2019 August 19/ 11:22: 11am

सरस्वती सरु
भुम्लु काभ्रे

१) आजभोलिको दैनिकी कसरी बित्दैछ ?
दिनहरु पढाइ लेखाइमै बितिरहेका छन् र केही साहित्य सिर्जनाहरु गर्छु यसरी नै दिनहरु बितिरहेका छन् ।
२) साहित्य सिर्जनामा तपाइको रुचि कसरी भयो ?
पहिला पहिला स्कुल पढ्दादेखि नै कथा, कबिताहरु पढ्न मन पथ्र्याे र यसरी नै अरु सर्जकहरुको सृजना रेडियो, पत्रिका र सामाजिक संजालमा सुन्दा सुन्दै पढ्दा पढ्दै साहित्यप्रति रुची हुन गएको हो ।
३) साहित्य सिर्जना गर्न कत्तिको सजिलो छ ? साहित्य सिर्जना स्वतःस्फूर्त हुन्छ कि कहि कतैबाट प्रभावित हुन्छ ?
जुनसुकै काम गर्दा पनि सजिलो त पक्कै पनि छैन र सिर्जना गर्नु भनेको कठिन कुरा हो किनभने सिर्जना गर्नु भनेको मनको लागि कल्पनाको ठूलो भावना खुल्नु हो । साधारण मान्छे भन्दा केही माथी गएर खुल्ला भावनाको विकास गर्नु हो त्यसैले सिर्जना गर्नु सहज छैन तर सिर्जना गर्नु गाह्रो कुरा पनि हैन सिर्जना गर्नको लागि लगनशीलता, धर्यता, मिहेनत भयो भयो भने सजिलो हुन्छ । साहित्य सिर्जना गर्नका लागि कहिँकतै बाट मनमा छुनुपर्छ जब मनमा कुनै कुराले छुन्छ तब स्वतःस्फूर्तरुपमा आफै बाहिर आउँछ ।
४) तपाईलाई साहित्य सिर्जनामा के कुराले प्रभावित गर्दछ ?
समाजको भए गरेका बिचारहरुले प्रभाव पार्छ किनभने साहित्य भनेको समाजको ऐना हो ।
५) साहित्यले समाजको चित्रण गर्छ भन्नुभयो अहिलेको सामाजिक अवस्थालाई कसरी लिनुहुन्छ?
साहित्यले समाजमा भए गरेका अन्धबिस्वास, बिकृती बिसङतिहरुलाई शब्द मार्फत ब्यक्त गरेर समाजलाई सहि मार्ग निर्देशन दिने कोसिस गर्छ । समाजमा केहि विकृत र केहि सकारात्मक आशावादी पनि छ हामीले साहित्यमा समग्र बिषय उठान गरेपनि ब्यवहारतः सकारात्मकतालाई जोड दिनुपर्ने हुन्छ ।
६) पढाई कस्तो चल्दै छ ? पढाई ब्यवस्थापन र रुचि लगाव साहित्यमा कसरी ?
पढाइ राम्रै चल्दै छ । पढेर र त जीन्दगीमा कहिले पनि सकिँदैन जीन्दगी नै आफैमा एउटा पढाई हो  साहित्यले पढाइलाई बाधा पु¥याउदैन । खाली समयमा साहित्य सृजना गरिन्छ यसरी नै दुबैलाई ब्यबस्थापन गरि लगेको छु ।
७) युवा पिँढीको बिदेश मोहलाइ कसरी लिनुहुन्छ ? नेपालमा केहिपनि सम्भावना छैन या युवामा चाहना छैन ?
पछिल्लो समयमा युवा पिँढीको बिदेशिने मोह झन् बढेको देख्छु । गरे यहि नेपाली माटोमा हामी सुन फलाउन सक्छौं नेपालमा सम्भावनाका धेरै खानी छन् बस कतिपय नेपाली युवाहरुमा चाहना नभएको हो, कतिपय  युवाहरुमा चाहना हुँदा पनि बाध्यताले नेपालमा केही गर्न सकिँदैन भन्ने मानसिकता भ्रम लिएर बिदेशिएका छन् ।
८) देशको विकास सुस्त हुनुमाको दोषी हो जस्तो लाग्छ ?
देशको बिकास सुस्त हुनुमा मुख्य दोषी त म हाम्रा देशका सरकारको देख्छु यदि सरकारले छिटो र सरल तरिकाले देशमा विकास अवसरहरु देखाइदिने हो भने छिट्टै विकासले मोड लिन्थ्यो र हामीहरु आ–आफ्नो ठाउँबाट स्वार्थ त्यागी सकेको काम गर्न सक्यौ भने देश बिकास हुन समय लाग्दैनथ्यो ।
९) साहित्यकारको त माया निकै भावपूर्ण र गहिरो हुन्छ रे नि ! साहित्यमै माया अनि साहित्यकै गहिराई बडो मिजासिलो हुन्छ भन्छन् नि ?
साहित्यको माया निकै मिठासपूर्ण हुन्छ । साहित्यमा रस बसिसकेपछि साहित्यमा लाग्दिनँ भन्दा नि साहित्यको मायाले डो¥याउँछ । साहित्यको गहिराईमा डुब्न पाउँदा म एकदम खुशी हुन्छु । साहित्य मेरो एक्लोपनको साथी भैसकेको छ ।
१०) अन्त्यमा.....
अन्त्यमा साहित्यलाई माया गरौ, साहित्यलाई सम्मान गरौ भन्दै चेष्टा परिवारलाई अतुलनीय धन्यवाद दिन चाहान्छु मेरो कुराहरुलाई यो स्थान दिनुभएकोमा ।।