2019 October 17/ 01:39: 40am

    भाग्य ठुलो कि कर्म ? कोहि भन्छन् भाग्य कोहि भन्छन कर्म ? कर्म ग¥यो भने भाग्य आफै पछि लाग्छ । भाग्य भए आफै कर्म पछि लाग्छ । हो चाँहि के ? सबैले आफ्नो आफ्नो ब्याख्या गर्लान् । निरक्षर भएकाले मैले भाग्य ठुलो भन्ठानेको छु । कर्म गर भाग्य आफै बन्छ भन्दा भन्दै ३५ वर्ष कटिसक्यो कहिले आउँछ भाग्य ? कसेको खप्परमा त दुखै दुखको भकारी मात्रै हुन्छ कि के हो । को सँग पोखौं । को सँग साटौ । सबैले आफ्नो स्वार्थ न पुरा गर्दा रहेछन् । स्वार्थीहरुको दुनियाँमा बाँच्नु कि मर्नु ? धेरै पटक प्रयास गरें मर्न तर खै काल मेरा लागि किन आउँदैन । शारिरीक बनावटका आधारमा मात्रै उमेर निर्धारण गर्न सकिन्छ मेरो । भर्खर ३० होला भन्छन् कसैले । कसैले २५ । १५÷१६ वर्ष देखि हामीमा आउने परिवर्तनदेखि नै मेरो उमेरको जोड घटाउ शुरु भएको थियो । बाल्यकालको कुरा थोरै थाहा छ । जब अलिअलि बुझ्ने भएँ बुझाउने कोहि भएन । 
    जसले बुझाउँछ उसले उसका लागि मात्रै बुझाउन थाल्यो । त्यसमै अडिएर जीवन चलाउनु, हरपल उरालिदै बगेका चाहनाहरु पुरा गर्नु र खुशी हुनु शिवाय अरु केहि छैन । त्यहि बस्दा बस्दै मैले सावाँ अक्षर चिन्न सक्ने भएँ । केहि समय पछि मलाई पुनः घर फर्काइयो । मेरो बाबाको ५ जना दाजुभाई हुनुहन्थ्यो । बाबा साइलो छोरा । उहाँको ३ सन्तान मध्ये म कान्छी छोरी । म माथिको एउटा दिदी र तलको भाई । ५ जनाको परिवार राम्रैसँग चलिरहेको थियो । बाबा काठमाडौंतिर काम गर्नुहुन्थ्यो । ममी र हामी मिलेर खेतीपाती गथ्र्याैं । काठमाडौंमा पनि बाबाको कमाई राम्रै थियो । तर अझै पैसा कमाउने सपना बोकेर २०६८ सालको दशैंको मुखैमा गाउँका दुई अंकलसँग बाबा मलेसिया जानुभयो । ममीले हामीलाई धेरै माया गर्नुहुन्थ्यो । त्यो भन्दा पहिले मलाई सानोमा काठमाडौमा एकजनाको घरमा काममा लगिएको रहेछ । केहि समय मैले त्यहाँ बसेर काम गर्दा अलिअलि अक्षर चिन्ने अवसर पाएको थिएँ । मेरो कामबाट चित्त नबुझेर होइन मलाई त्यो परिवारमा बस्न मन नलागेर दशैमा घर आउँदा कहिल्यै फर्किएको थिइनँ म । बुबा आमाको मायाले मलाई तानेको थियो । घरपाखा भिरले मलाई सुसेलेर बोलाईरहेको थियो । त्यसको मायाले मलाई कमजोर बनाइरहेको थियो । उमेर छिप्पिदै गयो । शरीरका अंगहरुले विस्तारै फराकिलो, स्वतन्त्रता चाहँदो रहेछ । जसरी कपडाहरु ठुला ठुला चाहिन्छन् आवश्यकता पनि बढ्दै जाने रहेछन् । कोमल शरीरमा आमाले लगाईदिएको मायाको न्यानोपनमा फरकता महसुस हुन थाल्दो रहेछ । किशोर अवस्थामा प्रवेश गरेपछि कहाँ बाबु आमाको मायाले मात्र पुग्दो रहेछ र ? बाबु आमाले हाम्रो चाहनालाई कहिल्यै पुरा गर्न सक्दिन भन्नु भएन । मान्छे हो बाबु आमाले पुरा गरिदिने सपना र चाहनाले मान्छेलाई पुग्दो रहेनछ । मलाई पनि वावु आमाको माया भन्दा फरक मायाको आवश्यकता हुन थालेछ । आफैलाई पत्तो छैन । वाबु आमा, दाजु भाइले भन्दा फरक ब्यक्तिले गर्ने माया नै उमेरको आवश्कता रहेछ । गाउँ घरमा भन्ने उखान यसलाई उमेर लागेछ भने जस्तै मेरो जीवनमा अपरिचित तर ज्यानै सुम्पने ब्यक्तिको खाँचो भएछ ।
