
धुलिखेल/काठमाडौ बसिरहेका सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका वडा नम्वर १ का १९ बर्षिय रामकृष्ण विकलाई काभ्रेपलाञ्चोक जिल्ला रोशी गाउँपालिका महादेवटार घर भई एसईई दिन बनेपा आएकी १६ बर्ष ९ महिना १५ दिनकी बालिकाले प्रेम, प्रेम पछिको शारिरीक सम्बन्धका लागि जर्बजस्ती अनुरोध गरिन् । बालकालिकाहरु एक अर्काले सहमतिमा सम्वन्ध राखेको भए पनि कानून विपरित हो । प्रेममा रहेका दुबैले अनुकुलमा सम्बन्ध राखे । विवाहको तयारी गरेर भागे । एसईई दिन आउने क्रममा युवक पक्राउ परे ।
रामकृष्ण सिन्धुपाल्चोक घर भए पनि काठमाडौमा बस्दै आएका थिए । बालिका एसईई दिने तयारीमा थिईन् । २०८१ फागुन २७ गते राति बालिकाले युवकलाई बनेपा बोलाईन् । ब्राम्हाण जातकी बालिकाले दलित समुदायका रामकृष्णसँग केहि महिना देखि नै प्रेम गरिरहेकी थिईन् । मोबाईल मार्फत फेसबुकमा भेट भएका रामकृष्ण र बालिकाको हिमचिम बढ्यो । अन्ततः जातको भन्दा पनि प्रेमको महत्व बुझेर दुबैले प्रेम गरिरहे । गाउँबाट बनेपामा ट्युसन पढ्न आउने क्रममा बालिकाले रामकृष्णलाई भेट्न अनुरोध गरेकी थिईन् । बनेपा नगरपालिका वडा नम्वर ७ स्थित गोदामचोकमा रामकृष्णका भिनाजुहरु डेरा लिएर बसेका छन् । रामकृष्णले बालिकालाई भिनाजुकै कोठामा बोलाए । २०८१ चैत्र ७ गते देखि एसईई शुरु हुँदै थियो । बालिकाले म साथीहरुसँगै तयारी गरेर आउँछु भन्दै रामकृष्णलाई भेट्न कोठामा आईन् । २०८१ फागुन २७ गते राति ११ बजे उनिहरु बीच सहमतिमा सम्बन्ध राखेको बयान दिएको भए पनि दुबैको उमेर कम भएकाले अभिभावकले करणी सम्वन्धी जाहेरी दिएका थिए ।
५÷६ महिना अगाडी बालिकाले रामकृष्णलाई मोवाईलमा फोन गरेकी थिईन् । बाहुनकी छोरी दलितको छोरासँग प्रेम सम्वन्ध टिकाउन सम्भव छैन, सम्वन्ध अघि नबढाउन अनुरोध गरेका थिए । तर उनैले मानिनन् । जात मिल्दैन नबोलौ, सम्वन्ध नराखौ भन्दा पनि उनले नै मानेको थिईनन् । त्यो दिन भेट्न नआउँदा आत्महत्या समेत गर्छु भने पछि रामकृष्ण भेट्न आएको बयान दिएका छन् । विवाह गर्ने उमेर पनि भएको छैन, सम्वन्ध राख्ने समय पनि भएको छैन । उमेर पनि पुगेको छैन भनेर सम्झाउँदा पनि उनले मानिनन् । उनकै जर्बजस्तिमा रामकृष्ण र बालिकाले शारिरिक सम्बन्ध राखे । उनले भोलिपल्ट घर जाउ भने पनि मानिनन् । बरु उल्टै जे पनि गर्छु भने पछि सिन्धुपाल्चोक लिएर गए । घरमा चाँहि उनले साथीसँग घुम्न गएको छु भनिन् । २०८१ चैत्र ३ गते उनीहरु बनेपा आए । बालिकाको बाबुले दलित युवकसँग कम उमेरकी छोरी भगाएको भन्दै जाहेरी दर्ता गरिसकेका थिए । किटानी जाहेरीका आधारमा उनि पक्राउ परे ।
प्रहरीले अनुसन्धान गरी दर्ता गरेको मुद्दामा जिल्ला अदालतले रामकृष्ण विकलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।