2020 November 30/ 10:27: 27am

संगीता श्रेष्ठ
अध्यक्ष, नमस्ते सामुदायिक होमस्टे, पनौती काभ्रे
उपाध्यक्ष, होमस्टे एशोसिएसन नेपाल प्रदेश नम्वर ३
सचिव, स्थानीय बाली तथा पर्यटन संघ,काभ्रे

जन्म, बाल्यकाल, औपचारिक शिक्षाः २०४६ साल असोज १६ गते सिन्धुपाल्चोक जिल्लाको सानो सिरुवारी गाविसमा मेरो जन्म भयो । मेरो परिवार शिक्षित थियो । भौगोलिक रुपमा उक्त गाविस विकट मानिन्छ । अहिले अलिक सुधार भएर नगरपालिका घोषणा भएको छ । बुबा आमाको ठुलो परिवार थियो । ८ सन्तान मध्ये म कान्छी छोरी थिएँ । कृषिमा निर्भर परिवार भए पनि सबै सन्तानले अध्ययन गर्ने अवसर प्राप्त गरेका थियौं । घर नै विद्यालय थियो । बुबा आफैंले घरमा कक्षा ४÷५ सम्मको अध्ययन गराउनुु हुन्थ्यो । बुबा पछि दाईले पनि पढाउनु हुन्थ्यो । हामी घरका सबै काम सकेर साँझ घरमा अध्ययन गर्दथ्यौं । बाख्रा चराउने होस् वा अरु कुनै काम होस् सबै सकेर साँझ अध्ययन गर्न बस्नु पर्दथ्यो । अहिले जस्तो बत्ति थिएन । टुकी वा लालटिन वा अरु कुनै उज्यालोको सहारा लिएर राति १० बजेसम्म अध्ययन गराउने गर्नु हुन्थ्यो । कडा अनुशासन थियो । दाई, दिदी, भाई सबैको अध्ययन राम्रो थियो । कक्षामा सबै उत्तम विद्यार्थीका रुपमा चिनिन्थे । घरमै प्रतिस्पर्धा हुन्थ्यो को अगाडि आउने ? समाजमा उदाहरणीय थियो हाम्रो परिवार । 
    अध्ययन सँगै हामी खेलेर समय विताउँथ्यौं । खेल्नकै लागि बाख्रा गोठालो जाने गरेका थियौं । बाख्रालाई एक स्थानमा बाँधेर हामी दिउँसभर खेलेर बस्थ्यौं । बाख्रा भोकायो वा अघायो हामीलाई चासो हुँदैन थियो । अहिले सम्झँदा ओहो त्यो काम राम्रो होईन रहेछ । हरेक दिन त्यस्तै हुन्थ्यो । दाईहरु पनि त्यस्तै हुनुुहुन्थ्यो । खेल्नका लागि हामी घरबाट बाहाना बनाएर निस्कन्थ्यौं । बर्षात्को समयमा एक महिना लामो विदामा पानी खेलेर बस्दथ्यौं । कुलो थुनिदिएर पौडी खेलेर बस्दथ्यौं । काठको गाडी बनाएर दौडिन्थ्यौं । गोरु चराउन जाँदा पनि उट्फट्याङ्ग हुन्थे । बुबाले कुट्नु भएन तर गाली गर्र्दै हामी डरले काम्थ्यौं । उहाँको गालीले खाना खान समेत आँट आउँदैन थियो । भाई र म सँगै अध्ययन गर्दथ्यौं । कक्षा ४ मा अध्ययन गर्दा कक्षा ५ को विषयहरु सबै कण्ठस्थ सुनाउनु पर्दथ्यो । बुबाले एकदिन पाठ सोध्नु भयो । भाई र म एउटै कक्षामा भएकाले सजिलो पनि थियो । कलिलो दिमागमा प्रेसर थियो । बुबाको डरले उहाँले सोध्नु भएको हिसाब दुबै जनाले गर्न सकेनौं । १ सय चोटी उठबस ग¥यौं । पिट्नु पनि भयो । भोली देखि विद्यालय जानु पर्दैन भन्नुभयो ।  