2018 November 19/ 09:30: 12am

कृष्णहरी बास्कोटा
प्रमुख सूचना आयुक्त
राष्ट्रिय सूचना आयोग

जन्म, बाल्यकाल, औपचारिक शिक्षाः जुम्ला हाम्रो पुर्खा रहेछ । धादिङ्गको केवलपुरमा मेरो पुर्खा बसाई सराई आएको रहेछ । त्यहि स्थानमा २०१५ साल फागुन १५ गते मेरो जन्म भयो । बाल्यकालमा धादिङ्गको केवलपुरमै रहें । प्रशिद्ध कवी केवलपुरे किसान अथार्त देविप्रसाद पौड्याल हुनुहुन्थ्यो । उहाँ र उहाँको श्रीमतीले खोलेको १९९२ सालमा खोलेको केवलपुरे पाठशाला थियो । सानो सानो अक्षर सिकाउने, पत्र लेख्न सिकाउने, दुनोट सिकाउने, कानुनका विषयमा जानकारी गराउने थुप्रै कुरा सिकाईन्थ्यो । नेपालका बारेमा धेरै कुरा जानकारी गराईन्थ्यो । गौतम बुद्ध, सगरमाथा, डाँफे, गैडाका बारेमा जानकारी गराउने गरिन्थ्यो । त्यसलाई कक्षा ४ पास भनिन्थ्यो । बुबा सरकारी जागिरमा भएकाले मैले कक्षा १ देखि १० सम्म अध्ययन १० वटै विद्यालयबाट गरें । धादिङ्गबाट हाम्रो बसाई सराई चितवनमा भयो । चितवनबाट एसएलसी गरें । आईए त्यहिबाट गरें । नायबसुब्बा भएँ विए अध्ययन गर्दा । पाटन क्यामपसबाट विए गरें । पछि स्तानक गरें । कानुनमा पनि स्नातक गरें । अध्ययनसँगै जागिरे जीवन पनि शुरु गरेको थिएँ । 
    बाल्यकालका असाध्यै राम्रा कुराहरु भए । म जन्मेको केहि समयमै आमा विरामी हुनु भएछ । पाटनमा रहेको शान्त अस्पताल हालको पाटन अस्पतालमा भर्ना गरिएको रहेछ । तीन वर्षसम्म आमालाई अस्पताल राख्दा मामाघरको हजुरआमा बस्नु भएको रहेछ घरमा । उहाँले मलाई दुध खुवाउन बाख्रा किनिएको रहेछ । मलाई बाख्राको दुध खुवाएर हुकाईएको रहेछ । घरमा काम गर्ने नोकर चाकर भनिँदो रहेछ ।कान्छो कामी र एक जना लाठो दाई राखिएको रहेछ । बुबाले पैसा दिएको मान्छेसँग पैसा उठाउन कान्छो कामी र मलाई पठाउने निर्णय भयो । मकै भुटेर मलाई फुलै फुल र कान्छो कामीलाई ठेट्ना दिएर पठाईएको थियो । एकले अर्काेलाई छुनु हुँदैन थियो । खोला तर्ने बेला आयो । म तर्न सक्ने अवस्थामा थिईन । खोलामा खुट्टा डुबाउन लगाएर कान्छो कामीले मलाई पिठ्युमा बोके । खोलाबाट ननिस्किदै मलाई छाडिदिए । पानीमा छोएको केहि हुँदैन भने । त्यसपछि हामीले अलग्गै बसेर खाजा खायौं । घरमा पाहुना आउँदा थाल पुग्दैन थियो । कहिलेकाँहि उनिहरुले खाएको थाल घाममा सुकाएपछि मात्रै भित्र लगिन्थ्यो । पाहुना आउँदा थाल पुगेन भने चिसै भित्र लगेर आगोको फिलिङ्गोले चोख्याउने चलन थियो । यस्तो छुवाछुत र भेदभाव त्यतिबेला धेरै थियो । 
