बनेपा/काभ्रेपलाञ्चोक जिल्लामा पहिलो पटक राइजिङ स्टार एशोसिएसनले काभ्रे डान्स स्टार कार्यक्रम आयोजना गरेको छ । यस अघि सफलतापुर्वक दुईवटा किन्डर ओलम्पिक सम्पन्न गरेका पाँच शशक्त ब्यक्तित्वहरुले कल्चरल डान्स आयोजना गरेका हुन् ।
एशोसिएसनमा अध्यक्ष जुनु मानन्धर, उपाध्यक्ष अनिता प्रजापति, सचिव सविना कारंजित प्रजापति, कोषाध्यक्ष गिता शिल्पकार र सदस्य नविना श्रेष्ठ रहेका छन् । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा १२ वटा विद्यालयका १ सय ५० जना भन्दा धेरै बालबालिकाहरुले सहभागिता जनाएका थिए । कार्यक्रमलाई प्याब्सन काभ्रेले समन्वय र सहकार्य गरेको थियो । कक्षा नर्सरी देखि युकेजीसम्मका बालबालिकाहरुले डान्स स्टारमा सहभागिता जनाएका थिए । बालबालिकाहरुले विद्यालयमा गरिरहेको प्रतिभा तथा प्रस्तुतीलाई समुहमा र अन्य विद्यालय तथा अभिभावकहरुका बीच प्रस्तुत गर्दा उनिहरुमा भएको प्रतिभा र हौसलालाई थप मद्दत पुग्ने गरी कार्यक्रमको आयोजना गरिएको उपाध्यक्ष अनिता प्रजापतिले जानकारी दिईन् ।
कार्यक्रममा अध्यक्ष जुनु मानन्धरले धन्यवाद र सचिव सविना कारंजित प्रजापतिले स्वागत गरेकी थिईन् । सहभागि बालबालिकाहरु सबै विजयी हुने गरी आयोजना गरिएको कार्यक्रमले बालबालिकाहरुको सर्वाङ्गिण विकासमा थप सहयोग पुगेको सचिव सविना कारंजितले बताईन् । कार्यक्रममा प्याब्सन काभ्रेका अध्यक्ष श्याम भुजेल सहितका पदाधिकारीहरुको सहभागिता रहेको थियो भने विभिन्न विद्यालयका प्रिन्सिपल, शिक्षक तथा अभिभावकहरुको सहभागिता रहेको थियो ।