2018 December 15/ 09:56: 03pm

भोजराज घिमिरे
प्रमुख प्रशासकिय अधिकृत
बनेपा नगरपालिका, बनेपा, काभ्रे

जन्म, बाल्यकाल, औपचारिक शिक्षाः २०३५ साल कार्तिक २० गते ओखलढुंगा जिल्लाको तत्कालिन कालिकादेवी गाउँपञ्चायत ७ तथा हालको चम्पादेवी गाउँपालिका वडा नम्वर ३ मा मेरो जन्म भएको हो । प्राथमिक शिक्षा गाउँमै रहेको चिप्लिङ्ग प्रावि, चिप्लिङ्गबाट गरें । माध्यमिक तहको शिक्षाका लागि घरबाट झण्डै डेडघण्टा टाढा रहेको विद्यालयबाट गरें । घरबाट आउन जान अलिक टाढा भएकाले म मामाघरमा बस्न थालें । त्यहाँबाट पनि विद्यालय टाढा नै थियो तर घरबाट भन्दा अलिक नजिक पर्दथ्यो । दुई दिदी पछि मेरो जन्म भएको थियो । दिदीहरुले सामान्य अक्षर चिन्ने बाहेक अध्ययन गर्न सक्नु भएन । छोरीलाई विद्यालय पठाउन वा शिक्षा प्रदान गर्न सहज थिएन । छोरीलाई पढाउनु अनिवार्य पनि रहेनछ । छोरालाई जसरी पनि पढाउनु पर्छ भन्ने मान्यता थियो । 
    घर नजिकै विद्यालय थियो । तर पनि हामी विद्यालय जानु अघि र आए पछि घरका सबै काममा सहभागिता जनाउँथ्यौं । विद्यालय विदाको समयमा गाई बस्तु चराउने नियमित काम थियो । खेतबारीको काम, घरको काम, घाँस, दाउरा सामान्य थियो । म अलि सामान्य र सोझो थिएँ । कहिल्यै उट्फट्याङ्ग हुँदैन थियो । कक्षामा भए भन्दा सानो विद्यार्थी थिएँ म । सबैले माया गर्नु हुन्थ्यो । शिक्षकको कारवाहीमा पनि परिन । कक्षा १ देखि नै म नियमित प्रथम हुँदै गएँ । कहिलेकाँहि बुबा आमाले घरमा काम छ आज विद्यालय नजानु भन्दा पनि मैले मान्दिन थिएँ । त्यसकारण पनि मेरो विद्यालय नियमित भयो । विद्यालयबाट अन्यत्र कक्षा छाडेर जाने हुँदै भएन । शिक्षकको कारवाहीमा निमावी र मावि तहमा पनि परिन । कक्षा ६ देखि १० सम्म नियमित डेड घण्टा हिडेर जाने गरेका थियौं । कहिलेकाँहि कक्षा हुँदैन थियो तर पनि म विद्यालय पुग्ने गरेको थिएँ । अतिरिक्त कृयाकलापहरु हुने गरेका थिए । कक्षा २ देखि नै मैले हाजिरिजवाफमा मेरो सहभागिता मात्रै होईन नेतृत्व हुन्थ्यो । लुगाको भकुण्डो बनाएर खेल्थ्यौं । डण्डिवियो असाध्यै खेलिन्थ्यो । 
    मेरो घर गाउँ र बेशीमा थियो । बुबाहरु बेशीमा हुनुहुन्थ्यो । बेशिबाट विद्यालय जान सम्भव थिएन । त्यसकारण मलाई मामाघरमा राखिएको थियो । स्कुल जाने क्रममा एउटा घटना भयो । म मामाघरबाट जाने गरेको थिए । बाटोमा साथीहरुले लसुन र प्याज उखेलेर खाने गर्नु भएको रहेछ त्यसको उजुरी विद्यालयमा परेको रहेछ । शिक्षक लाठी लिएर कक्षामा प्रवेश गरेर चिप्लिङ्गबाट आउने को को छन् ? सोध्नु भयो । म मात्रै रहेछु त्यस दिन । अरु साथीहरुले भोजराज त अहिले मामाघरबाट आउने गरेको छ भने पछि कुटाईबाट बचें । त्यो चोरी पनि मैले गरेको थिईन । २०४५÷२०४६ सालमा