    विद्यालय जाँदा मलाई चकटी टाउकोमा बोक्न मिल्ने नाम्लो सहितको बनाई दिनु भएको थियो । पिपलको बोट मुनी बसेर बाह्खरी पढ्ने गरेका थियौं । उमेर र कक्षा मतलब थिएन । कक्षा १ देखि ५ सम्म सबै केवलपुरे किसानले एकै पटक पढाउनु हुन्थ्यो । सबै जना चकटी काखीमा च्यापेर जाने गर्दथे । बाल्यकालमा म असाध्यै आज्ञाकारी थिएँ । मेरो दाई अलिक उट्फट्याङ्ग गर्नु हुन्थ्यो । उहाँ प्रहरी सेवामा गएर डिएस्पी भएर रिटायर्ड हुनु भयो । दाई अलिक छुकछुक गर्न मन पराउनु हुन्थ्यो । दाईको अतिरिक्त कृयाकलाप बानी धेरै थियो । पढाई लेखाईमा म उम्दा भएँ । उट्फट्याङ्ग भएन । चितवनमा गएपछि खोलामा पौडी खेल्ने काम गरियो । टाउकोले पहिला पानीमा छुने गरी पौडी खेल्दा सामान्य घाउ लागेको याद छ । बर्दियामा महाकवी लक्ष्मीप्रसाद देवकोटा स्कुलमा कक्षा ४ मा अध्ययन गर्दथें । दाई र दिदी सँगै हुनुुहुन्थ्यो । त्यो विद्यालयमा एक जना शिक्षक हुनुुहुन्थ्यो सबै जना डराउँथे । उहाँले थोरै पढेको तर विद्यार्थीलाई त्रसित बनाउनु हुन्थ्यो । हामी थर्ड मास्टरकोमा ट्युसन पढ्न जाने गरेका थियौं । उहाँले पढाईरहँदा कमिला भन्ने कविता लेखेको थिएँ । त्यो कविता स्कुलको भित्ते पत्रिका विँडी भन्नेमा प्रकाशन भयो । कृष्णहरी कमिला भन्ने मेरो टाईटल नै बस्यो । १० वर्षसम्म त्यो नाम चर्चित भयो । त्यो कविता स्कुलमा चर्चित भयो । तर शिक्षकले मलाई कान समात्नु भएको थियो । म एक पटक अभिभावकको समान्य कारवाहीमा परेको छु । बुबा धुलिखेलको भूमिसुधारमा काम गर्नु हुन्थ्यो । मालपोत भनेकै भुमिसुधार थियो । धुलिखेलमै हाम्रो डेरा थियो । धुलिखेलको हाईस्कुलमा भर्ना गरिएको थियो । दिदी र दाई अनि म थियौं । बुबा जागिरदार हुनु भएकाले समयमा आउन मिल्दैन थियो । दिदी र दाई पनि खेलेर घरमा ढिला आउनु हुन्थ्यो । समयमै खाजा खान पाईदैन थियो । म प्रथम थिएँ । मेरो सँगैको साथी दोश्रो हुन्थ्यो । उसको आमाले मलाई माया गरेर घरमै बोलाउनु हुन्थ्यो । उसलाई सिकाउने, खाजा खाने गर्दा ६ महिनाको अर्ध बार्षिक परिक्षामा उनी प्रथम भए म दोश्रो भएँ । घरमा दिदीहरुले गाली गरेर खाजाको लोभमा गएको र दोश्रो भएको भन्दै गाली गर्नु भयो । त्यस पछि खाजा खान पनि छाडिदिएँ । उनको जान पनि छाडिदिएँ । उनीसँग कट्टि गरें । 
    कक्षा ८ चितवनमा अध्ययन गर्दा पूर्व ब्यवसायीक शिक्षा थियो । त्यसमा ब्यवहारिक काम गर्दथें । विद्यालयमा हुने अतिरिक्त कृयाकलाप बुद्धि खियाउनेमा भाग लिएको हुन्थें । खेलका कुनै प्रतियोगितामा भाग लिइन । लेखपढ गर्ने हाजिरिजवाफ, ब्यंग, कविता साहित्य जस्ता क्षेत्रमा मेरो सक्रियता थियो । त्यहि बेला देखि मलाई अझै लेखपढ र त्यस्ता विषयमा रुची बढ्यो । पछि नायब सुब्बामा नाम निकालेर अफिसरको तयारी गर्दा किताव निकालेको थिएँ । आफै परिक्षा दिने आफै किताव लेख्ने फरक खालको अनुभुति