2024 October 15/ 02:18: 58am

आभाष साकोसको १५ औ सभा, अध्यक्षमा ग्रुवेन तौजले
    बनेपा/आभाष बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औ बार्षिक साधारण सभा बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यता तथा संस्थापक अध्यक्ष एवं नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण बैद्यको विशेष आतिथ्यतामा बनेपामा सम्पन्न भएको छ । 
    अध्यक्ष दिनेशराज कायश्थको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव प्रकाश कायश्थ र कोषाध्यक्ष धर्मभक्त प्रधानले संस्थाको आर्थिक र बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा लेखा सुपरिवेक्षण समितिका संयोजक विकास बैद्यले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारण सभाले संचालक समितिमा ग्रुवेन तौजलेको अध्यक्षतामा नयाँ समिति निर्विरोध निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा प्रकाश कायश्थ, सचिव धर्मभक्त प्रधान, कोषाध्यक्ष सुर्यकुमार रजिंत रहेका छन् । संचालक सदस्यहरुमा शुभराज जोशी, त्रिरत्न रञ्जितकार, कृष्णभक्त मुनंकर्मी, सुरेन्द्रकाजी मानन्धर, सुन्दरकाजी मानन्धर, राजन कायश्थ र निर्मला श्रेष्ठ रहेका छन् । त्यस्तै लेखा सुपरिवेक्षण समितिमा संयोजक विकास बैद्य र सदस्यहरुमा सरोजकाजी पलाञ्चोके र हिरामणी शर्मा तिमल्सिना रहेका छन् । प्रमुख प्रवन्धक सुबास बैद्यद्वारा संचालित सभामा नगर प्रमुख शाक्य, विशेष अतिथी संस्थापक अध्यक्ष सुरकृष्ण बैद्य, जिल्ला सहकारी सघका अध्यक्ष अमन पोटे, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना लगायतले शुभकामना मन्तब्य राखेका थिए । 
    ६७५८ शेयर सदस्य रहेको उक्त संस्थामा ६२ करोड ४१ लाख १४ हजार ३ सय १६ ऋण लगानी, ७२ करोड ७३ लाख ४६ हजार ६ सय ९३ बचत र ३ करोड ७६ लाख ६३ हजार शेयर रकम रहेको छ । बार्षिक सबै खर्च कटाएर संस्थाले ५६ लाख ७० हजार मुनाफा गरेको प्रमुख प्रवन्धक सुबास बैद्यले जानकारी दिए । संस्थाले सामाजिक उत्तरदायित्व अन्र्तगत जन्म देखि मृत्युसम्म र सदस्यहरुको विशेष सेवा र सुविधाका लागि विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ । 

पानस साकोसको १६ औ वार्षिक साधारण सभा 
    बनेपा/पानस बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औ वार्षिक साधारण सभा काभ्रेपलाञ्चोक जिल्ला बचत सघं लि का अध्यक्ष उदयराम कायस्थको प्रमुख आतिथ्यता सम्पन्न भएको छ । 
    प्रमुख अतिथी कायस्थले अहिले सहकारीहरु प्रति हेर्ने नागरिकहरुको दृष्टिकोण फरक रहेको बताए । सहकारी भन्ना साथ अर्के रुपमा लिने अवस्था आउनु भनेको केहि सहकारीहरुको खराब भएका कारण सम्पुर्ण सहकारी खराब नहुने कायस्थले बताए । सहकारी ऐन नीति र नियम अनुसार सञ्चालन भएका कुनै पनि सहकारीमा समस्या नआएको कायस्थको भनाई रहेको थियो । कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष सुशन रावंशीले सहकारीका नियमन निकाय, विभाग संग समन्वय गर्दे निति र परिधि भित्र रहि सञ्चालन गरेका कारण सहकारीले २ हजार ८ सय भन्दा सदस्यहरुको विश्वास पाएको बताए । वित्तिय अनुशासनको पालन गर्दे संस्था अगाडि बढेको र आगमी दिनमा पनि आन्तिरक सुसान तथा लगानी सुदृणीकरणलाई पहिलो प्राथमिकता दिने राजवंशीले बताए । 
    कार्यक्रममा संस्थाको आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक प्रतिबेदन सचिब पुष्कर रंजितकारले, आर्थिक प्रतिबेदन कोषाध्यक्ष सुमन बैद्यले र लेखा सुपरिबेक्षण समितिको प्रतिबेदन संयोजक हरिगोपाल बैद्यले सभामा प्रस्तुत गरेका थिए । संस्थाको कुल शेयर पुजीं १ करोड ६३ लाख ६० हजार, कुल कारोबार १४ करोड १९ लाख १६ हजार, बचत संकलन ५८ करोड ८५ लाख ६३ हजार, ऋण लगानी २० करोड ५२ लाख ३ हजार रहेको जनाईएको थियो । कार्यक्रममा जेष्ठ सदस्य, उत्कृष्ट ऋणी, उत्कृष्ट बचतकर्ता, बाल सदस्य लगायतलाई सम्मान गरिएको थियो । 
    कार्यक्रममा पंतजली योग समिति काभ्रेका अध्यक्ष प्रकाश कायस्थ, चण्डेश्वरी साकोसका अध्यक्ष नविन बादे, संस्थापक अध्यक्ष सुवाष बैद्य, चेष्टा साप्ताहिकका सह सम्पादक लक्ष्मण तिमल्सिना, काभ्रे टाईम्सका कार्यकारी सम्पादक रमेश न्यौपाने लगाएतको सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन प्रमुख कार्यकारी अधिकृत ईश्वर महाजुले गरेका थिए भने धन्यबाद ज्ञापन सञ्चालक सदस्य राम पोटेले गरेका थिए । 

