2019 July 22/ 10:39: 48pm

राजकुमार श्रेष्ठ
सह–ब्यवस्थापक सुपरजोन कार्यान्वयन इकाई काभ्रे

ब्यवस्थापक–योर क्याफे
१) आजभोलि दैनिकी कसरी बित्दैछ ?
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आलु सुपरजोनमा आबद्ध छु र साथमा बनेपा मै एउटा युवा लक्षित रेस्टुरेन्ट सुरु गरेको छु ।
२) तपाई कार्यरत प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कस्तो कार्यक्रम हो ? यसले कस्तो काम गर्छ ?
यो कार्यक्रम विभिन्न बाली उत्पादनमा विशेष मानिएका क्षेत्रमा सो बालीमा आधुनिकिकरण गर्दै कृषिको सुधारका लागि ल्याइएको विशेष कार्यक्रम हो । हाम्रो जिल्ला आलुको सुपरजोन रहेको छ ।
३) कृषिको आधुनिकिरण र कृषकको उत्पादन र बजारीकरणलाइ कस्तो सहयोग गर्छ यस संस्थाले ?                                        
बदलिदो समय अनुसार तथा आधुनिकताले भित्राएका विभिन्न कृषि उपकरणको प्रयोग, बजार भाउ सम्बन्धि जानकारी तथा सहज बजारको व्यवस्था पनि हाम्रो कार्यक्रममा पर्दछन् ।
४) काभ्रेका कृषकको अवस्था कस्तो पाउनु भयो ? यो परियोजनाबाट उनिहरुमा कस्तो परिवर्तन आयो ?                               
काभ्रेका धेरै मानिसहरु कृषि पेशामा निर्भर पाइयो, धेरै खेती गर्नु हुन्छ तर व्यवस्थापन तथा आधुनिकतामा नलागेको बेलामा हाम्रो यो प्रधानमन्त्री कृषि आधुनिकिकरणको कार्यक्रमले आधुनिक तथा सहजतातर्फ लगेको पाइन्छ ।
५) तपाईं त क्याफेमा पनि समय दिनुहुन्छ कसरी सम्भव छ दुबैतिरको समय संयोजन ?                                            
हजुर, अफिसको समय पश्चात क्याफेमा समय दिने गरेको छु, दिनको समयमा अन्य साथीहरु र कर्मचारीको पनि व्यवस्थापन गरिएको छ, खासमा चाप पनि बेलुकी पख नै बढ्ने गर्छ ।
६) योर क्याफेको नयाँ ब्यवस्थापन कस्तो रहने छ ? किन नयाँपनको तयारी गरियो ?
हालको समयमा युवाहरु सांगीतिक माहौल मन पराउने भएकाले संगीतको मज्जासहित युवाहरुलाई मनपर्ने खालको बनएका छौं हाम्रो अहिलेको व्यवस्थापनले आधुनिक समय सुहाउँदो तथा पारिवारिक वातावरणको व्यवस्थापन गरेको छ ।
७) रेस्टुरेन्ट ब्यवसायको महत्वपूर्ण पाटो स्वाद कि सर्भिस या लुक्स ?                
रेस्टुरेन्ट व्यावसायमा स्वाद, सर्भिस, लुक्स सबै उत्तिकै महत्वपूर्ण हुन् अझ धेरै त हस्पिटालिटी र कस्टुमर केयर पनि हुन् ।
८) आम मानिसमा रेस्टुरेन्ट कल्चर बढ्दो हो ? मानिसका अत्याधिक रोजाई कस्ता कुरामा हुने रहेछ ?                                  
पक्कै पनि बढेको हो । सरसफाई र हस्पिटालिटिमा प्रमुख देखिन्छ ।
९) क्याफे, होटेल तथा रेस्टुरेन्ट भनेको युवा पिढिको बढ्दो आकर्षण र डेटिङ स्पट भन्छन नि किन होला ?              
युवा पुस्ता आधुनिकतातिर उन्मुख हुनेले रेस्टुरेन्टमा युवा क्रेज हुनु स्वभाबिक हो र जहाँ युवाहरुको आउजाउ बढी हुन्छ त्या उनिहरु बिच भेट हुनु स्वभाविक हो । अन्यत्र जहाँ पायो त्यही भेटघाट गर्नु भन्दा रेस्टुरेन्टमा गएर खाजा खाने र कुराकानी एकै पटकमा सक्नु ठिकै पनि त हो ।
१०) र अन्त्यमा.........
आफ्नै देशमा श्रम गरौं । सानै भएपनि देशमै व्यवसाय गरौं । देशमै रहेर आफू र अरुलाई रोजगारी प्रदान गरौं भन्न चाहन्छु । युवामा जोश र जाँगर हुने भएकोले परिश्रम गरौं । व्यस्त रहौं स्वस्थ रहौं । गरे के हुँदैन यहाँ । असम्भव केहि छैन ।