राजनीतिक दलका नेताहरूको सत्तामुखी दाउपेच र एक आपसको धोकाघडी र विश्वासघात प्रवृत्तिले कुनैपनि राजनीतिक दल र त्यसका नेताहरूप्रति दह्रिलो विश्वास गर्न सकिने आशा गुमिसकेको छ भन्दा फरक नपर्ने भैसकेको छ । राजनीतिमा विश्वास र इमान्दारीता कायम गर्नुको सट्टा एकले अर्कोलाई छक्याउन झुक्याउन सक्नुमा नै आफ्नो पौरख र राजनीतिक सफलता ठान्नु कतिको जायज छ यो स्वयम् नेताहरूले सोच्नु पर्ने हो । जसले पार्टी पार्टी बीचमा त बिश्वासको कमी रहनु एकहदसम्म ठिक जस्तो देखिएपनि जनताहरूको लागि भने यो प्रवृत्ति पूर्ण त धोका या विश्वासघात हो भन्दा फरक पर्दैन । जसले नेताहरू फट्टाहा हुन भन्नमा बल प्रदान गरेकोछ ।
२०७४ को संसदीय निर्वाचन पछि बनेको तत्कालीन एमाले अध्यक्ष र नेकपा माओवादीसँग एकता भएपछि बनेको नेकपाको करिब दुई तिहाई सरकार केही बिषयमा असहमति भएकै कारण तत्कालीन प्रधानमन्त्री केपि ओलीलाई एमालेकै एउटा समूह समेतको मिलेमतोमा सत्ताच्युत गर्न खोजिएको प्रयास र यहि षड्यन्त्र र चरम गुटबन्दीबाट सृजित घटनाक्रमलाई लिएर तत्कालीन प्रम केपि ओलीबाट २÷२ पटक संसद् बिघटनको सिफारिस गर्न बाध्य समेत पार्नु अत्यन्त खेदजनक बिषय हो । जे जस्तो विवाद र असहमतिका सवालहरू रहेपनि आपसी समझदारीमा त्यो सरकारलाई पाँचै वर्ष टिकाउन सहयोग गर्नु पर्नेमा पार्टी अध्यक्ष पनि प्रम पनि दुवै हुन नहुने, कुनै एउटा पद छोड्नुपर्ने जस्ता बखेडा निकालेर एकीकृत भएको पार्टी पूनः विभाजित गर्न र आफ्नै पार्टीको सरकार ढालेर नेपाली काँग्रेसलाई सुम्पन्न हर सम्भव प्रयासबाट सफल भए । एउटा कम्युनिष्ट पार्टी एमालेलाई हराउन अथवा कथित नेकपा “एस” को शब्दलाई सापटी लिएर भन्नुपर्दा एमालेलाई दिउँसै टर्चले खोज्नुपर्ने अवस्थामा पुग्ने गरि पत्तासाफ पार्ने योजनासम्म पुग्नु कहाँसम्म सरम हारा हो भन्ने कुरामा ठाउँसम्म बाँकी राखेन । नेपाली काँग्रेसको सहारामा भुईँमा खुट्टा छोडेर डुकुर्न थाल्नु कति लाज पचाहा हो? आफैले तीसौँ वर्ष लगानी गरेर निर्माण गरिएको पार्टीलाई निमिट्यान्नै पार्छु भनेर नेपाली काँग्रेस समेत पाँच दलको गठबन्धन गरि चुनावमा होमिए । एमालेलाई दोस्रो ठूलो दलमा पु¥याएर नेपाली काँग्रेसलाई पहिलो दल बनाउन पुगे । काँग्रेस पहिलो र एमालेलाई दोस्रो बनाएकोमा निकै खुशी पनि भए।तर काँग्रेसले पहिलो दल बन्न सफल हुँदा नेकपा माओवादी केन्द्र मुस्किलले तेस्रो र नेकपा एसको हैसियत स्वतन्त्र साँसदको रुपमा खुम्चँदा भने मज्जैले स्वाद पाए ।
आखिर अर्कालाई मरियामेट पार्छु भनेर लागि परेका, एमालेका प्रमूख दुष्मण बनेर निस्केका कथित नेकपा “एस” आफै करिब करिब पत्तासाफ भए भने नेकपा माओवादी पनि मुस्किलले तेस्रो दलमा खुम्चिन पुगे । यसरी अरुलाई सिढ्याउँछु भनेर हिँडेकाहरू स्वयम् सिद्दिने अवस्थामा पुगे । “अलि गर्नु अत्ति नगर्नु” भने उखान जस्तै गर्न पुग्दा यस्तोलाई दैवले पनि देखि सहन्न भनेझैँ अरुलाई नराम्रो चिताएको पाप आफैमाथी फर्किन पुगे ।