भएको राजनीतिक आन्दोलनसँगै हामीले विद्यालयमा आन्दोलन ग¥यौं । विद्यालयमा शिक्षक नभएको भन्दै हामीले विद्यालयमा हड्ताल ग¥यौं । गाउँभरी नाराजुलुस पनि ग¥यौं । त्यसकै परिणाम स्वरुप हामीलाई आवश्यक पर्ने शिक्षकहरु उपलब्ध भए । त्यो हाम्रो सफलता थियो । गाउँमा खासै पैसाको आवश्यकता पर्दैन थियो । विद्यालयमा जाँदा खाजा लैजाने चलन थोरै थियो । पकाएको खाजा लैजाँदा विद्यालयमा पु¥याउँदैन थियौं । जातभातको कुरा उठ्थ्यो । हामी त्यो खाजा बाटोमै लुकाएर जाने गरेका थियौं । आउँदा खाजा पनि हुँदैन थियो । कहिलेकाँहि लगेको खाजा पनि खान पाईदैन थियो । नियमित खाजा लैजाने खाने त्यस्तो हुँदैन थियो । ति अविश्मरणीय र सम्झन लायकका क्षणहरु थिए । 
    शिक्षकले लामो रजिस्टर किनेर गणितको गृहकार्य गर्नु भन्नु भएको थियो । मैले आमाको साथमा रहेको १५ रुपैया पैसा निकालेर किनें । आमासँग माग्न पनि सकिन । विद्यालयमा चाहिने पनि थियो । पछि आमाले थाहा पाउनु भयो । मैले डराई डराई भनें । आमाले केहि भन्नु भएन । पछि आफैलाई खल्लो लाग्यो कम्तिमा आमालाई भनेको भए दिनु हुन्थ्यो नि । विद्यालय विदाको समयमा कहिलेकाँहि पौडी खेल्ने, गाई बाख्रा चराउने, दाउरा घाँसपात गर्ने काम हुन्थ्यो । २०५० सालको माघमा मैले एसएलसी दिएँ । हाम्रो ब्याच भन्दा दुई वर्ष अघि देखि विद्यालयमै परिक्षा केन्द्र थियो । अघिल्लो वर्ष भएको सामान्य विवादका कारण हाम्रो पालामा परिक्षा केन्द्र सारियो । घरबाट एक दिन टाढाको स्थान थियो । त्यहि दिदीको घर भएकाले मैले दिदीको घरमा बसेर एसएलसी दिएँ । प्राथमिक तहबाट माध्यमिक तहमा जाँदा उत्कृष्ट विद्यार्थी भईन । मध्यम स्तरको विद्यार्थी भएँ । तर कहिल्यै फेल भईन । टेष्टको परिक्षा सकेर काठमाडौमा मामाहरु भएको स्थानमा ट्युसन पढ्न आएँ । काठमाडौबाट फर्कँदा बाटोमै मैल अशुभ र दुखद खवर सुनें । केहि दिनमै परिक्षा आईसकेको थियो । केहि दिन अघि दिदीको विवाह भएको थियो । त्यो खवरले मलाई दुखित बनायो । त्यसले परिक्षा समेत प्रभावित बनायो । 
    एसएलसी सोचे जस्तै भयो । परीक्षा सकेर गाउँमा सामाजिक अभियानमा थिएँ । खानेपानीको पाईप खन्ने र पुर्ने काममा थिएँ । जंगलको बीचमै हुँदा परिक्षाफल सार्वजनिक भएको खबर सुनियो । २५ जनामा ११ जना पास भएका रहेछौं । गाउँमै म एक्लो थिएँ एसएलसी पास गर्ने । केहि दिन पछि गोरखापत्र पुगेर हामीले थाहा पायौं । गोरखापत्र आउनु अघि आमाले मामाघर नजिकै सोध्नु भएको रहेछ । भोजराज पास भएको खबर आमाले सुनेर गाउँ जानु भयो । तर पनि विश्वास लागेन । पछि विद्यालयमै गोरखापत्र आएपछि हेरें । खुशी लाग्यो । माघमा एसएलसी दिएर असारमा रिजल्ट हुँदा खाली समय धेरै थियो । बैशाख महिनाको कुरा हो । सिन्धुलीबाट मकैमा