2025 May 14/ 08:17: 47am

    धुलिखेल/राधिका शाक्यद्वारा लिखित पुस्तक ‘करुणा’को विमर्श धुलिखेलबाट शुरु गरिएको छ । पाणिनि बुक्सद्वारा आयोजित कार्यक्रमको ब्यवस्थापन धुलिखेल नगर प्रमुख एवं एमाले नेता अशोक ब्याञ्जुले गरेका थिए । 
    धुलिखेल लज रिसोर्टमा आयोजित कार्यक्रममा जिल्ला तथा छिमेकी जिल्लाका विशिष्ट ब्यक्तिहरुको सहभागिता रहेको थियो । पुस्तकका बारेमा नविल बैकका कामु सिईओ मनोज ज्ञवाली र मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले समिक्षा टिप्पणी गरेका थिए । टिप्पणी पछि लेखक राधिका शाक्यले अनुभुति प्रस्तुत गरेकी थिईन् । पुस्तकमा जीवन, संघर्ष, राजनीति, शासन, सफलता, असफलता र मानवता लगायतका विविध पक्षबारे लेखिएको छ । आममानव र विशेषगरी नेपालीहरुको जीवन, संघर्ष र करुणाको प्रतिबिम्ब हुन् । पुस्तकमा राधिका शाक्यको अनुभव र यथार्थतामा आधारित संग्रहित छन् । पुस्तकले नेपाली समाजका आमा, छोरी र बुहारीसहित हरेक नेपालीको जीवन, संघर्ष र करुणाको स्पष्ट चित्रण गरेको छ ।
    पुस्तकमा नारीहरुको जीवनको भोगाई मात्र नभई लैंगिक दृष्टिकोणबाट नेपाली समाजको दुःख, चुनौती, सङघर्ष एवं सफलता समेटिएको छ । नेपाली समाजमा आज पनि नेपालीहरुको दुःख र अभावको कथा छ । यस्ता कथा व्यथाहरुप्रति राधिका शाक्य जस्तै आम नेतृत्व चिन्तित हुने हो भने नेपालीको जीवनमा सुख ल्याउन पक्कै सकिन्थ्यो । पुस्तकमा नेपाली राजनीतिको वर्तमान सन्दर्भमा आम नेतृत्वलाई सच्चा र इमान्दार राजनीति गर्न, नेपाल र आम नेपालीको सेवामा लाग्न प्रेरित मात्र गर्दैन कि गम्भीर भएर नेपाल र नेपालीको बारेमा चिन्तन गर्न एवं त्याग र वलिदानपूर्ण राजनीतिलाई स्थापित गर्न मार्गदर्शन दिएको छ । करुणा जीवनको दर्शन हो । जीवन यात्राको संघर्षको प्रतिबिम्ब र सफलताको मन्त्र हो । राधिका शाक्यको जीवन दर्शन, जीवन संघर्ष र करुणा एवं केपी ओलीको जस्तो त्याग, वलिदान, देश र जनताको सेवामा जुनसुकै त्याग र वलिदान गर्न तत्पर नेतृत्वको तयार गर्ने मार्गदर्शक आधार करुणा रहेको टिप्पणीकारहरुले गरेका छन् । 
    कार्यक्रममा नगर प्रमुख अशोक ब्याञ्जुले कविता मार्फत करुणाको ब्याख्या गरेका थिए । शिवभक्ति आचार्यद्वारा संचालित कार्यक्रममा पुस्तक प्रकाशनका रामबाबु नेपाल लगायतको सहभागिता रहेको थियो ।