यसो त पाँच दलको सहारामा तेस्रो दल बन्न पुगेका नेकपा माओवादी केन्द्र निर्वाचन पछि पहिलो दल बन्न पुगेका नेपाली काँग्रेसलाई पहिलो कार्यकालको प्रधानमन्त्री स्वीकार्न नसकी आफैले पाउनु पर्ने ढिपी कसेर रन्थनिन पुगेका प्रचण्ड नेकपा एमालेको पासोमा फस्न पुगे। फस्न त पुगे तर बिषालु सर्पलाई पाल्दा आफैलाई डष्छ भनेझै एमालेलाई डस्न पुगे र महिना दिन पनि नपुग्दै एमाले सरकारबाट बाहिरिन बाध्य बनाए ।
यदि साँच्चिकै प्रचण्डमा राजनीतिक इमान्दारिता थियो भने उसले संसद्मा सबभन्दा ठूलो दलको हैसियतले नेपाली काँग्रेसलाई सरकार चलाउ भनी बाटो खुल्ला गर्नु पथ्र्याे र नेपाली काँग्रेसलाई सघाउनु पथ्र्याे । बरु पछिल्लो १÷२ वर्ष आफूले सरकार चलाउन पाउने शर्त राख्न सक्नु पर्थ्यो । तर, माओवादी केन्द्र अर्थात उक्त पार्टीका अध्यक्षले यसरी समर्थन गर्न सकेन । यहि किचलोलाई नियाली राखेका र दाउ हेरि राखेका एमाले अध्यक्ष केपि ओलीलाई के चाहियो र ! मौका यहि हो भन्ने सोची पुष्पकमल दाहाल “प्रचण्ड” लाई प्रमको आहारा दिएर भएपनी त्यो गठबन्धन फुटाउन आवश्यक ठान्यो र फुटाउन सफल भयो । मात्र प्रधानमन्त्रीमा मोह भएका प्रचण्ड आफू एमालेको तर्फबाट प्रधानमन्त्री हुने बित्तिकै फेरि नेपाली काँग्रेस तिरै मोह बढाउन थाल्यो । काँग्रेससँग पुनः मोह बढाउनुको कारण नै कम्युनिष्टको बलियो एकता चाहन्न भन्ने स्पष्ट भयो । यहाँ फेरि एमालेलाई लात हान्ने काम गरेर धोका दिने काम ग¥यो । एमाले भन्दा काँग्रेसनै मन परेको पुष्टि ग¥यो ।
त्यस्तै माओवादी केन्द्र उर्फ प्रचण्डलाई आफ्नो अविभावक ठानेर अघि बढेका माधव नेपालको पार्टी नेकपा “एस” एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेकोमा पटकै मन परेन । त्यसैले माधव नेपालको एस पार्टी एमालेसँगको समिकरण टुटाउन चाहन्थे । यहि आशयले पनि हुनसक्छ प्रधानमन्त्री प्रचण्डले स्पष्ट बहुमत सहित विश्वासको मत पाउने अवस्था हुँदाहुँदै नेपाली काँग्रेससँग पनि विश्वासको मत माग्न पुगेर नेकपा एमालेलाई चिसो पार्ने काम गर्नुको साथै जालसाँजीपूर्वक राष्ट्रपति नेपाली काँग्रेसलाई दिन पुगे । यहाँबाट पनि कम्युनिष्ट एकटा हुने कुरामा तगारो हाल्ने काम गरे ।
एमालेको उम्मेद्वार राष्ट्रपती बन्न सक्ने अवस्थालाई तोडेर नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेललाई राष्ट्पति दिन पुगे । यसरी नेपाली काँग्रेसतिर नै लपक्क भएर आगामी २०८४ को संसदीय निर्वाचनमा पनि नेपाली काँग्रेस समेतसङ्ग गठबन्धन गरेर निर्वाचनमा जान ठूलो आशा बोकेका नेकपा माओवादी केन्द्र जब नेपाली काँग्रेसको महासमितिको बैठकमा नेकपा माओवादी केन्द्रलाई हेर्ने राजनीतिक दृष्टिकोणमा