2019 April 22/ 12:40: 50am

विकास गैतम
अनेरास्ववियु काभ्रे (कोषाध्यक्ष)

१) आजभोलिको दैनिकी कसरी बित्दैछ ?
हिजोआज फुर्सदको समय भएको हुनाले चिनो हराएको मान्छे पढ्दै दिन बिताउने गरेको छु ! सामान्य त पढाई र ब्यवसायमा समय दिइन्छ ।
२) पढाई र ब्यवसायिक जीवन कसरी अगाडि बढ्दै छ ?
ब्यवसायमा लागेपछि समय आफ्नो अनुकुलमा नहुने रहेछ तर पनि पढाईलाई जोड दिने गरेको छ । साथै विद्यार्थी राजनीतिमा पनि समय दिने गरेको छु ।
३) विद्यार्थी जीवनमा मानिसहरु किन राजनीतिमा लाग्ने गर्दछन् ?
मेरो देश नेपाल विकासोन्मुख देश हो, संसारको सबै विकासोन्मुख देशहरुमा शिक्षा, स्वास्थ, नागरिक सुरक्षा राम्रो नभएको पाइन्छ यस्तो अवस्थामा कुशल राजनीतिबाट नै देश परिवर्तनको सम्भावना भएको हुदा बिद्यार्थीहरु राजनीतिमा लाग्ने गर्दछन् । घर राम्रो हुन जग नै बलियो हुनु प¥र्यो नि !
४) राजनीति के हो ? राजनीतिमा युवाको सहभागिता किन आवश्यक ?
हिजोआज कसैको त राजनीति व्यवसाय बनेको छ, मेरो विचारमा विशेष उद्देश्य प्राप्तिको लागि दिगो परिवर्तन लागि गरिने अगार्मी परिवर्तन हुन्छ भने त्यसलाई राजनीति भनिन्छ ।
      युवालाई उमेर समूहको आधारमा मात्र परिभाषित गर्ने प्रचलन हाम्रोमा छ । युवा समग्र जीवनको एउटा यस्तो उमेर अवस्था हो, जहाँ व्यक्तिमा साहस, सिर्जनशीलता, सिक्ने क्षमता एवं उच्च आत्मविश्वास हुन्छ । युवा अवस्था मानव जीवनकै सर्वाधिक ऊर्जाशील समय हो । परिवारको प्रत्यक्ष निगरानीबाट मुक्त हुँदै आफ्नो क्षमतामाथि विश्वास गर्न थालेको हुन्छ । त्यसैले युवा अवस्था निर्णायक उमेर हो, जुन अवस्थाले विगत र भविष्यलाई जोड्छ संसारमा जतिपनि राजनीतिक परिवर्तन भएका छन् त्यहाँ युवाको मुख्य भुमिका भएको छ त्यसैले परिवर्तनका निम्ति युवा सहभागिता आवश्यक छ ।
५) टियुले स्ववियु चुनावको तयारी थाल्दा काभ्रे अखिलको तयारी के छ ?
अनेरास्ववियु काभ्रे स्वबियु निर्वाचनका लागि पूर्ण रुपमा तयार छ । हाम्रो संगठन सदैब बिद्यार्थीहरुकै बिचमा छ सुख दुःखमा उहाँहरु सँगै छ । हामी स्ववियु निर्वाचन मार्फत काभ्रेका सम्पूर्ण क्याम्पसमा अनेरास्ववियुको लाल झण्डा फहराउन आतुर छौं निर्धारित मितिमै निर्वाचन गर्न त्रिभुवन विश्वविद्यालय सँग माग समेत गर्दछौ ।
६) क्याम्पसहरुमा स्ववियु किन आवश्यक ? स्ववियुमा अखिल नै किन ?
स्ववियुको  इतिहास देखि हालसम्म हेर्ने हो भने अखिल कहिले पछाडि फर्केर हेर्नु परेको छैन यसको मतलब नामै काफी छ भने जस्तै हो ।  
        क्यापसमा अध्ययनरत बिद्यार्थी साथीहरुका हक अधिकार स्थापित गर्नका लागि बिद्यार्थी र क्याम्पस प्रशासन बिच समन्वय गर्दै उत्कृष्ट शैक्षिक वातावरण सृजनाका लागी क्याम्पसमा स्वबियु आबस्यक छ । स्वबियुमा अखिल नै किन भन्दा पनि हरेक स्वबियु निर्वाचनमा आम बिद्यार्थीले अखिल नै रोज्दै आएका छन यो बिद्यार्थीको रोजाइ हो ।
७) वर्तमान बहुमतको सरकार प्रायःआलोचित छ नि किन होला ? सरकारले काम गर्न नसकेकै हो ?
नेपालमा बढ्दो प्रेस स्वतन्त्रताको कारण आज यस्तो भएको जस्तो लाग्छ गरेको काम नदेखाउने र गलत प्रचार गर्ने सस्तो पत्रकारिताले आज यस्तो भएको जस्तो लाग्छ यस्तो प्रचार बाजीले भावी दिनमा ठूलो समस्या आउन सक्छ ।  
सरकारले आफ्नो काम जादुको छडि चलाएर गर्ने होइन कागका रेल र पानी जहाज बनाउनेलाई अलि नपचेको होला सरकार समय ४ बर्ष बाकी छ हेर्दै जानुस् परिवर्तन सम्मानीय प्रधानमन्त्री केपि ओलीकै पालामा हुने छ ।
८) अब युवालाई नेपालमै राख्न कसरी सकिएला ?
देशमा युवालाई स्वरोजगारतर्फ प्रेरित गर्ने बढी भन्दा बढी रोजगार सृजना गर्ने काम गर्नु पर्छ देशका युवा हरुलाई आधुनिक कृषितर्फ आकर्षित गर्न सक्नुपर्छ तब मात्र युवा नेपालमै राख्न सकिन्छ । सरकारले पर्यटन व्यवसाय र कृषिलाई बिशेष महत्वमा राख्नु पर्छ ।
९) प्रेम विवाह मनपर्छ कि पर्दैन ? विवाह राजनीति गर्ने सँगै कि !
प्रेम जीवन पछि चाँडै विवाह गर्ने निणय भएको छ !! राजनीति गर्ने सँग प्रेममा परिएन ।
१०) र अन्त्यमा.......
आउदै गरेको स्वबियु चुनाबमा सबै विद्यार्थीहरुलाई अखिलमा आफ्नो अमुल्य भोट प्रदान गर्न अपिल गर्दछु । सरकारको प्रतिपक्षी भनिने पार्टीलाई विरोधका लागि विरोध होइन राम्रो कामको समर्थन पनि गर्न सिकैँ भन्न चाहान्छु ।