2018 December 15/ 10:35: 59pm

समिन्ता दाहाल 
बिद्यार्थी बनेपा

१) कत्तिको ब्यस्त हुनुहुन्छ ?
त्यति ब्यस्त छैन । अलिअलि पढाइ अनि अलि अलि घरायसी काममै ब्यस्त छु ।
२) पढाई कस्तो चल्दै छ ?
पढाई राम्रै चल्दै छ । परीक्षा नजिकिएकाले पनि थोरै ब्यस्त छु ।
३) तीज कत्तिको लाग्दैछ ?
अहिले सम्म मलाई चाहिँ लागेको छैन तर बजार तिर शुरु भएको देखिन्छ ।
४) आजभोलि तीज अगावै रमझम पहिले हुन्छ नि ! के भन्नुहुन्छ ?
समय अनुरुपको कुरा हो । साथै फुर्सदिलाको काम पनि हो । कतिपय अवस्थामा राम्रै पनि छ । सबैतिर पालो पु¥याउनका लागि पनि होला ।
५) खाना बनाउन कत्तिको मनपर्छ ? कुन परिकार मिठो बनाउनु हुन्छ ?
खाना बनाउन एकदमै मनपर्छ । प्रायः सबैले खाना मिठै हुन्छ भन्छन् तर भेज परिकार मीठो बनाउन सक्छु जस्तो लाग्छ ।
६) मेक–अप कत्तिको गर्नुहुन्छ ? कुन ब्राण्डको सामानहरु प्रयोग गर्नुहुन्छ ?
महिला अनि मेकअप सामान्य कुरा हो । राम्री हुन मेक–अप गर्नै प¥र्यो नि तर ठिक ठिकै गर्छु । म प्रायः न्यु लुक्स ब्राण्डको प्रयोग गर्दछु ।
७) ईन्टरनेट कत्तिको चलाउनुहुन्छ ? ईन्टरनेटमा कुन एप बढी चलाउनुहुन्छ ?
इन्टरनेट बिना कहाँ जीन्दगी अब । अर्थात मज्जाले चलाइन्छ । प्रायः फेसबुक मेसेन्जर लगायत एप चलाउछु । आवश्यकता हेरेर अरु पनि चलाउछु ।
८) युवा पुस्ता किन निराश छन् यो देशमा ?
युवा समय उर्जाशील समय । तर नेपालमा युवाहरु प्रायः बेरोजगार छन् । रोजगारीका लागि बिदेशिनु पर्ने वाध्यता या त सर्टिफिकेट थन्काएर राख्नुको बिकल्प छैन त्यसैले हो ।
९) प्रेम र सेक्सलाई किन सामान्य मानिएको होला समाजमा ?
उमेरमा प्रेम हुनु सामान्य नै हो । तर आजभोलि स्वार्थ सहितको प्रेम र स्वार्थ सेक्सको रहनाले समाज गलत बाटोमा लाग्दैछ भन्ने आभाष हुन्छ ।
१०) अन्त्यमा...
अन्तमा.. आउदै गरेको हरितालिका तीजको सम्पुर्ण दिदीबहिनीहरुमा शुभकामना । तीज हाम्रो संस्कृती हो यसमा बिकृती नल्याउ, गच्छे अनुरुपको चाड मनाऔं भन्न चाहान्छु ।