थियो । एसएलसी पास गरे । त्यहि चितवनमै आईए पढें । सेमेस्टर प्रणाली थियो । पास भएँ । शुक्रबार परिक्षाफल आयो । शनिबार विदा भयो । आईतबार लोक सेवाको नायब सुब्बाको दोब्बर दस्तुर तिरेर फाराम भर्न हेटौडा गएँ । क्याम्पस प्रमुख लाखे सरलाई पत्र लेख्न लगाएँ । फाराम भर्दा प्रमाणपत्रको सट्टामा त्यहि पत्र राखें । मसँगै अन्य ५ जनाले फाराम भर्नु भएको रहेछ । सुर्य दाई भन्नेले मलाई जोशी पुस्तक भण्डारमा पाईने किताब किनेर पढ्न भन्नुभयो । २८ रुपैया तिरेर ७ सय पृष्ठको किताव किनेर अध्ययन गरें । सबै पृष्ठ कण्ठस्थ गरें । जे पढें त्यो सबै कण्ठ गर्ने बानी मेरो पहिला देखि नै थियो । लोकसेवामा पनि त्यहि भयो । त्यहि कारण नायब सुब्बामा अन्य ५ जनाको नाम निस्किएन मेरो नाम निस्कियो । 
    म विहान चाँडै कुखुराको डाँकसँगै उठ्ने गरेको थिएँ । आफ्नो नियमित ब्यायाम गरेर पुजापाठ सकेपछि किताव लिएर अध्ययन गर्दथें । किताव हेरेर पढ्ने, नहेरी कण्ठ हेर्ने, आफुले आफैलाई परिक्षण गर्ने बानी थियो । कहिल्यै नशालु पदार्थ खाएको, तास खेलेको, अनावश्यक रुपमा कुरा गरेर बसेको याद छैन । प्रत्येक समय उत्पादनशिल काममा लगाउनु पर्छ भन्ने सोच पहिला पनि थियो । कहिलेकाँहि लेख लेख्दा लेख्दै अल्क्षि लाग्यो भने अन्यत्र काम गरेर तनावलाई कम गर्छु । प्रकृतिसँग रमाएर घर ब्यवहारको काम गर्दा आनन्द आउँछ । त्यो बाल्यकाल देखि नै बानी लाग्यो । अहिले पनि त्यो जारी छ । बुबा जागिरे भएकै कारण म निजामती सेवामा सहभागि भएको थिएँ । बुबा चितवनमा भूमिसुधार कार्यालयमा नायब सुब्बा हुनुहुन्थ्यो । आईएको परिक्षा दिएपछि दुई महिना मेरो समय खाली भयो । भूमिसुधार कार्यालयमा टाईपराईटर खाली रहेछ । म बुबासँग नियमित गएर टाईप गर्न लागेपछि अरु कर्मचारी हो भनेर सोध्थे । मलाई टाईप गरिदिए बापत सेवाग्रहीहरु खुशी भएर मासु चिउरा खुवाउँथे । तलब लिएर काम गरेको होईन । उहाँहरुले खुशी भएर टन्नै खुवाउनु हुन्थ्यो । बुबासँग अफिसआउँदा आधा घण्टा हिड्नु पर्दथ्यो । बुबालाई सबैले नमस्कार गर्थे । चितवनका बकुलाल धनी मान्छे थिए । उनले पनि नमस्कार गर्दथे । उहाँलाई भन्दा बुबालाई धेरै नमस्कार गरेको देखेर मैले त्यहि जागिर खाने निर्णय गरें । मसँगै जाँच दिने ब्यक्तिहरु उप सचिव पास हुने कुरा गर्नु हुन्थ्यो । कुरा धेरै अध्ययन गरेको सम्झनु हुँदो रहेनछ । हामी दुईवटा कोठामा बसेर पढिरहेका थियौं । एकजना एकनारायण दाई हुनुहन्थ्यो । उहाँले सुब्बाको गाईड नपढेर सामान्य ज्ञानको किताव पढ्नु भयो । मलाई असह्य भएर सोधें । उहाँहरु सामान्य ज्ञान पढ्ने म गाईड पढ्ने । मलाई सामान्य ज्ञानका धेरै कुरा विद्यालयमै अध्ययन गर्दा