उहीँ पूरानै दृष्टिकोण दोहो¥याएन मात्र आगामी २०८४ को संसदीय निर्वाचनमा कोहि कसैसङ्ग गठबन्धन नगरी आफ्नो पार्टी एक्लै लड्ने घोषणा गरे तब यस घोषणाबाट प्रचण्ड उर्फ नेकपा माओवादी केन्द्र बिच्किन पुगे । यस कुराले रातारात नेपाली काँग्रेससङ्गको गठबन्धन तोडेर एमालेको सहयोगमा नेपाली काँग्रेसलाई बलजफ्ती गल हट्याउने काम गरे । यति मात्र नभै आफूसङ्ग ३२ सीटको जादुमयी मन्त्रको घमण्ड देखाइ १८ महिनाको बीचमा आफू एक्लैले ४÷४ पटक विश्वासको मत लिन पाएकोमा लाज पचाएर उल्टै गर्व गर्न थाले । देशका दुई ठुला राजनीतिक दलहरू नेपाली काँग्रेस र नेकपा एमालेलाई आफ्नो हत्केलाको पुतली नचाए झै नचाउन खोजे । दुई ठुला दललाई २÷२ पटक धोका दिन सफल भए।काँग्रेस एमालेको षदासय पूर्वक सहयोगलाई आफ्नो जादुको शक्ति देख्न पुगे। आफूलाई प्रधानमन्त्री पाउने भएमा जो जस्तो पार्टीसङ्ग पनि गठबन्धन गर्न तम्सिए । कुनै कुरामा द्वन्द भएकै आधारमा आफ्नो पार्टी अध्यक्ष समेत रहेका प्रम केपि ओलीलाई सत्ताच्युत गर्न पछि नपरेका प्रचण्ड+माधव नेपाल समेतको कम्युनिष्ट मोर्चामा नेकपा एमाले समेतलाई आउन आग्रह गरे । यो त केवल हामी कम्युनिष्ट एकताको हिमायती छौँ भनेर हात्तीका देखाउने दाँत जस्ता बने । यसैले पनि एमाले अध्यक्ष ओलीले यो उनिहरूको कम्युनिष्ट मोर्चाको आव्हानलाई खासै महत्व दिएन । दिनुपर्ने औचित्य पनि देखिएन । एउटै पार्टी हुँदाखेरी त स–साना विवादहरूलाई पहाड बनाएर पार्टी बिभाजन गर्न पुगेका यी नेताहरू एउटै मोर्चामा आएर के कुरा मिल्ला र त्यो मोर्चामा सहभागी हुनु । माओवादी केन्द्र समेतको यस्तो रवौया एखिरहेका केपि ओलीले जे गरे त्यो सवै ठिकै गरे ।
आफू बिना सरकार नबन्ने भएपछी धेरै भाउ खोज्ने, हैसियत नाघेर बार्गेनिङ्ग गर्ने आदि जस्ता ब्यक्तिहरू र दलका साँसदहरू पनि यहिँ रहेका छन् । पाउने आर्थिक सुविधामा आँखा चिम्लेर स्वागत गर्ने, अनियमित आर्थिक लाभ पाउने ठाउँमा तीनहात अगाडि लाम्काउने र आफूहरू साधु बनेर अरुलाई चोर, भ्रष्ट भनेर गाली गर्नमा घोक्रो सुकाउने नेताहरू, साँसद्हरू पनि यहि संसदमा छन् । “गाईमारी गधा पोस्ने” भन्ने नेपाली उखान जस्तै आफ्नै सहयात्री साथीको प्रधानमन्त्रीत्वलाई असैह्य ठानेर विपक्षी पार्टीको नेताको “मलद्वार” चाट्न रमाउनेहरूबाट नै यो देशको संसद र सरकारको बदनाम गराइरहेका छन् । कोही कसैले अरुलाई बदनाम बनाएर आफू चोखाछौँ भनेर नाक ठड्याउनु पर्ने छैन । संसद् र सरकारलाई कसरी देशप्रती जिम्मेवार बनाउने ? आफू कसरी यो देशको वा आफ्नो क्षेत्रको जनताको जिम्मेवार साँसद बन्ने यसमा कसैको चिन्ता छैन । बनेको सरकारलाई कसरी पूरा अवधी टिकाउने र देशलाई स्थायित्व र बिकासको गतिमा अगाडि बढाउने यो प्रती सहयोग र सहकार्य छैन । “जो अगुवा उहीँ बाटो हगुवा” भने झैँ सरकारको नेतृत्व गरिरहेका पार्टी