2018 November 19/ 08:34: 20am

डा. सुबोध शर्मा
रजिस्टार
काठमाडौ विश्वविद्यालय, धुलिखेल, काभ्रे

२०४५  सालमा जिव विज्ञान विषयमा त्रिभुवन विश्वविद्यालयबाट स्नात्तोकत्तर तह अध्ययन पुरा गरें । लगत्तै त्रिचन्द्र कलेजमा सहायक प्रधाध्यपक पदमा रहेर काम गरें । त्यति नै बेला काठमाडौ विश्वविद्यालय सम्वन्धी विधेयक पास भयो । काठमाडौ विश्वविद्यालयले दिवा कक्षा शुरु ग¥यो । विहानी कक्षा काठमाडौ भ्याली क्याम्पसमा त्रिवित्रको सम्वन्धनमा संचालन भईरहेको थियो । त्रिचन्द्र क्याम्पसमा विहान पढाउने गर्थें । दिउसो भानुभक्त मेमोरियलमा पढाउने गरेको थियो । काठमाडौ विश्वविद्यालयको केन्द्रिय कार्यालय भानभुक्त मेमोरियलसँगै अम्बिका निबासमा थियो । विज्ञापन भएपछि निवेदन दिएँ । नाम निस्कियो र सेवा शुरु गरें । विहान त्रिचन्द्रमा र दिउसो काठमाडौ विश्वविद्यालयमा काम गर्न थालें । 
    पहिलो दिनबाट नै मैले काठमाडौ विश्वविद्यालयमा सेवा प्रारम्भ गरेको थिएँ । तीन महिना पछि विद्याबारिधी छात्रवृत्ति प्राप्त गरें । अष्ट्रियाको राजधानीको कृषि विश्वविद्यालयमा अध्ययन गर्न जाँदा पनि मेरो मन यतै काठमाडौ विश्वविद्यालयमा थियो । त्रिचन्द क्याम्पसमा अस्थायी थिएँ । पाटन क्याम्पसमा स्थायी भएर सरुवा भएँ । काठमाडौ विश्वविद्यालयमा दिउसो धुलिखेल पढाउन थालेको थिएँ । अनुसन्धानमा धेरै रुची राख्थें मैले । त्रिभुवन विश्वविद्यालयमा अनुसन्धानमा लाग्न राम्रो वातावरण भएन । पठनपाठन राम्रो थियो । शुरुवाती दिनबाट धुलिखेलमै रहेर काम गरेको थिए । अनुसन्धानलाई अगाडी बढाउने, विश्वविद्यालयकै साथीहरु अनुसन्धानबाट बञ्चित हुनु भएको छ उहाँहरुलाई त्यो कार्य गर्न आवश्यक वातावरण बनाउने सोच थियो । तत्कालिन उपकुलपति डा. सुरेशराज शर्माले हरेक पटक मलाई प्रशासनको जिम्मेवारीमा आउन आग्रह गर्नु भएको थियो । विश्वविद्यालयको आवश्यकता अनुसार हरेक जिम्मेवारीमा काम गर्न तयार रहेको प्रतिवद्धता थियो । विद्याबारिधी पुरा गरेर फर्केपछि होस्टेल वार्डेनको जिम्मेवारी सम्हालें । विद्यार्थी कल्याणको निर्देशक भएर काम गरें । विभागिय प्रमुख, अनेकौ समितिहरुमा रहेर काम गरें । गत वर्ष स्कुल अफ साईन्सको डिन भएँ । डिनकै क्रममा मलाई प्रशासनिक क्षेत्रमा पनि जानु पर्ने रहेछ भन्ने महसुस भयो । जीवनका हरेक मोड हुँदा रहेछन् । अनुसन्धान मात्रै जीवन होईन रहेछ भन्ने महसुस हुँदा हुँदै डिनको समयावधी हुँदा हुँदै मेरो नाम रजिस्टारमा सहकुलपति डा.रामकण्ठ माकजुले प्रधानमन्त्री एवं कुलपति समक्ष सिफारिस गर्नु भयो । सेप्टेम्बर १७ तारेख असोज १ गतेका दिन देखि मेरो नियुक्ति र जिम्मेवारी काठमाडौ विश्वविद्यालयको रजिस्टार पदमा भयो । १८ तारेखको दिन मैले नियुक्ति बुझें र काम शुरु गरें । ६ दिनको दिन (आज आईतबार) तपाईहरुसँग पहिलो पटक संचारमाध्यम मार्फत आफ्ना कुरा राख्दै छु । काठमाडौ विश्वविद्यालयका असोज १ गते नियुक्ति प्राप्त गरेका रजिस्टार डा. सुवोध शर्मासँग गरेको कुराकानीको सारसंक्षेपः 

– स्थापनाकाल देखि निरन्तर विश्वविद्यालयमै हुनुुहन्छ, कस्तो अनुभुति भईरहेको छ ? 