कण्ठस्थ भएकाले सहयोग ग¥यो । मैले सबै परिक्षा खुल्ला परिक्षाबाट पास गरें । सह सचिवबाट सचिवमा मात्रै बढुवा भएको हुँ । नायबसुब्बा, अधिकृत, सहायक सचिव, उप सचिव, सह सचिव अध्ययन गरेरै नाम निकालेको हो । मेरो बृत्ति विकास दु्रत गतिमा भएको छ । निजामती सेवाका सबै जिम्मेवारी पुरा गरेपछि एक वर्ष प्रशासन आयोगको अध्यक्ष र ५ वर्ष प्रमुख सूचना आयोगको आयूक्त भएर काम गर्दा भर्खर ६० वर्षको भएँ । 
    नायब सुब्बा भए लगत्तै सामान्य ज्ञानको किताव लेखें । काठमाडौमा रहेका रामबहादुर डंगोलले छापिदिनु भयो । मसँग किताव छापेको पैसा दिन थिएन । उहाँसँग २ सय किताव मागेर लगें । सिंहदरवार भित्र र रत्नपार्क छेउछाउ तुल राखेर २४ रुपैयाँको किताव १८ रुपैया विक्री गरे । दुई दिनमै किताव विक्री गरेर पैसा लगेपछि रामबहादुर डंगोलले मेरो १ हजार थान पुस्तक दिनु भयो । अनि एनके पब्लिर्ससँग ४० प्रतिशत कमिसनमा नगद दिने कुरा भयो । सबै किताव उनलाई जिम्मा लगाएर पैसा लिएँ । त्यसको भोलिपल्टबाट जागिरे भन्ने निबन्ध लेख्न थालें । सेक्सन अफिसरलाई तार्गेट बनाएर किताव लेखेको थिएँ । पाटन क्याम्पसमा विए अध्ययन गर्दै थिएँ । दुई वटा किताव तयार गरेर सेवा सम्वन्धी तेश्रो किताव निकाल्ने तयारीमा थिएँ । परिक्षा दिन कन्या मावीमा गएँ । मेरै फोटो भएको किताव अध्ययन गरिरहेका छन् । अफिसरको परिक्षा दिन गएको बेला मलाई लाज भयो । बल्लबल्ल भित्र पसें । भोलिपल्ट घण्टि लागेको सुनेपछि मात्रै कक्षा कोठा भित्र पसें । मलाई लाज गाईड लेख्ने ब्यक्ति नै फेल भएछ भन्छन् भन्ने डर थियो । ६ वटा स्थानमा परिक्षा दिएको थिएँ । सबै तिर नाम निस्किएछ । तर मैले प्रशासन सेवा छानें ।

जागिर शुरुः २०३७ साल जेष्ठ २८ गते सामान्य प्रशासन मन्त्रालयको नायब सुब्बाको रुपमा प्रवेश गरें । त्यहाँ अरु सुब्बाहरु पनि थिए । त्यहाँ एक जना ब्यक्ति कडा स्वभावको हुनुहुँदो रहेछ । मलाई पद ब्यवस्था शाखामा जिम्मेवारी दिनु भयो । अधिकृत विष्णुकुमार चित्रकार हुनुुहुन्थ्यो । उहाँ विकम गरेर जागिर खाएको अवस्थामा पनि अधिकृत बाहेक अरु हुनु भएन । मलाई सदाचारिता, पारदर्शिता, भ्रष्टाचार विरोधी, जवाफदेहिता जस्ता थुप्रै कुरा सिकाउनु भयो । शेषनारायण मानन्धर उप सचिव हुनुुहुनथ्यो । अन्य मन्त्रालयको सह सचिवलाई हप्काउनु हुन्थ्यो । उहाँ असाध्यै सदाचारी हुनुहुन्थ्यो । अर्जुनमणी दिक्षित, शेषनारयाण मानन्धर विष्णुकुमार चित्रकार असाध्यै राम्रा ब्यक्तिहरु हुनुहुन्थ्यो । पछि अधिकृत भएँ । पछि पनि त्यहि कार्यरत रहें । पाटनढोकामा डेरा थिए । मास्केहरुकोमा डेरा थियो । सुलोचना मास्केको घरमा १५ रुपैयामा डेरा भाडा थियो । ३ सय ५५ रुपैया तलब थियो । दुई भाई र एक बहिनीलाई मैले अध्ययन गराएको थिएँ । ४ सय रुपैयामा एक तोला सुन आउँथ्यो । उनिहरुको पढाई, खुवाई, घरमा दशैमा जाँदा आवश्यक सामाग्री लैजान मनग्ये पैसा पुग्दथ्यो । २०७१ साल साउन ५ गते सचिवबाट ३४ वर्षको सेवाबाट विदा भएँ । एक वर्ष प्रशासन सेवा सुधार आयोग र ५ वर्ष प्रमुख सुचना आयुक्त हुँदा ४० वर्ष राज्यका विभिन्न पदमा र जिम्मेवारीमा रहेर सेवा गरें । 
    यो बीचमा मैले २५ वर्ष पुस्तक प्रकाशन गरेको छु । केहि अविश्मरणीय क्षण रहे जागिरे जीवनमा । सहायक सचिवबाट उप सचिव भएँ । राजाले गोरखा दक्षिणबाहु दिने चलन रहेछ । हरिमान थैव उप सचिव हुनुुहुँदो रहेछ । शरद भट्टराई भन्ने सचिव हुुनुहुन्थ्यो । मैले हरिमान थैब २०३३ सालमै उपसचिव भईसक्नु भएको रहेछ । मैले उहाँलाई सिफारिस गर्दा शरद भट्टराईले गाली गर्नु भयो । गलत बोलें भन्ठानें । उहाँले मलाई नै लेख्न लगाउनु भयो तर मेरै नाम । म झसङ्ग भएँ । तक्मा उमेर पाको भएकालाई हैन सक्षम जो छ उसलाई दिने हो भन्नु भयो । सक्षम ब्यक्तिलाई जिम्मेवारी र सम्मान दिने हो योगदानका आधारमा, उमेरका आधारमा हैन । त्यो कुरा आजसम्म पनि सम्झन्छु । राज्यका निकायहरुमा राजनीतिक दलहरुले पनि त्यो कुरा लागु गर्नु पर्छ । उहाँ अशक्त, अपाङ्ग, उमेर पाको छ भने त्यहि कुराको सेवा र सुविधा उपलब्ध गराउनु पर्छ । अछाम जिल्लाको प्रमुख जिल्ला अधिकारी भएर हवाईजहाजमा गएँ । प्लेन रोक्दा नरोक्दै एकजना प्रहरी आएर को हो ? प्रमुख जिल्ला अधिकारी भन्यो । म प्लेनको पछाडी थिएँ । भिआईपी अगाडी बस्नु पर्ने रहेछ म पछाडी बसेको थिएँ । शुरुमा डराएँ ओर्लिएर थाहा पाएँ उनी बडिगार्ड रहेछन् । अरु माला लिएर लाईन बसेका रहेछन् । उनले गरेको सलामी पनि अचम्म लाग्यो । सिडियो कार्यालयमा सलामी दिने चलन रहेछ । प्रहरीको टुकुडी म जति बेला निस्कियो त्यतिबेला निस्कँदा सलामी दिनु पर्ने रहेछ । त्यसपछि हरेक दिन एकै समयमा म निस्किदिन थालें । एक दिन एकजना अछामीले फलैचामा बसिरहेका बेला चियाएर हेरे । अनि उनी भागे । हवल्दारलाई पठाए उनीहरुको भागाभाग भएछ । १५ मिनेट पछि पक्राउ गरेर ल्याएर सोधें । उनी अघिल्लो दिन राति देखि नागरिकताका लागि आएका रहेछन् । नजिकै बस्ने सुब्बाहरुलाई बोलाएँ । ८ बजेको समयमा उनलाई नागरिकता दिएँ । बजारमा हल्ला फैलिएछ सिडिओ बौलाए । श्रीमती एक हप्ता अघि काठमाडौ गएकी थिईन । श्रीमती नभएपछि सिडिओ बौलायो र ८ बजे नै कार्यालयमा नागरिकता दियो भनेछन् । 
