मुख्य मुख्य क्षति
– ७ जनाको निधन
– ४० वटा विद्यालयमा आंशिक क्षति
– २ सय ४७ वटा सडकमा ३ सय ५७ किलोमिटर खण्डमा क्षति
– १ सय १९ वटा खानेपानी आयोजनामा क्षति
– १४ वटा पुलमा क्षति (पक्कि र झोलुङ्गे र ट्रस्ट)
– १७ हजार ४ सय १० रोपनी जमिनमा क्षति भई अन्नबाली क्षति
– ४ सय ८९ घर पुर्ण र ११ सय २४ घरमा आंशिक क्षति
– १ सय ८४ वटा गोठ तथा पुशफर्ममा क्षति
– ५४ वटा भैसी, ६३ वटा गाई, गोरु र ३ सय ६३ वटा बाख्रा क्षति
नमोबुद्ध, काभ्रे
२०८१ असोज १०–१२ सम्म परेको अविरल वर्षातका कारण बाढी र पहिरोको प्रकोपबाट काभ्रेपलाञ्चोक जिल्लाका अधिकांश पालिकाका नागरिकहरु प्रभावित भए । जिल्लाको पर्यटकीय र ऐतिहासिक नगरपालिका नमोबुद्ध नगरपालिमा पनि विभिन्न संरचनामा ४० वटा विद्यालयमा क्षति पुगेको छ । आधारभुत विद्यालय ४ वटा, प्राथमिक विद्यालय २५ वटा र माध्यमिक विद्यालय ११ वटामा आंशिक देखि पूर्ण क्षति भएका छन् । अधिकांश वडामा रहेका विद्यालयका भवनहरु आंशिक रुपमा क्षति भएका छन् ।
दाप्चा खोला, रोशी खोला लगायतका क्षेत्रबाट संचालन गरिएका सम्पूर्ण वडाका सिंचाईका संरचनाहरुमा क्षति पुगेको छ । त्यस्तै ९ वटा वडा प्रशासनिक भवन, १० वटा स्वास्थ्य चौकी र १० वटा सामुदायिक भवनमा आंशिक क्षति हुन पुग्यो । खानेपानीको पूर्वाधारमा पनि क्षति पुगेको छ । वडा नम्वर १ मा १४ वटा आयोजनामा क्षति पुगेको छ भने वडा नम्वर २ मा २० वटा, वडा नम्वर ३ मा १२ वटा, वडा नम्वर ४ मा ४ वटा आयोजनामा क्षति पुगेको छ । वडा नम्वर ५ मा ११ वटा, वडा नम्वर ६ मा ७ वटा, वडा नम्वर ७ मा ६ वटा, वडा नम्वर ८ मा १२ वटा, वडा नम्वर ९ मा ९ वटा, वडा नम्वर १० मा १७ वटा र वडा नम्वर ११ मा १२ वटा गरी १ सय १९ वटा खानेपानी आयोजनामा क्षति पुगेको छ । नमोबुद्धमा संचालित लिफ्ट खानेपानी, बहृत्त खानेपानी आयोजनाहरुमा सबै भन्दा धेरै क्षति पुगेको छ ।
नमोबुद्ध नगरपालिकामा पर्ने विपी राजमार्गका अधिकांश स्थानमा क्षति भएको छ । प्रादेशिक राजमार्ग भकुण्डे–तेमाल–मेच्छे सडक, काभ्रे भन्ज्याङ्ग नमोबुछ दाप्चा काक्रे चौकीडाँडा सडक, पनौती शंखु नमोबुद्ध सडक, दाहालटार चौकीडाँडा सडक, दाप्चा गहते फलामेसाँघु सडक, दाप्चा पिपलटार सडक, विपी राजमार्ग ढुंङ्गासाँघु चरुवा भेडाबारी बोहोरे कानुपुर सडक, नौविसे काक्रे सडकका साथै नगरस्तरीय सडकहरुमा क्षति पुगेको छ । नगर स्तरीय २ सय ४७ वटा सडकका ३ सय ५७ किलोमिटर खण्डमा क्षति पुगेको छ । अस्थायी रुपमा सबै सडक संचालन भएका छन् ।