र प्रधानमन्त्री नै रातारात, पटक पटक धोका दिएर विश्वास गुमाउन पुगेपछिको परिणती नै अहिलेको सरकार हो । नत्र भने आफैले समर्थन÷सहयोग गरेर बनेको यो भन्दा अघिको प्रचण्ड नेतृत्वको सरकार एउटा पार्टी समकक्षीको हिसाबले पनि प्रचण्डको सरकार ढालेर नेपाली काँग्रेसको समर्थनमा अहिलेको केपि ओली नेतृत्वको सरकार बनाउनु किमार्थ पनि राम्रो होइन । सैद्धान्तिक दृष्टिकोणले दक्षिणपन्थी उन्मुख समिकरण, नैतिक रुपले अति लाजलाग्दो, वर्गीय हितको हिसावले राजनीतिक मूल शत्रु मानिदै आएको यहि पार्टीसँग अहिले सत्ता सहकार्य चलिरहेको छ । “भनिन्छ पूर्खाको अनुहार हेर्नू परे बाँदरको हेर्नू, शत्रुको अनुहार हेर्नू परे आफ्नै सहोदर दाजुभाइको अनुहार हेर्नु “भनेझैँ कम्युनिष्टको लागि अर्को कम्युनिष्ट पार्टी घिर शत्रु बनेको छ । हुनुपर्ने, मिल्नुपर्ने कम्युनिष्टहरू १०÷१२ चिरा भएका छन, प्रमूख दुष्मनहरू कम्युनिष्ट नै भएका छन् । लाज पचाएर भन्छन कि संविधान जोगाउनको लागि नेपाली काँग्रेसलाई सत्ता जिम्मा लगाउन पुग्यौँ, नेपाली काँग्रेससङै गठबन्धन गरेर चुनाव लड्यौँ ।
विडम्बनाको कुरा जुन पार्टीहरूको बीचमा घनिष्टता हुनुपर्ने हो ती पार्टीहरूको बीचमा कट्ट शत्रुता रहेको छ भने राजनीतिक विचार र दृष्टिकोणले अहिलेको परिवेशमा कम्युनिष्टहरूको लागि प्रमुख शत्रु रहेको नेपाली काँग्रेसलाई कहिले माओवादी केन्द्र समेतले र कहि एमालेले सत्ता सहयात्री बनाउनु पर्ने अवस्था आएको छ । तर कम्युनिष्टहरू बीचकै आपसी द्वन्द र कटु शत्रुताको कारण काँग्रेससँग मिल्न बाध्य बनाउनु जस्ता अकर्मन्यताको दोष २०७६ मा तत्कालीन प्रधानमन्त्री केपि ओलीलाई सत्ताच्युत गर्न भूमिका खेल्नेहरूले नै पर्छ । अहिले एमाले काँग्रेसको सत्ता सहकार्य यसैको परिणति हो । जुन समीकरणलाई लिएर एमालेलाई दक्षिणपन्थीको भाषमा डुबिएको भन्नू आफ्नो लाजको अंग खुल्ला राखेर अरुको पूर्ण बस्त्रको शरीरलाई नकचरो देख्नु पुगे जस्तै भएको छ । अहिले प्रचण्ड+माकुनेको यहि रवैया रहेको छ । पछिल्लो ५÷६ वर्ष यताको मात्र देशको राजनीति र सरकार संचालनको स्वरुपलाई मात्र हेर्दा पनि सत्तामा रही सकेका र रहेकाहरूको अस्थिर चरित्रलाई हेर्दा घृणा जागेर आउन थालेको छ । सर्वसाधारण जनताहरू यीनै प्रमुख दलका नेताहरूसङ्ग आक्रोसित भैसकेका छन् । भाषण र कुरा सुन्ने पक्षमा छैनन् । जति देशलाई वर्वाद र लथालिङ्ग पारे यिनै नेताहरूले गर्दा भएको हो भनी सराप्न थालेका छन् । तर देशलाई यसरी वितृष्णा जागृत बनाउने प्रमुख ब्यक्ति कोहो भनेर चिन्न आवश्यक छ । यसमा धेरथोर दोषी केपि ओली पनि हुन भन्न चुक्नु हुँदैन । चुनावमा नेपाली काँग्रेस समेतसङ्ग गठबन्धन गरेर काँग्रेसलाई संसदको ठूलो दल बनाउन सहयोग गरेका माओवादी केन्द्रलाई नेपाली काँग्रेसकै प्रस्ताव स्वीकार्न लाउन बाध्य पार्नु