुमा असर गरेका हुनाले जनावरहरुले ¥याल निकाली निल्न सक्दैनन् । मुख वरिपरीका मांसपेशीहरुको पक्षघातले गर्दा मुख चलाउन सक्दैनन् । घाँटीमा केही अड्काए जस्तो गरि स्वर निकाल्छन् । त्यस्ता जनावरहरु कमजोर हुदै गई श्वास प्रश्वास हुन नसकेर अन्तमा मर्छन्् । 
पानी देखि डराउने ९ज्थमचयउजयदष्ब० 
ज्थमचयउजयदष्ब अर्थात पानी देखि डराउने रेबिजको प्राचीन नाम हो । कुनै पनि स्तनधारी जनावर रेबिज रोग लागे पश्चात हाइड्रोफोबियाको रुप देखाउँछन् । हाइड्रोफोबिया हुँदा ¥याल प्रशस्त मात्रामा उत्पादन हुन्छ र तिनीहरुले निल्न सक्दैनन् । हाइड्रोफोबियामा संक्रमित पशुहरुको ¥याल ग्रन्थीमा प्रशस्त मात्रामा भाइरसहरु हुन्छन् जसले अरुलाई रोग सार्न मद्दत गर्दछन् । ८० प्रतिशत भन्दा बढी ँगचष्यगक ायचm का बिरामीहरु ज्थमचयउजयदष्ब को सिकार हुन्छन् । 
रोग सर्ने माध्यम
तातो रगत भएका जति पनि स्तनधारी प्राणी छन्, तिनीहरुले रेबिज रोग लागेपछि लक्षणहरु देखाउछन् । रेबिज रोग लागेर मरेको जनावरहरुको मासु चराहरुले खाएमा चराहरुले रेबिज रोग विरुद्धको एन्टिबडी उत्पादन गर्छन् र आफै रेबिज रोगबाट निको हुँदै जान्छन् । संक्रमित चमेरो, बाँदर, ¥याकन्स ब्वाँसो, स्याल, फ्याउरो आदिले मानिस र कुकुर तथा अन्य जनावरमा रोग सार्न सक्दछन् । संक्रमित जनावरको टोकाई र ¥यालको सम्पर्कबाट रोग सर्छ । नेपालमा चमेराबाट रोग सरेको पाइएको छैन भने मानिस देखि मानिसमा रोग सर्ने सम्भावना ज्यादै न्यून हुन्छ । 
रोकथाम 
-    कुकुरलाई नियमित रुपमा रेविज विरुद्ध भ्याक्सिन लगाउने ।
-    जंगली जनावरहरुको सम्र्पकमा आउन नदिन आफुले पालेको कुकुरलाई राती घर बाहिर नछोड्ने ।
-    यदि रेविज रोग लागेका जनावरले टोकेमा साबुन पानीले घाउ राम्ररी धोएर पोबिडिन लगाउने र क्ष्mmगलयनयिदगष्लि  इन्जेक्सन लगाउने अथवा एयकत भ्हउयकगचभ ख्बअअष्लभ लगाउने ।
-    कुकुरको संख्या ब्यवस्थापनको लागि कुकुर बन्ध्याकरण कार्यक्रमलाई प्रोत्सान गर्ने ।