2019 January 19/ 09:03: 52pm

लक्ष्मण रंजित
युवा ब्यवसायी बनेपा

१) आजभोलि केमा ब्यस्त हुनुहुन्छ ?
म रेष्टुरेन्ट र ह्याण्डिक्राफ्ट ब्यवसाय गर्ने हुदाँ सामान्यतया आफ्नै ब्यवसायमा ब्यस्त रहन्छु ।
२) ब्यवसाय गर्न कत्तिको गाह्रो छ नेपालमा ?
सजिलो त ब्यवसाय गर्न कहाँ छ र तैपनि माग अनुरुपको काम गर्दा सहज नै मान्नुपर्छ ।
३) नेपाली ह्याण्डी क्राफ्ट बिश्वमै माग राम्रो छ भनिन्छ साथै नेपालीको रेस्टुरेन्ट कल्चर बढ्दो छ, तपाईं कुन ब्यवसायबाट सन्तुष्ट हुनुहुन्छ ?
साच्चै नै नेपालका ह्याण्डीक्राफ्ट बिश्व बजारमा अति नै लोकप्रिय छन् । राज्यले यसलाई थोरै प्रमोट गर्ने हो भने पक्कै पनि अझै राम्रो हुने अपेक्षा गर्न सकिन्छ । अर्कातिर नेपालीको बढ्दो रेष्टुरेन्ट कल्चरका कारण त्यो ब्यवसाय पनि सन्तोषजनक नै छ । दुवैमा सन्तुष्ट छु भन्दा फरक पर्दैन ।
४) फरक–फरक ब्यवसाय किन रोज्नुभयो ?
हुन त एउटै ब्यवसायलाई विस्तार गर्दा राम्रो हो तर पहिले देखि ह्याण्डिक्राफ्ट ब्यवसाय गर्दै आएको र यो सँगै पारिवारिक साथ र सहयोगले रेष्टुरेन्ट पनि शुरु गरेको हो ।
५) नेपालमा ब्यवसाय गर्न गाह्रो छ भन्दै बिदेशिने युवाहरु प्रशस्तै छन् तपाईलाई लागेन बिदेश जाने मन?
हो, गाह्रो छ र सबै नेपाली एकपटक बिदेश जाने मुड बनाउँछन र मैले पनि सोहि अनुरुप बिदेश गएर फर्केर आएर ब्यवसायमा परिवारलाई साथ दिएको हुँ ।
६) तपाईलाई गर्न मन लागेको कुनै काम ? किन गर्न मन छ?
गर्न मन भन्ने त धेरै हुन्छन् । खास गरेर हाम्रै दिदीबहिनी आमाहरुले तयार गरेका ह्याण्डिक्राफ्टलाई बिश्वभर चिनाउने ठुलो मेला आयोजना गर्ने रहर छ ।
७) फुर्सदको समयमा के गर्न मनपर्छ ?
फुर्सदको समयमा मुभि हेर्न र साथीभाईहरु जम्मा हुने र रमाइलो गर्न मनपर्छ ।
८) भुत र देवता छ भन्नेमा बिश्वास छ ? कसरी ?
भुत चाहि छैन होला कि, तर भगवान छ भन्नेमा पूर्ण बिश्वास छ ।
९) युवा अवस्थामा सेक्स हुनु सामान्य हो ? किन ?
हरेक कुराको आफ्नो आवश्यकता चाहाना हुन्छ नै । त्यस्तै युवा अवस्थामा सेक्स सामान्य कुरा हो किनकि यो प्राकृतिक कुरा हो ।
१०) अन्त्यमा......
अन्त्यमा पत्रिकामा स्थान दिनु भएकोमा पत्रिका परिवारलाई धेरै धेरै धन्यबाद । हाम्रो कला संस्कृति र मौलिकतालाई माया गरौं ।