2019 November 13/ 06:09: 11am

उमा वस्नेत,
सहायक प्रिन्सिपल
नाइटिङ्गेल ऐकेडेमी मा.वि.
बनेपा–१०, जनागाल

विद्यालयको शैक्षिक अवस्था कस्तो रहेको छ ?
गुणस्तरीय शिक्षाका लागि पर्याप्त भौतिक संरचना र गुणस्तरीय शैक्षिक सामाग्रीको अवश्यकता पर्छ । विद्यालयलाई भय चिन्ता र भेदभाव मुक्त वातावरण चाहिनुका साथ साथै विभिन्न किसिमका नकारात्मक सामाजिक गतिविधिबाट पनि विद्यार्थीहरुलाई टाढा राख्नु पर्ने हुन्छ । त्यसैगरी शिक्षण पेशा र विद्यार्थी प्रति समर्पित दक्ष तथा प्रेरणदायी शिक्षकहरु पनि गुणस्तरीय शिक्षाका लागि अनिवार्य आवश्यकता हो । यी सबै कुरा नाईटिङ्गेल एकेडेमीका विद्यार्थीहरुलाई उपलब्ध छ । यसका साथसाथै किताबी ज्ञानलाई भन्दा पनि विद्यार्थीका जिज्ञासालाई बढी ध्यान दिईन्छ । त्यति मात्रै नभएर कुनै पनि बेला साथीबाट अग्रज शिक्षकबाट वा प्राविधिक शैक्षिक श्रोतहरुबाट सिक्न पाउँछन् । यी सबै समिश्रण बाट नै शिक्षामा गुणस्तर कायम राख्न नाईटिङ्गेल एकेडेमी सफल भएको छ । विद्यालयमा यस शैक्षिक सत्रमा ८ सय भन्दा बढी विद्यार्थीहरुले अध्यापन गरिरहेका छन् भने ८० जना भन्दा बढीले रोजगारको अवसर समेत प्राप्त गरेका छन् । 
पछिल्लो समय सरकारले ल्याएको शैक्षिक नीति अनुसार विद्यालयहरुलाई कस्तो असर पुगेको छ ?
धेरै आशाजनक नीतिहरु तयार गरिंदै छन् भन्ने प्रतिबद्धता जाहेर भएका छन् । गुणस्तरीय जनशक्तिलाई मात्र शिक्षण पेसामा भित्र्याउने शिक्षक पेसालाई मर्यादित बनाउने, सार्वजानिक शिक्षामा थप लगानी गर्ने निजी विद्यालयहरु सेवामुलक र सिपमुलक बन्न प्रोत्साहन गर्ने, प्राविधिक शिक्षामा जोड दिने जस्ता थुप्रै लोकप्रिय नीतिहरु अधि सारेको छ । अहिलेसम्म सरकारले ल्याएको शैक्षिक नीतिलाई ब्यबहारमा उतार्ने र त्यसलाई कार्यन्वयन गराउन आवश्यक वातावरणीय सृजना गर्नुपर्ने छ । नीतिहरु आशलाग्दो छ तर ब्यवहारमा उतार्ने बेलामा सरोकारवाला सबैको प्रतिबद्धता आवश्यक हुन्छ । यद्यपि केही अति नै सैद्धान्तिक र अब्यवहारिक नीतिहरु पनि छन् त्यसलाई भने सुधार्नु पर्छ । त्यसैले सरकारले ल्याएको शैक्षिक नीतिले खासै नकारात्मक असर परेको छैन ।  
विद्यालयको विगतको अवस्था र भावी योजना के रहेको छ ?
विद्यालयको स्थापनाकाल देखी नै शैक्षिक प्रणालीका नवीनतम् आयामहरु मार्फत विद्यालयले मुलुकको शैक्षिक गतिविधिमा पु¥याएको टेवा उदारणीय रहेको छ तथा विद्यालयबाट दिक्षित विद्यार्थीहरु आजको युगसँग प्रतिस्पर्धी गर्न सक्षम भएका छन् । विगतका ईतिहासलाई जगेर्ना गर्दे यस विद्यालय आगामी दिनमा एक प्रतिष्ठित शिक्षण संस्था बन्ने छ । शिक्षालाई जीवन सापेक्ष बनाउन यस विद्यालयले शैक्षिक ज्ञान साथसाथै समय समयमा विभिन्न विद्यामा संचालित अतिरिक्त क्रियाकलापका गतिविधिबाट हाम्रा विद्यार्थीहरुले पाएको सफलताबाट विद्यालयले छुट्टै पहिचान बनाउन सफल भएको छ । यहि पहिचानलाई निरन्तर कायम राख्नका लागि भविष्यमा पनि यस विद्यालय आफ्नो भुमिकालाई अझ बहुआयामिक बनाई अभिभावक एवं विद्यार्थी र सबैको आस्था र विश्वास जिती आफ्नो उद्देश्य प्राप्तिका लागि सशक्त र प्रभावकारी रुपले कार्य सम्पादन गर्ने योजना राखेको छ । त्यसैगरी विद्यार्थीहरुलाई सहि मार्ग निर्देशन र अनुशासन, ब्यक्तित्व विकासका लागी नेपाल क्यारेट कप्सको (लअअ) तालिम समेत सञ्चालन गरिरहेको छ । आगामी दिनमा यस्ता तालिमहरुलाई निरन्तरता दिदै विद्यार्थीहरुलाई प्रबिधि मार्फत अध्ययन गराउने छौं । विद्यालयमा अभिभावक र विद्यार्थीहरुको मागलाई मध्यनजर राख्दै आगामी शैक्षिकबाट कक्षा थप गर्दै लैजाने योजना बनाएको छौं ।  
अहिलेको प्रविधिले बालबालिकाहरुलाई कसरी ब्यबहारीक बनाउन सकिन्छ ?
