2018 October 18/ 06:45: 29am

निश्चल तिवारी 
मेनेजर संचालक
अंकल साम्स फाम हाउस 
धुलिखेल देविस्थान

१) ब्यवसाय कस्तो चल्दै छ ?
ब्यवसाय शुरु गरेको ९ महिना जस्तो भयो हामीकहाँ आउने सबै ग्राहकहरु सन्तुष्ट नै छन् । छोटो समयमै राम्रो प्रतिकृया पाइरहेका छौं ।


२) तपाइले होटल म्यानेजमेण्ट किन पढ्नु भयो ? होटेल मेनेजमेन्ट पढेकाले होटेल ब्यवसाय गर्नु भयो या ब्यवसाय गर्नका लागि पढ्नु भयो ?
खासमा हजुरबुबाले म सानै छँदा देखि घरमा होटेल राख्नु भएको कारण पनि म होटेल म्यानेजमेन्टमा आकर्षित भएको हुँ । अब पहिले पढियो पढ्दै गएपछि यो क्षेत्रमा सम्भावना देखियो त्यसपछि होटेल ब्यवसाय गर्ने निर्णय गरियो ।


३) ब्यवसाय किन धुलिखेलमै ?
धुलिखेल एउटा प्रमुख पर्यटकिय गन्तब्य हो । यहाँ होटेल ब्यवसायमा सम्भावना देखेर नै मैले ब्यवसाय शुरु गरेको हुँ । मेरो मामाघर यतै । पढाईका कारण पनि सम्भावना अध्ययन गर्दा यो ठाउँ नै उपयुक्त लागेर धुलिखेल छानेको हुँ ।


४) होटल ब्यवसाय गर्न पढेर आउनु ठिक या अनुभव लिएर ? 
दुवै कुराको आ–आफ्नै महत्व छ । अनुभवमा टेक्निकल कुराको ज्ञान हुन्छ भने पढाइमा सैद्धान्तिक । तर पढाइले धेरै तिरको अध्ययन बिजनेस प्लान र कस्टुमर कियरमा सहयोग पुग्छ । पढाइ संगै केहि अनुभव लिएर ब्यवसाय शुरु गर्नुचाहि सबै भन्दा राम्रो कुरा हो ।


५) युवाहरु ब्यवसाय गर्न झन्झट भन्छन् नि किन होला ? के नेपालमा ब्यवसाय झन्झटिलो नै हो त ?
यसको मुख्य कारण परिवारको सल्लाह हो जस्तो लाग्छ । परिवारले नै बिदेशिन प्रोत्साहन गर्छ । अर्को कुरा ब्यवसायमा लगानी ग¥यो अनेक खाले झमेला हुन्छ नै अर्को कुरा लगानी सुरक्षण भन्ने नै छैन नेपालमा त्यसैले पनि हुन सक्छ ।
६) तपाईलाई होटल ब्यवसायी, स्थानिय निकाय, पर्यटन बोर्ड, उद्योग बाणिज्य जस्ता संघ संस्थाबाट के कस्तो सहयोग पाउनुभएको छ ? 


अहिलेको सन्दर्भमा बलियो स्थानिय निकाय होस् या नेपालको पर्यटन बोर्ड वा उद्योग बाणिज्य कसैबाट पनि कुनै पनि प्रकारको प्रोमोसनल सपोर्ट पाएको छैन । उहाँहरुले सहयोग गर्ने हो भने धुलिखेल अझै बलियो हुन्छ पर्यटनमा ।
 

७) तपाई आफ्नो ब्यवसायबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ? प्रायः युवाहरु बैदेशिक रोजगारमा जानुहुन्छ तपाईलाई कहिले इच्छा लागेन ?
हुन त काम सानो ठुलो हुन्न भनिन्छ जे होस् मेरो सानो ब्यवसाय भएता पनि म सन्तुष्ट छु । सबैको सकारात्मक प्रतिकृयाले अझ राम्रो गर्ने हौसला मिलेको छ । अँ पक्कै पनि मलाइ पनि बिभिन्न अफरहरु न आएका हैनन् र पनि मैले आफ्नै देशमा केहि गर्नुपर्छ र गर्न सकिन्छ भनेर त्यस्ता कुरामा चासो नै राखिनँ ।


८) तपाई आफैलाई आफुले बनाएको मध्य कुन परिकार मनपर्छ ?
हुन त आफ्नो सन्तान सबैभन्दा राम्रो भन्छन् आफुले बनाएका सबै परिकार मनपर्छ नै । म चाइनिज, इन्डियन, नेपाली सबै खाले परिकारहरु बनाउछु नै । ति मध्ये आफैलाई एकदमै मनपर्ने भनेको चाइनिज द्यद्यत्त हो । जस्मा म आफैले बनाएको होममेड सस प्रयोग गर्दछु ।

 

९) तपाईकोमा आउने ग्राहकहरु बढि कुन कुरामा लोभिन्छन ?
पहिले त धुलिखेलको नामैले आउनुहुन्छ । अब आइसके पछि हामीले दिने खानाका परिकार, त्यसको स्वाद, सर्भिस, होटेलको वातवरण आदि नै हुन् । साथै हाम्रो लोकेशन हाइटमा भएकाले मनमोहक दृश्यावलोकन पनि अर्को लोभिने करण हो । सनराइज, सनसेट र हिमालको दृश्य साच्चै नै लोभ लाग्दो देखिन्छ ।


१०) अन्त्यमा.........
हाम्रो देश धनी बन्ने ३ आधार छन् पानी, कृषि र पर्यटन । त्यसैले मैले जानेको होटल ब्यवसाय मैले शुरु गरे जो संग जे सिप छ त्यहि गरौं देशलाई समृद्ध बनाऔं । सबै बिदेशिएर पनि त देश बन्दैन नै त्यसैले आफ्नै देशमा केहि गरौं । साथै नेपालले २०२० लाइ पर्यटन बर्ष मनाउने घोषणा गरेको छ । त्यसमा हातमा हात दिएर सरकारलाई सहयोग गरौं सबै मिलेर हाम्रो क्षेत्रको विकास गरौं ।