मल राख्ने रासायनिक मल लिन जाने कुरा भयो । दुई दिनको बाटो डोको बोकेर हामी गयौं । जाँदा जाँदा रमाईलो भयो । आउँदा धेरै गाह्रो भयो । ५० किलोको मलको बोरा आधा बोकेर फर्कँदा तराईको बाटो मलाई असाध्यै गाह्रो भयो । त्यो आवश्यकता थिएन रहर थियो । रहरले जाँदा भएको कठिनताले मलाई धेरै कुराको पाठ सिकायो । सिन्धुलीमा पुगेपछि पहिलो पटक साईकल देखेको थिएँ । कक्षा ९ मा अध्ययन गर्दा पहिलो पटक बस चढेको थिएँ । बाटोमा आउँदा धेरै कठिन भयो । साईकल देख्दा त्यस्तो चिजमा मान्छे कसरी चढ्ने होला जस्तो लाग्थ्यो । विद्यालय तहमा खासै कुनै योजना हुँदैन थियो । एसएलसी पास हुनु अघि खासै चुनौती थिएन । बुबा आमाको एक्लो छोरा भएकाले एसएलसी पछिको अध्ययनमा समस्या थियो । बुबा आमा घरबाट पठाउन चाहनु हुन्न थियो । मलाई जसरी भए पनि काठमाडौ आएर पढ्ने र केहि गर्ने योजना थियो । हुन त गाउँमै एसएलसी पास भएपछि शिक्षक बन्ने अवसर पाईन्थ्यो । मलाई त्यतिमै रमाउने मन थिएन । 
    रिजल्ट भए लगत्तै मैले काठमार्डौमा रहनु भएका मामाहरुलाई प्रमाणपत्र पठाएँ । बुबा आमालाई पनि सम्झाएको थिएँ । त्यतिखेर २०५१ सालको मध्यावधी चुनाव थियो । पढाई केहि समय ढिला शुरु हुने भएकाले भर्ना चाँहि गर्दै गरौ भन्ने उदेश्यले प्रमाणपत्र पठाईएको थियो । गाउँमा शिक्षक भएकाहरुको जीवन र अध्ययन हेर्दा पनि मलाई राजधानी नै जाने सोच भएको थियो । मामा काठमाडौमा बसेर निजामती सेवामा प्रवेश गर्नु भएको थियो । मलाई अध्ययन पछि पनि कहाँ जाने भन्ने योजना पनि बनाई सकेको थिएँ । काठमाडौमा बस्दा खासै समस्या भएन । मामाहरु र घरबाट सहयोग भएकाले राजधानीको बसाई असहज भएन । मलाई धेरै पैसा पनि आवश्यक हुँदैन थियो । आवश्यक भए पनि सहज थिएन । खर्चालु स्वभाव थिएन । बरालिन पनि पाईएन । काठमाडौमा रहँदा पनि कामको सिलसिलामा बाहेक घुम्न पनि गईन । जान पनि मन लाग्दैन थियो । 

एसएलसी पछिः एसएलसी उर्तिण पछि के अध्ययन गर्छु भन्ने पनि थिएन । मामाले कमर्स अध्ययन गर्नु भएको थियो । मलाई पनि आर्टस र कमर्स नै अध्ययन गर्ने भन्ने लागेको थियो । साईन्स अध्ययन गर्न गाह्रो थियो । कोटेश्वरमा थियो बसाई । मामाले त्यहि वर्ष आईएल अन्तिम रहेछ । आफुले कमर्स अध्ययन गरेपछि भाञ्जालाई आईएल पढाउनु पर्छ भनेर ल क्याम्पसमा भर्ना गरिदिनु भएको रहेछ । रमाईलो हुन्थ्यो । कोटेश्वरबाट क्याम्पस बन्द हुँदा पनि ट्रली बस चढेर जाने गरेको थिएँ । नियमित रुपमा अध्ययन गरें । उर्तिण पनि भएँ । मामा अधिकृत तहमा प्रशासन सेवामा लोक सेवाबाट नाम निकाल्नु भएको थियो । कक्षा २ देखि नै हाजिरिजवाफमा सहभागि भएकाले मलाई सहज पनि भयो । लोकसेवा दिएरै जागिर खान्छु भन्ने सोचेको थिएँ । उमेर पुगेको थिएन । आईएलको परिक्षा