प्रविधिको क्षेत्रमा आएको क्रान्तिले विश्वलाई नै एउटा सानो गाउँको रुपमा स्वीकार गरिएको आजको अवस्थामा विद्यालयले नयाँ नयाँ प्रविधि भित्र्याई अध्यापन गराउदै आईरहेको छ । जसले गर्दा विद्यार्थीहरुलाई ब्यबहारीक बनाउन सफल भएको छ । भविष्यका लागी उपयोगी हुने सीपमूलक कार्यका साथसाथै किताबी ज्ञान मात्र नभई ब्यबहारीक ज्ञानलाई अगाडि बढाएर आफु आत्मनिर्भर ब्यक्तित्व विकास भई समयानुकूल दक्ष एवं असल जनशक्ति अहिलेको प्रविधिले बालबालिकाहरुलाई ब्यबहारीक बनाउन सकिन्छ । त्यतिमात्र नभएर अहिलेको प्रविधिले बालबालिकाहरुलाई ब्यबहारीक बनाउन शिक्षक तथा अभिभावकको उतिनै हात हुन्छ । जसले गर्दा शिक्षालाई केबल अंक प्राप्त गर्ने आधारमा मात्र होईन । ब्यबहारीक ज्ञान तथा दक्षतामा समेत जोड्न सक्नुपर्छ । 
पछिल्लो समय प्रविधिले गर्दा बालबालिकाहरुको ध्यान पाठयक्रममा भन्दा बाहिर गएको हो ? 
पक्कै पनि पछिल्लो समय प्रविधिले गर्दा बालबालिकाहरुको ध्यान पाठयक्रम भन्दा बाहिर गएको हो । जिज्ञासु र कौतुहोलताले गर्दा बालबालिकाको ईच्छा चाहना नै आजको आधुनिक प्रविधिमा बढी चासो रहेको छ । यसका सकारात्मक तथा नकारात्मक पक्ष दुबै रहेका छन् । बालबालिकाहरुलाई प्रविधिको सहि उपयोग गर्न अथवा सहि मार्गदर्शन देखायौ भने अवश्य प्रविधि बालबालिकालाई फलदायी हुनेछ । त्यसलाई शिक्षक तथा अभिभावक दुवैले हातेमालो गरेर अगाडि बढ्नुपर्छ । जसले गर्दा बालबालिकाको भविष्य उज्जवल र सुनिश्चित हुन्छ । 
विद्यालयले शैक्षिक क्षेत्र मार्फत कस्तो योगदान पु¥याएको छ ?
बनेपा नगरपालिका १० जनागालमा अवस्थित यस नाईटिङ्गेल एकेडेमीले समाजमा प्रत्यक्ष र अप्रत्यक्ष दुबै रुपमा योगदान पु¥याएको छ । चरित्र निर्माण र गुणस्तरीय शिक्षा यसको मुल सिद्धान्त नै रहेको छ । गरीब जेहेन्दार तथा पिछडिएका वर्गलाई पुर्ण रुपमा छात्राबृत्ति प्रदान गर्दे आईरहेको छ । साथसाथै प्रविधि उपयोग गर्न सक्षम, दक्ष, सचेत स्वाबलम्बी तथा र्कतब्य निष्ठ एवं चरित्रवान् जनशक्ति उत्पादन गर्र्दे आएको छ । थुपै जनशक्ति उत्पादन गरी समाजमा मात्र नभई देशको सेवा समेत गरिरहेका छन् । 
अन्त्यमा अभिभावक, शिक्षक र विद्यार्थीहरुलाई के भन्न चाहनुहुन्छ ? 
विद्यालय भित्रको अनुशासनको पक्ष र मुनाफा रहित शिक्षा प्रणली यस विद्यालयको प्रमुख पक्षको रुपमा रहेको हाम्रो विश्लेषण छ । यसलाई समय र विकासको गति झै अझै गुणस्तरीय बनाउदै लैजाने हाम्रो प्रयत्न निरन्तर रहने छ । विद्यालयको छवि निर्माणमा अहोरात्र लागि पर्नु भएका अभिभावक तथा शिक्षक वर्गमा आभार प्रकट गर्न चाहान्छौ । साथसाथै सम्पुर्ण विद्यार्थीहरुको उज्ज्वल भविष्यको शुभकामना ब्यक्त गर्दछौ ।