    अर्काे दिन घटना र विचार कार्यक्रम सुन्न कार्यालय प्रमुखहरु बेलुका सबै चौतारामा भेला भएका थिए । कार्यक्रम सकेर सबै कार्यालय प्रमुख आवासमा गए । एउटा मान्छे ठिङ्ग उभियो । कुन कार्यालयको हो तिमी भनेर सोधें । उसले आफु नागरिक भएको बतायो । भोलिपल्ट विहानै घर जानु पर्ने बाध्यता, घरमा बस्तुभाउँ, घरका सबै मान्छे विरामी भएको कहानी भनेपछि रातिको ८ बजे तिनै जोशी र ऐरे सुब्बालाई बोलाएर नागरिक बनाएर पठाई दिएँ । दुई अछमीले दिएको आशिष थियो तपाईको भलो होस् । सम्झन्छु त्यो अविश्मरणीय क्षण हो । उनिहरुले सिडिओले जतिबेला पनि नागरिकता दिन मिल्छ भन्ने कुरा बुझेछन् । मैले पनि १० बजे नै किन कुर्नु पर्छ ? नागरिकलाई सेवा दिन जतिबेला भए पनि उपयुक्त हुन्छ भनेर दिने निर्णय गर्दा सिडिओको खुस्किएको आरोप झेल्न बाध्य भएको थिएँ । त्यसलाई मैले अन्यथा कहिल्यै लिईन । 
    बाणिज्य विभागमा प्रमुख भएँ । नेपालका सरकारी कार्यालय मध्ये नमुना कार्यालय बन्यो । स्टाप कलेजले फिल्ड भिजिट गराउँदा हाम्रो कार्यालयमा ल्याउँथ्यो । थुप्रै सुधारका काम भएका थिएँ । मेरो फोटो राखेर नेपाल, हिमाल, समय, कान्तिपुर लगायतका पत्रिकामा असल प्रशासक भनेर समाचार आएको थियो । उपभोक्ताका कुरामा ध्यान दिन थालेका थियौं । कर्मचारीले हाकिमलाई पढायो भनेर समाचार आउन थाल्यो । नारा, अभियान, बजार अनुगमन गरेर बजारमा हुने अनियमितता रोकेको थिएँ । शनिबार एक दिन आधा मिनिटाटा ढक तराजु खोसेर ल्याएको थिएँ । ढक तराजु डिजी भनेर आलोचना पनि भएको थियो । उपभोक्ता हि संरक्षणका काम धेरै गरें । डिजी हुँदा हुँदै भानुभक्त आचार्य अर्थ सचिव हुँदा मलाई भन्सार प्रमुख बनाउनु भयो । त्यहाँ कार्य गर्दा ७ अर्ब राजश्व बढ्यो । विभिन्न योजनाहरु लागु गरें । भन्सार क्षेत्रमा धेरै सुधार भयो । फेरी बजेट महाशाखामा प्रमुख भएर काम गर्ने अवसर पाएँ । अर्थमन्त्री रामशरण महत हुँदा जय नेपाल भन्थे । यो कांग्रेस रहेछ भन्थे । पछि बाबुराम भट्टराई अर्थमन्त्री भएर आउनु भयो । उहाँ आएपछि त्यो त पहिला देखि नै माओवादी रहेछ भन्न थाले । उहाँलाई सल्लाह सुझाव दिएको थिएँ सिंहदरबार भित्र माओवादी विचारका मान्छे रहेछन भनिदिनु भयो । माओवादी मित्रहरुले हात मिलाउँदा हात भाँचिने गरी मिलाउँथे । पछि सुरेन्द्र पाण्डे आउँदा एमाले पो रहेछ भने । वर्षमान पुन अर्थमन्त्री हुँदा पनि सहयोग गरें । धेरै मन्त्री र प्रधानमन्त्री सुशिल कोईरालालाई समेत सहयोग गरें । प्रधानमन्त्री कार्यालयमा सचिव हुँदा केहि सुधारका काम गरें । शुशिल कोईराला प्रधानमन्त्री हुँदा मेरो अवकाश पछि पनि खोजी गर्नु भएको रहेछ । धेरै राम्रा र सुधारका काम गरें । केहि असजिला काम पनि आए । मन्त्रीहरुको दबाब पनि भयो । केहिले त कुटौला जत्तिकै गर्नु हुँन्थ्यो । बजेट मन्त्रीहरुको निर्देशनमा जाँदैन