सकें । लोकसेवाको विज्ञापन खुल्यो तर मेरो उमेर २ महिनाले पुगेन । विडम्वना नै भयो । अध्ययन पनि सकियो र लोकसेवाको पनि तयारी गर्न नपाएपछि गाउँ फर्किएँ । गाउँ फर्किएर मैले ८ महिना गाविसको सहयोगमा शिक्षक भएर काम गरें । मासिक २ हजार थियो तलब । चौमासिक रुपमा तलब आउँथ्यो । पहिलो चौमासिकको तलब घरमा केहि खर्च गरेर आफ्नो खर्च गरें । एक वर्ष गाउँमा बस्दा मैले त्यो बाहेक केहि काम गरिन । असारमा परिक्षा दिएर गएकाले फेरी असारसम्म कुरें । गाउँमै बसेको भए त्यहि विद्यालयमा नियमित शिक्षक हुन पाउँथें । मैले ८ महिना काम गरेपछि छाडेर फेरी राजधानी फर्किएँ । 
    विएल अध्ययन शुरु गरेपछि गाउँ छाडिदिएँ । राजधानीमा आउने उदेश्य लोकसेवा मार्फत जागिर खानु थियो । असारमा गाउँमा रोपाईको समय थियो । मामाले लोकसेवा खुल्यो भनेपछि म राजधानी आएको थिएँ । खरदार र सुब्बा दुबैमा खुल्यो । दुबैमा फाराम भरें । विएल अध्ययन गर्दा प्राईभेट क्षेत्रको जागिर खोजें सहज भएन । ल फर्मममा पनि खोजे । जागिर पाईएन । त्यो रुचीको विषय चाँहि थिएन । तर पनि मैले खाली बस्नु भन्दा केहि काम गरौं भन्ने लागेर खोजिरहेको थिएँ । एक पटक मामाले विएण्ड वि अस्पतालमा भनिदिनु भएको रहेछ । त्यहाँको एमडीलाई गएर भेटें । उसले हुँदैन पनि भनेन । गर्छु गर्छु भन्दा भन्दै मैले लोकसेवामा नाम निकालें । त्यसपछि मलाई जागिर खानु परेन । 

जागिरमा प्रवेशः सानै देखि हाजिरिजवाफ र कानुन अध्ययन गरेकाले मलाई लोकसेवाको परिक्षामा सहज भयो । क्याम्पस जान छाडेरै मैले एक महिनाको समय लोकसेवाको तयारी गरेको थिएँ । प्रशासन सेवाको जाँच राम्रो भएको थिएन । हुलाक सेवाको परिक्षा राम्रो भएको थियो । आश थियो । बुधबार रिजल्ट हुन्थ्यो । गोरखापत्रमा बुधबार र लोकसेवाको पाटीमा शुक्रबार साँझ नै रिजल्ट गर्दाे रहेछ । थापाथली भित्र थियो लोकसेवाको क्षेत्रिय कार्यालय । हरेक दिन क्याम्पस जाँदा रिजल्ट कहिले होला र मेरो नाम निस्किएला भन्ने लाग्थ्यो । नभन्दै एक दिन आईतबार क्याम्पस गएर रिजल्ट आयो कि भनेर हेर्न गएको मेरो नाम निस्किएको रहेछ । खुशीको सिमा रहेन । २०५४ सालको कुरा थियो । मसिंरमा रिजल्ट आयो । जाडो विदामा घरमा गएँ । घरमै तयारी गरें । लिखितमा निस्कियो । मौखिकमा केहि शंका थियो तर निर्धक्क थिएँ । प्रशासन र हुलाक दुवैमा निस्किएकाले मलाई सहज भयो । अन्र्तवार्ता दिने क्रममा एक जना साथी मात्रै बढी हुनु भएको रहेछ । प्रशासनमा नै नाम निस्किए पछि हुलाक सेवामा गईन । 
