2019 October 17/ 02:14: 21am

सुनिता लुङ्बा
मोडलर गायिका
पाँचखाल काभ्रे

१) आजभोलि कत्तिको ब्यस्त हुनुहुन्छ ?
त्यस्तो साह्रो ब्यस्तता छैन । सामान्य दैनिकी चल्दैछ । कलाकारिता र ब्यवसाय साथसाथ चलाउदै छु ।
२) कलाकारिता यात्रा कसरी अगाडि बढ्दै छ ?
कलाकारिता निरन्तर चलिरहने प्रक्रिया हो । कहिले म्युजिक भिडियो, तामाङ फिल्म लगायतमा ब्यस्त रहन्छु । गायन मेरो अर्को पाटो हो भर्खरै एउटा सेलो गितको भिडियो लिएर आएको छु । यस्तै यस्तै चल्दै छ ।
३) गीत गाउन र अभिनय गर्न मध्य कुन मनपर्छ ? किन ?
मलाई दुवैमा सहजता लागेकोले दुवै बराबरी मन पर्छ । दुबै जन्मजात नै सिकेर आएकी होइन पछि यात्रा गर्दै जाने क्रममा कोसिस गर्दै गएकी हुँ त्यसैले दुवै सहजता अनि दुवै मनपर्छ यो त्यो भन्ने नै छैन ।
४) लामो यात्रा कुनमा तय गर्ने मन छ ? धेरै समय बाँच्ने कि चर्चित बन्ने ?
यो या त्यो भन्ने छैन किनकी यो दुई क्षेत्र मेरो दुई आँखाको नानीजस्तै हो । आवश्यकता र माग अनुरुप दुबैलाई दोहो¥याउने मन छ । चर्चित त बन्ने तर चर्चा दिर्घकालिन होस् भन्ने प्रयास रहन्छ ।
५) तपाईं त ब्यवसायी पनि हुनुहुन्छ कलाकारितामा लाग्दा ब्यवसायलाई असर पर्दैन ?
हेहे त्यस्तो समस्या नै पर्ने ब्यवसाय हैन । म अन्य काममा ब्यस्त रहदा बैहिनी पनि रहन्छिन् त्यसैले समस्या पर्दैन । यो मेरो दैनिक गुजारा हो त्यसैले समस्या नै चाहिँ पारिन्नँ, पर्दैन ।
६) तपाई त राम्री पनि हुनु हुन्छ कलाकारिताको परिचित नाम पनि हो सुनिता त्यसैमा पूर्ण समय दिँदा हुन्न र ?
राम्री देख्नु भएकोमा धन्यबाद । मैले सके जति समय कलाकारितालाइनै दिएको छु । बाकी समय मात्र अन्य ब्यक्तिगत र ब्यवसायिक काममा समय दिने गरेको छु ।
७) मेक–अप कत्तिको गर्नुहुन्छ ? मेक–अप किन जरुरी छ ?
अँ मेक–अप त गर्छु नै । मेक–अप त नारीहरुको लागि अति आवस्यक कुरा हो । मानिसलाई स्मार्ट र आकर्षक देखिन ड्रेस अप र मेक अपको कम्बिनेसन जरुरी छ ।
८) मान्छे मेक–अप र ड्रेस–अपले राम्रो देखिन्छ कि जन्मजात नै राम्रो हुनुपर्छ ?
यसमा दुबैको उत्तिकै भुमिका रहन्छ । कुनै एकले मान्छेलाई पर्फेक्ट नदेखाउन सक्छ । मान्छेले जन्मजात नै एउटा बर्ण र बनावट लिएर आएको हुन्छ । त्यही वर्ण र बनावटलाइ सहि पहिरन र आकर्षक मेक–अप गरे अवस्य मान्छेमा सुगन्ध थपिनेछ ।
९) माया प्रेममा हुनुहुन्छ ? प्रेम प्रस्ताव कत्तिको आउँछ ?
अवश्य म माया प्रेममा छु । बिना माया प्रेम जीवन कहाँ सम्भव छ र । आम दर्शक, श्रोता आफन्त सबैको माया सदा मै सँग छ नै । तर त्यस्तो विशेष मान्छेको मायामा चाहिँ छैन ।  प्रेम प्रस्ताव त आइरहन्छ आउनु पनि पर्यो नि हैन र ? उमेर बेला यहि हो नि त हा हा हा......
१०) अन्त्यमा
अन्त्यमा मलाई माया गर्नुहुने मलाई हरपलमा साथ दिनुहुने मेरो घरपरिवार मेरो आफन्तजन दर्शक श्रोता मित्रजन प्रियजन सम्पूर्णमा यस्तै माया साथ सपोर्ट रहि रहोस् भन्न चाहन्छु ।