2018 November 19/ 08:23: 29am

चेतन विष्ट
क्याम्पस प्रमुख
निष्ट कलेज

–    विआइएम र विसिए लिएर जिल्लामा आउनुभएको छ, यसको विषयवस्तु बारेमा बताइदिनुस् न ?
    २०६८ सालमा बनेपा निष्ट उच्च मावि र अहिले बनेपा निष्ट स्कूल संचालनमा आएको छ । यो काठमाडौंको नजिक भएर पनि उच्च शिक्षामा विशेषगरी साइन्स विषयमा कार्यक्रमहरु चलाउने संस्थाको अभाव देख्यौ हामीले । २०६९ सालमा विएससी जनरललाई अगाडि सा¥यौं । २०७० सालमा विएससी सिएसआइटी जुन आर्थिक हिसाबले पनि धान्न सकिने विषयलाई अगाडि ल्यायौं । विद्यालय शिक्षासँगसँगै उच्च शिक्षामा पनि अगाडि बढ्ने सोच थियो हाम्रो । हामीले यहाँका समाजलाई आवश्यक पर्ने नयाँ कार्यक्रमहरु ल्याउने सुरुदेखिकै सोच थियो । त्यहि अनुरुप हामीले त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त गरेर अगाडि बढ्यौं । ०७१÷७२ सालमा विसिए, विआइएम र विएचएम कार्यक्रम अगाडि सारिएको थियो । त्यतिखेर विसिए र विआइएममा मात्र अगाडि बढ्यौ भने विएचएममा भने लागेनौं तर आवश्यकता रहेको फुड टेक्नोलोजीमा अगाडि बढ्यौं । अहिले आएर दुईवटा कार्यक्रमहरु निर्णय भएर आएको छ । उच्च शिक्षा भर्नाको हामी अन्तिम चरणमा छौं । किनकी हामीसँग भएका कार्यक्रमहरु जुन हामीले प्रवेश परीक्षा लिन पाउँदैनौं । त्रिभुवन विश्वविद्यालय ले नै यसको परीक्षा लिने गर्दछ । प्रवेश परीक्षा उत्तीर्ण भएपछि मात्र हामीले भर्ना लिने गर्छाैं । सायद फुड टेक्नोलोजी अर्काे वर्ष आउनेछ । 

–    निष्टले विज्ञान विषयमा सफलता भएपछि नयाँ विषय खोजी गरिएको हो ? वा आवश्यकता महसुस गरिएको हो ?
निष्टलाई साइन्सको विषयमा समाजले हेर्ने सोच अर्कै छ । तर हाम्रो आन्तरिक सोच साइन्स मात्र भने होइन । अर्काे कुरा साइन्स भए पछि जे पनि पढ्न पाउँछ । अहिले समाजमा के को आवश्यकता हो ? र ति विषयहरु समाजमा मध्यमस्तरको जुन विषयहरु हामीले म्यानेज पनि गर्न सकिने र भोलि ति विद्यार्थीहरु निस्किसकेपछि समाजमा, राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरको अवसर पाउन सकिने र निर्वाहमुखी विषयको खोजी अन्तर्गत आएका हुन् । त्यसले गर्दा साइन्स म्यानेजमेन्ट भन्दा पनि अरु विषयमा पनि त्यत्तिकै काम गर्न सक्छौं भन्ने देखाउने हो । व्यवस्थापन गर्ने कुरा हो । साइन्स पढेको हुनाले साइन्स राम्रो अरु विषय नराम्रो भन्नु पक्कै पनि होइन । 