पथ्र्याे र नेपाली काँग्रेसले जे गर्न खोजेथ्यो त्यो गर्न दिनुपथ्र्याे । यो बेलामा प्रचण्डलाई प्रम दिनु नै एमाले अर्थात केपि ओलीको ठूलो भूल थियो । एमाले प्रतिपक्षमै रहेर भुमिका निर्वाह गर्नु पथ्र्याे । जति असन्तिुष्ट र आक्रोश पोख्नु पर्ने त्यही सरकारलाई पोखिन्थ्यो । जसले एमालेको लोकप्रियता झन बढ्ने थियो । नेकपा माओवादी समेतलाई त्यो गठबन्धन निल्नु न ओकल्नु हुनसक्थ्यो । नेकपा माओवादी एमालेसँग मिल्न आउन बाध्य पथ्र्याे ।
धेरै भएमा चिनी पनि तीतो हुन्छ भनेझैँ यहि प्रवृृत्तिहरू अझै बढी लम्बी रहेमा यिनै प्रमुख नेताहरूको विरुद्धमा जनताले विद्रोह गर्न सक्नेछ । जनताहरूको आक्रोश पार्टी प्रति छैन, पार्टीलाई दोष दिईरहेको छैन । बरु पार्टीलाई बदनाम गर्ने काम यीनै नेताहरूबाट गरिरहेको छ । अहिले आफू सत्ताबाट बाहिरिने बित्तिकै श्रीलंका र बङ्गलादेशको अवस्था सृजना होलानि भनेर धम्कीको त्रास देखाउन पछि नपर्ने नेताले पनि सोच्नु पर्छ कि यदि त्यस्तो आन्दोलन वा विद्रोह भएमा केपि ओली र शेरबहादुर देउवा मात्र हैन प्रचण्ड+माधव नेपाल पनि पर्नसक्छ, रवि लामिछाने र राजेन्द्र लिङ्ग्देन पनि लगारिन सक्छ, त्यस्तै चित्र बहादुर केसी र बाबुराम पनि लखेटिन सक्छ ।
तर के ख्याल राख्न आवश्यक छ भने श्रीलंकाको र बङलादेशको आन्दोलन र नेपालको शासन प्रणाली बिल्कुलै फरक छ । त्यहाँ ब्यक्तिवादी तानाशाहिको कारण लोकतन्त्रको माग गरिएको छ यहाँ आफैमा लोकतन्त्र छ, लोकतन्त्रको विकल्प अरु हुन सक्दैन । मात्र नेताहरूले लोकतन्त्रलाई बदनाम गरेका हुनाले लोकतन्त्र प्रती बितृष्णा पैदा भएका हुन् । प्रमुख राजनीतिक ब्यक्तिहरू चरित्रमा सुधार आए, भ्रष्टाचारको ९०% नियन्त्रण गर्न सकेर सु–शासन कायम गर्न सके फेरि पनि यहि नेताहरू र नेतासँग सम्बन्धित दलहरूप्रति जनताको विश्वास बढ्दै जाने छ । सत्ताको लागि हदैसम्म बदमासी र छलकपटको वर्तमान चरित्रमा परिवर्तन ल्याउन सके फेरि यहि नेताहरू प्रिय हुनसक्छ । त्यही दलप्रति जनताको मोह बढ्न सक्छ । नेताहरूले हाइहाइ कमाउन सक्छ ।
यसको लागी भ्रष्टाचार गर्दिनँ भन्ने कुरामा आत्मैदेखी त्याग्न सक्नुपर्छ, पार्टीको उपल्लो पद र सत्ताको लोभलालचबाट परै रहन सक्नुपर्छ।आफ्नै पार्टीभित्र विवाद निकाली पार्टी विभाजन गर्ने दुष्कार्यबाट टाढा रहनुपर्छ । पार्टीले दिए जिम्मेवारी स्वीकार्ने र नपाएमा बिरोधमा उत्रने पार्टी बिरोधी कार्य गर्नबाट सजग रहन सक्नुपर्छ। नेता र जनप्रतिनिधिहरू सदैव जनताप्रति उत्तरदायी हुनुपर्छ । बस यति भएमा यहि नेताहरू, यहि दलहरू नै यहि देशको लोकप्रिय नेताको रुपमा, हुनसक्छ । सिद्धान्तमा सामीप्य भएका राजनीतिक दलहरू बीच छलकपट र ढाँटको काम नगरी इमान्दार हुन सक्नुपर्छ । वस यति भएमा यहि नेताहरू, यहि राजनीतिक दलहरूप्रति जनताको विश्वास फर्किन पनि सक्छ ।