2019 August 19/ 11:46: 05am

आस्मा बस्नेत
चाइल्ड क्लब ग्राजुएट
भक्तपुर

१) आजभोलिको दैनिकी कसरी बित्दैछ ?
मेरो दैनिकी बिहान कलेज जान्छु । द्यक्ध् को स्टुडेन्ट भएकाले एउटा सामाजिक संस्थामा इन्टर्नको रुपमा काम गर्दै छु ।
२) द्यक्ध् किन पढ्नुभयो ? कस्तो छ यसको स्कोप नेपालमा ?
म पूर्व बालक्लब सदस्य हुँ । सानैदेखि बालक्लब मार्फत विभिन्न क्रियाकलापमा सम्लग्न रहे त्यसैले सामाजिक काममा रुचि भएर नै यो विषय रोजेकी हुँ । स्कोपको कुरा गर्नु पर्दा हरेक सब्जेक्टको स्कोप अवस्य रहन्छ ।
३) तपाई चाइल्ड कप ग्र्याजुएट ! एउटा बालबालिका किन चाइल्ड कपमा लाग्ने ? के पाउँछ उसले चाइल्ड क्लबबाट ?
बालक्लबमा बस्न पाउनु हर बालबालिकाको अधिकार हो । यसको ब्यापकता बढ्दो छ । आफ्नो कुरा आफै राख्न गलत कुराबाट टाढा रहन र आफ्ना कुरा आफै राख्न बालक्लबमा लाग्नेले सिक्छ ।
४) किन निजी विद्यालयमा चाइल्ड क्लब बन्दैन ? चाइल्ड क्लब ग्रेजुएट बालबालिकाको साथि भन्दा नेता ज्यादा भए भनिन्छ नि !
हो सामुदायिक बिद्यालयको तुलनामा निजीमा बालक्लबहरु छैनन् । तर बिस्तारै बन्न थालेका छन् ।     होलान कोहि कोहि नेता बन्ने रहर गरे होलान् तर चाइल्ड क्लब ग्राजुएटले धेरै राम्रा काम गरेका छन् र गरिरहेका पनि छन् ।
५) मानिसहरु समाजसेवा गर्न किन रुचाउछन् ? समाजसेवी पनि स्वार्थी हुन्छन् भन्ने गर्छन् नि आजभोलि ?
मानिसहरु समाज सेवा गर्न किन रुचाउछन भन्दा पनि समाजसेवा एउटा मानबिय धर्म हो र हर मानिसमा मानवियता हुन्छ । समाजसेवा आत्मचाहाना हो र आत्मा सन्तुष्टिका लागि मानिसले गर्ने गर्छ । समाजसेवा निस्वार्थ हुनुपर्छ नै तर आजभोली हर क्षेत्रमा स्वार्थीहरुको प्रवेश भएको भने छ ।
६) जीवनमा के बन्ने लक्ष्य छ तपाईको ? को बाट प्रेरित हुनुहुन्छ ?
द्यक्ध् को विद्यार्थी भएकाले समाजसेवा गर्ने मेरो सोच हो । सानैदेखि सामाजिक काममा लागेकाले नै मैले यो फ्याकल्टी पढेकी हुँ । साथै जीवनमा एक सफल ब्यवसायी बन्ने लक्ष्य मेरो छ ।
७) तपाईको बेलाका बालबालिका र अहिलेका बाल बालिकामा के फरक पाउनु भएको छ ? बालबालिकाहरुको न्युनतम् आवश्यकता भित्र के के पर्दछन् ?
हाम्रो पालामा बालबालिकाहरु विभिन्न कृयाकलापमा सहभागी हुने गर्दथे समाजमा घुलमिल हुने साथीभाईसंग सहकार्य गर्ने गर्थे आजभोलिका बालबालिका टेक्नोलोजीमा ब्यस्त छन् । खासमा उनिहरुको आवश्यकता पौष्टिक आहार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन लगायत हुन् ।
८) बाल हिंसा दिनानुदिन बढ्दो छ यसलाई कसरी रोक्न सकिएला ?
बालबालिकाहरु दिनानुदिन समस्यामा पर्ने क्रम बढ्दो छ  । यसलाई न्यूनीकरण गर्न राज्यको दरिलो नियम साथै जनचेतनाका कार्यक्रमहरु बढाउन जरुरी छ ।
९) बाल विवाहको अवस्था कस्तो छ देशमा ? विवाहको उत्तम समय कुन हो र किन ?
नेपालमा बालविवाहको दर बढ्दो छ । सामाजिक सञ्जालका कारण यो क्रम झनै बढेको छ । विवाह गर्न २० बर्ष पार गर्नै पर्छ ताकी उनिहरु शारिरीक र मानसिक रुपमा परिपक्व हुन जरुरी छ ।
१०) अन्त्यमा
यो अवसरका लागि पत्रिका परिवारलाई हार्दिक धन्यबाद । बालबालिका भोलिका कर्णधार हुन भोलिको सबल नेपाल बनाउनु छ भने आजको समय बालबालिकाका लागि खर्च गरौं ।