2019 November 13/ 05:05: 24am

आस्मा खत्री
विद्यार्थी/डान्सर

१) आजभोलिको दैनिकी कसरी बित्दैछ ?
हाल कक्षा १२ मा पढ्दै छु । साथसाथै डान्स सिक्दै सिकाउदै आएको छु । कहिले काहीँ प्रोग्रामहरुमा डान्स गर्ने यस्तै छ दैनिकी ।
२) पढाई अनि डान्स कुनलाइ बढी समय दिनुहुन्छ? किन ?
पहिलो प्रथमिकता त पढाइ नै हो । साथै आफ्नो रुचिको बिषय भएकाले म डान्स सिक्न हेर्न र गर्न मन पराउछु ।
३) डान्स नै चाहिँ किन सिक्नु भयो ? कस्को कारण यो फिल्डमा हुनुहुन्छ ?
हरेक मान्छेको कुनै न कुनै फरक बिषयको चाहना हुन्छ । मलाइ चाहिँ सानैदेखि डान्स एकदमै मनपर्ने भएकोले नै डान्स सिक्न थालियो । प्रेरणा ब्यक्तिको भन्दा पनि टेलिभिजनमा डान्स हेर्दाहेर्दै म त्यतैतिर आकर्षित भएकी हुँ ।
४) डान्स हेल्थ लागि कि मनोरञ्जनको लागि ?
नृत्यको प्रमुख पाटो भनेको मनोरञ्जननै हो । तर डान्स गर्ने मान्छेको एक्सरर्साइज मज्जाले हुन्छ त्यसकारण स्वस्थ रहने कुरा त स्वभाविकनै हो । त्यसैले आजभोलि मानिसहरु स्वास्थ्यका लागि पनि डान्स गर्ने गर्दछन् ।
५) डान्स सिक्न सजिलो कि सिकाउन ? आफैले गरेको डान्स आफैलाई कस्तो लाग्छ ?
डान्स सिक्न भन्दा सिकाउन सजिलो जस्तो लाग्छ । आफैले गरेको डान्स राम्रै लाग्छ रेकर्डहरु हेर्दा राम्रै गर्दी रैछु भन्ने फिल हुन्छ ।
६) डान्स छाडेर अर्को क्षेत्र रोज्न चाहानुहुन्छ भने कुन क्षेत्र छान्नु हुन्छ ?
अब सायद डान्स त म छाड्न सक्दिन होला किनकि मैले यहि क्षेत्रमा लामो समय बिताइ सकेको छु । यो सँगसँगै अर्को क्षेत्र रोज्नु परे मोडलिङमा पनि चासो चाहिँ छ मेरो ।
७) भविष्यको योजना के छ ?
त्यस्तो ठूलो योजना त केही छैन तर पनि सबैले चिन्ने सफल डान्सरको परिचय बनाउनु पर्छ भनेर संघर्ष गरिरहेको छु ।
८) राजनीति मनपर्छ ? तपाईलाई नेता बनँु देशको विकास गरुम् लाग्दैन ?
राजनीतिमा चासो नै नभएको चाहिँ हैन तर पनि राजनीति नै गर्ने सम्मको सोच चाहिँ राखेकी छैन । म डान्स गर्छु यसैमा लामो यात्रा गर्नु छ राजनीती गर्नेहरु गर्दैछन् नि ।
९) सेक्सको बारेमा के बुझ्नुभएको छ ?
सेक्सको बारेमा धेरै कुरा त थाहा छैन तर पनि सेक्स एउटा प्राकृतिक कुरा हो । सेक्सलाई गलत बुझ्ने भन्दा पनि गलत नगर्ने हो भने सामान्य कुरा हो ।
१०) अन्त्यमा....
मेरो भनाइ राख्ने मौका दिनु भएकोमा चेष्टा परिवारलाइ धन्यवाद । सबै युवालाई सत्मार्गमा लागौ सकारात्मक सोचको विकास गरौं भन्न चाहन्छु । र स्वास्थ्यका लागि डान्सलाई समय दिन अनुरोध गर्दछु ।