धनेश्वरी बहुउद्देश्यीय सहकारीमा बद्रीप्रसाद पलाञ्चोकेको नेतृत्व
    बनेपा/धनेश्वरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बनेपाको २४ औ बार्षिक साधारण सभा अध्यक्ष बद्रिप्रसाद पलाञ्चोकेको अध्यक्षतामा सम्पन्न भएको छ । बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सचिव श्यामकुमार भालुले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष उमेशरत्न शाक्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 
    अधिबेशनले पुनःबद्रीप्रसाद पलाञ्चोकेको अध्यक्षतामा पुनः पुरानै कार्य समितिलाई सर्वसम्वत जिम्मेवारी प्रदान गरेको छ । समितिको उपाध्यक्षमा विश्वमाया श्रेष्ठ, सचिव श्यामकुमार भालु, कोषाध्यक्ष उमेशरत्न शाक्य रहेका छन् । सदस्यहरुमा दिलबहादुर शाही, रामकृष्ण मानन्धर, राजेन्द्र बादे र भवसागर रञ्जितकार रहेका छन् । लेखा सुपरिवेक्षण समितिमा संयोजक सुरेशभक्त भोक्षिभोया र सदस्यहरुमा पुस्पलाल श्रेष्ठ र राजेश पलाञ्चोक रहेका छन् । 
    अधिबेशनको उद्घाटन कार्यक्रममा नगर प्रमुख शान्तिरत्न शाक्य, जिल्ला सहकारी संघका अध्यक्ष अमन पोटे, संस्थाका प्रमुख सल्लाहकार राजु सरकार, राष्ट्रिय सहकारी बैक बनेपा शाखाका प्रवन्धक उपेन्द्र दाहाल लगायतले सहकारी क्षेत्रमा देखिएका समस्या र समाधानका लागि सदस्य, संचालक र सरोकारवाला निकायले खेल्नु पर्ने भूमिकाका बारेमा जानकारी गराएका थिए । सभामा जेष्ठ सदस्य, उत्कृष्ट बचतकर्ता, ऋणीहरुलाई सम्मान गरिएको थियो । 

शुलभ साकोसको १४ औं वार्षिक साधारण सभा
    बनेपा/शुलभ वचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औ वार्षिक साधारण सभा संस्थाका अध्यक्ष विक्रम भैलको सभापतित्वमा तथा संस्थापक अध्यक्ष विरेन्द्रप्रसाद घिनाङ्गजुुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
संस्थाका अध्यक्ष भैलले संस्थाले हरेक क्षेत्रमा सुशासन कायम राखी सहकारी समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक विकासको सर्वाेकृष्ट पद्धति हो भन्ने भावना जनस्तरमा अनुभुत गराउने र संस्थाका हरेक क्रियाकलापमा सदस्यहरुको सक्रिय र रचनात्मक सहभागिताको अपेक्षा रहेको बताए । शुलभ सहकारी सहकारीको ऐन नियम र परिधि भित्र रही सञ्चालन गरेकाले सहकारीमा सदस्यहरुको पुर्ण विश्वास रहेको बताए । सहकारीमा सदस्यहरुले ढुक्कसगँ कारोबार गरी सबै सहकारीलाई उस्तै रुपमा हेर्ने नहुने भैलले बताए । कार्यक्रममा संस्थाका सचिब होमप्रसाद तिमल्सिनाले वार्षिक प्रतिबेदन राखेका थिए भने आर्थिक प्रतिबेदन कोषाध्यक्ष दमनकुमार श्रेष्ठले राखेका थिए । संस्थाको लेखा सुपरिबेक्षण प्रतिबेदन संयोजक आरती श्रेष्ठले प्रस्तुत गरेका थिए । संस्थाको आर्थिक वर्ष २०८०÷२०८१ मा कुल शेयर पुजीं ५ करोड १२ लाख १५ हजार, बचत संकलन ४४ चौवालिस करोड ९३ लाख २१ हजार, ऋण लगानी ५८ करोड ११ लाख ७५ हजार, जगेडा कोष ४ करोड २४ लाख २७ हजार, नाफा १ करोड ४९ लाख रहेको जनाएको छ । कार्यक्रममा संस्थाका प्रवन्धक रमेश श्रेष्ठले आर्थिक सकंटका समयमा पनि सदस्यहरुको विश्वास र सहकारीको परिधिभित्र रही संस्था सञ्चालन भएकोमा उक्त स्थानमा आईपुग्न सफल भएको बताए ।
कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले राखेका थिए भने सञ्चालन सचिब होमप्रसाद तिमल्सिनाले गरेका थिए । 