    पदिय जिम्मेवारी कुनै ब्यक्तिलाई दिने पद होईन । यो संस्थालाई दिने हो । काठमाडौ विश्वविद्यालयलाई आवश्यकता महसुस भयो । स्थापनाकाल देखि निरन्तर काम गरिरहेकाले विश्वविद्यालयको हितका लागि राष्ट्र र अन्र्तराष्ट्रिय जगतमै अब्बल विश्वविद्यालय भनेर चिनाउन र यसको गरिमा बढाउन मेरो नियुक्ति भएको हो । अहिले विश्वविद्यालयमा विद्यार्थीको चाप घटिरहेको अवस्थामा विदेशका विश्वविद्यालयहरुले होटलमै राखेर विद्यार्थी भर्ना समेत गरेर लगिरहेको अवस्था देख्दा विश्वविद्यालय पुरानै तरिकाले पठनपाठनलाई मात्रै जोड दिएर विश्वविद्यालयहरुलाई जिवन्त राख्न सक्दैन । इनोभेटिभ तरिकाले अब अगाडी बढ्नु पर्छ । सहकुलपति डा. रामकण्ठ माकजु धेरै इनोभेटिभ हुनुहुन्छ । उहाँसँग काम गर्दा केहि सिकिन्छ जस्तो महसुस गरेको छु । त्यहि कारण मैले नियुक्तिको प्रस्ताव स्विकारेको हुँ । 

– कस्तो योजना बनाउनु भएको छ ? 
    काठमाडौ विश्वविद्यालय २५ वर्ष पुरा गरी २६ वर्ष प्रवेश गरेको छ । अग्रजहरुले राम्रो गरेकै कारण विश्वविद्यालय यहाँसम्म आईपुगेको हो । उहाँहरुलाई साधुर्वाद दिनै पर्छ । अब यसरी नै विश्वविद्यालय संचालन गर्ने हो भने हामी अन्र्तराष्ट्रिय स्तरमै पछि पर्छाै भन्ने मलाई लाग्छ । विश्वविद्यालयको स्टक्चर चुस्त बनाउँदै लैजानु पर्छ । हामीसँग ७ वटा विद्यालय छन् । सात वटा विद्यालयलाई विकेन्द्रिकरण तर्फ उन्मुख गराउँदै लैजानु पर्छ । स्कुल मातहत डिन र डिनको मातहत काम गर्ने विभागिय प्रमुखहरुलाई जिम्मेवार महसुस हुने गरी जिम्मेवारी प्रदान गर्नु पर्छ । प्राज्ञिक, आर्थिक सबै क्षेत्रलाई विकेन्द्रिकरण गरिनु पर्छ । परिक्षा प्रणाली, आर्थिक सबै क्षेत्रलाई स्वतन्त्रता दिदै जाने भन्ने मेरो योजना छ । त्यसो हुँदा प्राध्यापकहरुको विद्रोह वा असन्तोष समेत कम हुँदै जान्छ । 
    दोश्रो कुरा पारदर्शीतालाई अझै पारदर्शी गर्नु पर्छ भन्ने छ । हरेक प्राध्यापक र कर्मचारीहरुलाई आफ्नो बारेमा जानकारी राख्ने कुरा छ । त्यसलाई हामी नियमित गर्छाै । अझै पारदर्शी बनाउने छौं । 
    तेश्रो देश भित्र र बाहिरका विश्वविद्यालयहरु पुरानै शैलीबाट संचालन भईरहेका छन् । पढ्ने र पढाउने अनि दिक्षित गरेर पठाउने काम मात्रै भईरहेको छ । हाम्रा विश्वविद्यालयहरुबाट दिक्षित भएका विद्यार्थीहरु के गर्दै छन् ? तिनिहरुको रेकर्ड समेत छैन । तिनिहरुको रेकर्ड राख्ने, त्यस्ता विद्यार्थीहरुको एल्मुनाई गठन गर्ने योजना छ । डिग्रीसँगै सिप पनि सिकेर जाउन भन्ने हाम्रो उदेश्य हो । हामीले त्यसको शुरुवात गरिसकेका छौं । पानीको उत्पादन र प्रशोधन विश्वविद्यालयमा शुरु भएको छ । यस्ता अन्य काम पनि शुरु भएका छन् । सिप सिकाएर पठाउँदा रोजगारका लागि भौतारिने भन्दा पनि आफै रोजगार सिर्जना गर्ने अवसर प्रदान गर्ने छन् । त्यो क्षमताको विकास गर्ने योजनामा छौं । चार वर्षे कार्यकाल त्यस तर्फ केन्द्रित हुनेछ । 

– प्राध्यापक र विद्यार्थीहरुको असन्तोषलाई कसरी ब्यवस्थापन गर्नु हुन्छ ? 
