2025 May 14/ 06:59: 47am

धुलिखेल/माइती नेपालले देशका १६ जिल्लामा आवधिक गृह सहित सीमा नाका स्थापना गरी बालबालिका तथा महिलामाथि हुने बेचबिखन लगायतका हिंसा र शोषणविरुद्ध विभिन्न कार्यहरु गरिरहेको छ । 
    माईती नेपालले २०७२ साल देखि जिल्ला प्रशासन कार्यालयमा सुचना तथा परार्मश डेस्क र सिन्धुली बर्दिबास सडक खण्डको धुलिखेल न.पा. वडा नं. ९ काभ्रे भञ्ज्याङ्गमा अस्थायी परामर्श डेस्क संचालन गरीरहेको छ । बालबालिका तथा महिला माथि हुने सबै प्रकारका हिंसा र शोषण मुक्त समाज निर्माण गर्नु संस्थाको मुख्य परिकल्पना रहेको छ । मानव वेचविखन तथा ओसार पसार, महिला तथा बालबालिका माथि हुने लैङ्गीक तथा घरेलु हिंसा बाल विवाह बहुविवाह सम्बन्धी सचेत गराई नाकाबाट बाहिर निस्कने सवारी साधनमा सवार महिला तथा बालबालिकाहरुलाइ सुरक्षित यात्रा र मानव वेचविखन तथा ओसार पसार, महिला तथा बालबालिका माथि हुने हिंसा तथा दुव्र्यवहारका बारेमा जानकारी गराई घटना हुनबाट कसरी जोगिने र त्यस्तो घटना घटिहालेमा के गर्ने र काँहा जाने लगायतका सम्पुर्ण कानुनी सहयोग तथा परामर्श दिई पीडितलाई सहज बातावरण निमार्ण गरि संमक्षणको पनि ब्यवस्था मिलाइएको जिल्ला परियोजना सुपरभाईजर गायत्री गौतमले जानकारी दिईन् । 
    सुचना तथा परामर्श केन्द्रले काभ्रेभञ्ज्याङ्कमा सार्वजनिक यातायात तथा यात्रुहरुको अनुगमन गरी सुचना प्रवाह गर्ने, बिद्यालय स्तरीय छात्र तथा छात्राहरुलाई सचेतिकरण गर्ने, राष्ट्रिय तथा अन्तराट्रिय दिबसहरु मार्फत मानब बेचबिखन रोकथामको लागि सचेतना फैलाउने, मानव बेचबिखनको रोकथामका कार्यक्रमहरु सञ्चालन गरी जनमानसलाई जनचेतना फैलाउने, लैङ्गिक हिंसा मानब बेचबिखन लगायत अन्य बिभेदिकरण बिरुद्ध सचेतना फैलाउने, मानब बेचबिखनमा परेका महिला बालबालिका हरुलाई आबसिय रुपमा सेल्टर सुविद्या प्रदान गर्नेछ । त्यस्तै सार्वजनिक यातायात तथा यात्रुहरुको अनुगमन गरी सुचना प्रवाह गर्ने फलफुलको बोटबिरुवा रोपन सम्बन्धि तालिम संञ्चालन गर्नेछ । 
    विक्रम सम्वत २०४९ साल (सन् १९९३) मा स्थापना भएको सामाजिक संस्था हो माईती नेपाल । संस्थाले स्थापनाकालदेखि नै जोखिम र हिंसा प्रभावित बालबालिका तथा महिलाहरूको संरक्षण र सम्मान गर्दै उनीहरूको हक अधिकार स्थापित गर्ने पक्षमा सामाजिक अभियान चलाउँदै आएको छ । धुलिखेल नगरपालिकामा संचालन हुने परियोजनाका लागि जाईका प्रोफेलियाले सहयोग गरेको छ । १ जनवरी देखि ३१ डीसेम्बर २०२५ सम्म संचालन हुने परियोजनाबाट ५ सय जना प्रत्यक्ष र २ हजार जति अप्रत्यक्ष रुपमा बालबालिका तथा महिलाहरुको परिवार र आफन्तहरुलाई सहयोग पुग्नेछ । परियोजना अवधीका लागि ६ जना कर्मचारी सहितका लागि ३६ लाख १५ हजार रुपेया बजेट विनियोजन भएको छ । जसमध्ये प्रशासनिक खर्च  ६ लाख २९ हजार १ सय ५४ रुपैया रहेको छ भने परियोजना विकास खर्च २९ लाख ८५ हजार ९ सय ६ रुपैया रहेको छ । 
    परियोजना परामर्श समितिको बैठकमा धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले समग्र जिल्लाबाट काभ्रेपलाञ्चोक जिल्ला क्षेत्र भित्र र जिल्ला हुँदै जाने राजमार्ग मार्फत हुने अपराधिक कृयाकलाप रोक्न धुलिखेल नगरपालिकाले आवश्यक कानून निर्माण गरी कार्यान्वयन गर्ने बताए । प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासैनी, वडा अध्यक्ष गणेश आचार्य, शाखा अधिकृत विदुर गौतम, शाखाका प्रमुखहरु तथा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।