2024 April 26/ 12:36: 30am

अमित न्यौपाने
परिवर्तन समाज नेपाल
अध्यक्ष
समाजसेवी, कन्सल्टेन्ट

१) आज भोलिको दैनिकी कसरी बित्दैछ ?
भर्खरै आफ्नो तल्लो तहको शिक्षामा सफलता हासिल गरि स्नातक तहको लागी पढाईलाई निरन्तरता दिदै छु । र, बाँकी रहेको सम्पुर्ण समय सामाजिक क्षेत्रमै खर्चिने गरेको छु । केहि समय बाकि रहे केहि लेख्नेपनि गरेको छु । जुन छिट्टै नै प्रकाशित हँुुदैछ ।


२) सामाजिक काममा किन रुचि राख्नु हुन्छ ?
मेरो देश एक विकासोन्मुख देश हो । जहाँ प्रत्येक मानिसको पहिलो उदेश्यनै पैशा कमाउने भएको छ । तर म यो कुरालाई मान्दिन पैसा मात्र सोत हो जसबाट हामि हाम्रा इछ्या पुरा गर्न सक्छौ पहिला समाज परिवर्तन गरौ पैसा त नेपालमा हावामा उडिरहेको छ । मात्र हाम्रो समात्न खोज्ने तरिका गलत छ । म जुन गन्तव्यमा पुग्न चाहान्छु नि त्यसठाँउसम्म मलाई सामाजिक क्षेत्रले मात्रै पु¥याउन सक्छ ।


३) नेपालका युवा जगत किन शिक्षा र रोजगारीका लागि बिदेशिएका होलान् ? 
हामी नेपाली देखासिखि गर्न भनेपछि सबैभन्दा अगाडि छौ छिमेकिले लगाएको जुत्ता राम्रो छ भने हामिलाई त्यहि जुत्ता लगाउनै पर्छ । सायद देखासीखी पनि एक कारण हो कि । र, सबैभन्दा धेरै दोष चाहि म सरकारलाई दिन चाहान्छु चुनाव अगाडि हजार सपना देखाई एकैचोटि निराशातर्फ धकेल्दिएको हो की ? हामीले गलत मान्छे पो छान्यौकि ?


४) तपाइको आफ्नो जीवनको लक्ष्य के हो ? किन ? 
जीवनको पहिलो लक्ष्य नै सामाजिक क्षेत्रमा धेरै नै अगाडि बढि सफल व्यक्ति हुनु हो । जुन सफलताले मेरो पछाडि कुरा काट्ने व्यक्तिहरुलाई पोलोस् । जीवनमा यस्तो काम गर्नु छ जुन कामले भोलि म मरेपछि पनि भनुन् छोरो त अमित जस्तो पो हुनुपर्छ त ? देशले भनोस् हामीले एउटा हिरा गुमायौ ।


५) युवा बर्गलाई स्वदेशमै रोक्न के गर्नुपर्ला ?
पहिलो कुरा त हामीले छानेका प्रतिनिधिले बुझ्न प¥र्यो आफन्त, साथीभाई, इस्टमित्रसँग छुटिएर त्यो टाढाको अन्जान सहरमा एक्लै बस्न कत्ति गार्हो छ भन्ने कुरा । साथै, देश उत्पादनशिलतातर्फ अगाडि बढ्नु आवश्यक छ जसले गर्दा देशमै रोजगारीको सृजना होस् । हाम्रो देसमा के छैन एसियालाई उज्यालो बनाउन सक्ने जलविद्युत क्षमता छ, विश्वमै नपाइने बुद्धचित्तमाला अनि लप्सी पनि मेरै काभ्रेमा छ, यार्सागुम्वा छ, पर्यटकको विश्वकै एकमात्र केन्द्र हो मेरो देश तर के हामीले जोगाउन सकेका छौ त यस्ता कुरा के बुझाउन सकेका छौँ त संसारलाई ।


६) ब्यवसाय, पढाई र समाजसेवा कुन ठिक ? पढाई मुख्य कुरा होला नि हैन ?
यी तिनै कुरा एकदमै महत्वपूर्ण छन् ,जुन एकविना अर्को अधुरो पनि । सर्वप्रथम जीवनमा महत्वपूर्ण कुरा पढाई हो जसबिना हामीले साना साना कुरा सहि के र गलत के भन्ने कुरा छुट्टाउन पनि गाह्रापर्छ भने, समाजसेवा एक व्यक्तिमा नभई नहुने गुण हो । व्यबसाय गर्न सकिएन भने त मान्छे अगाडि बढ्ने स्रोत जुटाउनै गाह्र्रो हुन्छ ।


७) युवा पिढी राजनीति प्रति किन निराश भएका होलान ?
मैले यो देशलाई विश्वमा नै अगाडि वढाउने सपना देखेको छु । मेरो जिल्लालाई प्रदेश नं ३ कै पर्यटकिय क्षेत्र बनाउन सक्ने क्षमता मैले देखेको छु । तर, बिडम्बना मेरो ठाँउमा अझैँपनि एउटा सानो फोहोरमैला व्यबस्थापन गर्न नसकेर विवाद हुने गर्दछ । शिक्षित जनतालाई रोजगार दिन सक्ने क्षमतासम्म पनि बनाउन खोज्दैनन् सरोकारवालाहरु अर्धशिक्षित र अशिक्षितको त झनै कुरौ नगरौँ । सायद यहि नै होकि कारण सायद म जस्तै अन्य युवाहरुले पनि आफ्नो ठाँउमा हजारौ सपना पो देखेका पो थिए कि ।


८) पछिल्लो समयमा समाजमा किन बलात्कारका घटना बढेका होलान ? यस्लाइ कसरी कम गर्न सकिएन ?
मेलै व्यक्तिगत महसुस गर्दा बलात्कार बढे जस्तो त मलाई एक चिम्टि पनि लाग्दैन । तर, फरक यत्ति हो कि, पहिले बलात्कार खुल्दैन थियो अहिले न्याय पाउने आशाले यस्ता घटनाहरु दिनानुदिन खुलिरेको छन् । यसबाट हामीले बुझ्नै पर्ने कुरा महिलाहरु कमजोर छैनन् । यस विषयमा सम्बन्धित निकायबाट नै केहि कदम चाल्दा राम्रो होलाकि । 


९) प्रेम सम्बन्धमा हुनुहुन्छ ? प्रेममा सेक्स किन सामान्य भएको होला ?
प्रेम दुई मुटुको मिलन हो । प्रेम बिना संसार नै अन्धकार छ । तर, अहिले मेरो देश पश्चिमेलीको संस्कारतर्फ दोहोरिदै छ । सेक्स जीवनमा नभई नहुने एउता अपरिहार्य कुरा हो । तर गलत समयमा गरेको सेक्सले भविष्यमा समस्या पो निम्ताउने पो हो कि ? सहि समयलाई कुर्न यसले पनि जीवनलाई सहज बनाउन सक्छ । 
१०) अन्तमा
 मलाई केहि शब्द राख्ने अवसर दिनु भएकोमा चेष्टा साप्ताहिक परिवारलाई धेरै धेरै धन्यावाद । साथै, आगामी दिनमा चेष्टा साप्ताहिक पत्रिका अझै धेरै उन्नतीको बाटोतर्फ अगाडी बढोस मेरो व्यक्तिगत शुभकामना ।