
१३ निर्विरोध, दुईवटामा संगठन दर्ता हु“दै, एकमा निर्वाचन
बनेपा/काभ्रेपलाञ्चोक जिल्लामा रहेका १६ वटा सामुदायिक क्याम्पस मध्ये १३ वटामा विद्यार्थी संगठनहरुले सहमतिमा उम्मेदवारी दर्ता गराएका छन् ।
बनेपामा रहेको काभ्रे क्याम्पसमा भने संगठनहरुले प्रतिस्पर्धा गर्न गरी उम्मेदवारी दर्ता गरेका छन् । १३ वटामा सर्वसम्मत समिति चयन भएका छन् । २ वटा क्याम्पस प्रभा र कानपुरमा चैत्र ५ अघि संगठन दर्ता सहितका कार्यक्रमहरु सम्पन्न भए पछि उम्मेदवारी दर्ता हुनेछ । उक्त क्याम्पसहरुमा पनि संगठनहरुले भागबण्डा गरिसकेका छन् । अनेरास्ववियुका तर्फबाट काभ्रे क्याम्पसमा मिलन गौतमको उम्मेदवारी दर्ता भएको छ । अनेरास्ववियु र नेविसंघ बीच उक्त क्याम्पसमा प्रतिस्पर्धा हुनेछ । नेविसंघबाट रोहिन पराजुलीको उम्मेदवारी दर्ता भएको छ । क्याम्पसका सार्वजनिक गरिनु पर्ने सूचनाहरु समेत उपलब्ध नगराएको भन्दै विद्यार्थीहरुले क्याम्पस प्रमुख र क्यामपस प्रशासन विरुद्ध राष्ट्रिय सूचना आयोगमा उजुरी गरेका छन् । सूचनाको हक प्रयोग गर्दै विद्यार्थीहरुले माग गरेका सूचना उपलब्ध नगराउँदै निवेदन उपर दरपिठ गरे पछि विद्यार्थीहरुले राष्ट्रिय सूचना आयोग गुहारेका हुन् ।
निर्वाचन तालिका अनुसार मंगलबार सबै क्याम्पसमा उम्मेदवारी दर्ता भएको छ । एमाले निकट अनेरास्ववियु, नेपाली काँग्रेस निकट नेविसंघ, नेकपा माओवादी निकट अखिल क्रान्तिकारी, समाजबादी निटक अनेरास्ववियू, अखिल समाजबादी बीच सहमतिमा उम्मेदवारी दर्ता गर्ने सोमबार सहमति भएको थियो । सहमति अनुसार एमाले निकट अनेरास्ववियु र नेपाली काँग्रेस निकट नेविसंघले ६÷६ वटा क्याम्पसमा सभापति पाएका छन् । सभापति लिएका क्याम्पसहरुमा संगठनले अन्य पदहरुमा उम्मेदवारी दर्ता गराएका छन् । अखिल क्रान्तिकारीले ३ वटा क्याम्पसमा सभापति पाए । अनेरास्ववियुले कुशादेवी, तेजगंगा, धुलिखेल, जनक, सर्वमंगला र डेडिथुम्काको नेतृत्व पाएका छन् भने नेविसंघले इन्द्रेश्वर, पार्वती, प्रकाश, चैतन्य, मंगलजन विजय र कानपुर क्याम्पसको नेतृत्व गर्नेछन् । अखिल क्रान्तिकारीले सञ्जीवनी, प्रभा र दाप्चा क्याम्पसको नेतृत्व गरेका छन् । प्रत्यक्ष र समानुपातिक दुबै तर्फको उम्मेदवारको मनोनयनपत्र नामावली दर्ता भएसँँगै दावी विरोध सकिए पछि उम्मेदवारको अन्तिम नमावली प्रकाशन आज २९ गते विहिबार हुनेछ भने निर्वाचन चैत्र ५ गतेका लागि तोकिएको छ ।
कुन क्याम्पसमा को बन्यो सभापति ?
एमाले निकट (अनेरास्ववियु)
कुशादेवी – मनिका हुमागाई (निर्विरोध निर्वाचित), तेजगंगा – सुजन सापकोटा (निर्विरोध निर्वाचित), धुलिखेल – स्वागत चापाागाई (निर्विरोध निर्वाचित), जनक – सञ्जीव गिरी (निर्विरोध निर्वाचित), सर्वमंगला – श्रीकृष्ण भट्टराई (निर्विरोध निर्वाचित), डेडिथुम्का – उम्मेदवार दर्ता हुन बाँकी,
काभ्रे – मिलन गौतम (उम्मेदवार)
नेपाली काँग्रेस निकट (नेविसंघ)
इन्द्रेश्वर – सुदिप कुँवर(निर्विरोध निर्वाचित), पार्वती – प्रकाश श्रेष्ठ (निर्विरोध निर्वाचित),
प्रकाश – नविन रिजाल (निर्विरोध निर्वाचित), चैतन्य – राजु लामा (निर्विरोध निर्वाचित),
मंगल जनविजय – युगबहादुर दमै (निर्विरोध निर्वाचित), कानपुर क्याम्पस– उम्मेदवार दर्ता हुन बाँकी, काभ्रेमा – रोहिन पराजुली (उम्मेदवार)
नेकपा माओवादी निकट (अखिल क्रान्तिकारी)
सञ्जिवनी – दिपक राना मगर (निर्विरोध निर्वाचित), प्रभा – सुजन चौलागाई (निर्विरोध निर्वाचित), र दाप्चा बहुमुखी – सविन श्रेष्ठ (निर्विरोध निर्वाचित)