–    बिआइएम कस्ता विद्यार्थीहरुको रोजाईमा पर्न सक्छ ?
बिआइएम भनेको द्यबअजभयिचुक या क्ष्लायचmबतष्यल ःबलबनझभलत हो । यो त्रिभुवन विश्वविद्यालयको मेनेजमेन्ट फ्याकल्टी अन्तर्गत संचालित धेरै कार्यक्रमहरु मध्येको एउटा कार्यक्रम हो । यो मूलतः भ्याली बाहिरका केही ठाउँहरुमा मात्र दिइएको छ भ्यालीभित्र नयाँ सम्बन्धन दिइएको छैन । विआइएमको मूल उद्देश्य भनेको म्यानेजमेन्ट र आइटी दुईवटा स्किललाई एउटा व्यक्तिमा दिने कुरा हो । यसमा म्यानेजमेन्टको पनि पढाई हुन्छ, आइटीको पनि पढाई हुन्छ । ४ वर्षको पूरा कोर्षमा ४० प्रतिशत म्यानेजमेन्टको पढाई हुन्छ भने ६० प्रतिशत आइटीको पढाई हुन्छ । त्यसले गर्दा यो कोर्ष अलि अगाडि देखिएको छ । विगतका वर्षहरुमा पनि हामीकहाँबाट १२ कक्षा पढेर गएका धेरै विद्यार्थीहरु काठमाडौं गएर विआइएम पढिरहेका छन् । त्यहि भएको हुनाले कम्तीमा पनि म्यानेजमेन्टको विद्यार्थीले जसको म्यानेजमेन्ट सँगै आइटी शिक्षा पनि पढाई हुने भयो । पछिल्लो आइटीको स्कोप राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा बढ्दो छ । यो पढ्नलाई म्यानेजमेन्टमा ऋ न्एब् ९१.८) ल्याएका विद्यार्थीले आवेदन फाराम भर्न सक्छन् । त्यसपछि त्रिभुवन विश्वविद्यालयले प्रवेश परीक्षा लिन्छ जसलाई हामीले ऋःब्त् भन्छौं । त्यो प्रवेश परीक्षा पास गरिसकेपछि मात्र भर्ना प्रक्रिया अगाडि बढ्छ ।

–    राजधानी बाहिर काभ्रे जिल्लामा पहिलोपल्ट यो कार्यक्रम आउँदैछ, सेवा सुविधाहरु फरक छन् त  ? 
अरु फरक खासै केही पनि हुदैन । हामीले राजधानीमा पढ्नु र राजधानी बाहिर पढ्दा पछाडि परिन्छ कि भन्ने सोच चाहिँ छ । यसमा चाहिँ पहिलो विद्यार्थी नै हो दोस्रो चाहिँ त्यहाँको फ्याकल्टी व्यवस्थापन हो । किनभने विद्यार्थीले पनि राम्रो सँग अध्ययन गरेन भने अगाडि बढ्न सक्दैन । अहिले सबै कुरा जान्नलाई काठमाडौं मै जानुपर्छ भन्ने पनि छैन । यहि काभ्रेमै बसेर पनि संसारभरिका जानकारीहरु लिन सकिन्छ । यसर्थ क्वालिटीको हिसाबले कुनै फरक पर्दैन । व्यक्तिगत सोचले हेर्नुपर्दा राजधानी र काभ्रे फरक नपर्ला भन्न सकिन्न । यसर्थ काभ्रेमै धेरै सेवा सुविधाहरु प्राप्त गर्न सक्छन् विद्यार्थीहरुले । म्यानेजमेन्टलाई पनि अलि चासो हुनसक्छ । विद्यार्थीहरुलाई अगाडि बढ्ने प्रक्रियामा सघाउ मात्र होइन यहाँ सामाजिक, साइकोलोजीकल, उत्प्रेरणा जगाउने जस्ता थुप्रै सेवा सुविधाहरु हामी प्रदान गर्छाैं । 

–    अहिले +२ उत्तीर्ण हुने वित्तिकै विद्यार्थीहरु रोजगारी सँगै अध्ययन पनि गर्ने चलन बढेको छ नि ?
मैले व्यक्तिगत रुपमा भन्नुपर्दा काठमाडौं गएर रोजगारी खोज्नुभन्दा काभ्रेमै रोजगारी देखेको छु । अहिलेको मुख्य समस्या के हो भने ब्दचयबम क्तगमथ रहेको छ । यो समस्या समाजले नै बुझ्ने कुरा हो । कम्तीमा +२ गरेर जाने या व्याचलर गरेर जाँदा के फरक छ त्यो पछि बुझ्ने कुरा हो । होइन भने पढाई सँगै रोजगारीलाई पनि सँगै लाने हो भने पछिल्लो समय काठमाडौंमा भन्दा हाम्रै बनेपामा धेरै अवसर रहेको छ ।

