2024 April 19/ 05:55: 27am

राधिका घिमिरे
बेथानचोक–३, काभ्रे
विद्यार्थी पार्वती मावि

१) आजभोलिको दैनिकी कसरी बित्दै छ ?
खासै ब्यस्त छैन । पढाइ साथीभाइ भेटघाट र घरायसी काममै समय बित्ने गरेको छ ।
२) पढाइ सँगै फुर्सदको समयमा के गर्नुहुन्छ ?
फुर्सदको समयमा साथीभाइ भेट्ने, घुम्ने मिठा परिकार पकाउने खाने यस्तैमा समय बित्ने गरेको छ ।
३) घुम्नका लागि कहाँ कहाँ जानुभयो ? नेपालमा मनपरेको ठाउँ ?
त्यस्तो धेरै ठाउँहरु त पुगि सकेको छैन । अझै धेरै ठाउँहरु घुम्न जाने योजनामा छु । हालसम्म जहाँ जहाँ घुमे सबै राम्रै छ तर मलाई मेरै जन्मथलो चाहिँ आज सम्म सबैभन्दा मन परेको ठाउँ हो ।
४) भविष्यमा के गर्ने सोच छ ? किन ?
भविश्यमा एक उदाहरणिय समाजसेवी बन्ने मन छ । समाजमा समाजसेवीका नाममा धेरै स्वार्थ जोड्नेहरु बढ्दो छन् म नितान्त फरक र आफ्नै पहिचान बनाउने सोचमा छु ।
५) ईन्टरनेटको प्रयोग कत्तिको गर्नुहुन्छ ? सामाजिक सञ्जालले गर्दा मान्छेहरु सामाजिक हुन छाडे भन्छन नि ?
ईन्टरनेटको प्रयोग राम्रै गरिन्छ । आजभोली ईन्टरनेट बिना धेरै कुरा गर्न गाह्रो नै छ । तर सामाजिक नै नहुने गरि हैन फुर्सदको समयमा मिलाएर प्रयोग गर्ने गरेको छु ।
६) मेक अप कत्तिको गर्नुहुन्छ ? मानिसले किन बाहिरी सुन्दरतालाई ज्यादा ध्यान दिन्छन् ?
म एक महिला हुँ र महिलाहरुले सामान्य मेक–अप गर्नु नौलो हैन नै र म पनि गर्छु । बाहिरी सुन्दरता भनेको देखिने कुरा हो मानिसको मन देखेकोबाट नै पराउने हो । मानिस सुन्दर त हुन्छ नै त्यसमा सुहाउँदो बन्ने प्रयास सबैले गर्छन् । तर मन पनि सफा हुन जरुरी छ ।
७) तपाईलाई कस्तो पहिरन ज्यादा मनपर्छ ? किन ?
म समयानुकूल पहिरन लगाउछु । कहाँ कस्तो कार्यक्रम वा अवसर हो त्यही अनुसारको पहिरन लगाइन्छ नै । एउटा नारी भएको नाताले मलाई सारी चोलो लगाउन मनपर्छ ।
८) युवाहरु देशमा रोजगारिको अवस्था कम छ भनेर चिन्तित छन । देशमा अवसरको कमि हो या काम गर्ने जाँगरको ?
देशमा रोजगारीको कमि हो तर अवसर नै छैन भन्न भने मिल्दैन । आफूसँग कुनै कुराको सीप र दक्षता भए अवसर प्रशस्तै छन । हामी केही जाँगर कम गर्छम र त्यस्को फाइदा मेहेनत गर्नेले लिएकै छन जस्तो लाग्छ ।

९) प्रेम प्रस्ताव कत्तिको आउँछ ? प्रेम विवाह ठिक हो कि हैन ?
प्रेम प्रस्ताव आउनु सामान्य हो । आजभोली कसैसँग २।४ कुरा खुलेर गरियो भने गलत सोच्नेहरुको भिडनै छ । तर त्यो प्रेम हैन आकर्षण हो जस्तो लाग्छ । अँ प्रेम विवाह गलत हैन तर त्यो सबैमा स्विकार्य हुनु जरुरी छ ।
१०) अन्त्यमा .....
यो अवसरका लागि चेस्टा साप्ताहिकलाइ धन्यबाद । हामी सबै मिलेर एउटा सुन्दर नेपालको परिकल्पना गरौ ।