थियो । उहाँहरुलाई शालिन ढंगबाट मैले उहाँहरुलाई बुझाउन सकें । लोभ नभएपछि डर हुने रहेनछ । काठमाडौमा शहर विस्तारका क्रममा एक हातमा डायरी र टोपी लिएर हिड्ने सचिव थिएँ । मलाई खासै कोहि देखि डर भन्ने लागेन । किनकी मलाई कहिल्यै केहिको लोभ जागेन । सत्य कुरामा कसैको दबाब मलाई सह्य थिएन । निश्चित लक्ष्य लिएर अगाडी बढ्यो भने मान्छे प्रतिष्ठामा पुग्न सक्छ । 

राजनीतिः मैले कहिल्यै राजनीति गरिन । राजनीति गर्न पनि परेन । झुकाव पनि गएन । रामेश्वर खनाल अर्थ सचिव हुुनुहुनथ्यो । उहाँले एक जना मन्त्रीलाई भन्नु भएको थियो बाँस्कोटाजीले र मैले राजनीति गरेका छैनौं तर राजनीति बुझेका छौं । देशका लागि, राजनीतिक दलका लागि के गर्दा राम्रो हुन्छ भन्ने कुराको अनुभुति र अनुभव हामीसँग छ । विभिन्न देशका अनुभव हामीसँग छ ।नेपालमै थुप्रै समय काम गरेको अनुभव हामीसँग छ । त्यसले राजनीति मार्फत मुलुकलाई सम्वृद्ध बनाउने अभियानमा हामी साथ दिन सक्छौं । सहयोग गर्न सक्छौं । राजनीति नै गर्नु पर्छ भन्ने छैन । मुलुकको संघियतालाई सफल बनाउन करका दर, अन्य विकासका मोडलहरुका बारेमा हामी बताउन सक्छौं । 

प्रेम र विवाहः म शाखा अधिकृत भएर इटली अध्ययन गर्ने अवसर पाएको थिएँ । अध्ययन सकेर नेपाल फर्किएको थिएँ । हामी केहि साथीहरुको समुहबाट लाली भन्ने संस्थाबाट विभिन्न भाषाको ट्युसन पढाउने गरेका थियौं । त्यहाँ काम गर्ने सुनिता सिलवाल रहिछन्  मेरो र उनको सोच मिल्ने र विवाहका लागि जात पनि मिल्ने भएकाले विवाह गर्न उचित छ भन्ने कुरा साथी सागर रिजालले भने । त्यसको केहि दिन हामी अलमलमै रह्यौं । पछि हामी दुबैले विवाह गर्ने निर्णय ग¥यौं । ३० वर्ष भयो विाह गरेको सयम । प्रेम पत्र आदान प्रदान कहिल्यै भएन । कल्पना पनि आएन । 
    उहाँकै माध्यमबाट हामीले मागि विवाह ग¥यौं । मनको अनुभुति उनीसँग मिल्यो । त्यसैलाई प्रेम भन्दा हुन्छ कि ? विवाह गर्नु केहि समय अघिको परिचितलाई मनमनै प्रेम परेको भन्न मिल्छ । अन्य कुनै खालको महिला कुनै समयमा पनि जीवनमा आउनु भएन । वैवाहिक जीवनमा कहिल्यै खटपट भएको छैन । उनी आफै पनि संयुक्त राष्ट्र संघको महिला विभाग प्रमुखको रुपमाा कार्यरत छिन् । उनको पनि फोन आउँछ । कम्प्युटर चलाउनु पर्छ । म बालबच्चा हेर्ने, उनिहरुको रेखदेख र पारिवारीक रुपमा भान्सामा सहयोग गर्ने काम गरेको छु । उनका सबै कुरा र मेरा सबै कुरा सहमतिमा हुन्छ । जीवनका आधार दुबै जना हौं । घरमा सहयोग गर्ने मेरो बानी छ । मेरो एक छोरा र एक छोरी छन् । छोरा मास्र्टस डिग्री अध्ययन गर्दै छन् । छोरी डाक्टर अध्ययन गर्दै छिन् । उनीहरु पनि समाजमा केहि गर्ने गरी आफ्नो खुट्टामा उभिने प्रयासमा छन् । सकारात्मक सोच लिएर अगाडी बढ्दा सफल भईन्छ भन्ने लाग्छ । 

