2024 April 19/ 01:51: 57am

सन्देश मानन्धर
नेपाल क्युकोसिन सेसिनकाईकान कराँते

१. आजभोलि केमा ब्यस्त हुनुहुन्छ ? 
प्रथम एशिया अन्तराष्ट्रिय फुल कन्ट्याक कराँते प्रतियोगिता सन् २०२० जनवरी ३ र ४ नेपालमा हुन गईरहेको हुदाँ म त्यसकै तयारीमा ब्यस्त छु । 
२. खेलबाट बाँच्न सकिन्छ त ?
अनुशासित बनाउँछ, आफ्मा पनि बलियो भईन्छ तर नेपालमा चाँहि खेल खेलेर मात्र बाँच्न गाह«ो छ । 
३. खेलको अलावा के गर्नुहुन्छ ? 
खेलको अलवा केहि युवा साथीहरु मिलि बनेपामा भेगस लन्ज एण्ड बार सञ्चालन गरेका छांै । 
४. राजनीतिप्रति कतिको रुची राख्नुहुन्छ ? अहिलेको राजनीतिलाई कसरी हेर्नुहुन्छ ? 
राजनीतीमा लागेको छु, नेपाली कांग्रेसको भातृ संस्था तरुण दलको सदस्यता लिएको छु । साधारण ब्यक्तिको दैनिकी आधारभुत आवश्यकताको चुनौती परेको छ । युवा पुस्ताको भविष्य प्रश्नमै सिमित छ । 
५. बिदेशिएका युवाहरुलाई रोक्न नेपालमा कस्तो योजना ल्याउनु पर्छ ?
नेपालमै सरकारले ठुला ठुला योजना ल्याएर युवाहरुको योग्यताका आधारमा रोजगार दिनु पर्छ । प्रत्येक नगरमा विकासका योजना ल्याई युवाहरुलाई विदेश जानबाट रोक्नु पर्छ र सहुलियत दरमा ऋण उपलब्ध गराउने, उत्पादन बस्तुलाई बजारीकरणलाई सहजीकरण गरिदिनु पर्छ ।
६. देशमा विद्यमान भ्रष्टाचार नियन्त्रण गर्न के गर्नुपर्ला ?
भ्रष्टाचार नियन्त्रण गर्न कडा कानुनको ब्यस्था गर्नुपर्छ । साना भ्रष्टाचारीहरुलाई भन्दा पनि ठुलालाई पहिला कार्वाहि गर्नुपर्दछ । नेपालमा अहिले सानालाई समात्ने र ठुलालाई राजनीतिक संरक्षणमा छोड्ने काम भएकाले भ्रष्टाचारीलाई मृत्युदण्ड नै दिनुपर्छ जस्तो लाग्छ । 
७. अहिलेका युवा युवती कुलतमा फसिरहेका छन् कसरी सुधार्न सकिन्छ होला ? 
यसको जड भनेकै बेरोजगार हो । सबै युवाले आफ्नो योग्यता अनुसारको रोजगार पाउने हो भने त्यस्तो कार्यमा लाग्ने समयनै पाउँदैनन् । तर आफ्ना अभिभावकहरुले पनि आफ्ना सन्तानहरुको ख्याल चाहि गर्नुपर्छ जस्तो लाग्छ, र युवालाई पनि के भन्न चाहान्छु भने यो उमेर र समय भनेको हामीले केहि गर्ने समय हो त्यसैले कुलतमा नफसौ र साथीहरुलाई पनि नफसाउँ भन्न चाहन्छु । 
८. युवालाई नेपालमा सरकारले कस्तो योजना ल्याउनु पर्छ ? 
युवालाई खेल क्षेत्रमा छुट्टै योजना ल्याउनु पर्छ । खेल भनेको राष्ट्रको गहना हो, त्यसैले खेलहरुलाई संरक्षण गरी प्रत्येक स्थानिय तहमा खेलकुदका योजना ल्याई युवालाई समेट्नु पर्छ । खेल अनुशासित, आत्मरक्षा र देशको ईज्जत भएकाले सोही अनुसार हामी जस्ता खेलाडीहरुका लागी योजना ल्याईदिए हुन्थ्यो जस्तो लाग्छ । 
९. विकास निर्माणमा युवालाई खटाउन के के गर्नुपर्छ ? 
विकास निर्माणमा आवश्यक नीति योजना अन्र्तगत पहिलो प्राथमिकतामा उचित स्थान दिनु पर्छ र बेरोजगारलाई रोजगार प्रदान गर्नुपर्छ । 
१०. अन्त्यमा
राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागी खेलकुद, आफु स्वास्थ रहन सबैलाई ब्यायाम जरुरी हुन्छ । केहि समय खेलकूदको लागि पनि दिने गरौं । आफ्नो कुरा समेटिदिनु भएकोमा चेष्टा परिवारलाई धन्यबाद दिन चाहन्छु ।