धुलिखेल/‘धुलिखेलको शैक्षिक अभियान, विद्यार्थीको प्रतिभा पहिचान’ भन्ने अभियानका साथ धुलिखेल नगरपालिकाको आयोजनामा आयोजित माध्यमिक विद्यालय स्तरीय लोक गायन प्रतियोगिता सम्पन्न भएको छ ।
नगरपालिकामा आयोजित कार्यक्रममा कालिदेवी माध्यमिक विद्यालय धुलिखेल ११ का विद्यार्थीहरु प्रथम भएका छन् । उनिहरु नगद ७ हजार सहित विभिन्न पुरस्कार हात पारे । प्रतियोगितामा श्रीखण्डपुर माध्यमिक विद्यालय धुलिखेल ५ दोश्रो भयो । उक्त विद्यालयका विद्यार्थीहरुले नगद ५ हजार सहित अन्य पुरस्कार प्राप्त गरे । हनुमान माध्यमिक विद्यालय धुलिखेल ११ तेश्रो भयो । सोहि विद्यालयले नगद ३ हजार सहित अन्य पुरस्कार प्राप्त ग¥यो । त्यस्तै सरस्वती माध्यमिक विद्यालय धुलिखेल ८, पूर्ण सञ्जीवनी माध्यमिक विद्यालय धुलिखेल ६ र गोल्डेल सिद्धार्थ एकेडेमी धुलिखेल ५ ले सान्त्वना पुरस्कार प्राप्त गरे । सान्त्वना पुरस्कार १ हजार ५ सय सहित अन्य प्रमाणपत्र र शिल्डहरु थियो । प्रतियोगितामा १५ विद्यालय सहभागी थिए । वडा अध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक गणेश आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी नगर प्रमुख अशोक ब्याञ्जु, विशिष्ठ अतिथी उपप्रमुख निराजन जगंम, प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनी, शिक्षा शाखा प्रमुख डिकबहादुर राई, शिक्षा शाखाका अधिकृत आठौ भोजकुमार ठकुरी, शिक्षा शाखाका कर्मचारी अशोक घिमिरे लगायतले कार्यक्रमका बारेमा धारणा राखेका थिए ।