2019 April 21/ 11:48: 45pm

सागरिका दाहाल
नर्स बनेपा

१) आजभोलिको दैनिकि कसरी बित्दैछ?
दैनिकी राम्रै सँग बित्दैछ । अफिसमा ब्यस्त छु साथै घरायसी काम यस्तै यस्तै ।
२) तपाईले किन पढाई एउटा पाटो अफिस छुट्टै पाटो रोज्नुभयो ?
पढाइ मेरो नर्सिङ हो । हुन त नर्सिङ पढी सकेपछी हस्पिटल अझ भनुम बिरामीको सेवा गर्ने काम गर्नु हो । तर आजभोली पढाइ संगै विभिन्न अवसर हुने हुँदा म एउटा शैक्षिक संस्थासँग आवद्ध छु ।
३) नर्सिङ नै किन पढ्नु भयो ?
नर्सिङ मेरो बच्चा देखिकै सौख हो । एउटा नर्स बनेर बिरामीको सेवा र समाजमा केही उदाहरणीय काम गर्ने सोचका साथ अगाडि बढ्ने सोचले नै मैले नर्स पढेकी हँु ।
४) नेपालमा नर्सको संख्या धेरै छ र धेरै नर्सहरु बेरोजगार छ भनिन्छ नि !
हो यो पेशा र शिक्षाप्रति धेरैको आकर्षण छ र पढ्ने धेरै छन बर्षेनि ग्राजुएट धेरै हुन्छन् तर नेपालमा अबसर कम छ ।
५) नेपालमा नर्सिङ तथा अन्य दिक्षित बिद्यार्थीहरु किन बिदेशिन हतारिन्छन् ?
नेपालमा दिक्षित हुनासाथ उचित रोजगारीको अवसर नहुनु । अवसर भएको जागिरमा दैनिकी चल्ने कमाइ नहुनु अनि स्किल मेनपावरको बिदेशमा राम्रो माग र आम्दानी हुनु मुख्य कारण हो जस्तो लाग्छ ।
६) तपाईंको भविश्यको लक्ष्य के हो ?
हरेक मान्छेको जीवनमा कुनै एउटा लक्ष्य हुन्छ र हुनु पनि पर्छ । मेरो लक्ष्य एउटा सफल नर्स बन्ने साथै यो र अन्य क्षेत्रमा सकृय रहेर सफल महिला बन्ने लक्ष छ ।
७) नर्सिङ पेशा सेवामुखी हो तर  नर्सिङ पढ्नेहरु प्रतिस्पर्धा र रहरमा पढ्छन् भनिन्छ नि किन होला ?
यो पेशा नै यस्तै छ । कति चाहिँ रहरमा आउनु सामान्य पनि हो किनकी थोरै यो पेशा र शिक्षा आधुनिक र सबैको नजर पर्ने मानिन्छ । यस्का भित्रि पाटो भने निकै गम्भीर र जिम्मेवार हुनु पर्ने छ ।
८) समाजमा नारीको लागि हेरिने दृष्टिकोण परिवर्तन भएको हो ? आफू नारी भएकोमा कतिको गर्व लाग्छ ?
देशमा परिवर्तन त हरेक क्षेत्रमा हुँदै छ । त्यसमा नारी नपर्ने कुरै भएन । बिगतमा समाजमा यदाकदा नारीलाइ हेयको दृष्टिले हेरिन्थ्यो आजभोलि समान रुपमा हेरिन्छ । म आफुलाई नारी भएकोमा अवश्य गर्व गर्छु साथै समाजलाई म प्रति गर्व गर्न लायक बन्नेमा कोसिस गर्नेछु ।

९) प्रेम कसरी हुन्छ ? प्रेममा बिछोड हुँदा मानिस किन बिचलित हुन्छ ?
प्रेम अनायासै हुन्छ । प्रेम एउटा आत्मियता हो र आत्मिय कुराबाट टाढा हुदा मानिस बिक्षिप्त हुनु बिचलित हुनु कुनै नौलो कुरै हैन ।
१०) र अन्त्यमा.....
अन्त्यमा यो अवसरका लागि धन्यबाद । सबै पेशा प्रतिको इमान्दारिता कायम गरौ आफ्नो काममा लगनशिलता दियौ भने देश र समाज बन्न समय लाग्दैन ।