    पहिलो नियुक्ति विर अस्पतालमा भयो । विर अस्पतालमा एमरजेन्सि शाखामा क्यास बुझ्ने जिम्मेवारी थियो । प्रशासन भए पनि लेखा शाखामा जानु प¥यो । २४ सै घण्टा अस्पताल भएकाले राति पनि ड्युटी थियो । दुई जना साथीहरु थियौं । २५ सय थियो तलब । क्यास गन्ने क्रममा ५ सय हरायो । हामीले दुवैले तलबबाट ति¥यौं । सुब्बाको पनि परिक्षा दिएकाले डेड महिना खरदार काम गरेपछि सुब्बा भएँ । सुब्बा भए पछि मेरो नियुक्ति राष्ट्रिय योजना आयोगमा नियुक्ति भयो । त्यहाँ अध्ययन गर्ने अवसर मिल्यो । राष्ट्रिय योजना आयोग मुलुककै योजना बनाउने स्थान थियो । त्यहाँ अध्ययन गर्ने वातावरण भयो । त्यहि रहँदा रहँदै मैले अधिकृत तहको परिक्षा थिएँ । उद्योग मन्त्रालय पुग्दा मेरो रिजल्ट भयो र म अधिकृत भएँ । त्यहाँको वातावरण धेरै राम्रो भएकाले मलाई सहज भयो । तर एकै पटक म अधिकृत भएको थिईन । दुई तिन पटकको परिक्षा पछि मात्रै म सफल भएको थिएँ । अधिकृत भए लगत्तै हामीलाई स्टाफ कलेजमा तालिममा राखिएको थियो । यो २०६३ सालको कुरा हो । तालिम तिन समुहमा थियो । हामी सि समुहमा थियौं । प्रधानमन्त्री गिरिजाप्रसाद कोईराला हुनुुहुन्थ्यो । शान्ति प्रकृया शुरु भएर निर्वाचनको तयारी हुँदै थियो । निर्वाचन आयोगले कर्मचारी अभाव देखाउँदै तत्काल कर्मचारी माग गरेको रहेछ । ९० दिनको तालिम नसक्दै १ सय १७ जना मध्ये हामी केहि निर्वाचनमा खटिएका थियौं । पुष १० गते हामीलाई निर्वाचनमा खटाउने गरी निर्णय भयो । अफसोच पनि भयो । ३६ जिल्लाका लागि अधिकृत आवश्यक थियो । सबै साथीहरुले जिल्ला छान्नु भएछ । मलाई बाजुराको जिम्मेवारी आयो । सबै साथीहरुले रोजेको जिल्ला प्राप्त गरे । मैले चाँहि किन रोजेको नपाउने ? भने पछि खाली जिल्ला अछामको जिम्मेवारी प¥यो । नयाँ जिम्मेवारी थियो । जिल्ला बाहिरको काम थियो । बुबा आमा ओखलढुगामा । आफु अछाम जान लाग्दा मन गरम भयो । धनगढीबाट अछाम पुग्दा दुई दिन लाग्यो । असाध्यै विकट थियो । चुनाव पटक पटक स¥यो । पहिलो चरणको निर्वाचनको तयारीका लागि म पुगेको थिएँ । पुष २७ गते काठमाडौबाट हिडेको थिएँ । माघ ४ गतेबाट मतदाता नामावली संकलन गर्नु पर्ने थियो । ७५ गाविस रहेको अछाममा २६ वटा गाविस सचिव विहिन रहेछ । नागरिकता वितरण र मतदाता नामावली संकलन गर्न कर्मचारी आवश्यक थियो । त्यसको ब्यवस्थापनका लागि मैले डोटीमा रहेको क्षेत्रिय प्रशासन कार्यालयमा खवर गरें । सम्भव भएन । प्रजिअसँग पनि छलफल भयो । ब्यवस्थापन गर्न कठिन थियो । कार्यालयमा टेलिफोन पनि थिएन । बजारमा गएर निर्वाचन आयोगमा गएर फोन गरें । मतदाता नामावली शाखामा फोन गरें । उहाँहरुले उत्तर दिन सक्नु भएन । निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीलाई फोन गरें । उहाँले तालिम दिन सक्ने भए कर्मचारी ब्यवस्थापन गर्ने बचन दिनु भयो । गृह हुँदै प्रजिआलई फोन आई सकेछ । उहाँले मलाई त्यसो नगरेको भए हुन्थ्यो भन्नु भयो । डोटी लगायतका जिल्लाबाट कर्मचारी ब्यवस्थापन गरेर तालिम दिएर फिल्डमा खटायौं । 
