2019 November 13/ 05:25: 25am

बिदुर भण्डारी
फाउन्डर प्रिन्सिपल– ग्रामीण पाठशाला एजुकेशन फाउन्डेसन नमोबुद्ध, काभ्रे
सचिव–नेशनल प्याब्सन काभ्रे

१) आजभोलिको दैनिकी कसरी बित्दैछ?
नेपालीहरुको महान दोश्रो चाड तिहार भर्खरै रमाइलो गर्दै समापन सँगसँगै उहीँ हाम्रो दैनिकी विद्यालयको काम कारवाहीतिर लागिएको छ ।
२) समग्रमा दशैं तिहार कस्तो रह्यो ? कसरी मनाउनु भयो ?
हिन्दुहरुको महान चाड आफैंमा पनि रमाइलो र भ्रातृत्व कायम गर्ने चाड हुन् । त्यसअर्थमा मेरो लागि दशैं तिहार त्यसै पनि उत्साहजनक भयो लामो समय सम्म घर जान नपाएको अनि दैनिकी स्कुल होस्टेलमा नै बित्ने भएकाले पनि कामबाट थकान मेट्ने एउटा राम्रो माध्यम पनि भएर होला गत साल झै यो साल पनि रमाइलो नै रह्यो । त्यसमा पनि आफन्त इष्टमित्र सँगको भेटघाटले झनै उत्साह बढायो ।
३) तपाईले बोर्डिङ स्कुल स्थापना गर्नुको कारण के हो ? तपाईको विद्यालयको बिशेषता के हो ?
वास्तवमा मेरो लक्ष्य स्कुल खोल्ने अनि शिक्षण गर्ने थिएन । मेरो लक्ष्य खासमा सिए बन्ने थियो गाउँमा एक मध्यम वर्गमा जन्मिएको म त्यो लक्ष्य पूरा गर्नु मेरो लागि फलामको चिउरा खानु बराबर थियो । त्यसैले मैले मेरो अर्को लक्ष्य तय गरे कि म अब मैले पढ्न नसके पनि म जस्ता सयौं ऋब् पढ्ने भाइबहिनी तयार गर्छु भन्नी सोच अनुरुप २०६८ सालको पुसबाट भकुन्डेबेशीमा गइ एउटा सानो लिटल एन्जल बाल केन्द्रबाट मेरो यात्रा सुरु भयो । स्थापनाकाल देखि नै निकै ठूलो बाधा र ब्यवधान पार गर्दै आज हामी ग्रामीण पाठशाला एजुकेशन फाउण्डेशन सम्म आइपुगेका छौं । मुलतः विद्यालयको पहिलो बिशेषता भनेकै गुणस्तरीय शिक्षा हो । हामी सरकारले अबलम्बन गरेको बालमैत्री शिक्षण पद्दति अनुसार शिक्षण गरिरहेका छौं साथै गरिब असहायहरुलाई १००५ छुट दिएका छांै र प्रमुख बिशेषता भनेकै हामी बिहान ट देखि बेलुका ट बजे सम्म शैक्षिक क्रियाकलाप सन्चालन गर्छौं ।
४) नेपालमा निजी विद्यालयको भविष्य कस्तो देख्नुभएको छ ?
अहिले शिक्षा नीति तथा कामकारबाही हेर्दा त त्यस्तो उज्जवल भविष्य त छैन तर हामीलाई के बिश्वास छ भनी सरकार आफैले सम्पूर्ण शैक्षिक भार वहन गर्न सक्दैन त्यसको वैकल्पिक बाटो नै निजी विद्यालय हो यसअर्थबाट म चै ढुक्क छु हामीले गरेको मेहनत सहि हुनेमा ।
५) निजी विद्यालयहरुले एक्स्ट्रा करिकुलर एक्टिभिटी र संस्कार सँस्कृति सिकाउँदैन पढाईमा मात्र केन्द्रित गर्छ भन्ने आरोप छ नि !
हाहाहाहा......हल्ला त पैसा मात्र असुल्छ्न अनि मास्टर राम्रो राख्दैनन् पनि होला वास्तविकता त्यो हैन भाइबहिनीहरुको चौतर्फी विकासको लागि हप्तामा एकदिन शुक्रबार भ्ऋब् उचयनचबm संचालन गर्ने परिपाटीको विकास निजी स्कुलबाटै भएको हो अनि विभिन्न चाडपर्व तथा उत्सवहरुमा कला सँस्कृति सम्बन्धि क्रियाकलाप संचालन हुन्छ त मात्र निजी स्कूलमा त्यसअर्थ हामी निजी स्कूलले शैक्षिक स्तर सँगसँगै देशको कला संस्कृतिको संरक्षणमा टेवा पु¥याएको छ यो त केवल आरोप मात्र हो ।
६) शहरको तुलनामा शहरोन्मुख क्षेत्रहरुमा निजी विद्यालय संचालन गर्न गाह्रो छ भन्छन् नि किन होला ?
