2024 April 26/ 01:16: 54am

अशोक व्याञ्जू
अध्यक्ष
नेकपा एमाले जिल्ला कमिटी, काभ्रे

दशौं अधिवेशनमा जनसमुदायको उपस्थितिको सन्देश आगामी दिनमा पूरा गर्ने प्रतिबद्धता हो ?
    स्वभाविक रुपमा राजनीतिक पार्टीलाई समाजमा रहेको विभिन्न जिम्मेवारीहरु रहन्छन्, त्यो जिम्मेवारी बहन गर्नका लागि जनताको विश्वास र आत्मभरोसा चाहिन्छ । त्यो विश्वास र आत्मभरोसा हामीले प्राप्त गरेका छौं भन्ने मलाई लाग्छ । बन्दसत्रमा राजनैतिक संगठनात्मक प्रतिवेदनहरु पेश गरेका छौं । त्यो सर्वसम्वतिले पास भएको छ । हामीले १४ सय भन्दा बढी प्रतिनिधिहरु माझ घनिभूत छलफल गरेर काभ्रे जिल्लामा हिजोका दिनमा भएका कामहरुको समीक्षा गरेका छौं । हामीले आसन्न दिनमा गर्नुपर्ने जिम्मेवारी र कामहरु प्रस्तुत गरेका छौं । यसले अबको तीनवर्ष सम्म नेकपा एमालेको जीवनमा रुपान्तरणमुखी, हाम्रा कार्यकर्ताहरुको जीवन पद्दति, जीवनशैली, अनुशासित वैचारिक र तार्किक विकाशशील बनाउनका लागि उनीहरुको नेतृत्व विकासको क्षमता अभिवृद्धि गरेर उनीहरुसँग भएका योग्यताद्वारा हामीले काभ्रे जिल्लालाई समृद्ध काभ्रे नमूना काभ्रे जिल्ला बनाउने संकल्प बोकेका छौं । यो संकल्पलाई साकार रुप दिनको लागि स्वच्छ ढंगले निर्वाचन प्रक्रिया सम्पन्न गरेका छौं । 
    निर्वाचन प्रक्रियालाई हामीले हाइटेक प्रणाली मार्फत सम्पन्न गरेका छौ । डिजिटल भोटिङ प्रणाली मार्फत भोटिङ भएको छ । अधिवेशन हलमा पनि विभिन्न अनलाईन मार्फत, फेसबुक मार्फत, विभिन्न एफएम रेडियो मार्फत, टेलिभिजन मार्फत प्रत्यक्ष प्रसारण गरेका थियौं । सभा हलको वरिपरि पनि डिजिटल बोर्डहरु राखेका थियौं । हामीले विज्ञान र प्रविधिलाई आत्मसात गरी डिजिटल प्रयोगमा जोड दिएका छौं । यीनै कुराहरुले नै हामीले हाम्रो अधिवेशनमा नयाँपन भएको महसुस गरेका छौं । 

एमाले काभ्रेको अबको योजना के छ ?
    हामीले ५ वटा कुरालाई ध्यानमा राखेका छौं । हाम्रो संगठनलाई मजबुत, क्षमतावान्, इमानदार, राष्ट्रभक्तिपूर्ण संगठन बनाउनतर्फ जानेछौं । हामीलाई दिएको दर्शन र विचारलाई सामाजिक रुपान्तरणको आधार निर्माण गर्नको लागि नयाँ सदस्यहरुलाई विचार निर्माण गर्ने, राष्ट्रिय दायित्व बोध गर्नको लागि सशक्तिकरणको कामहरु गर्छौं । पार्टी एकीकरण प्रक्रिया र पुर्नव्यवस्थापनको प्रक्रियालाई अगाडि बढाउने छौं । जिल्लाको शक्ति सन्तुलनमा नेकपा एमालेलाई १ नं. को पार्टी बनाउने हिसाबले अगाडि बढ्नेछौं । 
    समृद्ध काभ्रे निर्माणका लागि हामीले गरेका कामहरुलाई निरन्तरता दिने, आगामी दिनमा हामीले गर्नुपर्ने नयाँ जिम्मेवारी काभ्रे जिल्लाको विकास निर्माण, दूरदराजमा भएका पछाडि परेका क्षेत्रहरु, जनजाति आदिवासीहरुलाई व्यवस्थित रुपमा अगाडि बढाउनेछौं । पार्टीको संगठनात्मक अवस्थामा प्रत्येक पालिका, प्रत्येक वडामा नेकपा एमालेलाई संगठनात्मक रुपमा विस्तार गर्ने, वैचारिक र अनुशासित बनाउने र एउटा सबल राजनैतिक शक्ति बनाउने क्रममा हामी लाग्छौं । त्यसका पछाडि निर्माण भएको शक्तिले स्थानीय सरकार, प्रदेश सरकार, संघ सरकारमा नेकपा एमालेलाई काभ्रेमा एउटा निर्वाचित राजनैतिक शक्तिका रुपमा आसन्न निर्वाचनमा हाम्रा उम्मेदवारलाई बिजयी बनाएर काभ्रे जिल्लाको भाग्य निर्माण गर्ने, राष्ट्रको नीति निर्माण र योजनामा अतुलनीय योगदान पु¥याउनका लागि आधार निर्माण गर्नेछौं । त्यस्तै हाम्रा जनवर्गीय संगठनहरु छन् ति जनवर्गीय संगठनहरु समाजका विभिन्न अंग क्षेत्रहरुमा हाम्रो भूमिका छ । 
    यसका साथसाथै हाम्रा केहि चुनौतीहरु छन् अवसरहरु छन् केहि क्षमता र तागतहरु छन् ती चुनौतीहरुलाई न्युनीकरण गर्दै क्षमताहरुलाई वृद्धि गर्दै अवसरहरुलाई राष्ट्र निर्माणमा काभ्रेली जनताको जीवनको भाग्य र निर्माणलाई प्रभावीकरण गर्नेछौं । आसन्न दिनमा नेकपा एमालेले विजय प्राप्त ग¥यो भने हाम्रा वडा देखि नगर, गाउँसम्म, प्रदेशदेखि संघ सरकारसम्म, संघीय क्षेत्रमा के गर्ने भन्ने हामीसँग खाका छ । त्यो खाका र मार्गचित्रलाई साकार रुप दिन हामी अगाडि बढ्नेछौं ।