    अछाम रहँदा अर्काे घटना पनि भयो । सुब्बा निमित्त हुनुुहन्थ्यो । उहाँ काठमाडौ आएर फर्कने क्रममा बस दुर्घटना भएर त्यहि वित्नु भयो । अछामको इतिहासमा पहिलो पटक शान्ति पूर्वक रुपमा निर्वाचन सफल भएको थियो । सफलतापुर्वक निर्वाचन सम्पन्न गरेर २ वर्ष पछि अछामबाट राजधानी आएँ । राजधानी आएर मलाई स्वास्थ्य विभागमा सरुवा गरियो । स्वास्थ्यको काम असाध्यै फरक थियो । सबै कुरा जान्ने केहि कुरामा पनि विज्ञ नहुने भने जस्तो प्रशासनमा जागिर खाँदा त्यस्तो हुने रहेछ । निर्वाचनमा शुरु देखि अन्त्यसम्मको काम गरें । निजामति सेवा ऐन र स्वास्थ्य सेवा ऐन फरक थियो । फरक अनुभव भयो । सेवाको प्रकृति पनि फरक थियो । पदका बारेमा पनि थाहा थिएन । तीन वर्ष त्यहाँ कार्यरत रहेपछि श्रम मन्त्रालयमा सरुवा भयो । सिप विकास शाखामा मेरो जिम्मेवारी थियो । ईपियस प्रणालीको तालिम र सिपमुलक तालिमको जिम्मेवारी थियो । सामान्य प्रशासन मन्त्रालयको अस्थायी दरवन्दीमा म त्यहाँ पुगें । श्रम मन्त्रालयमा बैदेशिक रोजगार विभाग थियो । बैदेशिक रोजगार प्रर्वद्धन बोर्डमा मेरो सरुवा भयो । श्रम सहचारीका लागि मेरो छनौट भयो । साउदी अरबको नेपाली महाबाणिज्यदुतमा रहेर काम गरें । दुई वर्षका लागि मेरो नियुत्ति भएको थियो । एक वर्ष काम गर्दा गर्दै मेरो बढुवा भयो । उप सचिव भए पछि त्यहाँ रहने अवस्था थिएन । एक वर्षको अवधीमा धेरै काम गरियो । विशेषगरी नेपालीहरु काम गर्न जाने, उहाँहरुलाई परेको समस्या समाधान गर्ने मुख्य काम थियो । बैदेशिक रोजगारीका क्रममा भएको निधन ब्यक्तिको शब नेपाल पठाउन ढिला हुन्थ्यो । कानुनी प्रकृया लामो थियो । त्यो अवस्थामा कहिलेकाँहि आफैलाई खिन्न हुन्थ्यो । 
    उपसचिवको बढुवा सूची निस्कँदा स्थानीय तहको पुर्नसंरचना भएको थियो । स्थानीय तहमा उप सचिव खटाईएको थियो । साउदीअरवबाट रमना लिएर सामान्य प्रशासनबाट स्थानीय विकास मन्त्रालयमा पठाईएको रहेछ । लामो समय भएको थियो परिवारसँग सँगै बस्न नपाएको । जिल्ला नगई सुख पनि भएन । संखुवासभा जिल्लामा स्थानीय विकास अधिकारी खाली भएको थियो । त्यहाँ साढे ४ महिना बसेर फर्किएँ । जिल्ला विकास समितिमा काम गर्दा अन्तिम समय थियो । निर्वाचनको माहोल र विकास निर्माणका कामको संयोजन गर्नु थियो । संखुवासभामा रहँदा जिल्ला विकास समितिको भुमिका खुम्चदै गयो । राजधानी वरपर सरुवा माग गर्दा मलाई बनेपामा सरुव गरियो । त्यस पछि निरन्तर म बनेपामा कार्यरत छु । जागिर नियमित प्रकृया हो । अनुभव धेरै भयो । प्रशासनको जागिर सबै कुरामा विज्ञ पनि हुन नपाईने, जान्दिन भन्न पनि नपाईने । केहि समय बुझ्न लाग्ने, बुझेर गर्दा सरुवा भईहाल्ने त्यो खालको समस्या छ ।     जागिरले अल्छि बनाउँदो रहेछ । जागिरको विच समयमा केहि गर्ने योजना छैन । जागिर पछि पनि के गर्ने भन्ने पनि योजना बनाएको छैन । 

