2018 October 18/ 07:32: 40am

१) कत्तिको ब्यस्त छ दैनिकी ?
बिहानको समयमा कलेज जान्छु र बाँकी समय मिडियामा आबद्ध छु ।

२) रेडियोमा काम कसरी शुरु गर्नुभयो ?
म सानै देखि रेडियो धेरै सुन्ने गर्दथे र रेडियोमा काम गर्न मन थियो र १२ को परीक्षा सकिएपछि मैले टेक्निसियनको तालिम लिएर मैले मेरो गन्तब्य सुरु गरें ।

३) पढाई र काम एकसाथ गर्न गाह्रो पर्ला नि हैन र ?
दुबैलाइ सँगै अघि बढाउन गाह्रो नै हुने रहेछ तर पनि समयको ब्यबस्थापन गरेको छु । मिडिया क्षेत्र रुचीको क्षेत्र हो भने यहि क्षेत्रमा अघि बढ्न पढाई अत्यन्त आवश्यक भएको हुनाले दुबैलाई सँगै अघि बढाउने सोचमा छु ।

४) रेडियो प्राविधिकका त धेरै फ्यान हुन्छन् नि ! तपाईका फ्यानको बारेमा बताइदिनुस न !
भर्खरै मिडियामा प्रवेश गरेको छु यति धेरै फ्यानहरु त हुनुहुन्न तर पनि धेरैको माया र साथ भने अवस्य पाएको छु । मेरा फ्यानहरुले भेटेको समयमा र विभिन्न माध्यमबाट सल्लाह र हौसला दिनुभएको छ ।उहाँहरु प्रति आभारी छु ।

५) रेडियो तथा टेलिभिजन दुनियाँमा मनपर्ने कार्यक्रम प्रस्तोता को हुन् ? 
रेडियो र टेलिभिजनका प्रायः कार्यक्रमहरु सुन्छु र हेर्छु । सबै कार्यक्रम र प्रस्तोता मनपर्छ ।

६) चाडवाड कत्तिको मनपर्छ ?
नेपालमा विविध जातजातिका मानिसहरु बसोबास गर्दछन् उनीहरुका आफ्नै रितिरिवाज र सँस्कारहरु छन् । ती सबैका फरक फरक बिशेषता छन् चाडपर्वले नेपाललाई विश्वमा समेत चिनाएको छ ।

७) पार्लर कत्तिको जानुहुन्छ ? राम्री हुन ड्रेस–अप र मेक–अप मध्य कुन महत्वपूर्ण हुन्छ ? 
पार्लर कहिलेकाही जान्छु । मेरो बिचारमा राम्रो हुन ड्रेस–अप महत्वपूर्ण हुन्छ जस्तो लाग्छ ।

८) कसैलाइ प्रेम प्रस्ताव राख्नु भएको छ ? तपाईलाई प्रस्ताव राख्नेलाई के भनेर टार्नुहुन्छ ?
मैले अहिलेसम्म कसैलाई पनि प्रेम प्रस्ताव राखेको छैन साथीहरुले मलाई प्रेम प्रस्ताव राख्नु हुन्छ तर म  बोइफ्रेन्ड छ भनेर टार्छु । हा हा हा .... ।

 

९) नेपाली समाज अझै पनि किन सेक्सको बारेमा कुरा गर्न हिच्किचाउँछ ?
सेक्सको बारेमा नेपाली समाजमा बुझाइ नै गलत छ जस्तो लाग्छ । पहिला भन्दा समाजको बिकाससँगै त्यति धेरै नकारात्मक रुपमा पनि लिएका छैनन् । 
१०) अन्त्यमा .......
सबै युवाहरुलाई के भन्न चाहन्छु भने यो समयमा आफ्नो पढाईलाई महत्व दिऔं । भविष्य हाम्रो हातमा छ । यो बेलामा कुलतमा नफसौं । र कुलतमा फसेकाहरुलाई पनि सम्झाउने गरौं । किनकी युवाहरु भनेको भोलि देशलाई समृद्धितर्फ लैजाने शक्तिहरु हुन् । यसर्थ युवाहरु एकजुट होऔं विकास निर्माणमा सहभागी होऔं भन्न चाहन्छौं ।