–    विसिए पनि नयाँ कार्यक्रम हो, यो फरक विषयले विद्यार्थीहरुलाई सहजता दिन्छ ?
यो कार्यक्रम नेपालमा पोखरा विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयले पहिलेदेखि नै संचालनमा ल्याएको हो । त्रिभुवन विश्वविद्यालयले यो विषयमा अहिलेसम्म त्यति हात हालेको थिएन । विगत २–३ वर्ष अगाडि देखि यो विषयलाई अगाडि ल्याएको हो । यसको मूल उद्देश्य के हो भने पछिल्लो समयमा आइटीको जुन डिमाण्ड देखिन गयो र त्यसको आवश्यकता महसुस हुन थाल्यो, त्यसपछि ऋक्क्ष्त्, द्यक्ष्त्  पढ्छु भन्नेहरुका लागि साइन्स पढेकै हुनुपर्ने देखियो । त्यहि भएर त्रिभुवन विश्वविद्यालयले आइटीसँग सम्बन्धित विआएम कार्यक्रम ल्याएको हो । सबै फ्याकल्टी अर्थात एजुकेशन, ल, आर्टस् जे पढेपनि अबका दिनमा ब्याचलर कम्प्युटर एप्लिकेशनमा डेभलप गर्छु भन्ने विद्यार्थीहरुलाई पनि अवसर दिने गरी ल्याएको कार्यक्रम हो विसिए । यो तीनवटै विश्वविद्यालयको कन्सेप्ट हो । त्यसकारण यो विसिए भनेको साइन्स, म्यानेजमेन्ट, एजुकेशन, आर्टस् आदि पढेकालाई पनि खुल्ला रहेको छ । यसको लागि ऋन्एब्  ल्याएको हुनुपर्छ । 

–    विद्यार्थीको चाहना चाहिँ कुन विषयतिर बढि होला ?
जसले +२ साइन्स पढेको छ, उसको टार्गेट भनेको ऋक्क्ष्त् नै हो भने जसले म्यानेजमेन्ट पढेको छ उसको रोजाई भनेको द्यक्ष्ः हो । र जसले अरु विषय पढेको छ उनीहरुको लागि द्यऋब् हो । यो पढेपछि विद्यार्थीहरुले आफ्नो भविष्य आफैं निर्धारण गर्न सक्छन् । यसको सबैभन्दा राम्रो पक्ष भनेको यी विषयहरु पढेपछि रोजगारको लागि धाउनु भन्दा अरुलाई रोजगारी दिलाउने क्षमता राख्दछ । 

–    आर्थिक हिसाबले सबै विद्यार्थीहरुले यी विषयहरुमा सहभागिता जनाउन सक्छन् ? 
हामीले पहिलो व्याचमा साँढे २ लाख, तीन लाख लिएर कोर्ष कम्प्लिट गराएका थियौं भने यस वर्ष चाहिँ ५ लाख लिन्छौं ऋक्क्ष्त् मा । सामान्यतया ७ लाख देखि १२–१५ लाख लिने गरेको छ यो कोर्सलाई । हुन त १२–१५ लाख लिनेहरुले सेवा सुविधाहरु पनि दिएका होलान् । अहिले हामी द्यऋब्, द्यक्ष्ः लाई भर्खरै ल्याउँदैछौं । त्यसले गर्दा पनि यहाँको समाज परिवेश हेरेर कम्तीमा पनि विद्यार्थीलाई दिने कुरामा काठमाडौंका सेवा सुविधाहरु यहाँ पनि कुनै अभाव नहुने गरी संस्था संचालन गर्ने हिसाबले न्यूनतम शुल्कमा पढाउँछौं । यसो गर्दा द्यऋब् पहिलो व्याचमा ३ लाख जति शुल्क लाग्छ भने द्यक्ष्ः  को लागि ४ लाख र ऋक्क्ष्त् ५ लाख प्रस्तावित गरेका छौं । हाम्रो पहिलो प्राथमिकता भनेको क्वालिटीमा रहन्छ । विद्यार्थीलाई आवश्यक पर्ने क्वालिटीमा कुनै पनि सम्झौता गर्दैनौं । 

–    अन्त्यमा,
    हिजोका दिनमा समाजले जुन किसिमको माया, ममता, सहयोग, राम्रो बन्नलाई जुन किसिमको उत्प्रेरणा दिइरहनुभएको छ, कमीकमजोरीहरुमा सुझाव दिइरहनुभएको छ, त्यसको निरन्तरता होस् । समय सन्दर्भ अनुसार अझैपनि नयाँ कार्यक्रमहरु थप्ने, भइरहेका कार्यक्रमहरुलाई व्यवस्थित गर्न थप सहयोगको अपेक्षा गर्दछौं । अहिले सम्म दिनुभएको सहयोगको लागि मेरो व्यक्तिगत र संस्थागत रुपमा धन्यवाद दिन चाहन्छु । र अन्त्यमा शिक्षामा कुनै पनि किसिमको सम्झौता गर्दैनौ भन्ने प्रतिबद्धता समेत दिन चाहन्छु । 

प्रस्तुतीः लक्ष्मण तिमल्सिना