    मैले त्यही माया खोजें । त्यो समयमा हाम्रो गाउँमा पानीको अभाव थियो । घरबाट आधा घण्टा लाग्ने ठाउँमा पानी लिन जानुपथ्र्याे । हामी धेरै साथीहरु मिलेर जान्थ्यौं । पानी लिन जाने ठाउँ अत्यन्तै रमणीय थियो । पधेँरो सँगै एउटा होटल पनि थियो । होटलमा धेरै पर्यटकहरु आउने–जाने गर्दथे । ती पर्यटकहरुलाई घुमाउने लैजाने काम गर्ने एउटा केटा रहेछ । हामी सधै पानी लिन जाने भएकाले उसले हामीलाई र हामीले उसलाई ख्याल गरेका थियौं । तर साथीहरु धेरै भएकाले मतलब हुँदैन थियो । सधै पानी लिन जाँदा त्यो केटासँग हाम्रो भेट हुन्थ्यो । तर एक दिनको कुरा हो म र मेरा साथीहरु पानी लिन गएका थियौं । सँगैको साथीको मोबाइलमा फोनको घण्टी बज्यो । मैले साथीकै फोन आएको होला भनि अड्कल काँटे । उसको मोबाइलमा फोन मेरै आएको रहेछ । साथीले फोन मलाई दिइन् । मैले कुरा गरें । म एक्कासी छाँगाबाट खसेजस्तै भएँ । साथीहरु कोहि पनि बोलेका थिएनन् । कसरी लग्यो नम्बर ? अनि कसरी साथीहरु मध्ये मलाई मन परायो ? फोनमा कुरा हुँदा हुँदै उसले भेट्न आउ भन्यो । म उसको पहिलो फोनमै प्रभावित भएँ । सायद केटी मान्छेहरुको कमजोरी नै त्यहि होला । केटाहरुले भन्ने वितिक्कै भेट्न गइहाल्ने । केटाहरुको खोक्रो आस्वासनमा विश्वास गरिहाल्ने । त्यहि कारण महिलाहरु पुरुषहरु भन्दा धेरै हिंसा पीडित हुँदा रहेछन् । उसको कुरा मैले काट्न सकिनँ । सबै साथीहरुलाई लिएर म उसलाई भेट्न गएँ । अहिले पनि विर्सन सक्दिन म । सायद मान्छेले सबै कुरा विर्सिएला । जीवनमा नयाँ केहि कुरा भएको छ भने त्यो मान्छेले सधै सम्झिरहँदो रहेछ । त्यो दिन झमझम पानी परिरहेको थियो । म केही रुझेकी थिएँ । साथीलाई परै बस्न लगाएँ । म एक्लै भेट्न गएँ । त्यतिबेला सम्म त उसलाई म दाई भनेर सम्बोधन गर्थे । तर त्यो दिन उसले दाई भन्न नमिल्ने साइनो गाँस्न आग्रह ग¥यो । सिधै उसले आफ्नो दिलमा सजाई सकेकाले मन र मुटु दिने गरी प्रेम प्रस्ताव राख्यो । म चुपचाप रहें । मौन रहनु समर्थन जनाउनु रहेछ । झनै काउकुती लाग्न थाल्यो । छुट्टिँदा भन्दा भेट्दा आनन्द आउन थाल्यो । प्रायः भेट हुन थाल्यो । धेरैजसो सिन्धुपाल्चोकका विभिन्न स्थानहरुमा जान्थ्यौं । घुम्न गएकै बेला उसले बिहे गर्न भन्यो । मैले यति छिट्टै विहे नगर्ने कुरा सुनाएँ । किनकी दिदीको बिहे नभई बहिनीको बिहे हुनु दिदीको इज्जतमाथि प्रश्न चिन्ह उठ्नु हो । यस्तै भनेर सम्झाएँ । तर उसले पटक्कै मानेन । मेरो लागि त उ असल मान्छे थियो । तर समाजका केही मान्छेले उसलाई नराम्रो बानी भएको मान्छेमा गन्थे । अरुको लहैलहैमा लागेर मानिसलाई दुःख दिने काम गथ्र्याे । उसको यही खराब बानीलाई छुटाउने मनसायले बिहेको प्रस्ताव पनि स्वीकारें । अब यस्तो काम नगर्न आग्रह गरें । सधैं झै त्यो दिन पनि हामी घुम्न गएका थियौं । साँझ फर्कन अबेर भयो । त्यसपछि एक जना दिदीले फोन गर्नुभयो र भन्नुभयो–यहाँ त राजााले विमला भगायो भन्ने हल्ला छ । सबैले विमला पोईल गई भनेर कुरा काटिरहेछन् । दिदीको त्यो कुरा सुने । म त छाँगाबाट खसे जस्तै भएँ । त्यस रात म राजााकै घरमा बसें । भोलिपल्ट ममी, अंकलहरु ठूलो बुबाहरु आउने कुरा थाहा भएपछि हामी त्यहाँबाट अन्तै गयौं । गाउँमा हल्ला साम्य भएपछि हामी फ¥क्र्यांै । केही समयपछि हाम्रो विवाह भयो । विवाह पछिका दिनहरु सुख सयलमै वितिरहेका थिए । तर त्यो सुख क्षणिक रहेछ । मसँग विहे गरेको ३ महिना नबित्दै राजााले अर्कै केटीलाई मन पराउन थालेछ । त्यो केटीसँग फसेपछि राजाा घर ढिलो आउने गथ्र्याे । मेरो वास्ता कम गर्न थाल्यो । अझ पछि त वास्तै गर्न छाड्यो । सायद केटाहरुलाई कति जना केटीसँग शरीर सुम्पदाँ वा केटीहरुको शरीर सुम्सुम्याउन पाउँदा चित्त बुझ्छ होला ? एकदिन राजााले भन्यो विमला म आज यता कोठामा सुत्छु है । मलाई शंका लाग्यो र सोधिहाले, किन उता सुत्नु ? कि केटी ल्याएर राख्या छ ? रिसाउँदै छैन भनि ढोका लगायो । म पनि कोठामा सुत्न गएँ । आधा रातसम्म निद्रै परेन । मनमा कुरा खेलिरहे । अचानक राजाा सुतेको कोठाबाट केटीको आवाज आयो, म झसङ्ग भएँ र कोठाको ढोकामा ढक्ढक्याए । राजाले ढोका खोल्यो । मैले आफ्नै कोठामा सुत्न आग्रह गरे । तर उसले आफ्नो पुरुषार्थ देखायो । गालामा थप्पड मा¥यो । मलाई झन् रिस उठ्यो । भित्रै गएर कराउन थालें । उनीहरु दुई जना म एक्लै थिएँ । त्यो केटीलाई मैले रिसको झोंकमा भुत्लाई दिएँ । त्यसपछि दुवै मिलेर मलाई कुटे । राजाले छुरा प्रहार ग¥यो । पाखुरामा लाग्यो । शरीर रग्ताम्य भयो । मैले रुनु सिवाय केही गर्न सकिनँ । मेरो गर्भ बसेको मात्रै थियो । मैले बिन्ती गर्दै भने नकुट्नुहोस् । हाम्रो बच्चा खेर जान्छ । उसले कुट्न त छाड्यो तर यातना दिन छाडेन । मन भित्र घोच्न छाडेन । विवाह गरेको वर्ष दिन नपुग्दै गर्भवती श्रीमतीलाई अर्काे ओछ्यानमा सुताएर लोग्ने अर्काे कोठामा तरुनी केटी लिएर सुत्छ उल्टै श्रीमतीलाई छुरा प्रहार गर्न सक्छ भने त्यस्तो श्रीमान्लाई श्रीमतीहरुले कसरी श्रीमान भनेर बस्नु ? अधिकारका कुरा हुन्छन्, कानुनका कुरा हुन्छन् महिलाका शत्रु को त ? पुरुषहरुले खेलाउन थाल्यो भनेर नाच्ने महिला दोषि कि पुरुष ? उनिहरुको पुरुषत्वलाई साथ दिने को ? महिलाको शत्रु पुरुष होइन रहेछ महिला