2025 February 10/ 02:30: 32am

    बनेपा/बनेपाको गोदामचोकमा होटल ब्यवसायका नाममा बालिकालाई यौन धन्दामा लगाउने संचालक चञ्चली महतलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । यस अघि बालिकालाई यौन ब्यवसायमा संलग्न गराएको अभियोगमा पाँचखालका २ जना र सिन्धुपाल्चोकका एक जना विरुद्ध मुद्दा दर्ता भएको थियो । 
    जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले चञ्चली महतलाई मानव बेचविखन तथा ओसारपसार मुद्दामा पुर्पक्षका लागि पठाउने आदेश २०८१ माघ १५ गते मंगलबार गरेको हो । इलाका प्रहरी कार्यालय बनेपाले चञ्चली महत विरुद्ध जिल्ला अदालत काभ्रेपलाञ्चोकमा सरकारी वकिल कार्यालय मार्फत २०८१ माघ १४ गते पुरक अभियोग दर्ता गरेको थियो । जिल्ला सरकारी वकिल कार्यालय काभ्रेकी प्रमुख न्यायाधीवक्ता कृष्णा भण्डारीले चञ्चली महतलाई बालिकाको बयानका आधारमा पक्राउ गरिएको थियो । चञ्चलाले आफ्नो होटलमा आउने ग्राहकहरुलाई बालिकासँग यौन सम्वन्ध राख्न लगाएर खावा स्थित फ्रेण्डशिप रेस्टुरेन्टमा समेत पठाउने गरेकी थिईन् । २०८१ मसिंर ४ गते पाँचखाल नगरपालिका वडा नम्वर ५ स्थित युथ फ्रेन्डसिप रेस्टुरेन्टका संचालक ५८ बर्षिय उद्धवराज गिरी, सोहि रेस्टुरेन्टमा काम गर्ने सोहि ठेगानाका सुर्वण तामाङ र ग्राहक बनेर बालिकाको यौन शोषण गर्ने सिन्धुपाल्चोक जिल्ला बाह्रविसे नगरपालिका ३ का २९ बर्षिय नविन श्रेष्ठ विरुद्ध मानव बेचविखन तथा ओसारपसारमा मुद्दा दर्ता भएको थियो । गिरी त्यस अघि सोहि प्रकरणमा स्थानीयले गरेको मौखिक उजुरीका आधारमा पक्राउ परेका थिए । प्रमाण फेला नपरेकाले प्रहरीले उनि विरुद्ध अभद्र ब्यवहारमा मुद्दा दर्ता गरेको थियो । २०८१ कार्तिक १४ गते उनलाई ८ हजार जरिवना गराएर प्रशासनले छाडेको थियो । 
    २०८१ कार्तिक ९ गते पाँचखाल नगरपालिका ५ खावा स्थित युथ फ्रेण्डसिप रेस्टुरेन्टमा नविन श्रेष्ठ र बालिका सम्वन्ध राखिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । उनिहरुको साथबाट प्रयोग गरिएका र नगरिएका दर्जनौ थान कण्डम समेत बरामद गरेको थियो । रेस्टुरेन्टका संचालक उद्धवराज गिरी र म्यानेजर सुर्वण तामाङले बालिकालाई होटलमा आउने केटा ग्राहकसँग कोठामा बस्न पठाई निजहरुसँग प्रति ब्यक्ति १ हजार ५ सय लिएर जर्बजस्ति यौन धन्दा गर्न बाध्य बनाउने गरेका थिए । बालिकाले प्रहरीलाई दिएको बयानमा बालिका जस्तै अन्य केहि बालिका र महिलाहरुलाई पनि सोहि रकममा यौन धन्दा गर्न बाध्य बनाउने गरेका संचालक र म्यानेजरले ग्राहकरुलाई यौन सन्तुष्टी गरे बापत लिएको रकम मध्ये बालिका र महिलाहरुलाई प्रति ग्राहक बराबर १ हजार दिने गरेका थिए । गिरी लगायत केहि फरार छन् । अदालतले उनि विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । युथ फ्रेन्डसिप रेस्टुरेन्ट उद्धवराज गिरीले ५ लाखमा किनेका थिए । 
    चञ्चलीको होटलमा बालिकासँग सम्वन्ध राख्ने एक पुरुषले २०८१ कार्तिक ५ गते बालिकालाई  खावामा रहेको युथ फ्रेन्डसिप रेस्टुरेन्टमा पु¥याएका थिए । कार्तिक ६ गते देखि बालिका उक्त होटलमा कार्यरत थिईन ।