विद्यालय जाने बेला भयो विद्यालय जान के गरांै गरांै ? ४५ मिनेट भन्दा धेरै लाग्थ्यो विद्यालय पुग्न । मनमनै डाहा भयो । चुल्होमा आगो खोस्रेर रोएर बसिरहेको थिएँ ।  आमाले बुबालाई सम्झाई दिन्छु दुवै जना विद्यालय जानु भने पछि हामी विद्यालय गयौं तर दिनभर बुबाको गाली सम्झिरहेको थिएँ । घरमा नआउनु भन्नु भएको थियो । विद्यालय नजानु भन्नु भएको थियो । त्यो घटना सम्झिरहन्छु तर त्यो कडाई हाम्रै लागि रहेछ । अहिले त्यस्तो छैन । बालबालिकाहरुलाई न त्यसरी पढाउन सकिन्छ । न उनिहरुले नै पढ्छन् । 
    शिक्षकहरुको कारवाहीमा कहिल्यै परिनँ । म विद्यालयमा राम्रो विद्यार्थी थिएँ । कक्षा ४ मा मेरो पहिलो विद्यालय प्रवेश थियो । १५ वर्षको उमेरमा एसएलसी दिएको थिएँ । पहिलो वर्ष नै अंग्रेजी अध्ययन गर्नु पर्दथ्यो ।  मलाई सबै आउँथ्यो । कक्षा ७÷८ अध्ययन गर्दाको समय थियो । द्वन्द्वका कारण निजी विद्यालय बन्द भएका थिए । त्यहि विद्यालयबाट आएका एकजना क्याप्टेन थिए । म लगायत साथीहरुले हल्ला गरेको उजुरी शिक्षकहरुलाई दिएछन् । हामीलाई अफिसमा बोलाईयो । शिक्षकहरुले उल्टो क्याप्टेनलाई गाली गरेर पठाई दिनुभयो ।  हुन चाँहि हामीले कक्षामा पाठकै विषयमा छलफल गर्दा सामान्य हल्ला भएको रहेछ । त्यो बेला देखि क्याप्टेन नै दंग प¥यो । शिक्षकहरुलाई छक्क पार्ने गरी अनुशासित थियौं । इमान्दार थियौं । मेहनति थियौं । अतिरिक्त कृयाकलापहरु मध्ये खेलकूद बाहेक अरु प्रतियोगितामा भाग लिने गरेको थिएँ । सानो र कमजोरी थिएँ । शारिरीक रुपमा कमजोर भएकाले मलाई खेल प्रतिको रुची भए पनि सम्भावना थिएन । घरमै हामी बाँसुरी, मादल लगायतका बाद्यबादन बजाउने गरेका थियौं । म चाँहि नाचेर पुरस्कार पाउँथे । बुबाका कार्यालयका साथीहरु घरमा आउँदा हाम्रो प्रतिस्पर्धामा उत्कृष्ट हुनेहरुलाई पुरस्कार दिनु हुन्थ्यो । त्यो पैसा राखेर मैले कापी र कलम किन्थे । आफूलाई विद्यालयका लागि चाहिने खर्च पुुग्दथ्यो । कथा, दैनिकी, जीवनी, नृत्य गर्ने, कहिलेकाँहि गाउने, कविता प्रस्तुत गर्ने गरेका थिएँ । खुत्रुकेमा जम्मा गरेर राख्ने गरेको थिएँ । एकपटक मैले धेरै पैसा खुत्रुकेमा जम्मा गरेको थिएँ । अब लुगा किन्छु भनेर खुत्रुके फुटाउँदा खुुुत्रुकेमा पैसा नै सकिएछ । आजसम्म पनि थाहा छैन त्यो पैसा कसले चोरेको छ । कहिलेकाँहि बुबाले थाहा नपाउने गरी धेरै पैसाको विटोबाट केहि निकालि दिन्थें । चोरेको पैसाले केहि खाने र केहि जम्मा गर्ने गरेको थिएँ । १÷२ पटक त्यसरी चोरेको थिएँ । दैनिक १० रुपैयाँ जति खर्च हुँदा पनि चोरेको पैसाको मज्जा नै बेग्लै थियो ।     
