2019 August 19/ 11:11: 18am

निकिता मानन्धर
सिभिल इन्जिनियर


१. आजभोलिको दैनिकी कसरी बित्दैछ ?
दैनिक जीवन सामान्य रुपमै चलेको छ । बिहान जिम जान्छु दिउँसो अफिस जान्छु । साँझ बिहान घरपरिवार इन्टरनेट सफरिङ यस्तै छ ।
२) इन्जिनियरिङ फ्याकल्टी किन रोज्नुभो ?
हाम्रो जस्तो विकसित देशमा सिभिल इन्जिनियरिङको सम्भावना धेरै देखेर नै मैले यो फ्याकल्टी रोजेको हुँ । स्कुल देखि नै गणितमा विशेष रुचि थियो र इन्जिनियरिङ पनि गणित बेसको सब्जेक्ट भएकाले पनि इन्जिनियरिङलाई रोजे ।  
३) इन्जिनियरिङ फिल्डमा महिलालाई गाह्रो छ भनिन्छ नि साँच्चै हो र ?
आजभोलि यो फिल्डमा पनि धेरै महिलाहरु आइसकेका छन् तर महिलाहरुको यहाँ सम्मको उपस्थितिका लागि ठूलै भूमिका अग्रजहरुको छ र उहाँहरुले ठूलो संघर्ष छ । बिस्तारै महिलालाई हेर्ने दृष्टिकोण परिवर्तन हँुदै छ । विगतमा महिलालाई गाह्रो हुन्छ भनिएको होला तर अब सामान्य भै सक्यो जस्तो लाग्छ मलाई ।
४) इन्जिनियर यस्मा पनि सिभिलको संख्या बढी छ भनिन्छ अवसर कत्तिको छ ?
हाम्रो जस्तो विकसित राष्ट्रमा सिभिलको माग बढ्दो छ । विकास निर्माणमा सिभिल इन्जिनियरको भुमिका रहन्छ र महत्व छ । सरसर्ति हेर्दा शहरमा केहि विकास देखिए पनि नेपालको अविकसित ग्रामिण भेग प्रशस्तै छ त्यहाँको ब्यवस्थित विकासका लागि सिभिल इन्जिनियरको भूमिका महत्वपुर्ण छ । बाटो विकासको पहिलो आधार हो तर तर ब्यवस्थित बाटो बनाउन उसै पनि गाह्रो छ । भुकम्प पछि इन्जिनियरको महत्व सबैले बुझेका छन हाम्रो महत्व र माग बढ्दो नै छ ।
५) ब्याचलर सम्म नेपालमा पढ्ने र लगत्तै पढ्ने बहानामा बिदेश जाने अनि नफर्किनेहरु धेरै छन किन होला ? 
नेपालमा ब्याचलर सम्मका लागि प्रशस्तै कलेजहरु छन् तर त्यो भन्दा माथि लिमिटेड युनिभर्सिटी लिमिटेड सिटका कारण बाध्यता बस उच्च शिक्षाका लागि बिदेशिएका हुन । पढाइको अन्तरालमा त्यहिको वातावरण र सुबिधाहरु सँग घुलमिल भैसकेका । अर्को कुरा त्यहाँ मिहेनेत अनुसार पारिश्रमिक र श्रमको सम्मान हुने हुँदा पनि नफर्केका हुन सक्छन् ।
६) हाम्रो मुलुक भुकम्पीय जोखिम ज्यादा भएको देश नेपालका भौतिक संरचनाको निर्माण कत्तिको सुरक्षित छ ?
पक्कै पनि नेपाल उच्च भुकम्पीय जोखिम राष्ट्र हो । जहाँ ज्यादा भुकम्पको जोखिम छ त्यहाँको संरचना निर्माण गर्दा उच्च सतर्कता अपनाउन पर्छ । बिगतमा हामी सचेत नहँुदा हाम्रो धेरैका बासस्थान देखि सार्वजनिक एवं ऐतिहासिक पाटीपौवा पुल पुलेसा देखि धरहरा सम्म भत्कियो । जसका कारण धेरैले ज्यान गुमाउन पुगे कति अंगभंग भए त कति घरबार बिहिन । अहिले भैरहेको पुनर्निर्माणले आगामी दिनमा केहि हद सम्म भुकम्प आउँदा क्षति कम हुन्छ भन्ने बिश्वास राख्न सकिन्छ । साथै हामीले निर्माण गर्ने संरचना सुरक्षित बनाउन हामी चनाखो हुनैपर्छ । 
७) आफ्नो पेशा प्रति सन्तुष्ट हुनुहुन्छ ? भविष्यको योजना के छ ?
म मेरो पेशा प्रति एकदमै सन्तुष्ट छु । म बुझेर नै यो क्षेत्रमा आएको हुँ । भविष्यमा आफ्नै ठाउँमा ब्यवस्थित र सुविधा सम्पन्न ब्यवसायिक इन्जिनियरिङ कन्सल्टेन्सी खोल्ने सोच छ । 
८) हाम्रो जस्तो देशको चाँडो विकासका लागि राज्यले के कुरामा ध्यान दिन जरुरी छ ? किन ?
केहि सकारात्मक संकेत देखिएको छ किनकी यतिबेला देशमा स्थायी सरकार छ । बिशेषतः राज्यमा तीन तहका सरकार छन् जसकारण पनि विकास निर्माणका कामहरु पहिले भन्दा तिब्र र निरन्तरता पाएका छन् । विशेषगरी राज्यको गौरवका योजनाहरुमा सरकारले एक्सन लिएर काम गर्न जरुरी छ । युवालाई अवसर र उत्पादनमा राज्यको लगानी र नियमन भए देश चाँडो विकास हुनेछ ।
९) पेशाप्रतिको प्रेम र दुई ब्यक्ती बिचको प्रेम कुनको महत्व ज्यादा हुन्छ ?
यो दुबै कुरा हाम्रो जीवनमा फरक किसिमले आ–आफ्नो ठाउँमा महत्वपूर्ण छन् । समयानुकल उपयोग फलदायी रहला । पेशाको मायाले जीवन समृद्ध रहन्छ भने दुई बिचको प्रेमले जीवन प्रेमले । दुवैको ब्यालेन्स मिलाएर प्रेम गरे सफल बन्न सकिन्छ ।
१०) अन्त्यमा ........
जीवनमा नयाँँ कुराको प्रयास गर्न कहिल्यै डराउन हुन्न । जीवनमा कहिले काहि असफलता हात पर्न पनि सक्छ अनि कहिले काहि हामीले अँगालेको बाटो गलत पनि हुन सक्छ त्यस्तो अवस्थामा त्यहिबाट पाठ सिकेर अगाडि बढ्न सक्नु पर्छ । त्यसैले जीवनमा लक्ष्य प्राप्तिका लागि आफ्नो कार्यलाई निरन्तरता दिन सक्नुपर्छ ।