धन्यवाद एकदमै मनको प्रश्न गर्नु भयो स्कुल चलाउनी काम आफैमा सजिलो छैन त्यसमा पनि गाउँघरमा साह्रै गाह्रो छ पहिलो समस्या त सरकारले तोकेबमोजिमको शुल्क लिन सकिन्न अर्को सबै ठाँउमा यातायात को सुबिधा दिन सकिन्न दिएको ठाउँमा पनि बर्षाको समयमा विद्यार्थी ल्याउनै सकिन्नँ, तर पनि शैक्षिक तबर बाट हेर्दा चाहिँ शहर र गाउँमा खासै अन्तर रहँदैन ।
७) युवा पिँढी लगानीका लागि किन तत्पर छैन ? के लगानीको सुरक्षा नभएकै हो त नेपालमा ?
नेपालमा लगानी मैत्री वातावरण तयार नभएकै हो । अनि लगानीकर्ता सम्बन्धित निकायबाट सहयोग पनि छैन । जे जति युवा लक्षित कार्यक्रम आए पनि सिमित ब्यक्तिको हालीमुहाली होउन्जेल यो समस्या उस्तै रहन्छ । जबसम्म सरकारबाट ठोस युवा नीति र कार्यक्रम संचालन हुँदैन तबसम्म यो समस्या रहिरहन्छ । यस्को लागि सरकार कटिबद्ध भएर लाग्नुपर्छ ।
८) देश विकासका लागि के गर्नुपर्ला ? सरकारको प्राथमिकतामा के हुनुपर्ला ?
हाम्रो देश बिकासको लागि केही गर्नुपर्ला जस्तो लाग्दैन जबसम्म सम्पूर्ण कर्मचारी नेता राष्ट्रसेवकको नियत सफा हुदैन तबसम्म जस्तै नीति नियम तथा बजेट लगाए पनि केही हुन्न त्यसकारण सबैले म हैन हामी र हाम्रो देश भन्नी सोच राख्नु पर्यो र सरकारले बिदेशिएका नेपाल फर्काउने र बिदेश पलायन हुने हाम्रा दाजुभाई तथा दिदिबहिनीलाई नेपालीमा रहन सक्ने वातावरण सृजना गर्नुपर्यो । बस यति गर्न सकियो भनी साँच्चै नि नेपाल नेपाल जस्तो हुन्छ ।
९) विद्यालयमा यौन शिक्षा किन जरुरत छ ? हाम्रो समाजले सेक्सलाई किन सामान्य रुपमा लिदैन ?
वास्तवमा स्कुल स्तरमा भर्खरै किशोरावस्था लागेका भाइबहिनी हुने हुँदा यौन शिक्षा जरुरत मात्र हैन अत्यावश्यक बिषय हो । यस अवस्थामा भाइबहिनीहरुलाई यौन शिक्षाको बारेमा जानकारी दिन सकिएन भने यसले ठूलो समस्या निम्त्याउन सक्छ त्यसकारण यो जरुरी छ र हाम्रो समाजले भन्दा पनि हामी जस्तो शैक्षिक ब्यक्तित्व तथा समाजको गतिशिल व्यक्तिबाट सेक्स त्यस्तो गलत रुपमा परिभाषित गरिदिए कि जुन कारणले पनि अझै एक दुई पुस्ता यो विषयलाई समाजले सजिलै ग्रहण गर्न सक्दैन ।
१०) अन्त्यमा.........
सर्वप्रथम हजुरलाई धेरैधेरै धन्यवाद मेरो आफ्नो बिचार व्यक्त गर्ने अवसर दिनुभएकोमा अन्त्यमा म भन्न चाहन्छु भने सम्पूर्ण युवा साथीहरु हो तपाईं हामीले नै हो देशको विकास गर्ने त्यसकारण हरेक क्षेत्रबाट हामी लाग्यौ त नेपालको र नेपालीको उज्जवल भविष्यको लागि हातमा हात मिलाउ र फेरि पनि तपाई र तपाईंको पत्रिकालाई मेरो विचार व्यक्त गर्ने अवसर प्रदान गर्नु भएकोमा ग्रामीण पाठशाला र मेरो ब्यक्तिगत तर्फबाट विशेष आभार प्रकट गर्दछु ।