    विद्यालय जीवनमा कहिल्यै कक्षा छाड्ने कुरा हुँदैन थियो । विद्यालय जान नपाउँदा रातभर निद्रा आउँदैन थियो । एकदिन विद्यालय नजाँदा भाई जाने र आएर गृहकार्य साझेदारीमा गर्ने गर्दथ्यौं । अहिले जस्तो बालबालिकाहरु विद्यालय नजाँदा खोजविन हुँदैन थियो । सपनामा पनि गृहकार्य नगरेको भए बर्बराउने गरेको थिएँ । एसएलसी असाध्यै कडा थियो । एउटा स्कुलमा पढिरहेको थिएँ । एसएलसीको समयमा अर्काे विद्यालयमा भर्ना गरियो । शुरुमा पढाई असाध्यै गाह्रो भयो । कक्षा ९ आधा पढेपछि विद्यालय परिवर्तन गरेको थिएँ । ५ रोलनम्वरबाट ८५ पुग्यो । विद्यार्थी धेरै हुने तर पास थोरै हुने चलन थियो । अंग्रेजी पढाउने शिक्षक मधेशी मुलको हुनुहुुन्थ्यो । बुझ्नै कठिन भयो । रिजल्ट आउँदा ८ जना पछि भएँ । टेष्टमा छैटौ भएँ । एसएलसीमा दोश्रो श्रेणीमा पास भएँ । 

एसएलसी पछिः   २०६१ सालमा मैले एसएलसी दिएको थिएँ । ठुलो परिवार भएकाले आर्थिक रुपमा सम्पन्न थिएनौं । प्रशस्तै जग्गा जमिन थियो । अन्नबाली र फलफुल धेरै हुन्थ्यो । त्यहि विक्री गरेर सबैको जीविका धान्न सकस थियो । बुबा वन कार्यालयमा काम गर्न थाल्नु भएको थियो । बुबा कतैबाट घरमा आउनु भयो भने पछि हामी बोल्नै छाड्थ्यौं । शान्त हुन्थ्यो घर । घरका सबै सदस्यहरु केहि न केहि गर्नु पर्छ भन्ने सोच थियो । 
    एसएलसी सकेर मैले केहि समय कम्प्युटर सिकें । कम्प्युटर सिक्नु ठुलो कुरा थियो । अहिले पनि त्यो सिकाई जीवनको उपयोगी बनेको छ । मेरो परिवार आफैमा केहि गरौ भन्ने सोचको थियो । एसएलसी सके लगत्तै दाई शिक्षक बन्नु भएको थियो । दिदी पनि काम गर्न थाल्नु भएको थियो । म पनि एसएलसी सकेपछि शिक्षक भएको थिएँ । शुरुमा १ हजार रुपैयाँ तलब थियो । +२ अध्ययन गर्दा समेत मैले विद्यालयमा पढाएँ । +२ सकाए पछि मैले प्रोजेक्टमा काम गर्ने अवसर पाएँ । चौतारामा रहेको क्याम्पसमा ब्याचलर तहको अध्ययन सकाएँ । ब्याचलर तहको अध्ययन रहँदासम्म मैले त्यहि प्रोजेक्टमा काम गरेको थिएँ । केहि महिना प्रोजेक्ट रोकिएको थियो । त्यसपछि त्यहाँ काम गर्ने अवसर नै मिलेन । 