नै रहेछ । यो कुराको दृष्टान्त थाहा हुँदा हुँदै पुरुषहरुलाई सत्तोसराप गर्दैमा म जस्ता महिलाहरुले न्याय पाउन सक्छु र ? हद भए उसलाई बहु विवाहको कानुनमा केहि वर्ष जेल तोकिएला । जीवनभर म लोग्ने विनाको श्रीमती बनेर गर्भको बच्चा जन्माएर बस्दा यो समाजले को सँग मात्रै नाम जोड्न छाड्ला र ? त्यहि श्रीमान १० वटी महिलाहरुसँग रात विताएर आए पनि चोखो हुने हामी महिलाहरु कसैसँग बोल्दा पनि बात लाग्नु पर्ने ? म स्थानीयहरुको शरणमा पुगें । ममी दिदी ठूलो बुबा अंकलहरु पनि आउनुभयो । मलाई अस्पताल पु¥याउनु भया  हस्पिटलमा भर्ना लियो । सलाईन पानी दिइएको थियो । मैले सोचेको थिएँ कि नारीको मन कमलो हुन्छ भनेर तर हैन रहेछ केही नारीको मन त पत्थरले बनेको हुने रहेछ । नारीको पीडा नारीले नै बुझ्दैनन् भने हाम्रो पीडा अरु कसले बुझिदेला ? मलाई केही भएको छैन डिस्चार्ज गरिदिनु डाक्टरसाब भने भोलिपल्ट डिस्चार्ज पनि भयो । मलाई कुटेपछि दुवै फरार थिए । काठमाडौं बसेका रहेछन् । पछि उसैले काठमाडौं बोलायो । ममी म मामाहरु गयौं । सबैले कराउनु भयो । मैले नल्याउनु ल्याइहालें मिलाएर राख्छु भन्यो । त्यसपछि पुलिस चौकी गयौं । त्यो केटीलाई पुलिसहरुले राजालाई छोड्न आग्रह गरे तर मानिनन् । मैले चाहेको भए कानूनले दुवैलाई सजायँ दिन्थ्यो । तर मैले उसलाई सजाय दिन चाहिनँ । बरु उल्टै आफूलाई परेको पीडा सहेर मिलेर बस्छौ भनिदिएँ । पछि लाग्यो महिलाहरु कति कोमल हुँदा रहेछन् । कानूनले पनि छोडिदियो । केही समय हामी सँगै बस्यौं । अन्जानमा गरेको गल्तीलाई भए सपार्न सकिन्थ्यो होला । तर जानीजानी गरेको गल्तीलाई पटकपटक माफी दिन सकिंदो रहेनछ । 
    अहिले उ गाउँकै मान्छेको हत्याको अभियोगमा बन्दी जीवन बिताइरहेको छ । म माईतीमा छु । छोरा पनि छ । मेरो गर्भमै छुरा रोपेर हिडेको उसले त छोराको मुख समेत देख्न पाएको छैन । सायद अबोध गर्भको पाप करायो होला । उ सधै जेलमै बस्नु पर्ने मान्छे हो । तर केटीहरुले आफ्ना श्रीमान्लाई जेल परेको र दुख पाएको हेर्न सक्दा रहेनछन् । मेरो सौताको पनि छोरा छ । १६ वर्षे जवानी थाम्न नसक्दा मलाई यस्तो अवस्थामा पु¥यायो । बाबा ममीले त आफ्नो सन्तान माया नै गर्नुहुन्छ । तर समाजले हेर्ने दृष्टि म माथि राम्रो छैन । नजिकैको एउटा होटलमा काम गर्छु । त्यहाँ मेरा बारे अनेक कुरा हुन्छन् । कसैले उमेर सोध्छ, कसैले श्रीमान । केहि भन्न सक्दिन । बाँकी जीवन र छोराको भविष्यको बारेमा सोच्दैछु । उसलाई पढाउने, बढाउने र बाँकी जीवन कटाउने यही नै चिन्ताको विषय बनिरहेको छ । सायद उमेरमा हुने परिवर्तनमा आफुले आफैलाई सम्हाल्नु उत्तम हुनेछ । नत्र मेरो जस्तै दुःख र सुखमा जीवन विताउनु पर्ला है ? 

 

विमला खत्री
सिन्धुपाल्चोक
हालः मण्डन देउपुर, काभ्रे