    विश्वविद्यालयका प्राध्यापकहरु सन्तुष्ट हुनु मृत विश्वविद्यालयमा मात्रै सम्भव छ । असन्तुष्ट धारणा राख्नु भनेको विश्वविद्यालयलाई चलायमान बनाउनु हो । यसले विश्वविद्यालयलाई चलायमान बनाई रहन्छ । विरोध विश्वविद्यालयलाई बलियो बनाउन, राम्रो बनाउन भईरहेको छ कि अन्य प्रयोजन वा ब्यक्तिगत स्वार्थका लागि ? काठमाडौ विश्वविद्यालयमा त्यस्तो छैन । सानो विश्वविद्यालयमा सबै प्राध्यापकहरुको उतिक्कै भूमिका र मेहनत छ । तर जिम्मेवारी सबैले प्राप्त गर्न सक्दैनन । सबैले जिम्मेवारी प्राप्त गर्न सक्नु पर्छ भन्ने कुरा विश्वविद्यालयको हितमा हुन सक्दैन । सबैले पदिय जिम्मेवारी पाउनु पर्छ भन्नु असन्तुष्टीको प्रमुख कारण हो । विश्वविद्यालयमा अर्काे कार्यक्रम ल्याउनु पर्छ जस्तो अनुभुति मैले गरेको छु । धुलिखेलमा मात्रै क्याम्पस राख्नु भन्दा आंगिक क्याम्पसहरुको विस्तार गरिनु पर्छ । सिनियर प्राध्यापकहरुलाई त्यहि गएर सिप देखाउने अवसर दिनु पर्छ । ठुलो स्थानमा आफ्नो क्षमता देखाउन त्यो उपयोगी हुन सक्छ । 
    विद्यार्थीहरुको चाहना अनुसार सबै विद्यार्थीहरुलाई काठमाडौ विश्वविद्यालयमा अध्यापन गराउन सकिएको छैन । विद्यार्थीहरुको चाहना अनुसारको विषय र शिक्षामा सबै कोटा उपलब्ध गराएर उनिहरुको चाहना पुरा गराउने अभियानमा विश्वविद्यालय सक्रिय हुनेछ । केयूमा आउने विद्यार्थीहरु निकै मेहनती र ताज पहिरिएर बाहिर जान पाएकोमा मख्ख हुने खालका हुन्छन् । यीनै विद्यार्थीहरुलाई भविष्यमा थप जिम्मेवार बनाउँदै लैजानुपर्ने ठूलो चुनौति पनि छ । 

– भर्नाको समयमा मात्र विश्व विद्यालयमा देखिने उतार चढावलाई कसरी व्यवस्थापन गर्न सकिएला ? 
