2019 August 19/ 11:11: 22am

सौगात सिंह साउद
प्रमुख कार्यकारी अधिकृत 
माइटी माइन्ड्स, पुलबजार,बनेपा

१) दैनिकी कसरी बित्दैछ ?
म माइटी माइन्ड्स नामक संस्थामा आबद्ध छु । यसैको दैनिक कृयाकलापमा समय बित्ने गर्दछ । यसका साथै अन्य केही संस्थामा पनि आवद्धता रहेकाले यसमै समय बित्छ ।
२) तपाईको माइटी माइन्ड्स कस्तो संस्था हो ? यसले के काम गर्दछ ?
यो एक शैक्षिक तथा परामर्श संस्था हो । मुलतः यस संस्थाले दुई भागमा कार्य विभाजन गरेको छ । पहिलो विद्यालयका कार्यक्रमहरु जसमा मुख्यतः हाम्रो सामाजिक तथा भावनात्मक विकासका कार्यक्रम पर्दछन भने दोस्रो कलेजका कार्यक्रमहरुमा विभिन्न अबचभभच मभखभयिऊभलत तथा व्यक्तित्व विकासका कार्यक्रमहरु गर्दछ ।
३) यसबाट तपाईको संस्थाले अनि शैक्षिक संस्थाले प्राप्त गर्ने फाइदा के के हो ?
माइटी माइन्ड्स निजी संस्था भएकोले नाफा भन्दा पनि हाम्रो उद्देश्य कसरी समाजमा कसरी प्रभाव बनाउन सकिन्छ भन्ने हो । शैक्षिक संस्थाले पाउने फाइदा भनेको चाहिँ कसरी विद्यालयमा सकारात्मक शिक्षा एबं अनुशाशित मर्यादित विद्यार्थी बनाउनमा हाम्रो भूमिका रहन्छ । यसले विद्यालय र विद्यार्थी दुवैमा सकारात्मक भुमिका रहन्छ । यसमा कमाउने भन्दा पनि विद्यार्थी र विद्यालयमा रहेका नकारात्मक कुरा हट्छन । पछिल्लो तथ्यांक हेर्दा किशोरावस्थामा आत्महत्याको संख्या बढ्दो छ त्यस्ता नकारात्मक कुरालाइ रोक्न र सकारात्मक सन्देश प्रवाह गर्न हामी लागि रहेका छौं ।
४) यस संस्थाको आगामी योजनाहरु के–के छन् ?
युवा र शिक्षा विकास अन्तर्गतका विविध कार्यक्रम ल्याउने योजनाहरु छन । यसबाट समाजलाई के परिवर्तन गर्न सकिएला भन्ने गृहकार्यमा हामी दैनिक लागि परेका छौं ।
५) देशमा युवा लक्षित गतिविधि कम भएका हुन् ? नेपालमा ब्यवहारिक शिक्षाको किन जरुरी छ ?
युवा लक्षित कार्यक्रम र गतिबिधी नभएका हैनन् कति त भएका कामहरुको प्रभाव कम भएको हो । साथै युवाहरु अवसरको खोजिमा भन्दा पनि विभिन्न गेम सामाजिक सञ्जालमा ब्यस्त छन् । गलत कुराको लतमा परेका छन भने बैदेशिक शिक्षा र रोजगारीमा जानेको संख्या उल्लेख्य छ । कुनैपनि देशले आफ्नो बिकास गर्दा शिक्षा पहिलो कुरा रहन्छ त्यस्मा पनि ब्यवहारिक शिक्षा जरुरी रहन्छ । त्यसैले हाम्रोमा ढिला भैसक्यो ब्यवहारिक शिक्षाका लागि अन्य देशको सफल प्रयासलाइ सिक्दै हामिले शैक्षिक प्रणालिमा व्यापक परिवर्तन गर्न जरुरी छ ।
६) सामाजिक सेवा भाव युवामा किन कम भएको होला ? युवालाइ उत्पादनमा कसरी जोड्न सकिएला ?
युवाहरु सामाजिक सेवा भावमा नभएकै चाहिँ हैनन् । जस्तै रोटरी, लियो, जेसिज लगायत विभिन्न सामाजिक संघ संस्थामा युबाहरुको उल्लेख्य सहभागिता र गतिबिधी छ तर त्यो भन्दा निकै ठूलो संख्या समाज सेवा बाहिर छ ।   युवालाइ उत्पादनमा जोड्न आधुनिक प्रबिधी लगानी मैत्री वातावरण लगानीको सुरक्षण र राज्यको सकृयता रहनुपर्छ । उत्पादनशील क्षेत्रमा काम गर्न चाहने युवालाई राज्यले प्रोत्साहन र संरक्षण गर्दै बजारीकरणमा सरकार बलियो रुपमा उभिए युवा उत्पादनमा लाग्नेमा २ मत नै छैन ।
७) यो देशको विकास अनि सभ्य समाजको निर्माण कसरी सम्भव होला ?
देश विकासका लागि महत्वपूर्ण कुरा सबैमा राष्ट्रियताको अनुभूति हुनुपर्छ । खोक्रो राष्ट्रवाद बोकेर देश बिकास हुदैन । हामी नागरिक र सरकारका सबै निकाय उत्तिकै जिम्मेवार हुन जरुरी छ । हामी सबै अरुलाई थुपार्ने आफ्नो दायित्व पूरा नगर्ने र अरुलाई दोष थोपर्ने काम बन्द गरेर आ आफ्नो ठाउँबाट लाग्ने हो भने देश बिकास हुन समय लाग्दैन । 
८) फुर्सदको सदुपयोग कसरी गर्नुहुन्छ ? तपाईको जीवनको महत्वाकांक्षी लक्ष्य के छ?
मलाइ पढ्न अनि लेख्न एकदमै मनपर्छ । संगीत र फोटोग्राफिमा पनि उत्तिकै चासो लाग्छ त्यसैले यी कुराहरुलाई फुर्सदको समयमा महत्व दिने गरेको छु । समय मिल्दा आर्टिकलहरु पढ्ने अनि लेख्ने काम गर्दछु । सानै देखिको लक्ष्य सफल र उदाहरणीय शिक्षक बन्ने थियो सोही अनुरुप यस क्षेत्रमा संघर्ष गर्दैछु । मेरो मुख्य लक्ष्य राम्रो शैक्षिक ब्यक्ति बन्ने हो । यहि क्षेत्रमै केही गर्छु भन्ने छ ।
९) प्रेममा पर्नु भएको छ ? प्रेम हुन्छ कि गरिन्छ ? 
म आफै चाहिँ प्रेममा परेको छैन । र पनि यसो हेर्दा प्रेम हुन्छ जस्तो लाग्छ । सबैले प्रेममा परेको सुनाउछन र देखिन्छ पनि ।
१०) अन्त्यमा ...
हामी सबै मिलेर शिक्षण सिकाईलाई फरक बनाउन जरुरी छ । एउटा शिक्षक अनि अभिभावकले आफ्ना बालबालिकाको भावना अनुरुप अगाडि बढ्न जरुरी छ । सामाजिक र संवेदनशील सिकाई विद्यालयका लागि  सबैभन्दा महत्वपूर्ण हो । बालबालिका भोलिका कर्णधार हुन् उनिहरुको शिक्षण सिकाईमा हामी सबैले हातेमालो गर्न जरुरी छ ।