2019 October 17/ 01:20: 03am

राजेश हुमागाई
प्रोपाइटर
ट्रिपल क्राउन रेस्टुरेन्ट एन्ड कफी लाउन्ज
धुलिखेल

१) आजभोलिको दैनिकी कसरी बित्दैछ ?
म एक रेस्टुरेन्ट ब्यवसायी त्यसैले अधिकांश समय रेस्टुरेन्टमै बित्छ । यस्को ब्यवस्थापन ग्राहकलाई रेस्पोन्स लगायतले समय बितेको पत्तै हुँदैन ।
२) रेस्टुरेन्टमा ज्यादा ग्राहकको रोजाइमा के ?
अहिले हाम्रो रेस्टुरेन्टमा फुड एन्ड बेभ्रेजको अप्सन धेरै भएकोले यहि हो भनेर भन्न गाह्रो पर्छ । तर कफी र  केही सिग्नेचर डिसले हामी परिचित छौं ।
३) नेपालीमा कफि कल्चर बढ्दो हो ? किन ?
अवस्य पनि नेपालीको कफि कल्चर एकदमै तिब्र बढेको छ । नेपालीले पहिला इन्सट्यान्ट कफि रुचाउनु हुन्थ्यो तर अहिले बिन्स कफिको ट्रेन्ड बसिसक्यो । नेपाली कफि खाने मात्र हैन नेपालको कफि विश्व बजारमा परिचित र उत्कृष्ट कफिको रुपमा समेत परिचित छ ।
४) तपाईहरुको ब्यवसाय धुलिखेलमा किन ? प्रतिस्पर्धा कत्तिको हुन्छ यो क्षेत्रमा ?
हाम्रो रेस्टुरेन्ट धुलिखेलमा हुनुको प्रमुख कारण हामी बिगत लामो समय देखि यहि क्षेत्रमा यहि फिल्डमा कार्यरत थियांै । अर्को कारण हो यहाँका विश्वविद्यालय र हस्पिटल भएका कारण पनि हामी धुलिखेलमा आकर्षित भयौ । स्वच्छ, सफा र आरामदायी वातावरण भएको रेस्टुरेन्टको आवश्यक्ता पनि देखेर हो ।     
प्रतिस्पर्धा चाहि आफूले लियो भने छ लिएन भने हुदैन । हामी आफ्नो स्ट्यान्डर्ड हेर्छौ अरुको हेरेर र देखेर यो क्षेत्रमा प्रवेश ग¥र्यो  भने खास बन्न सकिन्नँ।
५) ग्राहकले के कुराको आधारमा त्रिपल क्राउनलाई रोज्ने ?
हामीले मान्यता दिने तीन शब्द त्रगबष्तिथ, त्रगबलतष्तथ र कभचखष्अभ  नै हामीलाइ रोज्नुको अधार हो र हामीले ग्राहकसँग गर्ने आत्मीय व्यबहार पनि पर्छ त्यसमा पर्छ जस्तो लाग्छ ।
६) भावी योजना चाहिँ के छ तपाईको ? रेस्टुरेन्टको भविष्य कत्तिको देख्नुभएको छ ?
भावी योजना अब केही समय भित्र बनेपा आसपास अथवा धुलिखेलकै अर्को लोकेशनमा केही थप सुबिधा सहित अर्को होटेल खोल्ने सोच राखेका छौँ । ग्राहकको चाहाना र समयानूकूल अघि बढ्ने र जबसम्म हामी दुःख गर्छौ तबसम्म यसको भबिष्य छ ।

७) नेपालमा ब्यवसाय सुरक्षित छैन, ब्यवसाय गर्न गाह्रो छ भन्ने युवाहरु धेरै भेटिन्छन नि किन होला ?
नेपालमा ब्यबसाय गर्नको लागि सहज त छैन । तर आफूले दुःख गर्यो भने गर्न सकिन्छ  । सरकार र अरुले गर्दा रोजगार नपाएर बाहिर देश गएको बाहाना बनाउनेहरुले यहाँ दुःख गर्न जान्नुभएन या चाहानुभएन कि जस्तो लाग्छ । यहाँ साँचै दुख गर्ने हो भने सबै यहि छ ।
८) नेपालमा बेरोजगारी ज्यादा छ तर काम गर्ने मान्छे चाहिँ पाइन्न भन्छन नि ! कतिजना रोजगार हुनुहुन्छ तपाईको रेस्टुरेण्टमा ?
नेपालीमा काम सानो र ठुलो छुट्टाउने नराम्रो सोच छ । नेपालीले सानो भएर काम गर्न सिक्नुपर्ने त्यो भएन । साथै काम गर्दा पनि सिन्सियर र सिरियस कमै हुन्छन् त्यस्ले गर्दा रोजगारीका लागि आउनेलाई लगानी कर्ताले सोच्ने गर्छन् । अहिले हाम्रोमा ९ जनालाई प्रत्यक्ष रोजगार दिएका छौँ ।
९) युवामा काम र प्रेमको चक्कर हुन्छ रे नि ? तपाईको आफ्नो प्रेम अनुभव कस्तो छ ?
काम र प्रेम दुबैलाई समय दिनुपर्छ तर प्रेमको लागि काममा ध्यान दिन छोडनु चै गलत हो । हामी नेपाली भएकाले गर्दा हामी परिवारिक प्रेमको पनि ख्याल राख्छौं । प्रेमी र प्रेमिका बिचको प्रेम पनि चाहिन्छ प्रेमिकाले पनि आफ्नो कामको इज्जत गर्दा र साथ दिँदा धेरै सहज हुन्छ । यस्तै छ मेरो प्रेम अनुभव ।
१०) अन्त्यमा...
सानो उमेरमा नै यति धेरै माया र साथ दिएर मलाई यहाँ सम्म पु¥याउनुहुने सम्पूर्ण महान ब्यक्तित्वहरुमा नमन गर्न चाहन्छु । तपाईंहरुको अझ धेरै साथ र सहयोग मिलि राख्यो भने तपाईंहरुको सेवाको लागि अझ धेरै गर्ने चाहना पूरा गर्न सक्छु भन्ने बिश्वास छ ।