सूचनाको हकः नेपालको संविधान धारा २७ मा सुचनाको हक सम्वन्धी ब्यवस्था छ । मौलिक हकलाई २०६४ मा ऐनका रुपमा थप ब्यवस्था गरिएको छ । सुचना माग्न कार्यालयमा जानु पर्छ । त्यसका केहि प्रकृया छन् । सुचना अधिकारीलाई सम्बोधन गरेर पत्र लेखेर दिनु पर्छ । तत्काल सुचना दिनु पर्छ । सुचना नदिए कार्यालय प्रमुखलाई सम्बोधन गरेर अर्काे पत्र दिनु पर्छं । सूचना अधिकारीसँग आफुसँग सूचना नभए १५ दिन भित्र खोजेर उपलब्ध गराउनु पर्छ । कार्यालय प्रमुखले ७ दिन भित्र सूचना उपलब्ध गराउनु पर्छ । कार्यालय प्रमुखले पनि सुचना उपलब्ध गराउनु भएन भने राष्ट्रिय सूचना आयोगमा दुबै निवेदनका फोटोकपी राखेर निवेदन दिनु पर्छ । निवेदन दिँदा पैसा लाग्दैन । नागरिक जति स्वतन्त्र र कृयाशिल भए मात्र लोकतन्त्र बलियो हुन्छ । सुचना आयोगले त्यो सुचना उपलब्ध गराउँछ । 

जीवनः जीवन सरल छ । जिउने कला जान्नु पर्छ । दुखी किन छ ? आफै दुखि हुन खोज्छ । आफ्नो जीवनलाई मान्छेलाई आफै जटिल बनाउँछ । सकारात्मक सोचले जहिले पनि मैले के पाएँ भन्दा के दिन सकें भन्ने गराउँछ । फुलको संसारमा फुलकै संसार काँडाको संसारमा काँडाको संसार । भुत विश्वमै छैन । अँध्यारो भयो भन्छौं चन्द्रमा उदाएको देख्दैनौं । घृणाले घृणा हटाउँदैन । प्रेमले घृणा हटाउँछ । आफ्नो जीवनलाई प्रयोग गर्नु पर्छ । सलाईको काँटी उस्तै हुन् । एउटाले कोठामा उज्ज्यालो बनाउँछ । अर्काेले बनमा डडेलो लगाउँछ । विउ राम्रो कि नराम्रो भनेर फल हेर्नु पर्छ । मान्छे राम्रो कि नराम्रो भनेर हेर्न उसको कार्यशैली हेर्नु पर्छ । भनिन्छ नि पढेको कुरा विर्सन्छ, देखेको कुरा सम्झन्छ, गरेको कुरा जानिन्छ गर्दे गरे सिकिन्छ । धर्मले पनि भन्छ कर्म गर फलको आश गर्ने अधिकार तिमीसँग छैन । ज्ञान हासिल गर्नु पर्छ । जीवन जिउने कला सिक्यो भने त्यहि रम्न सकिन्छ । जेमा जो काम गर्छ त्यसमै डुबुल्की मार्नु पर्छ । उसको सन्तुष्टी त्यहि मात्र मिल्छ । 

प्रेमः अनुभुति । कसैलाई असल ठानियो भने सामिप्यता हुन्छ । आदर गर्न जानियो भने प्रेम प्राप्त हुन्छ । प्रेम हुने होईन प्राप्ती होईन गर्ने हो । 

विवाहः जीवन र जगतको नियमलाई निरन्तरता दिनु विवाहको मुल लक्ष्य हो । 


शारिरिक सम्वन्धः आवश्यक तत्व मध्ये एक हो । भोक लाग्नु, रिस उठ्नु जस्तै शरिरको आवश्यकताको चिज हो । प्रेमको असल विन्यास हो । 

अन्त्यमाः नेपाली हुनुको गर्वको विषय अनुभव गर्नु पर्छ । संसारमा यस्तो देश विरलै छन् । नेपालको छिट्टै उन्नती र प्रगति हुन्छ । आशावादी हुनुु पर्छ । आशालाग्दा कुरा धेरै छन् ।