    यो समस्या भनेको माग र आपूर्तिमा समान भएन भने आउने समस्या हो । विश्वविद्यालयले माग अनुसारको पूर्ति गर्न सकिरहेको अवस्था छैन । यतिबेला भैरहेको संरचनाले पनि माग पूरा गर्न सकिने अवस्था छैन । यसका लागि सबै कार्यक्रम धुलिखेलमा मात्र केन्द्रित गर्न सकिन्न । चार बर्षको अवधिमा गर्नुपर्ने एउटा महत्वपूर्ण काम भनेको शैक्षिक कार्यक्रम एक सिफ्टमा मात्र नभएर दुई सिफ्टमा चलाउने हो । यो कार्यक्रमले काठमाडौ विश्व विद्यालयमा पढ्न इच्छुक धेरै विद्यार्थीहरुलाई समेट्न सकिएला कि भन्ने विश्वास मात्र हो । सकेसम्म धेरै भन्दा धेरै विद्यार्थीलाई समेट्न प्रयत्न गर्नेछौ । 
– पछिल्लो समयमा विश्व विद्यालयले मेडिकल कलेजलाई मात्र ध्यान दिँदा कलेजको विस्तार त भयो तर, गुणस्तरमा भने कमी आयो भन्ने गुनासा आउन थालेका छन् नि ? 
    केयूले मेडिकल बिषयलाई नै प्राथमिकतामा राखेको कुरा साँचो हो । विश्वविद्यालयको स्थापना र उदेश्य नै एउटै कम्पाउण्ड भित्र विज्ञान र प्रविधिका बिषयमा आवासीय रुपमै गुणस्तरिय शिक्षा दिने लक्ष्य लिएकै हो । यो भनेको विदेशी विश्वविद्यालयहरुले दिए जस्तै शिक्षा दिएर हाम्रा विद्यार्थीलाई विदेश पलायन हुनबाट रोक्ने लक्ष्य हो । नेपाली कामदार विदेश पलायन हुँदा विकास निमार्णका काम गर्न क्षमता नभएका कन्ट्रयाक्टरहरुलाई नै कन्ट्रयाक दिनुपर्ने बाध्यता छ । यो बाध्यताको प्रमुख कारण त्यो तहका अरु नहुनु नै हो ।  यसमा पनि अभिभावक र विद्यार्थीको छनोटले निर्धारण गर्ने कुरा हो । कतिपय अवस्थामा विश्वविद्यालयले प्राथमिकतामा राखेका बिषय विद्यार्थीका रुचिका बिषय नहुन पनि सक्छ । अझै पनि हाम्रो लक्ष्य भनेको पलायन हुन लागेका विद्यार्थीहरुलाई नेपालमै राख्नु अथवा रोक्नु हो । मेडिकल साइन्सले धेरै विद्यार्थीलाई पलायन हुनबाट रोकेको पनि छ । 
– यतिले मात्रै रोक्न सकिएला र ? 
    संसार एउटै पृथ्वी हो । सक भर नेपालको उत्पादन नेपालमै राख्नुपर्छ भने लक्ष्य राख्नुपर्छ । यसका लागि नेपाल सरकारले रोजगारीको अवसर बढाउनु पर्छ । केयूले पनि विद्यार्थीहरुलाई दीक्षित भएर पठाउँदा पनि प्रमाणपत्र मात्र हैन सीप पनि सिकायौ भने ती विद्यार्थीहरु यहीं नै रोजगार तर्फ केन्द्रीत हुन्छन् । यो काठमाडौ विश्वविद्यालयले राख्नुपर्ने दुरगामी सोच पनि हो । 
– केयूको गुणस्तरमा कमी आएको भनिन्छ नि ?
    गुणस्तर कमी भएको कुरालाई म स्वीकार्दिनँ । गुणस्तर भन्ने बिषय के सँग दाँज्ने ? विश्वविद्यालयले आफ्नो गुणस्तरलाई कुन विश्व विद्यालयसँग दाँज्ने भन्ने हो । केयूको गुणस्तर असाध्य राम्रो छ भनेर अभिभावकहरुले आफ्ना छोराछोरी पठाउने गर्नु भएको छ । यहाँ हाम्रा प्राध्यापक र पदाधिकारीहरुले गुणस्तर पुगेन है भन्ने गुनासो नगरेका होइनन् । यस्ता गुनासाहरु गुणस्तर बढाउनकै लागि भइरहेका हुन्छन् ।  जुन दिन हामीले यो चर्चा परिचर्चा बन्द गर्छौं त्यो दिनदेखि गुणस्तर खस्कँदै गएको भन्ने बुभ्mनु पर्ने हुन्छ । 
– पछिल्लो चरण केयूमा राजनीति प्रवेश गरेको चर्चाले प्रशस्तै स्थान पाएको छ ? यसले विश्व विद्यालयप्रति हेर्ने दृष्टिकोणमा अलि फरक आएको हो ? 
