2025 February 10/ 03:14: 40am

    बनेपा/कम्प्युटर एशोसिएसन नेपाल, काभ्रे शाखाले केन्द्रीय समिति र बागमती प्रदेश समितिमा निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामनाका साथै आगामी दुई वर्ष कार्यकालमा गर्ने कार्यक्रमहरुका बारेमा रणनीतिक योजना सार्वजनिक गरेको छ । जिल्ला अध्यक्ष देवकी आचार्य दुलालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो । 
    कार्यक्रममा अध्यक्ष देवकी आचार्य दुलालले काभ्रे शाखाले दुई वर्षका लागि गर्ने कार्यक्रम, कार्यक्रमको उपलब्धी, सहभागि संख्या र श्रोत सहितको रणनीतिक योजनाका बारेमा कार्यपत्र प्रस्तुत गरेकी थिईन् । केन्द्र र प्रदेशमा निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना, क्षमता अभिबृद्धि तालिम, सदस्य फेलोशिप २०८१ कार्यक्रम बनभोज कार्यक्रम, २०८२ सालको क्यालेन्डर प्रकाशन तथा शुभकामना आदान प्रदान कार्यक्रम, आईओटीद्वारा शिक्षामा डिजिटल रुपान्तरण कार्यशाला गोष्ठी, रि–टट अन माइक्रोसप्ट अफिस ३६५ र कार्यान्वन, साईबर सुरक्षाको लागि डिजिटल साक्षरता, टट अन डिजिटल लिट्रेसी फर साईबर सेक्युरिटी, डिजिटल मार्केटिङ्ग वर्कशप, टट अन डिजिटल मार्केटिङ्ग, आईसिटी एजुकेशन फेयर, डिजिटल रुपान्तरणका लागि टट ल्याब स्थापना र विजनेश तथा करियर काउन्सिलिङ्ग कन्फ्रेन्स गरिने बताईन् । 
    कार्यक्रममा बोल्दै उपप्रमुख विमला सापकोटाले स्थानीय सरकारले विद्यालय तथा विभिन्न निकायमा डिजिटल प्रविधिको प्रयोगमा सहजीकरणका लागि अनुरोध गरिन् । केन्द्रिय अध्यक्ष सुनैना पाण्डे घिमिरेले देशभर डिजिटल माध्यमको प्रयोग बढिरहेको भए पनि चुनौती र अवसर दुबै भएको बताईन् । निवर्तमान अध्यक्ष रणजीत पोद्दारले क्यान महासंघले देशभर डिजिटल प्रविधिको सहि प्रयोगका लागि अभियान चलाईरहेको बताए । कार्यक्रममा क्यान महासंघका पदाधिकारीहरु, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, जिल्ला शाखा उपाध्यक्ष रिता श्रेष्ठ, सचिव कोमलप्रसाद तिमल्सिना लगायतले क्यान महासंघले खेल्नु पर्ने भूमिकाका बारेमा धारणा राखेका थिए । 
    क्यान महासंघको केन्द्रीय समितिमा सुनैना पाण्डे घिमिरे निर्वाचित भएकी छिन् । उनि क्यान महासंघको इतिहासमा पहिलो महिला अध्यक्ष हुन् । महासंघको १५ औँ कार्यसमितिको उपाध्यक्षमा हर्क बहादुर सेटी, चिरञ्जीवी अधिकारी, नविन जोशी, शेखरनाथ दुलाल, सुभाष खड्का र सिर्जना श्रेष्ठ रहेका छन् । महासचिवमा चन्द्र विलास भुर्तेल र कोषाध्यक्षमा विक्रम सिंह निर्वाचित भएका छन् । सचिवहरूमा सरिता न्यौपाने, अग्मा मालाकार, दीपक साह, सरुना श्रेष्ठ, मनिराज पाण्डे, राम किशोर रावल र कर्णराज पनेरु चयन भएका छन् । त्यस्तै कार्यकारिणी सदस्यहरूमा उमेश रघुबंशी, ध्रुवराज शर्मा, केशव प्रसाद भट्टराई, नारायण प्रसाद श्रेष्ठ, ठाकुर कुमार श्रेष्ठ, हेमपाल श्रेष्ठ, शिला कंसाकार कार्की, दिपेन्द्र पौडेल, राजु कट्टेल, चिन्तामणि बास्तोला, ओमकार बस्नेत, दिनेशराज कार्की, बन्दना शर्मा ज्ञवाली, देवेश प्रसाद लोहनी, सन्तोष कुमार श्रेष्ठ, राजु बानियाँ, मोना न्याछ्यो श्रेष्ठ, राजेश दुगड, गंगा भण्डारी, विकास गुरुङ, विमला राई, धनञ्जय महतो र खड्क बहादुर गुरुङ निर्वाचित भएका छन् । त्यस्तै लेखासमितिको संयोजकमा भानुभक्त शर्मा र सदस्यहरूमा सन्तोष ढुंगाना र पूजा अग्रवाल चयन भएका छन् । बामगती प्रदेश समितिको चौथौ अधिबेशनबाट निर्वाचित पदाधिकारीहरुलाई पनि सम्मान गरिएको थियो ।