
धुलिखेल/धुलिखेल नगरपालिका, वडा, प्रदेश, संघ सरकार र गिता मन्दिर संरक्षण समितिको संयुक्त लगानीमा निर्माण गर्न लागिएको गिता मन्दिर परिसरमा रहेको भवन निर्माण कार्य गर्न उच्च अदालतले बाटो खोलिदिएको छ ।
भवन निर्माण रोक लगाउन, समिति खारेज गर्न र नगर कार्यपालिकाको निर्णय बदर गर्न माग गर्दै दायर गरेको रिट उच्च अदालत पाटनले बुधबार खारेज गरेको छ । रिट खारेजसँगै नगरपालिकाले गीता मन्दिर परिसरमा निर्माण गर्न खोजेको भवन निर्माण कार्य प्रारम्भ गर्ने बताएको छ । ‘भुकम्पले चर्काएको गिता मन्दिर परिसरको भवन भत्काएर नयाँ निर्माण गर्ने प्रकृया विरुद्ध स्थानीय केहिको विरोध थियो’–धुलिखेल नगरपालिकाले भन्यो–‘नगरपालिकाले स्थानीयहरुसँग पटक–पटक छलफल ग¥यो । भवन निर्माण कार्य अघि बढाउन अनुरोध ग¥यो । तर पनि उहाँहरुको नियत भवन निर्माण भन्दा पनि अवरोध गर्न उद्यत रह्यो । उच्च अदालतले नगरपालिकाले लिएको निर्णयलाई सदर गरिदिएको छ ।’
रामेश्वर घिनाङ्गजु, रघुविर ब्याञ्जु श्रेष्ठ समेतले धुलिखेल नगरपालिका, नगर कार्यपालिका सहित ९ जना विरुद्ध पहिलो पटक २०८१ जेठ १ गते उच्च अदालत पाटनमा निषेधाज्ञा सम्बन्धी रिट दर्ता गरेका थिए । उक्त रिटमा अन्तरिम आदेश जारी नभए पछि नगरपालिकाले गीता मन्दिरमा निर्माण कार्यका लागि तयार भएको डिपिआर अनुसारको भवन निर्माण प्रकृया शुरु गरेको थियो । पुनः नक्सा पास नगरी भवन निर्माण गर्न लागेको भन्दै पुनः रघुवीर ब्याञ्जु सहितको समुहले २०८१ भदौ ६ गते पुनः निशेधाज्ञा माग गर्दै रिट दर्ता गरिएको थियो । उक्त रिटमा पनि उच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार ग¥यो । फेरी उक्त समुहले भवन निर्माण कार्य रोक्न २०६७ सालमा दर्ता भएको गीता मन्दिर संरक्षण समिति नै खारेजीको माग गर्दै २०८१ मंसिर ५ गते रिट दायर गरेका थिए । उक्त रिटमा पनि अन्तरिम आदेश भएन । तर पनि उक्त समुहले भवन निर्माण कार्य हुन दिएको थिएन ।
नगरपालिकाले पुरानो भवन भत्काएर नयाँ भवन निर्माणका लागि तयार भएको १ करोड ६० लाख रुपैयाँका लागि संघ सरकारले पहिलो चरणमा २५ लाख, वडा मार्फत १५ लाख, प्रदेश सरकारबाट १५ लाख, समितिबाट ३५ लाख र बाँकी नगरपालिकाले ब्यहोर्ने गरी बजेट ब्यवस्थापन भएको छ । आर्थिक वर्ष २०८०/०८१ का लागि विनियोजन भएको रकम खर्च हुन नदिने योजनामा दायर भएका रिटहरु खारेज भए पनि आर्थिक वर्ष २०८१/०८२ का लागि पनि सोहि निकायबाट बजेट विनियोजन भएको छ । पुरानो भवन पुनर्निर्माणका लागि ८० लाख र नयाँ निर्माणका लागि १ करोड ६० लाख लाग्ने भए पछि समितिले नयाँ भवन निर्माणको प्रकृया शुरु गरेको थियो । २०६७ सालमा रामचन्द्र घिनाङ्गजुको अध्यक्षतामा दर्ता भएको उक्त समितिमा पुर्व प्रमुख बेलप्रसाद श्रेष्ठ, हालका प्रमुख अशोक ब्याञ्जु सहित सहभागि थिए । कानूनी सल्लाहकार विमल ब्याञ्जु छन् । १२/१३ जना संस्थापक मध्ये अधिकांश सामाजिक कार्यमा संलग्न छन् ।
समितिका नाममा करिब ४० लाख रकम जम्मा भएको छ भने ५ रोपनी १२ आना जग्गा छ । सोहि जग्गा र रकम सदुपयोग गर्दै समितिले विभिन्न कार्य गरिरहेको छ । बहुउद्देश्यीय भवन निर्माणका लागि नगरपालिकाको साझेदारीमा उक्त कार्य प्रारम्भ भए पछि रघुवीर ब्याञ्जु सहितको समुहले अवरोध गरेको हो । जिल्ला प्रशासन कार्यालय काभ्रे, धुलिखेल नगरपालिकामा समेत डेलिगेसन गएको उक्त समुहको माग पुरा नभए पनि उच्च अदालत गुहारेको थियो । अदालतले समेत रिट खारेज गरिदिए पछि विकासको विरोधी समुह छट्टपट्टाएको छ । रामचन्द्र घिनाङ्गजुको निधन पछि समितिको चुनियाँलाल माकजु, रामप्रसाद घिनाङ्गजले नेतृत्व गरिसकेका छन् । रामप्रसाद घिनाङ्गजु अध्यक्ष हुँदा रमानाथ यगोल कोषाध्यक्ष थिए । उनकै कार्यकालमा बढेको कोषको संरक्षणका लागि उनि पछि अध्यक्ष भए । अहिले उनकै नेतृत्वमा हुन लागेको कार्यको अवरोधका लागि रामेश्वर घिनाङ्गजु, रघुवीर ब्याञ्जु लगायत सक्रिय भएका थिए । धुलिखेल स्थायी घर भएका शहरी विकासमा कार्यरत सचिव रविन्द्र घुलु श्रेष्ठले संघीय सरकारबाट रातो किताबमा बजेट राख्ने ब्यवस्था गरेका थिए भने बाँकी कार्यका लागि नगर प्रमुख अशोक ब्याञ्जुले नगरपालिकाबाट बजेट ब्यवस्थापन गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।