    पैसा हुनेहरु काठमाडौ गएर क्याम्पस अध्ययन गर्ने गरेका थिए । घर पायक विद्यालयको जागिर पनि भएकाले मलाई अध्ययन र शिक्षण दुबै सहज भएको थियो । तलब भन्दा पनि मेरो अनुभव थियो । अवसर पनि थियो । मेरो विषय अनुसारको शिक्षण पेशाले प्रयोगात्मक पनि थियो । +२ पास भएपछि चौतारामा क्याम्पस अध्ययन गर्ने अवसर मिल्यो । +२ अध्ययन गर्ने सबै साथीहरु टुटिसकेका थिए । क्याम्पस सकेर बसिरहेको थिएँ । जागिर पनि सकिएको थियो । प्रोजेक्टमा म्याद थपिन केहि समय बाँकी थियो । दुई महिना खाली रहँदा त्यहि बेला विवाहको कुरा भयो । विवाह पछि सिन्धुपाल्चोकमा सेवा गर्ने अवसर रोकियो । 

होमस्टे ब्यवसायको शुरुवातः २०६९ सालमा मेरो विवाह भयो । उता जागिरमा बोलाईएको थियो । घर यता जागिर उता । अब्यवहारिक हुने भयो भनेर गईन । विवाहको केहि महिना मलाई छट्टपट्टि भयो । बाहिर काम गर्न जाने वातावरण तत्काल मिलेको थिएन । विवाह पछिको घर पनि आफै केहि न केहि गर्नु पर्ने सोचको थियो । विवाह पछिका केहि महिना हरेक महिलाहरुका लागि सायद त्यस्तै हुन्छ होला । जीवनको सबै भन्दा दिक्क लाग्ने समय हुने रहेछ त्यो । नयाँ परिवेश बुझ्नै कठिन । घरको दायित्व । आफन्त र जीवनका नयाँ पाईलाहरुको संघर्षको शुरुवात फरक हुने रहेछ । त्यहि बेला मेरो घरमा होमस्टेका बारेमा छलफल शुरु भएको थियो । नभन्दै केहि दिन पछि मैैले तालिम लिने अवसर पाएँ । तालिम पछि होमस्टेका बारेमा धेरै कुरा सिक्ने अवसर पाएँ । घुम्ने र बुझ्ने अवस्थाले मलाई त्यसको नशा बस्न थाल्यो । त्यहि  ब्यवसायलाई अगाडि बढाउँदा आर्थिक, सामाजिक र ब्यवसायीक अवस्थामा सक्षम बन्न सकिन्छ भन्ने सोच आउन थाल्यो । त्यसले मलाई होमस्टे ब्यवसायी बनायो । 
    जे काम गरिन्छ त्यो कामलाई सफल बनाउनु पर्छ भन्ने सोच सधै रहन्छ । जे काम गरे पनि त्यसबाटै आत्मनिर्भर हुँदै समाजमा नाम राख्ने अठोट थियो । मनमनै प्लान बनाई रहेको हुन्छु । अहिले होमस्टे फस्टाउँदै गएको छ । प्रदेश ३ मा ४८ वटा भन्दा धेरै होमस्टे दर्ता भएका छन् । जिल्लामा झण्डै १९ वटा दर्ता भएका छन् । दर्ता नभएका र निजी स्तरका होमस्टे पनि छन् । सरकारले प्राथमिकतमा राखेको छ । युवाहरुको आकर्षण बढेको छ । शुरुमा खासै महत्व पनि थिएन । संस्कृतिको संरक्षण, स्थानको पहिचान, स्थानीय बालीहरुको संरक्षण र प्रयोग हुन थालेको छ । पर्यटकहरुका लागि राम्रो सत्कार सहितको सेवा दिने होमस्टेहरु पुरस्कृत हुन थालेका छन् । आफ्नै घरमा आफै लागेर थोरै लगानीमा गर्न सकिने ब्यवसाय हो होमस्टे । विदेशी मात्रै होईन स्वदेशी पाहुनालाई समेत सत्कार गर्न सकिन्छ । मेरो ५ वर्षको छोरीले पनि संस्कार सिकेकी छिन् । क्षमता बृद्धि हुन्छ । घर र टोल तथा समाजकै सरसफाई, विकृति विसंगतिको न्युनीकरण, आफुले आफैलाई ब्यवस्थित बनाउने, कपडाहरुको सरसफाई, खानामा स्वस्थकर लगायतका थुप्रै विषय होमस्टेले सिकाउँछ । 