प्रतिष्ठा कृषि सहकारीको १३ औ वार्षिक साधारण सभा
उद्वब प्रसाद अधिकारी/पाँचखाल
        प्रतिष्ठा कृषि सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारण सभा संस्थाका अध्यक्ष ज्ञान बहादुर थापाको सभापतित्वमा र राष्ट्रिय सहकारी महासंघका संचालक सुमन नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
         कार्यक्रममा प्रमुख अतिथी नेपालले कृषि सहकारीले कृषक सदस्यका लागी काम  गर्दै आएको बताए । सहकारीले बचत तथा ऋणको मात्रै कारोबार नगरी कृषि क्षेत्रतर्फ काम गर्नुपर्ने नेपालले बताए । सहकारीले सदस्यहरुलाई मल वितरण, विभिन्न तराकारीका विउ वितरण गर्दै आएको भएता पनि अझै कृषि क्षेत्रमा सामुहिक लगानी गरी कृषि उत्पादन बढाउन लाग्नु पर्ने नेपालले बताए । कार्यक्रममा कृषि सहकारी सघं लि. काभ्रेका अध्यक्ष हरिशचन्द्र घिमिरे, जिल्ला समन्वय समिति सदस्य अप्सरा सिप्खान, पाँचखाल नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष सुन्दर तामाङ लगाएत विभिन्न सहकारीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा संस्थाको आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक र आर्थिक प्रतिबेदन प्रस्तुत गरिएको थियो । सभामा उत्कृष्ट सहकारी सम्मान, उत्कृष्ट दुग्ध उत्पादक, एसईईमा उत्तिर्णलाई सम्मान, उत्कृष्ट कर्मचारी शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो । कार्यक्रम सञ्चालन संस्थाका सचिव प्रदिप पौड्यालले गरेका थिए । 

स्वेच्छा साकोसको १४ औ सभा
उद्धब प्रसाद अधिकारी/पाँचखाल 
          स्वेच्छा बचत तथा ऋण सहकारी संस्थाको १४ औ वार्षिक साधारण सभा काभ्रे पलाञ्चोक जिल्ला बचत संघ लि.का बरिष्ठ उपाध्यक्ष सागरनाथ कपालीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
         प्रमुख अतिथी कपालीले सहकारीहरु नीति र सहकारीको परिधि भित्र सञ्चालन भएका कुनै पनि सहकारीमा समस्या नआएको बताए । सदस्यहरुले त्यस्ता सहकारीहरु छनौट गरी कारोबार गर्न आग्रह गरेका थिए । कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष ओमकार श्रेष्ठले स्वेच्छा साकोसमा सम्पूर्ण सदस्यहरुले ढुक्कसँग कारोबार गर्न आग्रह गरेका थिए । सहकारी सहकारीको ऐन कानुन र परिधि भित्र रहि सञ्चालन भएकाले कुनै समस्या नरहेको श्रेष्ठले बताए । सबै सदस्यहरु, सञ्चालक र कर्मचारीहरु कानुन अनुसार र ईमान्दारीताका साथ लागेकाले संस्था अझै बलियो हुदै गएको श्रेष्ठले बताए । 
         कार्यक्रममा संस्थाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिबेदन संस्थाका सचिव शुरेस दनुवारले आर्थिक प्रतिवेदन सचिव सुनिल सापकोटाले सभामा प्रस्तुत गरेका थिए । संस्थाको कुल शेयर पुजीं १ करोड ३१ लाख ५५ हजार रहेको जनाएको छ । कार्यक्रममा जिल्ला समन्वय समितका सदस्य अप्सरा सिप्खान जिल्ला सहकारी संघका कोषाध्यक्ष अर्जुन सापकोटा, सर्वमंगला बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख केशब प्रसाद काफ्ले, पाँचखाल भ्याली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदार लुईटेल, आर्थिक विकास मित्र साकोसका सचिव रामप्रसाद कोईराला, प्रतिष्ठा कृषि सहकारी संस्था लि.का सञ्चालक सदस्य जयराम दनुवार, कुमारी बैंकका शाखा प्रमुख विष्णुमण्ी नेपाल, सिन्धु विकास बैंकका शाखा प्रमुख निल प्रसाद बञ्जारा लगायतको सहभागिता रहेको थियो । 
कार्यक्रममा संस्थाका उत्कृष्ट बचतकर्ता, जेष्ठ सदस्य, उत्कृष्ट ऋणी, बाल सदस्य लगायतलाई सम्मान गरिएको थियो ।