2019 October 17/ 01:31: 58am

स्मृति बजगाई
लोकगायिका

१) तीजको ब्यस्तता कत्तिको छ ?
थोरै ब्यस्तता नै छ । चेलिबेटीलाई तीज अनि ब्यस्त त हुने नै भैयो नि ।
२) लोकदोहोरी गायिकाका लागि तीजले त ब्यस्तता कमाई र यात्रा निकै गराउँछ नि हैन ?
एकदम सहि तीज महिलाको हो र तीज ल्याउने तीजका लोक गित र लोक दोहोरीले नै हो जस्तो लाग्छ । तीजले महिला कलाकार जस्ले तीज गीत गाउछन उनिहरुलाइ ब्यस्तता, यात्रा र पैसा सबैथोक दिन्छ नै तर म चाहिँ अहिले सम्म त्यसमा पर्दिनँ । धेरै कार्यक्रमहरुमा बोलाइन्छ तर म कमै मात्र कार्यक्रमहरुमा जाने गर्दछु ।
३) नयाँ तीज गीत आएको रै’छ नि कस्तो प्रतिकृया पाउँदै हुनुहुन्छ ?
हो यतिबेला हाम्रो नयाँ तीजको लोक दोहोरी गित आएको छ । आजसम्म धेरै गीत गाए तर यसको चर्चा अरुको भन्दा धेरै छ ।
४) तीजको कार्यक्रमका नाममा महिनौ देखि हुने कार्यक्रमहरुलाई कसरी लिनुहुन्छ ?
यसलाई एक हिसाबले ठिकै तर खासमा भन्ने हो भने विकृति मान्न सकिन्छ । ठिकै यस अर्थमा कि एकदिन मात्र मनाउँदा घरमा मात्र सिमित भयो तर आजभोली यो चाड दिदिबहिनी सँग जोडिएका संघ संस्थाको महत्वपूर्ण कार्यक्रम बन्न गएकाले ठिकै र खास त परम्परागत हेर्दा त एकदिनकै चाड न हो तीज हैन र ?
५) तपाईं आफै चाहिँ तीज कसरी मनाउनु हुन्छ ? व्रत किन बस्ने ?
म तीज सामान्य रुपमा मनाउँछु । परिवारको एक्ली छोरी परिवार आमाबुबा सँग बसेर मनाउँछु । व्रत त बस्नै पर्यो नि तीजको महत्व भनेकै दर र व्रत त हो ।
६) तपाईको बिचारमा कसो गरी तीज मनाउन ठिक हो ? युवाहरुलाई के सल्लाह दिनुहुन्छ?
मेरो बिचारमा हामीले कुनै चाड मनाउँदा हाम्रो पुरानो संस्कार र संस्कृति मासिने गरि मनाउन हुन्नँ । आजभोलि यो चाड अलिक भड्किलो हुँदै गएको छ यसलाई कम गर्न जरुरी छ । युवाहरु नाम एउटा विशेष चाडको लिने तर खाने लगाउनेमा प्रतिस्पर्धा एवं दरका नाममा दारु र तीजका नाउँमा फेसन गर्नु गलत हो भन्न चाहान्छु ।
७) आगामी दिनमा स्मृति बजगाईका योजना के छन् ?
त्यस्तो ठूलो योजना त केहि छैन यहि गीत संगीतलाइ निरन्तरता दिने घर परिवार सँग रहने रमाउने यस्तै नै हो ।
८) गीत संगितमा आएको बिकृति रोक्न के गर्नुपर्ला ?
मैले अघिनै पनि भने गीत संगीतले नै हो चाडलाइ झल्काउने । गीत संगीतले कला संस्कृति बोकेको हुन्छ । यसमा विकृति बढ्दो छ यसलाई रोक्न सर्जक आफै संवेदनशील हुन जरुरी छ । र यसलाई हेर्ने एउटा निकाय भए अझ सहज हुन्थ्यो होला ।
९) कलाकारहरुको घर गृहस्थी र माया प्रेम किन दिगो हुन नसकेका होलान् ?
सबैमा यो लागू हुदैन । यो ब्यक्तिको ब्यक्तिगत चरित्र आनीबानीले गर्ने कुरा हो । म पनि कलाकार नै हुँ मेरो सबै ठिकै छ त । अर्को कुरा कलाकार ब्यक्ति नभएर सार्वजनिक ब्यक्ति भएका कारण कसैकोमा त्यस्तो देखिँदा धेरैमा यस्तै हो कि लागेको हो ।
१०) अन्त्यमा ...
सर्बप्रथम चेष्टा साप्ताहिक पत्रिकालाई यो स्थानका लागि धन्यबाद । अन्त्यमा नजिकिदै गरेको तीजको सबैमा शुभकामना । हाँसेर खुलेर मिलेर चाड मनाउनुहोला भन्न चाहान्छु ।