अध्यक्षमा गोपालप्रसाद घिमिरे
बनेपा/बनेपामा केन्द्रीय कार्यालय रही ७ स्थानबाट सेवा दिईरहेको मनकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २९ औ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । कार्तिक ७ देखि ९ गतेसम्म सेवा केन्द्रहरुमा संचालित सभा शनिबार बनेपामा आयोजना गरेको हो । जिल्ला सहकारी संघका अध्यक्ष अमन पोटेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम संस्थाका अध्यक्ष बालकृष्ण दाहालको अध्यक्षतामा भएको थियो ।
साधारण सभाले गोपालप्रसाद घिमिरेको अध्यक्षतामा नयाँ समिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा विदुरप्रसाद घिमिरे, सचिव नवराज आचार्य, कोषाध्यक्ष विकास शर्मा तिमल्सिना रहेका छन् । सदस्यहरुमा मुक्तिनाथ तिमल्सिना, राजु दाहाल, राजेश तिमल्सिना, लक्ष्मणप्रसाद पौड्याल, शोभा गौतम, सुधा दाहाल र सुर्यप्रसाद काफ्ले रहेका छन् । लेखा तथा सुपरिवेक्षण समितिमा देवप्रसाद कोईरालाको संयोजकत्वमा सुन्दर श्रेष्ठ र कमला सापकोटा सदस्य छन् । निर्वाचन समितिमा संयोजक पुजन जंगमको संयोजकत्वमा शंकरप्रसाद दुलाल र गुरुप्रसाद ढकाल सदस्य रहेका थिए । सभामा सचिव होमनाथ ढुङ्गेलले बार्षिक प्रतिवेदन, कोषाध्यक्ष विदुरप्रसाद घिमिरेले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक मोटप्रसाद सापकोटाले लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
९ हजार ९ सय १९ सदस्य रहेको संस्थाको वासलात २ अर्ब २६ करोड ६० लाख ३० हजार ९ सय ५ रहेको प्रमुख कार्यकारी अधिकृत राजकुमार दाहालले बताए । १ अर्ब ८३ करोड ८२ लाख ८४ हजार २ सय ६६ बचत, १ अर्ब ७९ करोड ४३ लाख ९६ हजार ऋण लगानी, २५ करोड ३६ लाख १६ हजार ६ सय शेयर पुँजी रहेको संस्थाको संस्थागत पुँजी १४ करोड रहेको छ । ४ वटा संस्था एकीकरण गरी सदस्यहरुलाई जन्मे देखि मृत्युपर्यन्त सेवा प्रदान गरिरहेको उक्त संस्थाले प्रविधिमा सदस्यहरुलाई जोडिरहेको छ । संस्थाका उपाध्यक्ष गोपालप्रसाद घिमिरेको स्वागत मन्तब्य राखेको कार्यक्रममा प्रमुख अतिथी जिल्ला सहकारी संघका अध्यक्ष अमन पोटेले सहकारीको इतिहासलाई कायम गराउन, सहकारीमा देखिएका समस्या समाधान गरी सदस्यहरुको बचत सुरक्षा गर्न र सहकारी मार्फत समाज रुपान्तरणको अभियानलाई निरन्तरता दिन सबै सहकारीहरु सक्रिय हुनु पर्ने बताए ।
कार्यक्रममा वडा अध्यक्ष बलराम अधिकारी, संस्थाका सल्लाहकारहरु, पुर्व अध्यक्षहरु, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका सह सचिव विकास बादे, विभिन्न सहकारीका अध्यक्ष तथा प्रतिनिधिहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, संचालक, उप समितिका पदाधिकारीहरु, शेयर सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो । सहकारीले विपद तथा विभिन्न क्षेत्रमा भएका घटनाहरुमा शेयर सदस्य तथा सामाजिक उत्तरदायित्व अन्र्तगतका कार्यहरु गरिररहेको छ ।