राजनीतिः क्याम्पसमा हुँदा केहि आन्दोलनमा भाग लिएँ । उमेर र अवस्था पनि त्यस्तै हुन्थ्यो । विद्यालयमा पनि विद्यार्थी संगठनमा बसेर काम गरेको थिएँ । क्याम्पसमा पनि पहिलो वर्ष प्रारम्भिक कमिटीमा रहेर काम गरें । दोश्रो वर्ष देखि त्यो अभियानमा रहिन । साथीहरुलाई सहयोग गर्ने, उनिहरुले भनेको आन्दोलनमा कहिलेकाँहि सहभागि हुने त भईयो तर राजनीतिलाई निरन्तरता दिन आवश्यक ठानिन । मेरो उदेश्य पनि फरक थियो । आईएल अध्ययन गर्दा फुर्सद भएकाले त्यस तर्फ कहिलेकाँहि चासो भयो । विएल अध्ययन गर्दा जागिर पनि शुरु भयो । राजनीतिमा सहभागि भईन । त्यो मेरो चासो र रुचीको विषय थिएन । 

प्रेम र विवाहः गाउँमा प्रेम गर्ने चलन थियो । स्कुल जीवनमा पनि थियो । तर मेरो जीवनमा भएन । एसएलसी पास गरेर क्याम्पस अध्ययन गर्न फोटो खिच्न स्टुडियोमा जाँदा के गर्न ? फोटो भन्नु भयो । क्याम्पस अध्ययन गर्ने भनेपछि उहाँ नै दंग पर्नु भयो । उमेर पनि सानो थियो । स्कुलमा सम्भव पनि थिएन । ल क्याम्पस अध्ययन गर्दा पनि त्यस्तो भएन । केटीहरुको संख्या पनि कम थियो । मेरो प्रेम कोहिसँग भएन । साथीहरुको नेटवर्कबाट २०६४ सालमा विवाह गरें । अछाममै रहँदा साथीहरुले प्रस्ताव ल्याए । अफिसर भएपछि मात्रै विवाह गर्ने मेरो योजना थियो । स्कुल पढ्दाको साथी र उहाँको बहिनीसँग चिनजान भएका आधारमा प्रस्ताव आयो । भेटघाट ग¥यौं । पहिलो भेटभाट पछि अछाम गएँ । अर्काे पटक आउँदा फेरी भेटघाट भयो । सिप विकास केन्द्रमा प्रशिक्षक र ताहाचल क्याम्पसमा पढाउँदै थिईन उनी । हामी विच विवाह गर्ने योजना बन्यो । विवाहको दशक वितेको छ । कहिलेकाँहि सामान्य झगडा पर्छ स्वभाविक हो । 
    विवाह गरे लगत्तै बुबा आमालाई काठमाडौ ल्याएका थियौं । बहिनी पनि सँगै थिईन । आमाले घर धानिरहनु भएकाले हामीलाई असहज छैन । हामी दुबै जागिरे भएकाले हामीलाई आर्थिक रुपले अभाव भएन । सम्भावना पनि भएन । बच्चाहरु पनि सानै छन् । एक छोरी र एक छोरा छन् । उनिहरुको हुर्काई र ब्यवस्थापन अनि हामी दुबै जना जागिरे भएकाले अरु कुरा सोचिएन । 

जीवनः लक्ष्य अनुसार सन्तुष्ट हुनु पर्छ । 

प्रेमः जीवन चलाउने मार्गदर्शन । 

विवाहः सृष्टि चलाउने नियम । 

शारिरिक सम्वन्धः शारिरिक आवश्यकता । 

अन्त्यमाः लोक सेवा आयोगलाई विश्वास गर्नुस । संकोच छ भने तपाईले मेहनत गर्नु हुन्न । प्रवेश पनि नगर्नुस । जाँच दिने क्रममा फेल भईन्छ । पासमार्क ल्याएर पास हुने होईन । एउटा परिक्षामा अरु मध्येबाट उत्कृष्ट हुने हो । जीवनमा उत्कृष्ट हुने काम गरौं । अरुको हित चिताउँ ।