    विश्वविद्यालयमा राजनीति गर्नुहुन्न भन्ने कुरा देशका प्रधानमन्त्री तथा कुलपति केपी ओलीले पनि स्वीकार्नु भएको छ । यस मामिलामा काठमाडौ विश्वविद्यालय अरु विश्वविद्यालय भन्दा फरक छ । केयूमा राजनीति नगर्ने सोचका साथ बिशुद्ध शैक्षिक ज्ञानका लागि मात्र आउने विद्यार्थीहरु धेरै हुन्छन् । राजनैतिक चेतनाको आधारमा विश्व विद्यालयको पठन पाठन नै विगार्ने उदेश्यले यहाँ विद्यार्थी आएका छैनन् र भविष्यमा पनि आउलान जस्तो लाग्दैनन् । यसमा हामीले गर्व गर्नुपर्छ । 
– अब सम्बन्धन बढ्छ कि बढ्दैन ? 
    राजनीतिबाट यस विश्वविद्यालयलाई टाढै राख्नु आवश्यक छ । सम्वन्धनको राजनीतिले विश्वविद्यालयको गुणस्तरमा समेत हस ल्याउने काम गर्छ । सम्बन्धन भनेको आयमूलक हुन्छ त्यसैले सम्बन्धन हैन आंगिक क्याम्पसका रुपमा यसलाई विस्तार गर्नुपर्छ भन्ने मेरो धारणा छ । 
– कुलपतिले ऐन संशोधनको प्रस्ताव ल्याउनु, निवर्तमान रजिष्ट्रारले राजीनामा दिनुलाई यहाँले कसरी लिनु भएको छ ?
    विश्वविद्यालयको २५ औं बर्ष गाँठ मनाउँदै गर्दा विश्व विद्यालयको कुलपतिले नै प्रधानमन्त्री कुलपति राख्नुहुन्न भन्नुको कारण सबै विश्व विद्यालयमा पुग्न समय अभावले प्रधानमन्त्रीलाई नभ्याइने र नेपाल सरकारले बजेट दिएर नभै विश्व विद्यालयहरु आफै चल्न सकुन् भनेर हुन सक्छ । वास्तवमा यो प्रधानमन्त्रीको दुरगामी सोच पनि हो । निर्वतमान रजिष्टारले पहिलो कार्यकाल सफलतापूर्वक पुरा गर्नुभएको हो र दोस्रो कार्यकालको यो अवधिमा केही मत भिन्नता आए पछि दिनुभएको राजीनामालाई हामीले त्यति ठूलो बिषय मान्नु हुन्न । 
अन्त्यमा ?
    तपाईंहरुले पहिले नै यति धेरै कुराहरु सोधिसक्नु भएको छ । काठामाडौं विश्वविद्यालय राष्ट्रको पहिचान मात्र नभई यसले अन्तर्राष्ट्रिय रुपमै ख्याति कमाइसकेका कारण विदेशी विद्यार्थीहरुसमेत यहाँ अध्ययन गर्न लालायित हुने गरेका छन् । तसर्थ यस विश्वविद्यालयबाट नेपाल र नेपालीले पनि धेरै कुराहरु सिक्न सक्छन् भन्ने लाग्छ । यसको गुणस्तरीयतालाई अभैm बढाउँदै लानु मेरो सबैभन्दा ठूलो प्राथमिकता हुनेछ । यो चुनौतिलाई पार गर्न मेरो काँधमा पनि ठूलो जिम्मेवारी आएको छ । म विश्वविद्यालयसँग सम्वन्धित सबै प्राध्यापक र कर्मचारीहरुको साथ लिएर बलियो टीमवर्कसहित यो चुनौतिलाई पार गर्न दृढ संकल्पित भएर लागिपर्ने छु ।  – प्रस्तुतः भगवती÷मोतीराम

(यो अन्र्तवार्ता मंगलबार नेपाल समाचार पत्र राष्ट्रिय दैनिकमा प्रकाशन भएको छ । सारांश सहित चेष्टा साप्ताहिकमा पुनः प्रकाशन गरिएको छ ।)