नमोबुद्ध नगरपालिका वडा नम्वर ६ स्थित थानसिंङ्गबेसी रोशीगाउँपालिका जोड्ने पक्की पुल बगाएको छ । सडक संचालनमा समेत उक्त पुल बगाएका कारण कठिन भएको छ । वडा नम्वर ६ मा रहेको चरंगेफेदी पुल, वडा नम्वर ९ को गहतेमा रहेको पक्की पुलमा आंशिक क्षति पुगेको छ । वडा नम्वर ६ खाक्सीमा रहेको झोलुङ्गे पुलमा आ, वडा नम्वर ९ फलामेसाँघुमा रहेको पुल रोशी खोलाले बगाएर पूर्ण रुपमा क्षति भएको छ । वडा नम्वर ६ थानसिंङ्गबेशीमा रहेको झोलुङ्गे पुलमा आंशिक क्षति पुगेको छ भने भडारेमा रहेको झोलुङ्गे पुलमा पनि क्षति पुगेको छ । वडा नम्वर ११ मा रहेको चिण्डे नमोबुद्ध, रोशीटार झोलुङ्गे पुल र पनौती ११ र नमोबुद्ध ११ जोड्ने झोलुङ्गे पुलमा पनि क्षति पुगेको छ । वडा नम्वर ७ मा रहेको ट्रष्ट पुल, जगबैजेश्वर मन्दिर जोड्ने पुल, लामा जक्सन, दाप्चा खोला पुलमा क्षति पुगेको छ ।
दाप्चा खोलाले ४ वटा कल्भर्ड र विभिन्न वडामा गरी १० वटा कल्भर्ड पूर्ण रुपमा क्षति भएको छ । विभिन्न वडामा रहेको विद्युत्तिय ट्रान्सफरमर, विद्युत्तका पोल, इन्टरनेटका तारहरुमा पूर्ण रुपमा क्षति भई अवरुद्ध भएको थियो । विद्युत्त प्राधिकरण लगायतका निकायहरुले तत्कालै सम्भव भएसम्मका स्थानमा विद्युत्तका पोल र ट्रान्सफरमर परिवर्तन गरेको थियो । अहिले सबै वडामा विद्युत्त, सडक र संचार अस्थायी रुपमा पुगेको छ ।
अधिकांश वडामा खहरे खोला, दाप्चा खोला, रोशी खोला लगायतका विभिन्न खहरे खोलाका कारण कृषि योग्य जमिनमा क्षति पुगेको छ । ९६ हजार ७ सय २७ रोपनी कृषि योग्य जमिन मध्ये १७ हजार ४ सय १० रपोनी जमिनमा क्षति पु¥याई अन्न बाली समेत नष्ट भएको तथ्यांक प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले उपलब्ध गराएका छन् । उक्त तथ्यांक २०८१ असोज १८ गते जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकलाई बुझाईएको थियो । अन्य पालिकाहरुले अझै क्षतिको पूर्ण विवरण बुझाउन सकेका छैनन । केहि पालिकाहले क्षतिको पूर्ण विवरण तयार पारी राहत, पुर्नस्थापना र पुनर्निर्माणमा जुटिसकेका छन् ।
नमोबुद्ध नगरपालिकाका ११ वडामा ७ हजार १ सय ४८ घर परिवारमा २६ हजार १ सय ६० जनसंख्या रहेको छ । जसमध्ये ४ सय ८९ घर पूर्ण रुपमा क्षति हुन पुगेका छन् भने ११ सय २४ घरमा आंशिक क्षति भएको छ । ३३ सय ८५ घर धुरीलाई खाद्यान्न लगायतका राहत आवश्यक भएको तथ्यांक देखिएको छ । वडा नम्वर ९ मा सबै भन्दा धेरै १ सय १० घर धुरी र वडा नम्वर २ मा ८७ घर धुरी पुर्ण रुपमा क्षति भएका छन् । वडा नम्वर ८ मा ७०, वडा नम्वर १० मा ६० घर धुरी पूर्ण रुपमा क्षति भए । वडा नम्वर १ मा ११, वडा नम्वर ३ मा २१, वडा नम्वर ४ मा २५, वडा नम्वर ५ मा ३०, वडा नम्वर ६ मा २२, वडा नम्वर ७ मा २१ र वडा नम्वर ११ मा ३२ घर पूर्ण रुपमा क्षति भएका छन् । नमोबुद्धमा ७ जनाले ज्यान गुमाएका थिए भने २६ जना घाईते भए । वडा नम्वर ५ मा सबै भन्दा धेरै ४ जनाले ज्यान गुमाए । वडा नम्वर ६ मा १ जना र वडा नम्वर १ मा २ जनाले ज्यान गुमाए ।
१ सय ८४ वटा गोठ तथा पुशफर्ममा क्षति पुग्यो । ५४ वटा भैसी, ६३ वटा गाई र गोरु मरे भने ३ सय ६३ वटा बाख्रा मरेका थिए । प्रथम चरणमा प्याकेज क मा २ सय १० घर धुरी र प्याकेज ख मा ३ सय ५० घरधुरीलाई राहत उपलब्ध गराईएको छ ।