    नमस्ते होमस्टेमा फरक खालको सेवा छ । सानो क्षेत्र छ पनौती तर इतिहास ठुलो छ । पौराणिक, ऐतिहासिक पनौतीका बारेमा थुप्रै बर्णन छ । विश्वसम्पदा सूचीमा प्रस्तावित मन्दिरहरु छन् । डाँडा, समथर, जंगल, हिमालका सबै दृश्य हेर्न सकिने, स्वच्छ वातावरण देख्न सकिने पनौतीका बारेमा जति बयान गरे पनि कमि हुन्छ । युवाहरुको जिम्मेवारीमा पनौतीलाई विकास गर्न आफ्नै स्थानबाट केहि गर्न सकिन्छ । पनौतीमा नेवारी समुदायको इतिहास पनि छ । संस्कृतिका बारेमा, धार्मिक, ऐतिहासिक विषयमा जानकारी गराउँछौं । पुराना पुराना रैथाने जातका बालिहरुको संरक्षण गर्ने र ति बालीहरुबाट उत्पादन भएका खाद्यान्नहरु खुवाउने योजना बनाएका छौं । चामलको खाना मात्रै होईन त्यसबाट बन्ने योमरी लगायतका अन्य थुप्रै परिकारहरु पर्यटकहरुलाई खुवाउने योजना बनाएका छौं । जात्रा, धर्म, संस्कृति, जात्रा भित्रका लुकेका तथ्यहरु, नयाँ पुस्तालाई मात्रै होईन आगन्तुकलाई पनि जानकारी गराउने योजना छ । भाषाको समस्या छैन । होमस्टे भित्रका केहि समस्या होलान् । केहि विकृति पनि होलान् । ति सबै अभ्यासका क्रममा सुध्रदै जाने छन् । हामी निरन्तर त्यसको अभ्यासमा र अभियानमा छौं । नेपालको संस्कृतिलाई देखाउने र आर्थिक लाभ बढाउने तर्फ सबैले ध्यान दिनुपर्छ । 
    काभ्रे प्रदेश ३ मा सबैभन्दा धेरै होमस्टे भएको जिल्ला हो । पनौतीमा मात्रै २ सय भन्दा धेरै पर्यटकहरुलाई एकै दिनमा स्वागत गर्न सक्छ । जिल्ला विभिन्न स्थानमा त्यो अवस्था छ । जिल्लाले दैनिक ५ सय भन्दा धेरै पर्यटकहरुलाई होमस्टेले धान्न सक्ने अवस्था भईसकेको छ । पर्यटन वर्ष २०२० का लागि हामीले केहि योजना बनाएका छौं । पर्यटन वर्षमा भित्रने स्वदेशी तथा विदेशी सबै पाहुनाहरुलाई स्वागत र सत्कार गर्न हामी आतुर छौं । सबै होमस्टे संचालकहरुले त्यसको तयारी गर्नु भएको छ । सेवा र सुविधामा गुणस्तर बढाउने र स्थानीय उत्पादन, कला, संस्कृति, इतिहासलाई प्राथमिकतामा राख्दै अगाडी बढ्ने योजना छ । युवाहरुलाई बैदेशिक रोजगार जानबाट रोक्न यो क्षेत्रले सहयोग पु¥याएको छ । 

