नमोबुद्ध/रोटरी क्लब अफ धुलिखेलको सहयोगमा नमोबुद्ध नगरपालिका वडा नम्बर २ को जबदीबेशीमा ११ हजार लिटर क्षमताको ट्याङ्की निर्माण सम्पन्न पश्चात हस्तान्तरण गरिएको छ ।
उक्त स्थानमा खानेपानीको समस्यालाई मध्यनजर गर्दै रोटरी सामुदायकि संघ पिपलचौरको विशेष पहलमा खानेपानी आयोजना सम्पन्न भई उपभोक्ता समितिलाई हस्तान्तरण गरएिको छ । रोटरी क्लब अफ धुलिखेल र अष्ट्रेलियाको रोटरी क्लब अफ अन्लेको संयुक्त सहयोगमा उक्त परियोजना पूरा गरेको जनाएको छ । हस्तान्तरण कार्यक्रममा नगर प्रमुख कुन्साङ लामाले नमोबुद्ध नगरपालकिा वडा नम्बर २ का हिमगंगा उपभोक्ता समितिका अध्यक्ष प्रकाश श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।
हस्तान्तरण कार्यक्रममा हिमगंगा खानेपानी उपभोक्ता समतिलिाई मुहानदेखी गाउँसम्म पानी ल्याउनका लागी ११ हजार लिटर क्षमताको हेभी हाई डेन्सीटी प्लास्टकिको ट्याङ्की, आवश्यक पाइपहरू र ट्याङ्की सुरक्षाका लागी सेड निर्माणमा सहयोग गरिएको रोटरी क्लब अफ धुलिखेलका अध्यक्ष डा. अनिष जोशीले बताए । कार्यक्रममा सामुदायीक परियोजना संयोजक जयबहादुर राई, रोटरी फाउन्डेशन सभापति अशोक कुमार श्रेष्ठ, पूर्व अध्यक्ष कमला श्रेष्ठ तथा आरसीसी (रोटरी सामुदायकि संघ) पिपलचौरका अध्यक्ष पल्लवी प्रधान, कोषाध्यक्ष सविना श्रेष्ठ, प्रकाश श्रेष्ठ, सुरज प्रजापति, रितु दुवाल, अभिशेक श्रेष्ठ लगायतका सदस्यहरूको उपस्थिती रहेको थियो ।
उक्त खानेपानी परियोजनाले जबदिबेशी टोलका बासिन्दाहरूलाई शुद्ध पिउने पानीको आपूर्ती सहज र सुलभ रूपले उपलब्ध गराउनुका साथै करेसाबारी सिंचाइ र पशुपालनका लागी पनि उपयोगी हुने बताईएको थियो । खानेपानीको साथै, आरसीसी पीपल चौरले जीवनका लागी बिऊ कार्यक्रम अन्तर्गत हिमगंगा उपभोक्ता समितिका सदस्यहरूलाई हिउँदे तरकारीका बीउ तथा विरुवा समेत बितरण गरेको थियो ।