प्रेम र विवाहः विद्यालय जीवनमा प्रेम प्रस्ताव आउने भन्दा पनि प्रेम पत्र लेखेर पठाउने प्रयास गर्थे । केटाहरुले मलाई मन पराउँदा रहेछन् मलाई त्यो विषयमा चासो पनि थिएन । म अलिक राम्री थिएँ । ज्ञानी र मेहनती उत्कृष्ट विद्यार्थी भएकाले कक्षा ६ मा अध्ययन गर्दा नै प्रेम पत्र आयो । किताबमा लेखेर राखिदिँदा रहेछन् । मलाई डर थियो । प्रेम गर्नेहरु नराम्रो दर्जामा गनिन्थे । अझ छोरीहरुको बारेमा अझै कडा थियो । एक जनाले मेरो किताबकोे बीचमा पत्र राखिदिएछन् । अभिभावकलाई भन्न डरा लाग्थ्यो । शिक्षकलाई पनि लाग्थ्यो । त्यो कुरा दाईले थाहा पाउनु भएछ । दाई कक्षा ९÷१० मा पढ्दै हुनुुहुन्थ्यो । उहाँले त्यो साथीलाई मरणासन्न हुने गरी कुट्नु भएछ । त्यो दिन देखि न उसले पत्र लेख्यो । न उसले मेरो अनुहार हे¥यो । 
    विद्यालयमा आएका प्रेम पत्रहरुको पनि मैले जवाफ लेखिनँ । +२ अध्ययन गर्दा पनि त्यस्तो भएन । ब्याचलर अध्ययन गर्दा अलिक म जिम्मेवार भईसकेकाले होला खासै मतलब लागेन । उमेर अनुसारको प्रेम हुनु स्वभाविक थियो होला तर मैले त्यसलाई परिवार, समाज र समयको ब्यवस्थापनमा जोड दिए । पोस्टकार्डहरु आउँथे । उमेर अनुसारको आकर्षण भयो । तर प्रेममा परिनँ । परिवारको सहमतिमा मागि विवाह भयो । हामीबाट एक छोरी जन्मिएकी छिन् । उहाँ शिक्षण पेशामा हुनुहुन्छ । असमझदारी छैन । कहिलेकाँहि ठाकठुक हुनु स्वभाविक हो । म अलिक चाँडो रिसाउँछु । केहि क्षणमा नै आफैले सम्हाल्छु र गल्ति महसुस गर्छु । एक÷दुई दिनसम्म बोलचाल नभएको पनि छ । सम्वन्धमा त्यस्तो हुनु स्वभाविक हो । मेरो चाहनामा र मेरो ब्यवसायमा परिवारको साथ र सहयोग छ । उहाँहरुकै सहयोगमा मैले यो ब्यवसायलाई अगाडी बढाउन सकेको छु । फरक क्षेत्रबाट आएको ब्यक्ति शुन्यबाट शुरु गर्न चुनौती थियो । अस्तित्व राख्ने र आफुले समाजलाई केहि दिने सोच थियो । परिवारले त्यसमै सहयोग गरेको छ ।  

जीवनः जस्तो भोग्यो उस्तै । 

प्रेमः अति आवश्यक । 

विवाहः निर्वाह गर्ने माध्यम ।

शारिरिक सम्वन्धः दुई आत्माको मिलन । 

अन्त्यमाः समयमा नै केहि गर्नु पर्छ । सबै युवाहरुले अवसर आफै सिर्जना गर्ने हो । अवसर जताततै हुन्छ  । युवा अवस्था भनेको काम गर्ने समय हो ।  आँट, साहस र सक्षम भएको अवस्थामा केहि न केहि गर्नु पर्छ । आफ्नो आफ्नो स्थानमा रहेर जुन पेशा भए पनि अंगाल्नुस र सफल हुनुस् । आज गरिएन भने भोलि पछुताउनु बाहेक केहि छैन ।